बुद्धधर्ममा पण्डित र मूर्खको अन्तर

हे प्यारा छोरा भिक्षुहरु हो ! अज्ञान पृथकजनहरु ले सुख वेदनाको अनुभव  गर्दछन् । दुःख वेदना को अनुभव गर्दछन्। अदुःख-सुख (उपेक्षा) वेदना को अनुभव  गर्दछन्।
हे प्यारा छोरा भिक्षुहरु हो ! पण्डित आर्यश्रावकहरु ले पनि सुख वेदना को अनुभव गर्दछन् । दुःख वेदना को अनुभव गर्दछन्। अदुःख-सुख (उपेक्षा) वेदना को अनुभव  गर्दछन्।
हे भिक्षुहरु हो ! त्यसो भए, पण्डित आर्यश्रावक र अज्ञान पृथक जनहरु मा के भेद हुन्छ ?

भन्ते ! स्वयं हजुर धर्म को मूल भगवान हुनु हुन्छ। धेरै राम्रो कल्याण हुने थियो यदि स्वयं हजुर भगवानले भन्नु भएको त्यस गहिरो अर्थ लाई स्पष्ट गराई दिनु भएमा, भगवान बाट सुनेर भिक्षु यस लाई धारण गर्ने छौँ।

हे प्यारा छोरा भिक्षुहरु हो ! अज्ञान पृथकजन दुःख वेदना बाट पीडित भएर शोक गर्दछ, सम्मोह लाई प्राप्त गर्न पुगेको हुन्छ। यसै गरी, त्यो दुई वेदनाहरु को अनुभव गर्दछ, शारीरिक र मानसिक, हे भिक्षुहरु हो ! जस्तै, कुनै पुरुष भाला ले रोपाई खाएको छ। त्यस बेला उसलाई कसैले कुनै अर्को दोस्रो भालाले पनि हिर्काइ दियो। हे भिक्षुहरु हो ! यसैगरी नै ऊ दुबै दुःखद वेदनाहरुको अनुभूति गर्दछ।
हे प्यारा छोरा भिक्षुहरु हो ! यसतै प्रकारले, अज्ञान पृथक जन दुःख वेदनाबाट पीडित भएर शोक गर्दछ, सम्मोह लाई प्राप्त गरेको हुन्छ। त्यसै गरी, ऊ दुबै शारीरिक र मानसिक वेदनाहरुको अनुभूति गर्दछ।

त्यही दुःख वेदनाबाट पीडित भएर खिन्न हुन्छ। ऊ दुःख वेदना बाट पीडित भै काम-सुख पाउन चाहन्छ । त्यसो किन ?
हे भिक्षुहरु हो ! किनकी अज्ञान पृथकजन काम-सुख लाई छोडेर अर्को दोस्रो दुःख बाट छुट्नुको उपाय नजान्नुको कारणले हो। काम-सुखको इच्छा चाहँदै वा गर्दै उसलाई सुख वेदनामा राग उत्पन्न हुन्छ। त्यसले ती वेदनाहरु को समुदाय अस्त हुने वा अस्ताउने, आस्वाद, दोष र मोक्षलाई यथार्थमा जानेको हुँदैन। यस्तै प्रकारले उसलाई अदुःख-सुख को जुन अविद्या छ त्यो हुन्छ। त्यसैले दुःख, सुख वा अदुःख-सुख (उपेक्षा) वेदनाको अनुभव आसक्त भएर गर्दछ ।
हे भिक्षुहरु हो ! यसैगरी भनिन्छ कि अज्ञान पृथक जन जाति, मरण, शोक, परिदेव, दुःख, दोर्मनस्य र उपायासबाट संयुक्त छ।

हे भिक्षुहरु हो ! पण्डित आर्यश्रावक दुःख वेदना बाट पीडित भएर शोक गर्दैनन्, सम्मोह लाई प्राप्त गर्न पुग्दैनन। उनिहरु एउटै सामान वेदना को अनुभव गर्दछन् -शारीरिक को, मानसिक को होइन।
हे भिक्षुहरु हो ! जस्तै, कुनै पुरुष भाला ले रोपाई  खाएको छ। उसलाई कसैले अर्को दोस्रो भालाले पनि न हिर्कावोस्। यस प्रकारको, उसले केवल एकै मात्र दुःखद वेदना को अनुभव गर्दछ।

हे भिक्षुहरु हो ! त्यसतै प्रकार, पण्डित आर्यश्रावक दुःख वेदनाबाट पीडित भै शोक गर्दैनन्, सम्मोह लाई प्राप्त गर्न पुग्दैनन। उनिहरु एउटै सामान वेदना को अनुभव गर्दछन् -शारीरिक को, मानसिक को होइन।

उनिहरु दुःख वेदना बाट पीडित भै खिन्न हुँदैनन् । उनिहरु दुःख वेदना बाट पीडित भै काम-सुख पाउन चाहदैनन्। यस्तो किन ? हे भिक्षुहरु हो ! किनकी, पण्डित आर्यश्रावक काम-सुख लाई छोडेर दोस्रो दुःखबाट छुट्न को उपाय जान्दछन्। काम-सुख न चाहेको भएर उनिहरु लाई सुख वेदना मा राग उत्पन्न हुदैन। उनिहरु त्यस वेदनाहरु को समुदाय, अस्त हुने, आस्वाद, दोष र मोक्ष लाई यथार्थमा जान्दछन्। यसै गरी, उनिहरु लाई अदुःख-सुख को जुन अविद्या छ त्यो हुँदैन।उनिहरु दुःख, सुख, अथवा अदुःख-सुख वेदना को अनुभव अनासक्त भएर विहार गर्दछन्।

हे भिक्षुहरु हो ! यसैलाई भनिन्छ कि अज्ञान पृथकजन जाति उपायास बाट असंयुक्त छन्। हे भिक्षुहरु हो ! पण्डित आर्यश्रावक र पृथकजन मा यो भेद  छ।
प्रज्ञावान बहुश्रुत सुख वा दुःख वेदना को अनुभव मा पर्दैनन्, धीर शान्त पुरुष र पृथकजन मा यहि नै एउटा बडो अन्तर छ।

पण्डित, जसले धर्म लाई जानि सकेका छन्, लोकको र यस को पार को पछि लाई देखि सकेका छन्, उसको चित्त लाई अभीष्ट (आकर्षक) धर्म ले विचलित पार्न सक्दैन, अनिष्ट धर्महरु बाट पनि त्यस व्यक्ति खिन्न हुँदैन, उसको अनुरोध बाट अथवा विरोध बाट, उसको परमार्थ भरिएको छैन, निर्मल, शोकरहित पद लाई जानेर, त्यो व्यक्ति संसार को पार लाई राम्रो संग जानेका हुन्छन्।

 

Ref:सल्लत्त सुत्त :संयुक्तनिकाय
अनुवाद – बिष्णु धनञ्जय