भगवान बुद्धको अन्तिम उपदेश

 प्रस्तुति : बिष्णु धनञ्जय

अतुलनीय तथागत सम्मासम् गौतम भगवान बुद्ध (८०) बर्षिय आयु र (४५) बर्षा वासिक परिनिर्वाण लिने समय थियो। सम्पूर्ण एउटा सालको सारा वनैभरी सुनसान मौन भएको थियो। भिक्षु- भिक्षुनी हरु र मनुष्य देवता परिषद् आदिहरूले जनपूर्ण भिड थियो। भगवान बुद्ध दुईवटा सालको मध्यम बिचमा वृक्षको मुनि उत्तर दिशा तर्फ शीर पारेर अन्तिम विदाई लिँदै लोकमा धर्मका सूर्य चाँडैनै अस्ताउँदै हुनुहुन्छ।

सुनसान मौनता भित्र सुँक्क सुँक्क बिलौनाहरु को शब्द निस्किँदै आयो। कुनै भिक्षुहरूले बगेर आएको तातो आँसु धारालाई आफ्नै चिवरले पुसेर, कुनै भिक्षुनीहरु को गहभरी आँसुको बाढी बगेको थियो।

भगवान बुद्ध हुनु भएको ठाउँ देखि केही टाँडा सालको वृक्ष लाई कटेर, भगवान बुद्ध लाई नियालेर हेर्दै निरन्तर रसाएर बगेको आँसुको धारा लाई चिवरले पुस्दै विलौना गर्दै रुनु भएको वृद्ध एक वर्गिय भिक्षु मध्ये आनन्द हुनु हुन्थ्यो।

बीस वर्ष भन्दा बढी छेउ बाट एक पाईला पनि साथ नछोडि कन नजिक बाट सेवा गर्ने आनन्दको भगवान द्वारा बिदाई दुर हुनु पर्ने डहनको चोट कसरी सहन गर्न सक्नु हुन्थ्यो।

भन्ते आनन्दको अत्यधिक प्रबलता पूर्वक बिलौना गरेर रूनु भएको शब्दले सालको बन लाई अझै हृदयविदारक शोकाकुल पारेको थियो। भगवान रहनु भएन भने लोकमा प्राणीहरू लाई सहि मार्ग दर्शन गराउने (उपदेश गर्ने) गुरू रहित हुने भयो भन्ने विचार धारणाले भन्ते आनन्दको चित्त अधिक शोक व्याकुलता ले चिन्तित गरायो।

भगवान ले-
“आनन्द” म भगवान पश्चात तिमीहरू मा गुरू रहित हुने भयो भन्ने विचार धारणा लाई नलेऊ, म भगवान ले पैतालिस (४५) बर्ष सम्म उपदेश गरिएका धर्म विनय तिमीहरू को गुरू मार्ग दर्शक हुनेछ। यसरी भगवानले सान्त्वना दिँदा भन्ते आनन्दको बिलौना गरेर रूने बन्द भयो।

भगवानले हाम्रो लागि छोड्दिनु भएको धम्मविनय त्रिपिटक भन्ने गुरू आचार्य लाई खोजी गर्दा संघहरु को हृदयमा भेटियो। राम्रो जानकारी भयो। भगवान नरहनु भए पश्चात संघहरु नै लोकका गुरू मार्ग दर्शकहरु होइन र, संघहरु भै रहनु, भगवान भै रहनु समानता नै त हो।

भगवान लाई प्रत्यक्ष रुपमा दर्शन गर्न चाहने हो भने, क्षणिक प्रत्यक्ष रूपमा हुनु भएको संघहरु को दर्शन गर्नु हवोस्। संघहरु भन्नु नै भगवानका प्रतिरूपहरू नै त हो।

संघहरु रहे सम्म, भगवान भगवान हुनु भएको जस्तै गरी मार्ग दर्शन गराई दिने गुरू आचार्यहरू भए जस्तै सासन पनि स्थिर अडि रहेको हुन्छ। सत्य धर्मको इच्छुक खोजी गर्दै हिड्ने कल्याण मित्र, धर्म मित्रहरु पनि कुसल (पुण्य) धर्ममा खुसीका साथ आनन्दित हुन सक्ने हुन्छ।

संघहरु रहनु भएन भने मार्ग दर्शन (उपदेश) गर्दिने गुरू आचार्य पनि हुनु हुन्न र सासन पनि हराएर गयो भने बुद्ध वंश हरूको हृदयमा कस्तो महसुस हुन्छ होला।

बितेको २५०० साल बर्ष अगाडी सालघारीको वनमा जस्तै बिलौना गर्दै रूएर आँसुको धाराले भल बग्ने हाम्रो देशमा कहिल्यै पनि सुन्न नपरोस,
भगवान बुद्धको अन्तिम उपदेश लाई होश राखौँ
भिक्खवे !
“अप्पमादेन सम्पादेथ”
भन्दै….