चिवरलाई शत्रु झैँ दुर्व्यवहार गर्ने ब्याधाको भव निष्कर्ष

प्रस्तुति  – बिष्णु धनञ्जय

भगवान बुद्ध जेतवन विहारमा विहार लिनु भएको बेलामा उहाँले कोक नाणक नामक कुकुर पाल्ने ब्याधा (शिकारी)को बिषयमा लिएर देशना गर्नु भएको कथा वत्थु हो।

एक दिन कोक ब्याधा धनुषबाण बोकी कुकुरहरु साथमा लिएर शिकार खेल्न जङ्गल तर्फ गए।

यात्राको बिचमा ब्याधाले भिक्षाटनमा गर्दै अाएका एक वर्गिय भिक्षु लाई देखेर रिसाएर मैले निच तुच्छ व्यक्ति देखे ।  भिक्षुले पनि भिक्षा प्राप्त भोजन सिध्याएर विहार तर्फ जाँदै हुनुहुन्थ्यो। याे देखेर ब्याधाले आज एउटा पनि शिकार मिल्ने वाला चाहिँ छैन भन्ने साेच्दै जङ्गल पस्यो।

त्यस दिन ब्याधाले शिकार गर्न पाएन । जङ्गलमा कुनै शिकार नपाई फर्केर आउँदै गर्दा उनले फेरी ती भिक्षुलाई देख्यो। उनले आज मैले कुनै पनि शिकार नपाएको ती भिक्षुको कारणले हो भन्ने ठानेर भिक्षुलाई कुकुर टोक्न लगायो। भिक्षुले ब्याधालाई उपासक यस्तो नगर्नु होस् भनेर बिन्ती गर्नु भयो।

तर ब्याधाको मिथ्या दृष्टि भएको आँखाले देखेन र एक नसुनिकन, आज मैले शिकार नपाउनु तँ जस्तो तुच्छ भिख माग्ने भिक्षुको कारण ले हो। त्यस कारण तँ जस्तो तुच्छ भिक्षु लाई कुकुर लगाएर टोकाउँछु भनेर क्षमा माग्नु भएको कुरालाई स्वीकार नगरी कुकुरहरुलाई भिक्षु भएको ठाउँ तर्फ पठायो।

चिवरलाई देख्ने साथ कुकुरहरु पनि भिक्षुलाई टोक्न  झम्टेर गए। भिक्षुले पनि आफु बँच्नको लागि दौडिंदै नजिकमा भएको रुख माथि चडेर कुकुरहरुले टोक्न नसक्ने ठाउँमा उभिनु भयो।

तर चिवर धारण गर्नेलाई देखेर क्रोधित हुने ब्याधा शिकारीले तलबाट भिक्षुको खुट्टाको पाइतलाहरुमा तीखो तीरले घोच्न थाल्यो। भिक्षुले त्यसो नगर्न बारम्बार क्षमा मागे तर सुने पनि नसुने झैँ गरी ब्याधाले निरन्तर घोची रह्यो।

त्यसको कारणले भिक्षुको खन्ध शरीरमा आगोले जलाई दिएको जस्तो बडो दुःख कष्ट वेदनाको अनुभूति गरेर धेरै पिडित हुनु भयो।

ब्याधाको तिखो तिरको रोपाई खानुबाट आफु बँच्नलाई जोगिँदा जोगिँदै भिक्षुको शरीरमा भएको चिवर ब्याधाको शिर माथि लट्पटिदैँ खस्यो।

चिवरलाई देख्ने साथ टोक्न झम्टिएका क्रोधित कुकुरहरुले पनि भिक्षु रुखबाट झरेर आएको ठानेर आफ्नै मालिक ब्याधा लाई झम्टेर टोक्दा टोक्दै हड्डी मात्र बाँकि रहने गरी सबै लुछलाछ पारेर खाए।

चिवर धारण गर्ने भिक्षु लाई देख्ने बित्तिकै वैरभाव शत्रुता, घृणा अपमान दुर्व्यवहार गर्न खोज्ने ब्याधा, चिवर लाई देख्ने बित्तिकै मालिक लाई पनि मौका मिले नछोडि मुखमा निल्ने दास मुर्ख कुकुरहरु गलत विचार धारणा गलत दृष्टि भएकाहरु भिक्षुहरु को कथा वत्थु बिषय ले चित्ताकर्षक भन्दा संवेग लिन योग्य भएको भयानक डरलाग्दो नै छ।

चिवर धारण गर्ने लाई देख्नासाथ क्रोधित हुनु चाहिँ नराम्रो अकुसल कर्म ठुलो भएको कारणले नै हो। आफ्नो नराम्रो अकुसल ठुलो भएकोलाई ठुलो भएको छ भनेर नजान्ने, सत्यलाई सत्य प्रकारले नदेख्ने, गलतलाई सत्य ठानेर अनादर अपमान दुर्व्यवहार गर्नाले, हातमा पालेर, आफुले संकेत इशारा गरेर अह्राउन सक्ने गरी अभ्यास गराइएका  कुकुरहरुको आड भरोसामा वैरभाव गर्नाले, त्यस अकुसलको कारण पनि दिनहुँ अरुको ज्यान हत्या गरेर खाँदै आफ्नो जिविका चलाउने कारणले पनि मृत्युको मैदानमा प्रवेश हुनु पर्यो।

चिवरलाई देख्नासाथ भुक्न जान्ने कुकुरहरु पनि मालिक हो कि को हो छुट्याउन नसक्ने, चिवरलाई देख्ने बित्तिकै शत्रु हो भनी देखेर आफ्नै मालिकलाई फेरी टोक्दै मारेर खाने मुर्ख कुकुरहरु चाहिँ आधारित सहारा दिने मालिक नभएको (मालिक रहित) भव, अग्रसर अगुवा कार्यकर्ता नभएको घटना भव वर्तमानमै झेल्नु परे जस्तो पछि आउने भवमा पुग्दा खेरि नरकमा झर्नु पर्ने हुन्छ।

चिवर धारण गर्ने लाई शत्रु देखेर अपमान दुर्व्यवहार गर्ने ब्याधाको भव (जीवन) निष्कर्ष हिंसात्मक नराम्रोसँग समाप्त भयो। पछि आउने जीवनमा पनि क्रोधित दोषको कसूर अकुसलहरु धेरै भएको हुनाले अपाय मा झर्नु पर्ने हुन्छ।

श्रोत ः आयुस्मान विमलवंश (नालन्दा विद्यालय)