मंगल सुत्त भावार्थ सहित

प्रस्तुति सुर्य घिसिङ

एक समय भगवान श्रावस्ती नगरको जेतबन उद्यानमा अनाथपिण्डिकद्वारा बनाइएको संघाराममा बिहार गरि रहनु भएको थियोे । त्यस समय कुनै एक दिब्य कांतिमान देवता अधिकांश रात बितेपछी सम्पुर्ण जेतबनलाई आलोकित – प्रकाश युक्त बनाइ जहाँ भगवान हुनुहुन्थ्यो, त्यहाँ नजिकै उपस्थित भए । उपस्थित भइ, भगवानलाई अभिबादन गरि एक छेउमा उभिए । एक छेउमा उभिएका त्यस देवताले गाथामा भगवानसग भने:-

बहु देवा मनुस्सा च, मङ्गलानी अचिन्तयुं ।
आकङखमाना सोत्थानं, ब्रुही मङ्गलमुत्तमं ।।१।।
अर्थ:-
कल्याणको कामना गर्दै धेरै देव र मनुष्य मंगलधर्मका सम्बन्धमा चिन्तन गर्दछन । तपाईं नै कृपा गरेर बताउनुहोस कि वास्तविक उत्तम मंगल के हो ? ।।१।।

भगवानले पनि गाथामा भन्नुभयो :-
असेवना च बालानं, पण्डितानञ्च सेवना ।
पुजा च पुजानियानं, एतं मङ्गलमुत्तमं ।।२।।
अर्थ:-
मुर्खक संगत नगर्नु, पण्डित ज्ञानिहरुको संगत गर्नु र पुजनियको पुजा गर्नु यो उत्तम मंगल हो ।।२।।

पतिरुपदेसवासोच, पुब्बे च कतपुञता ।
अत्त – सम्मापणिधी च, एतं मङ्गलमुत्तमं ।।३।।
अर्थ:-
उपर्युक्त स्थानमा निवास गर्नु, पुर्ब जन्मका सञ्चित – पुण्यवाला हुनु र आफुले आफैलाई सम्यक रुपले समाहित राख्नु – यो उत्तम मंगल हो ।।३।।

बहुसच्चञ्च सिप्पञ्च, बिनयो च सुसिक्खितो ।
सुभासिता च या वाचा, एतं मंगलमुत्तम ।।४।।
अर्थ:-
अनेक बिद्यालाई आर्जित गर्नु, सिल्प कला सिक्नु, विनित हुनु, सुशिक्षित हुनु र वार्तालापमा सुभाषी हुनु- यो उत्तम मंगल हो ।।४।।

माता – पितु – उपट्टानं, पुत्तदारस्स सङ्गहो ।
अनाकुला च कम्मन्ता, एतं मङ्गलमुत्तमं ।।५।।
अर्थ:-
माता – पिताको सेवा गर्नु, पुत्र – स्त्री ( परिवार ) लाई पालन पोषण गर्नु र आकुल – उद्धिग ( चिन्तित / परेसान ) न गर्नेवाला निस्पाप ब्यबसाय गर्नु – यो उत्तम मंगल हो ।।५।।

दानञ्च धम्मचरिय च, जातकानञ्च सङ्गहो ।
अनवज्जानी कम्मानी, एतं मङ्गलमुत्तमं ।।६।।
अर्थ:-
दान दिनु, धर्मको आचरण गर्नु, बन्धुहरुलाई सहयोग गर्नु र अनवर्जित कर्ममात्र गर्नु – यो उत्तम मंगल हो ।।६।।

आरती विरती पापा, मज्जपाना च संयमो ।
अप्पमादो च धम्मेसु, एतं मङ्गलमुत्तमं ।।७।।
अर्थ:-
तन – मनले पापलाई त्याग गर्नु, मद्यपानबाट टाढा रहनु र कुशल धर्मको पालनमा सदा सचेत रहनु- यो उत्तम मंगल हो ।।७।।

गरवो च निवातो च, सन्तुष्टि च कतञ्चता ।
कालेन धम्मस्सवनं, एतं मङ्गलमुत्तमं ।।८।।
अर्थ:-
पुजनिय ब्याक्तीलाई गौरव दिनु, सदा विनित रहनु, सन्तुष्ट हुनु, दोस्रोद्वारा गरेको उपकारलाई स्वीकार गर्नु र उचित समयमा धर्म श्रवण गर्नु – यो उत्तम मंगल हो ।।८।।

खन्ती च सोवचस्सता, समाणानञ्च दस्सनं ।
कालेन धम्मसाकच्छा, एतं मङ्गलमुत्तमं ।।९।।
अर्थ:-
क्षमाशिल हुनु, आज्ञाकारी हुनु, श्रमणको दर्शन गर्नु र उचित समयमा धर्म चर्चा गर्नु – यहि उत्तम मंगल हो ।।९।।

तणो च ब्रम्हाचरियञ्च, अरियसच्चान – दस्सनं ।
निब्बानसच्छिकिरिया च, एतं मङ्गलमुत्तमं ।।१०।।
अर्थ:-
तप, ब्रम्हाचर्यको पालन गर्नु, आर्य सत्यको दर्शन गर्नु र निर्वाणलाई सक्षात्कार गर्नु – यो उत्तम मंगल हो ।।१०।।

फुट्ठस्स लोक धम्मेही, चित्तं यस्स न कम्पत्ती ।
असोक विरजं खेमं, एतं मङ्गलमुत्तमं ।।११।।
अर्थ:-
( लाभ – हानी, यस- अपयस, निन्दा – प्रशंसा र सुख – दु:ख ) यो लोक धर्मको स्पर्शले जसको चित्त कम्पित हुदैन, निसोक, निर्मल र निर्भय रहन्छ – यो उत्तम मंगल हो ।।११।।

एतादिसानी कत्त्वान, सब्बत्थमपराजिता ।
सब्बत्थसोत्थी गच्छन्ति, तं तेसं मङ्गलमुत्तमं ती ।।१२।।
अर्थ:-
यश प्रकारको कार्य गरेर सर्बत्र अपराजित भई, सर्बत्र कल्याण लाभी हुन्छ । त्यस मंगल गर्ने वालाको यहीँ उत्तम मंगल हो ।।१२।।

#सुत्तनिपात ।
#स्रोत:- Words of Buddha.