आफूले गरेको कर्म कसले भोग्छ र ?

प्रस्तुति : निर्मल एमजिके
एक समयमा एक गाउँमा धेरै राम्रा सुशील किसान थिए। उनी सबैलाई पनि दया माया गर्ने एक दयालु ब्यक्ति थिए।
एक दिन बास न गाँस भएका दुई दम्पतिलाई बोलाएर उनको खेतको सामु भएको सानो घरमा  बस्न दिए र खानको निम्ति एक महिनाको लागि चामल,नुन, तेल इत्यादि सबै भरिपूर्ण गरि दिए । त्यसपछि एक एकड जमिनमा फलफूल इत्यादि रोप्नको निम्ति अनुमति दिए ।

त्यसपछि उनले पछि आफू बृद्ध भएर काम गर्न नसक्ने अवस्थामा आफ्नो लागि केही आमदानी हुन्छ भनी आपको बोट कागतीको बोट यस्तै धेरै बर्ष सम्म टिक्न सक्ने बोट बिरुवाहरू रोप्न लगाए। तिहुन तरकारी सागपात इत्यादि सबै रोप्नु त्यसबाट निस्केको फाइदा चै तिमीहरूले नै लिनु भनी दया पूर्बक उनीहरूलाई दिए।
त्यसै ग‌रि दुई दमपत्निहरू अरू बाहिरी काम पनि गर्दै बारीबाट निस्केको तिहुन तरकारी बेच्दा बेच्दै उनीहरूको
आम्दानि धेरै राम्रो भयो।
दुई दम्पतिले आफू माथि धेरै ठूलो उपकार भएका दयालु किसानलाई बर्षबास सुरू हुँदा र वर्षबास अन्तिम हुँदा ढोग वन्दना गरेर जो बारीबाट उब्जनी भएको तिहुन तरकारी गौरवका साथ दिए ।
त्यो जमिनमा उब्जनी पनि धेरै राम्रो भयो र आपको बोटमा आप पनि धेरै फल्न थाले साथैमा अन्य फलहरू पनि लटरम्म फल्न थाले, त्यो ठाउ चारै तिर हरियाली छाएको अति रमणीय ठाउँ बन्यो। ती किसानले दुवै पति पत्नीलाई आफ्नै छोरा बुहारी जस्तै गर्दथे र उनीहरूले पनि आफ्नै पिता तुल्य मान्दै थिए।

एक दिन ती दयालु किसानले ती दुई पति पत्नीलाई आफ्नो घरमा निमन्त्रणा गरेर भने, “तिमीहरू दुईजना मेरो घर बारीमा बसेको पनि पाँच साल भइसक्यो अब त तिमीहरूको आम्दानी पनि राम्रो भएर आयो। म पनि बृद्ध भइसके । मलाई पैसाको आवश्यक परेको कारणले यो जग्गा जमिन म अरूलाई बेच्दै छु त्यसैले तिमीहरूले आफ्नो घर ब्यवस्थापन गर म तिमीहरूलाई एक महिनाको समय दिन्छु ।”
​ त्यसपछि ती दुई पति पत्नी घर फर्किए। पत्नीले भनिन् , “सबै फलफूल फल्न थाले पछि हामीलाई याहाबाट लखेट्न लागे हामी यत्तिकै चुप लागेर बस्नु हुँदैन भनि भन्दा उनका पतिले पनि सहि हो हामी चुप लागेर बस्नु हुदैन अब हामी कै त अवश्य गर्नु पर्छ भनि जो हामीले रोपेका आपका बोट, कागतिका बोट आदि गरिएका फल फूलका बोटहरू काटेर सबै विध्वंस सखाप गरि दिनु पर्छ ।”
त्यस पछि पत्नीले आफुले रोपेका तिहुन तरकारीहरू सबै काटेर गाई बस्तुलाई खिलाउँदै सोत्तर बनाई दिईन् । छिनमै हेर्दा खेरि अति राम्रो अति सुन्दर, रमणीय चारैतिर हरियाली बारीलाई समसान घाट जस्तो बनाई दिए।
अनि दुबैजना तिहुन तरकारीका बोटहरू र फलफूलका बोटहरू सखाप भएको देखेर खुसीका साथ आफूलाई चित्त बुझाएर बसे। लौ अब तिनीले के गर्न सक्छन् र भन्दै उल्टै आफूलाई उपकार गर्ने उपकारी माथि गालि र निन्दा गर्दै बसे।
उनीहरूको काम सफल भयो भन्दै त्यो रात पालेर राखेका कुखुरा काटेर आफुहरुलाई इच्छा लाग्दो भोज गरे। पत्नीले पतिलाई भनिन् , “यो बारीका मालिकलाई तपाईंको बारीका तिहुन् तरकारी र फलफूलको बोटहरू सबै सखाप गरिदियौं । अब त्याे बुढाले हामीलाई के गर्छन् होला ?”

