पापकर्मकाे फल

सुर्य घिसिङ

यस्तो भयो कि मगध नरेश अजातशत्रुले घोडासवार र पैदल सेना जम्मा गरेर कोशल नरेश प्रसेनजितको राज्यको एक भाग काशी – जनपदमा आक्रमण गरे ।

दुई तर्फबाट भिषण युद्ध भयो । अजातशत्रुले प्रसेनजितलाई युद्धमा परास्त गरे । प्रसेनजित वापस श्रावस्ती गए ।

जो भिक्षु श्रावस्तिमा भिक्षाटन गरेर फर्किरहेका थिए, उनीहरुले आएर तथागत बुद्धलाई युद्ध तथा प्रसेनजितको पराजय भोगेर फर्की आएको समाचार सुनाए ।

भिक्षु हो ! मगध – नरेश अजातशत्रु अकुसलको पक्ष लिनेवाला हो । कोशल – नरेश प्रसेनजित कुशलधम्मि हुन । अहिले प्रसेनजित राजा पराजित हुनुको कारणले दु:खी छन् ।
जयले वैर उत्पन्न हुन्छ । पराजित दुखी हुन्छ । तर जो उपशान्त छ, जसलाई जय – पराजयको चिन्ता छैन, उ सुखपुर्बक निदाउछ ।

फेरि यस्तो भयो कि दुबै राजा दोस्रोपटक युद्ध – भुमिमा भेट्टिए । तर यसपटक कोशल – नरेश प्रसेनजितले अजातशत्रुलाई पराजित गरे साथै जिउँदै पक्रिए । तब प्रसेनजितले सोचे :- जसलाई मैले केही हानी पुर्याएको थिइन, यद्यपि अजातशत्रुले मलाई कष्ट दियो…..फेरि पनि उ मेरो भाञ्जा हो ।
कस्तो हुन्छ मैले उसलाई जिउँदो छोडदा, तर उसको सबै सेना, हात्ती, घोडा, रथ लिनेछु । उसले त्यस्तै गर्यो ।

श्रावस्तिमा भिक्षाटन गरेर फर्किएका भिक्षुहरुले तथागतलाई यो समाचार सुनाए । तब तथागतले भन्नुभयो :- एक मनुष्यले दोस्रोलाई यथेष्ट हानी गर्न सक्छ । तर जसको हानी हुन्छ उ फेरि दोस्रोको हानी पुर्याउछ ।

जबसम्म पापकर्म फल दिन आरम्भ गर्दैन तबसम्म मुर्ख जन आनन्द मनाउन सक्छ । तर जब पापकर्मले फल दिन सुरु गर्छ, तब मुर्खजन दुखी हुन्छ ।
हत्यारालाई हत्यारा मिल्छ, जसले दोस्रोलाई लडाइँमा हराउँछ उसलाई हराउने वाला नि भेट्टाउछ, जो अरुलाई गाली दिन्छ, उसलाई गाली दिने वाला पनि मिल्छ ।
यश प्रकार कर्मको बिकाशको फलस्वरूप जो मनुष्य दोस्रोलाई कष्ट दिन्छ – उसले पनि कष्ट भोग्छ ।