पद्मसम्भव : एक संक्षिप्त परिचय

प्रस्तुति  सुर्य घिसिङ

 

पद्मसंभब बौद्धाचार्य अथवा गुरु रिम्पोचे तिब्ब्तीमा “लोब पोन” ( आचार्य ) या “पद्म जुड” ले ( कमलबाट उत्पन्न ) पनि भन्नेवाला एक पौराणिक भारतीय बौद्ध रहस्यबादी, जसले तिब्बतमा तान्त्रिक बौद्धबादको सुरुवात गरे तथा जसलाई त्यहाँ पहिलो बौद्ध मठ स्थापना गर्नेको श्रेय दिइन्छ ।

परम्पराको अनुसार, पद्मसंभव उद्यान ( बर्तमान स्वात, पाकिस्तान ) का निवासी थिए । यो क्षेत्र आफ्नो तान्त्रिक विद्याका लागि बिख्यात थियोे । त्यहाँ एक तान्त्रिक र योगाचार पथका सदस्य थिए तथा भारतको एक बौद्ध अध्यायन केन्द्र, नालन्दामा पढाउथे ।  ७४७ मा उसलाई राजा ठि स्त्रीङ देचनले तिब्बतमा आमन्त्रित गरे । त्यहाँ उसले कथित रुपले तन्त्र-मन्त्रद्वारा ती सैतानलाई भगाए, जसले भुकम्प उत्पन्न गरेर एक बौद्ध मठको निर्माणमा बाधा उत्पन्न गरिरहेको थियोे । उसले ७४९ मा बौद्ध मठको निर्माण कार्य पुर्ण हुन्जेलसम्म त्यसको रेखदेख गरेका थिए ।

तिब्बती बौद्ध पंथ ञिङ्गमा पा ( पुरातन पथ ) का सदस्य पद्मसंभवको तान्त्रिक क्रीया, पुजा तथा योगका शिक्षाको पालना गर्ने दावा गर्दछ । पन्थका शिक्षाको मौलिक पाठ्य सामग्री, जसको बारेमा भनिन्छ कि पद्मसंभवले त्यसलाई गाडी दिएका थिए । ११२५ को आसपासमा भेटिन थालियो । उसले कयौं तान्त्रिक पुस्तकको मुल संस्कृतबाट तिब्बती भाषामा अनुबाद पनि गराएका थिए ।

पौराणिक मान्यता:-
भारतको पश्चिममा ओड्डियान नामक एक स्थान छ । इन्द्रभुती नामक राजा त्यहाँ राज्य गर्दथे । अनेक रानी हुँदा पनि उसको कुनै सन्तान थिएन । उसले महादान गर्यो । याचकहरुको इच्छा पूरा गर्नका लागी स्वर्ण दिपमा स्थित नागकन्याबाट चिन्तामणी रत्न प्राप्त गर्नका लागि उसले महा समुन्द्रको यात्रा गरे । फर्किने समयमा उसले एक दिपमा कमलको भित्र स्थित लगभग अष्टबर्सिय बालकलाई देखे । उसले ती बालकलाई आफ्नो साथमा ल्याए राज्याभिषेक गरे । राजपुत्रको नाम सरोरुहवज्र राखियो । राज्यप्रति अरुचीका कारण उसले त्रिसुल र खडग लिएर, अस्थिहरुको माला धारण गरि नागो शरीर भएर ब्रताचरण आरम्भ गरे । नृत्य गर्ने समयमा उसको खडगबाट एक मन्त्रीका पुत्रको मृत्यु भयो । दण्डस्वरुप उसलाई त्यहाँबाट निष्कासन गरियो । उ ओड्डियानका दक्षिणमा स्थित शितबन नामक शमशानमा बस्न थाल्यो । त्यहाँ बस्दा बस्दै उसले मन्त्रचर्याको बलले कर्म – डाकिनीलाई आफ्नो बशमा गरे र लोकले उसलाई “शान्तरक्षित” नाम दिए ।

त्यहाँबाट उ जहोर प्रदेशको आनन्दवन नामक शमशानमा गए र विशिष्ट चर्याका कारण डाकिनी मारजितद्वारा अभिषेकका साथ अधिष्ठित गरे । तदन्तर त्यहाँबाट पुनः त्यस दिपमा गए, जहाँ उ पद्यमा उत्पन्न भएका थिए । त्यहाँ उसले डाकिनिका संकेतानुसार गृह्रातन्त्रका साधना गरे र बज्रबाराहीको दर्शन गरे । त्यही उसले समुन्द्रीय डाकिनीलाई वशमा गरे र आकासीय ग्रहमा अधिकार प्राप्त गरे । डाकिनीहरुले उसको नाम “रौद्रव्रबिक्रम” राखे ।

एक पटक उसको मनमा भारतीय आचार्यबाट बौद्ध एवं बौद्धत्तर शास्त्रका अध्यायनको इच्छा उत्पन्न भयो । तदनुसार जहोर प्रदेशका भिक्षु शाक्यमुनिका साथ आचार्य प्रहित भएको ठाउँमा पुगे । त्यहाँ उसले प्रब्रज्या ग्रहण गरे र उसको नाम “शाक्यसिंह” राखियो ।

तदन्तर उ मलय पबर्तमा निबाँस गर्नेवाला आचार्य मन्जुश्रीमित्रका साथमा गए । तिनीहरुले उसलाई भिक्षुणी आनन्दी भएको ठाउँमा पठाए । भिक्षुणी आनन्दीले उसलाई अनेक अभिषेक प्रदान गरिन् । भिक्षुणीको सानिध्यमा उसलाई आयुविद्या एवं महामुद्रामा अधिकार प्राप्त भयो । तदन्तर अन्य आचार्यसग उसले प्रब्रकिलबिधी, पद्यवाग्विधी, शान्त-क्रोध माया धर्म एवं उग्र मन्त्रका श्रवण गरे ।

तदन्तर उ जहोर प्रदेश गए र त्यहाँको राजकुमारीलाई वसमा गरेर पोतलक पर्बत गए । त्यस पर्बतको गुफामा उसले अपरिमितायु मण्डललाई प्रत्यक्ष दर्शन गरेर आयु साधना गरे, तीन महिनाको साधना अनन्तर वैरोचन अमितायु बुद्धको साक्षात दर्शन गरे । त्यसपछि उ जहोर र ओड्डियान गए र त्यहाँका लोकलाई सद्धर्ममा प्रतिष्ठित गरे । उसले अनेकौं तैर्थिकलाई शास्त्रार्थमा परास्त गरे तथा नेपाल गएर महामुद्राका सिद्धी गरे ।

 

स्रोत:- भारतकोश

-६:५५ am, -२०१९/१/१७