अझै पनि समय छ

योगराज दहाल

“ चत्तारो अपाया स्वक गेहा सदृसा “
## चार अपाय दुर्गति निज घर समान ##
( बुद्ध शिक्षा )

जबसम्म जीवन र जगतप्रति
सही हुँदैन मानिसको दृष्टि
न त बोध चार आर्य सत्यको
के भयो र मानव चोला पाएको ॰॰॰

 

मनुष्यको चक्रवर्ति राजा नै होस्
देव लोकको सुख भोग गरोस्
ब्रह्म लोकमा चीर काल रहे पनि
नभएसम्म बुझ्ने सम्यक् दृष्टि ॰॰॰

 

पाकेको फल भुमिमा झरे झैं
फुकेको बालुन् पुनः तल झरे झैं
ज़ब हुन्छ क्षय संचय गरेको पुण्य
आउनु पर्नेछ फेरी दुर्गति अपाय ॰॰॰

 

सुखको भोग क्षणिक मात्र हो
चार अपाय दुर्गति निज घर जस्तो
मानिसको अभिमानले के गरो
बुद्धि बिबेक किन अलमल्ल परो ॰॰॰

 

मनुष्य जीवन पाउन दुर्लभ थियो
बल्लबल्ल कुशल कर्मले दिएको
खेद लाग्दो हो बेहोसमा गएको
खाली रित्तो हात मृत्य मुख परेको ॰॰

 

जति छ जिन्दगी बर्तमान बँचेको
अझै त उपाय देखिंदै गरेको
बुझ्न प्रयास गरौं सत्य के जगतको
दृष्टि शुद्धि ज्ञान मार्गको मुख्यहो ॰॰॰