भगवानका नौ वटा गुणहरु

अनुवाद – निर्मल एमजिके

इतिपिसो भगवा,अरहं,सम्मासम्बुद्धो,विज्जाचरण सम्पन्नो, सुगतो, लोकविदू,अनुत्तरो पुरिस धम्मसारथी, सत्था देव मनुस्सानं, बुद्धो, भगवा।।
(१) (इतिपिसो भगवा)-सो भगवा वहा भगवान (अरहं) गुणले सम्पन्न हुनुहुन्छ। (अरहं)भन्नाले देव, बह्रमा, मनुष्यहरूो पुजनिय, माननिय हुनु भएको,जसले सहि चार आर्य सत्य धर्मलाई गुरू बिना स्वयं साछात्कार गरी सबैलाई मार्ग दर्शन गराउनु भएको हुनाले(अरहं)भनिन्छ।
(अरहं)-अरि भन्ने शत्रुलाई(हनन्ति)मारि सक्नु भएको हुनाले यो ठाउँमा शत्रु भन्ने भित्रि बैरी किलेश लोभ, दोष, मोह, राग द्वेष,डाढ,अारिष,इर्ष्या,मत्षर्य आदि गरिएका पन्ध्र सय किलेसहरूलाई जड देखिनै उखालेर वासना रहित निर्मूल सखाप पारि सक्नु भएको हुनाले (अरहं)भनिन्छ।
(अरहं)-(अ) भन्नाले न,(रहं) भन्नाले गुप्त एकान्त स्थानमा पनि कुनै पाप ,अकुसल नचिताउने,कुनै ,कसै,कोही संग पनि तुलना गर्न नहुने अतुलनिय रूप, वर्ण, होस् अथवा सील, समाधि,प्रज्ञा अनन्तो अनन्त हुनाले वहा भगवानलाई(अरहं) भनिन्छ।

(२)(सम्मासम्बुद्धो)-सो भगवा वहा भगवान (सम्मा) राम्रो प्रकार संग(सम्बुद्धो)सम्पूर्ण धर्मलाई(सब्बञुतञाण)सर्ब-संयुक्त अर्थात् सर्बञ्युक्त ज्ञानलेसबै कुराहरूलाई जानि बुझि सक्नु भएको हुनाले(सम्मासम्बुद्धो) भनिन्छ।

(३) (विज्जाचरण सम्पन्नो)-सो भगवा वहा भगवान तीन बिद्या,आठ बिद्या र पन्ध्र प्रकारका आचरणहरूले परि पूर्ण हुनु भएको हुनाले(विज्जाचरण सम्पन्नो)भनिन्छ।

तीन बिद्या भन्नाले——-(क)(१) पुब्बेनिवासनुस्सति ञान
(२) दिब्बचक्खु ञान
(३) आसवखय ञान
(क) (१) पुब्बेनिवासनुसति ञान-पुर्ब पुर्ब जन्मलाई देख्न सक्ने ज्ञान बिद्या हुनु भएको।

(२) दिब्बचक्खु ञान-दिब्य चक्छु ज्ञान-टाढा नजिकमा भएको अति सुच्छम्,सुच्छमतम् छोपिएकोलाई पनि देवताहरूको आँखाले झै देख्न सक्ने ज्ञान बिद्या हुनु
भएको।

(३) आसवखय ञान-आश्रवछय ज्ञान-कामाश्रव, भवाश्रव, दिट्ठाश्रव, अबिज्जाश्रवलाई अरहन्त मार्ग ज्ञान द्वारा निर्मूल सखाप पारि सक्ने ज्ञान बिद्या हुनुभएको।

आठ बिद्या भन्नाले———(क) १-पुब्बेनिवासनुस्सति ञान
२-दिब्बचक्खु ञान
३-आसवखय ञान
४-दिब्बसोत ञान
५-इद्धिविद ञान
६-चेतोपरिय ञान
७-मनोमयिद्धि ञान
८-विपस्सना ञान
(४) दिब्बस्रोत ज्ञान-टाढा नजिकमा भएको कुनै प्राणीको भाषालाई देवताहरूको कानले झै सुन्न सक्ने ज्ञान हुनुभएको।

