कुनै मनुष्य बुद्ध कसरी हुन्छ ?

अनुबाद:- सुर्य घिसिङ

कुनै मनुष्य बुद्ध कसरी हुन्छ ? कुनै मनुष्य अन्धकारमा कसरी उभिरहन्छ ?

म एउटा बगैंचामा गएको थिएँ । एउटै किसिमको जमीन थियोे त्यस बगैंचामा । एउटै आकाश थियोे त्यस बगैचाको माथी, एउटै घामको किरण छरिन्थ्यो, एकै किसिमको हावा चल्थ्यो ।

एउटै किसिमको माली थियोे, उस्तै पानी झर्थ्यो । तर त्यस बगैंचामा सबै फूल अलग – अलग फुलेको थियोे । म सोच मग्न भएँ- हुनसक्छ कहिले कुनै बगैचामा जाँदा तपाईंलाई पनि यो सोचाइ उत्पन्न भएको होस् ।
जमिन एउटै हो, आकाश एउटै हो, घामको किरण एउटै हो, हावा एउटै हो, पानी एक हो, माली एक हो । तर गुलाफमा गुलाफको फूल छ, चमेलिमा चमेलिको फूल छ । सुगन्ध पनि अलग छ ।
उस्तै जमीन र उस्तै आकाश मुनि उस्तै घामको किरणले यो अलग अलग फुल, अलग अलग रंग, अलग अलग सुगन्ध, अलग अलग ढंग कसरी तानेर ल्याउछ ?
म त्यस मालीसँग सोध्न थालें । उसले भन्यो:- सबै कुराहरू एउटै हो तर तान्ने बिज अलग अलग हो ।
एउटा सानो बिजले त्यस्तो के तानेर ल्याउछ होला ?

एउटा सानो बिज यति व्यापक आकाश र यति ठुलो जमिन – सुर्य र यति बिघ्न हावालाई …..यी सबैलाई एकातिर फ्याकेर आफ्नै इच्छाको रंग भर्दछ !
यति ठुलो दुनियाँलाई एकतर्फ हटाएर एउटा सानो बिजले आफ्नै इच्छाको सुगन्ध तान्छ ! एउटा सानो बिजको सङकल्प यति ठुलो छ – जति आकाश छैन, जति पृथ्वी छैन ! एउटा बिज त्यहीँ हुन्छ जे हुन चाहान्छ । एउटा सानो बिज भित्र यस्तो के हुनसक्छ ?

हरेक बिजको आफ्नो इच्छा छ, आफ्नो सङकल्प छ । त्यो सानो बिजले त्यहीँ तान्छ जे तान्न चाहान्छ र सबै रहिरहन्छ, उसले त्यसलाई छुदापनी छुदैन ।
गुलाफ गुलाफ बन्दछ, चमेली चमेली बन्दछ । नजिकै चमेली बन्यो चमेली, नजिकै गुलाफ बन्यो गुलाफ । एउटै माटोबाट दुबैले ताकत तानेको छ । गुलाफको सुगन्ध अलग छ, चमेलीको सुगन्ध अलग छ, रंग – ढंग सबै कुराहरू अलग छ ।

जिन्दगीमा अनन्त सम्भावना छ । तर हामी त्यही बन्दछौ जे हामी ती सम्भावनाहरुबाट आफ्नो भित्र तानेर ल्याउछौ । अनन्त बिचारको बिस्तार छ, अनन्त बिचारको तरंग छ चारैतिर, तर हामी त्यहीँ बिचारलाई आफ्नो साथमा तान्छौ, जुन बिचारलाई तान्ने क्षमता, मैगनेट, जुन बिचारलाई तान्ने Receptivity हाम्रो भित्र हुन्छ ।

यस दुनियाँमा एक मनुष्य बुद्ध बन्छन । र यसै दुनियाँमा हामी केही पनि हुदैनौ- बन्दैनौ, केही नभएरै मेटिन्छौ – खत्तम हुन्छौं ।
जुन दुनियाँबाट तानिन्छ सम्पुर्ण चिज त्यो बिल्कुल एउटै हो – त्यो आकाश एक, त्यो जमिन एक, त्यो चारैतिर भएको हावा एक, त्यो घाम-चन्द्रमा-तारा एक, ती सबै कुराहरू एउटै तर हरेक मनुष्य अलग अलग कसरी हुन्छ ?
हाम्रो शारीरिक बनावट पनि एउटै छ, अनुहार उस्तै छ, हाम्रो हड्डी – मासु – मज्जा पनि एउटै छ ।
फरक कहाँ पर्दछ ? मनुष्यको ब्याक्तीत्व अलग अलग कहाँ हुन्छ ? केही मनुष्य बुद्ध कसरी हुन्छ ? कुनै मनुष्य अन्धकार मै कसरी उभि रहन्छ ? कुनै मनुष्य प्रकाशमा कसरी उठछ ?

त्यहीँ कुनै मनुष्यलाई लाखौं प्रकाश देखाउदा पनि अन्धबिश्वास, तृष्णा, आडम्बर र पाखण्डको सच्चाइलाई बुझ्दैनन, त्यसैलाई आफ्नो हित सम्झिन्छन ।
त्यहीँ कुनै मनुष्यलाई थोरै प्रकाश देखाइ दिदा उसले आडम्बर, तृष्णा, पाखण्ड, आडम्बरको जाललाइ बुझ्छ ।
साथै तृष्णाको जाललाई काटेर हिडने छ धम्मको मार्गमा ।

साभार:- मौर्य बाला अंशीका मौर्य ।