पतिले क्रोधित हुदै भने, “के भन्न सक्छन ? के गर्न सक्छन ? गरून् न ।”

क्रोध धेरै भएको ब्यक्तिसित मित्रता भएर बस्नु पनि धेरै डरलाग्दो हुन्छ।

त्यो दिन उनीहरूको खेत बारीका मालिक त्यहाँ नआई पुग्नु उनीहरूको लागि धेरै राम्रो थियो  । उ आएर यदि सोधेका थिए भने दुई पति पत्नीको लागि सजिलो हुने थिएन।

दुई पति पत्नीलाई लोभ र दोष अग्र भएको कारण र अबिद्या रूपी अन्धकारले ढाकेको कारणले उपकारीको उपकारलाई अलिकति पनि देख्न सकेनन्। ​ धेरै जसो मनुष्यहरू आफ्नो लागि कसैबाट उपकार भईरहेको छ उनीहरुबाट आफूलाई राम्रो हुनेसम्म मात्र उपकार तिरे जस्तो गर्छन् । अनि उनीहरुको लागि केही उपकार पनि भएन भने र उनीहरुको लागि कतै काम लाग्न सकिएन भने उपकार तिर्न त कता हो कता उल्टै कतै ओरालोमा हिडिरहेको बेला पछिबाट धक्का दिएर तलै पुर्याइ दिन्छन्।
त्यति धेरै गरेर पनि ती दुई पतिपत्नीलाई मनमा अझैपनि चित्त नबुझेर पतिले उनकी पत्नीले पतिलाई भनिन् “हामीहरु यहाँ आउदा यो घरको झुपडी त्यति राम्रो थिएन । राम्रो त हामीले बनाएका हौँ । यो पनि हामीले सबै बिगार्नु पर्छ ।”
त्यस पछि पतिले त्यो सानो घर पनि बिगारिदिए। सम्पूर्ण त्यो खेत बारी केही पनि हेर्न लायक रहेन।
भोलि पल्ट खेत बारीका मालिकले गाउँका मुखिया र गाउँका भलाद्मी ब्यक्ति चार जना र सरकारी कर्मचारीलाई बोलाएर आफ्नो खेत बारीमा आए। सम्पूर्ण त्यो खेत बारी केही पनि हेर्न लायक नभएको अवस्थामा देख्दा उनि आश्चर्य परे र उनले दुई दम्पतिलाई सोधे, “यस्तो अवस्थामा कसरी भयो ?”

उनले भने, “हामीले नै रोपेको तिहुन तरकारी हामीले नै रोपेका फल ‌‌‌‌फूल का बोटहरू, हामीले नै स्याहारसुसार गरेर राम्रो बनाएको घर हामीले बिगार्दा के हुन्छ ?”
दयालुपन भएका खेत बारीका मालिकले भन्छन-“हेर त तिमीहरू कति मूर्ख रहेछौ। मैले हिजै मेरो खेत बारी बेच्ने निर्णय बदलिसकेको थिँए। म अब जिवन भर सासनमा प्रबेश भएर चिवर धारण गर्ने छु त्यसैले यो खेत बारी पनि म तिमीहरूकै नाममा गरिदिने निर्णय गरेर गाउँका मुख्या सहित गाउँका भलात्मी चार जना पनि बोलाएको छु।”

उनीहरू छक्क परेर भने, “हँ! हामीहरूको नाममा बनाई दिनुहुन्छ?”

त्यसपछि ती दुई पति पत्नी दुवै उनीहरूको गल्ती सम्झेर पश्चाताप को आसु बगाएर रून थाले।

खेत बारीका मालिकले तिनीहरूले गरेका गल्तिलाई माफि दिएता पनि गाउँका भलाद्मी ब्यक्तिले र गाउँ बासिहरू कसैले पनि उपकारीको उपकारलाई जान्न नसक्ने बताए ।

“उपकारी माथि नराम्रो दुर्ब्यबहार गर्ने यस्ता अग्यानि ब्यक्तिहरूको नाममा गर्दिन हामी सहमत छैनौं” उनीहरुले  भने।

त्यस कारण उनले पनि त्यो जमिनलाई सासनको लागि दान गरिदिए ।

त्यस पछि ती दुई पति पत्नीलाई त्यहाँका गाउँ बासीहरूले कुकुर भगाएझै त्यो गाउँबाट निस्कासित गरिदिए।

यो कथा बस्तुलाई राम्रो संग सुरू, बिच , अन्तिमसम्म पढ्ने भने धेरै जसो मनुष्यहरूको बिचार कस्तो हुन्छ भन्दा उनीहरूको मन पर्दो काम दश चोटी गरिदिएर , कारण बस उनीहरूको काममा एकै पल्ट हाजिर हुन पाइएन भने मनमा ठूलो सत्रुता लिएर बसेका हुन्छन् ।

परोपकार गरेको राम्रो हो। अरूले गरेको उपकारलाई अपकार गरेर आफ्नो स्वार्थको लागि काम गरिरहेका उपकारीको उपकारलाई जान्न नसक्ने अपकारीको जाने बाटो चाहिँ अपाय दुर्गतिको बाटो हो। आफूले गरेको कर्मको फलको भागिदार आफै हुनुपर्छ।