(५) ऋद्धिविद ज्ञान-रिद्धि, चमत्कार, प्रतिहार्य,विभिन्न प्रकारका शक्तिहरू प्रदर्शन गर्न सक्ने ज्ञान हुनु भएको।

(६)चेतोपरिय ज्ञान -परजन(अरूको)चित्त बिचार मनलाई जान्न सक्ने ज्ञान बिद्या हुनु भएको।

(७)मनोमयिद्धि ज्ञान-मनको ऋद्धि, सिद्धि, शक्तिले आफ्नो इच्छा अनुसार चिताएको परिपुर्ति गर्न सक्ने ज्ञान बिद्या हुनु भएको।

(८)विपस्सना ज्ञान-प्रज्ञप्तिलाई हटाएर परर्माथ सोभाव धर्म(नाम,रूप,पंच,स्कन्धको सोभाव धर्मलाई जान्न देख्न सक्ने बिद्या। दुःख,अनित्य,अनात्म देख्ने बिद्या हुनु भएको।

पन्ध्र प्रकारका आचरण भन्नाले ————————-

(१) सीलसम्बर -सील सदाचारलाई राम्रो संग सुरक्षा गर्ने
आचरण हुनु भएको।
(२) इन्द्रियसंवर-चक्छु,श्रोत,घ्राण,जिह्व,काय,(देह)र मन६इन्द्रियलाई सम्यक ढंगले सुरक्षा गर्ने आचरण हुनु भएको।
(३)भोजनेमत्तञ्ञुता-आहार भोजन प्रति अडकल राख्ने। संयम गर्ने आचरण हुनु भएको। (भोजनको मात्रा थाहा हुने)
(४) जागरियानुयोग-अति जागरिलोपन हुने आचरण हुनु भएको।
(५) सद्धा-(श्रद्धा)बुद्ध रत्न,धर्म रत्न,संघ रत्न र कर्म र कर्मको फलमा दह्रिलो बिस्वास राख्नु हुने आचरण हुनु भएको।
(६)सति-स्मृति -सधर्ममा सदा सर्वदा सजगभई होस् पुर्याई रहने आचरण (समृतिवान)हुनुभ‌एको।
(७) बहुसच्च -बहुश्रुत(बिद्वानहरू अनुरूप ब्यबहार गर्ने)। ज्ञान, कुसल, अकुसलप्रति छिप्पिएको पाको ज्ञानले बिचार पुर्याउने बहुश्रुत आचरण हुनु भएको।
(८) विरिय-वीर्य(उत्साह,जोस)कुसल कर्महरू प्रति आलश्य -अल्छि नमानि प्रयत्न सील हुने आचरण। मेहनति हुनु भएको।
(९) पञ्ञा-प्रज्ञा=ज्ञान देख्नु, सुन्नु, बोल्नु, जान्नु पर्ने शिप विद्यामा पारंगतहुने आचरण हुनु भएको।
(१०)हिरी-ह्रि=नराम्रो अकुसल कर्म गर्नमा लज्जाउने।लाज मान्ने आचरण हुनु भएको।
(११)अोत्तप्प-भय=नराम्रो कर्म गर्नमा भय मान्ने,डराउने आचरण हुनु भएको।
(१२)रूपावचर-प्रथम ध्यान अनुसार आचरण गर्ने हुनु भएको।
(१३)रूपावचर-द्वितीय ध्यान अनुसार आचरण गर्ने हुनु भएको।
(१४) रूपावचर-तृतिय ध्यान अनुसार आचरण गर्ने हुनु भएको।
(१५)रूपावचर-चतुर्थ ध्यान अनुसार आचरण गर्ने हुनु भएको हुनाले विज्जाचरण सम्पन्नो भन्दै पुजा वन्दना गरिन्छ।

