विनयधर उपालि

अनुवाद – बिष्णु धनञ्जय

महास्थिवीर उपालि बौद्ध काल का एक महान आदर्श पात्र हुनुहुन्छ। महास्थिवर उपालि बौद्ध धम्मको यो विशिष्टता को घोषणापत्र हुनुहुन्छ कि एक निम्न जाति मा उत्पन्न व्यक्ति पनि भगवान बुद्धको मार्गको अनुसरणगर्दै महामानवको पदलाई प्राप्त गर्नु भएको छ।

उपालि भगवान बुद्ध द्वारा स्थापित विनयहरुको श्रेष्ठ विद्वान ज्ञाता हुनु भएको थ्यो। वर्तमान विनय पिटकको संग्रह गर्ने श्रेय उपालि महा स्थविरलाई नै जान्छ। त्यसै कारणले वहाँलाई बौद्ध साहित्यमा विनयधर को नामले सम्मान वर्णन गरीएको छ। महास्थविर उपालि भिक्खुहरु लाई प्रशिक्षित गर्नमा विशेष रूपले पारंगत हुनु हुन्थयो र आफ्नो जीवन को एक सयपचासवर्ष सम्म भिक्खुहरुलाई प्रशिक्षित गर्ने महान कार्य गर्दै रहनु भयो।

भगवान बौद्ध को इतिहासमा हेर्नेहो भने, भगवान बुद्धको जातीवाद सामाजिक प्रती क्रांतिको झलकहरु आँखाको सामु प्रकट भएर आएको देखीन सकिन्छ, कि- बुद्धको धम्ममा कुनै जातियहरु प्रति, उंच-नीच को भेदभाव भन्ने थिएन। कुनै एउटा कुलमा जन्म हुँदैमा कोही पनि उंचा या नीचा भन्ने हुँदैन। जातिको कुनै औचित्य छैन। मानिस हरु उंच वा नीच आफूले गर्ने कर्महरुको कारणले मात्र हुन्छन् , जन्म-जाति को कारणले होइन। भगवान बुद्धको समय कालमा पनि जाति भेद को दुष्प्रभाव थियो। ब्राह्मण हरुले आफुलाई उच्चा र अन्य जातिय लाई, ब्राह्मणहरु द्वारा नीच मान्ने गर्दथ्ये। जतीनै दुराचारी भएता पनि ब्राह्मण श्रेष्ठ, र जतिनै सदाचारी भएता पनि अन्य जातिय लाई अधम (मुर्ख) मान्ने गर्दथ्ये। तर तथागत भगवान् बुद्धले त्यस जातिवाद लाई मान्येतर दिनुनै भएन, बल्कि त्यसलाई अस्वीकार गर्नु (नकारनु) भएर जरैबाट उखेलेर फेक्दिनु भएको थियो, र वहाँले सदाचार सील, समाधि, प्रज्ञा द्वारा निर्वाणको श्रेष्ठ उपदेस गर्नु भयो।

भगवानबुद्धले आफ्ना संघ समाजमा हरेक विभागका पुद्गलहरु लाई परस्पर सम्मिलित र समानताको स्थापना गर्नु भएको थियो। सारिपुत्र र मोग्गलान ब्राह्मण कुल मा जन्मीनु भएको थियो, उपालिको नाई कुल मा, र प्रकृति चाण्डाल कुल मा, अनाथपिंडिक वैश्य कुलमा, बिम्बिसार, प्रसेनजीत, खेमा आदिको क्षत्रिय कुलमा जन्म भएको थीयो। तर भगवान बुद्धको शरणमा सबै को स्थान एक समान थियो, जातियको कारण कुनै भेदभाव भन्ने हुँदैन थ्यो।

अरे, अम्बपाली नगर वधू भएको कारणले पनि कुनै भेदभाव थिएन भने, वहाँ भिक्खुणीसंध मा प्रविष्ट (प्रवज्जा) भएर नै, शुद्ध श्रेष्ठ भिक्खुणी हुनु भएको थियो। बौद्धधार्मिहरू को यो विशेषता छ कि- कुनै भिक्खुसंघहरु मा, भिक्खुणीसंघहरु मा, उपासक उपासिका संघहरुको सभासदमा, कुनै पनि गोत्र,जाति अथवा आयु को कारणले ठुलो वा सानो मानिदैनँ। जुन भिक्खु हरु उपसम्पदा मा ठुला हुनुहुन्छ, वहाँ हरुलाईनै ठुला मानिने चलन छ। उपालि भिक्खुको प्रवज्जा, छः जना राजकुमार हरुको भन्दा पहलै भएकाले शाक्य कुमार हरुले वहाँलाई वंदना, र सम्मान गरेको देखा पर्दछ।

“सद्धाय अभिनिक्खम्म, नवपब्बजितो नवो।
मित्ते भजेय्य कल्याणे, सुद्धाजीवे अतिन्दिते।
सघस्मिं विहरं भिक्खु, सिक्खेथ विनयं बुधो।
कप्पाकप्पेसु कुसलो, चरेय्य अपुरक्खतो’ति।।

” उपरोक्त उदान गाथा मा श्रद्धा, अभिनिष्क्रमण तरूणाई, संगति र शुद्ध आजीविका एवं आलस्यरहित अर्थात अप्रमादी या तन्द्रारहित हुनु- यी छः गुणहरु को संक्षिप्त वर्णन छ। उपालि महास्थविर को तीक्ष्ण बुद्धि को परिचय गराउने र धम्मलाई गहिरीएर जान्नुको यो पर्याप्त प्रमाण छ। जन्म ले कोहि उचा हुँदैन, आफुले गरेको राम्रो कर्मले उच्चा, नीचा हुन्छन्। जब सम्म विनय पिटक विद्यमान छ, तब सम्म विनयधर उपालि महास्थविर जीवित भए जस्तै हो।

 

भवतु सब्ब मंगलम्