(४)सुगतो
सो भगवा वहा भगवानले सहि,सत्य र हित कल्याणका कुराहरू मात्र व्याख्या गरी आफू स्वयं निर्बाण तर्फ लागि सक्नु भएको हुनाले (सुगतो) भन्दै पुजा वन्दना गरिन्छ।

राम्रो उत्तम बचन भन्नाले —————————————

१(क)सहिसत्य हो फल दायी छ परजनले रूचाउछन भने। त्यस‌्तो बचतलाई बोल्नु हुन्छ।
(ख) सहिसत्य हो फल दायी छ परजनले रूचाउदैनन भने पनि त्यस्तो बचन बोल्नु हुन्छ।
(ग) सहिसत्य हो फल दायी हित छैन परजनले मन पराउँछन् भने त्यस्तो बचन बोल्नु हुन्न।
(घ) सहिसत्य हो फल दायी हित छैन परजनले मनपराउदैनन भने त्यस्तो बचन बोल्नु हुन्न।
(ङ) सहिसत्य पनि हैन फल दायी हित पनि छैन परजनले रूचाउछन भने त्यस्तो बचन बोल्नु हुन्न।
(च) सहिसत्य पनि हैन फल दायी हित पनि छैन परजनले पनि रूचाउदैनन भने त्यस्तो बचन कहिल्यै पनि बोल्नु हुन्न। त्यसैले वहा भगवानलाई(सुगतो) भन्दै पुजा वन्दना गरिन्छ।

(५) लोकविदू
सो भगवा वहा भगवानले सत्वलोक,संखारलोक,ओकाशलोक भन्ने तिनै लोकलाई ‌‌एकाएक गरि छिन्नबिन्न गरी जानि बुझि सक्नु भएको हुनाले लोकविदू भनिन्छ।

तीनलोक भन्नाले ————————————

(क)१-ओकाशलोक
पृथ्वी, जल, वायु, अग्नि, चार उपादाय वर्ण, गन्ध, रस्स,ओज,(शक्ति, पोस्टिक) गरी चार जोडा जम्मा अट्ठ कलाप(अष्टकलाप)अविनि भौतिक रूपले निजी संसार बन्न आउछ।यी अविनि भौतिक रूप निजी संसारलाई नै ओकाशलोक भनिन्छ भन्दै जान्नु भएको।

२-सत्वलोक
सत्वलोक भन्नाले सत्वप्राणीहरू (अष्टकलाप) भौतिक रूप र कर्म,चित्त,ऋतु,आहार भनि चार जोडा जिवित रूप बन्न आउछ। त्यसैलाई नाम,रूप रूपी शरीर भएको सत्व प्राणीहरूलाई भनिन्छ भन्दै जान्नु भएको।

३-सस्कारलोक
चित्त चैतसिकको लहर ५२चैतसिक, ८९वटा चित्त, २८रूपहरूले आफ्नो कर्म अनुसार सत्वप्राणीहरू परिबर्तन भई मनुष्यलोक, देवलोक ‌,बह्रमलोकमा,चार अपाय दुर्गतिमा पुग्छन्। पुण्य कर्मको फलले एक मनुष्यलोक,६देवलोक,अकुशल कर्मको फलले चार अपाय दुर्गतिमा पुर्याउछ।र ध्यान (शक्ति) तपस्याले ध्यान सिद्धि भए अनुसार बीस बह्रमलोक सम्म पुर्याउछ। त्यसै गरी लोकलाई छानबिछान गरि एकाएक जान्नु भएको हुनाले वहाँलाई (लोकविदू)भन्दै पुजा वन्दना गरिन्छ।

(६)अनुत्तरो पुरिष धम्म सारथी
सो भगवा-वहा भगवानले कुमार्गमा लाग्ने असभ्य अज्ञानि व्यक्तिहरूलाई मैत्री र ज्ञानरूपी अश्र,सश्रले दमन गर्न सक्ने, ज्ञान मार्गमा डोर्याउन सक्ने उत्तम सारथी पुरूष हुनु भएको हुनाले वहालाई (अनुत्तरो पुरिष धम्म सारथी)भन्दै पुजा वन्दना गरिन्छ।

(७) सत्थादेव मनुस्सानं
सो भगवा-वहा भगवानले देव, बह्रम, मनुष्यहरूलाई सत मार्ग देखाइ,लौकिक सुख, लोकोत्तर सुख,साथैमा निर्बाणको ढोका उघारि दिनु हुने देव, बह्रम,मनुष्यहरूका(सास्ता)गुरू हुनु भएको हुनाले वहालाई (सत्थादेव मनुस्सानं)भन्दै )भन्दै पुजा वन्दना गरिन्छ।
(८)बुद्धो
सो भगवा-वहा भगवानले चार आर्य सत्य धर्मलाई यथार्थ रूपमा (तिपरिवट्टम्)भने झै एक सत्यलाई तिन-तिन प्रकारले सम्पूर्ण चार आर्य सत्य धर्मलाई जानि बुझि सक्नु भएको हुनाले (बुद्धो)बुद्ध भन्दै पुजा वन्दना गरिन्छ।

(९) भगवा
सो भगवा-वहा भगवान६ प्रकारका भाग्यले परिपूर्ण हुनु भएको हुनाले वहाँलाई (भगवा)भगवाान भनिन्छ।

(छ)भाग्य भन्नाले ———————-

(१) इस्सरिय भाग्य-आफ्नो चित्तलाई बसमा राख्न सक्ने,अनन्त ज्ञान, अनन्त ऋद्धि, अनन्त शक्तिले बिभिन्न प्रकारको रूपान्तर गर्न सक्ने भाग्य हुनु भएको।

(२) धम्म भाग्य-नौ लोकोत्तर धम्म(नौ+लोको+उत्तर)चार मार्ग ज्ञान चार फल ज्ञान र निर्बाणलाई नौ लोकोत्तर धर्म भनिन्छ भन्दै जान्ने भाग्य हुनु भएको।

(३) यस भाग्य-यस भन्नाले कीर्ति,मनुष्यलोक देवलोक,बह्रमलोक,जलचर,थलचर,आकाशचर जाहा पनि वहाको यस-कीर्ति फैलि रहने भाग्य हुनु भएको।

(४) सिरि भाग्य -जसले श्री सोभाले अत्यन्त सुवर्णमय रूप, रिष्ट,पुष्ट अति कोमल, अति सुन्दर,रमणीय बत्तीस लक्षण र अस्सी ब्यञ्जन सुलछणले परिपूर्ण हुने भाग्य हुनु भएको।

(५)काम भाग्य-इच्छा भए अनुसार काम गर्न सक्ने, आफ्नो र परजनको उपकार गरिदिन सक्ने भाग्य हुनु भएको।

(६) पयत्त भाग्य-बुद्धत्व ज्ञान प्राप्त नहुँदा सम्म,माहा विर्य-साहस, प्रयत्नसील रहिरहने भाग्य र भङ्ग राग, भङ्ग द्वेष, भङ्ग मोह, राग आदिलाई हटाई सक्नु भएको। द्वेष भन्ने किलेशलाई पनि जड देखिनै उखालि निर्मल सखाप पारि सक्नु भएको र बारबार जन्माउने तृष्णा रूपी गृहकार र अबिद्या रूपी अन्धकारलाई हटाई सक्नु भएको (इतिपि इमिना कारणेन च) त्यस कारणले वहाँलाई (भगवान) भगवान भन्दै दश अन्जली दुई हात जोडि काय, बचन, मन तीन द्वारा नै पूजा वन्दना गरिन्छ।

सबैमा सुभमंगलम्!!!

लिखित-सद्धम्म जोतिकधज धम्मकथिक भद्दन्त जटिल

मात्र सहभाजन – बिष्णु धनञ्ज
फ्ब साभार : buddhism in nepal