सरणगामी हुनु भनेको के हो ?

 

अनुवाद – बिष्णु धनञ्जय

सरणगामी भन्नाले बौद्ध भाषिक, बौद्ध धार्मिक सासनमा प्रवेश हुनु हो। पालि भाषा सरणगमनलाई हाम्रो सरल भाषामा सरणगामी भन्ने गरिन्छ।
सरणन्ति गच्छन्ति एतेनाति- सरणगमनं । सरण = औपचारिक युक्त, आधारित युक्त, आश्रय लिन योग्य, विश्वसनीय, माननिय, पुजा गर्न योग्यता भएको । गमन = जानु, पर्वेश गर्नु। धारण गर्नु।

अतुलनिय भगवान बुद्ध लाई मानिषहरु ले विश्वास का साथ आधार पूर्वक आश्रय लिएर शरण पर्न योग्यता अनिवार्य हुनुहुन्छ। अतुलनिय भगवान बुद्धको धर्म लाई मानिषहरु ले विश्वास का साथ आधार पूर्वक आश्रय लिएर शरण पर्न योग्यता अनिवार्य हुनुहुन्छ। संघहरु लाई मानिषहरु ले विश्वास का साथ आधार पूर्वक आश्रय लिएर शरण पर्न योग्यता हुनुहुन्छ। त्यसैले भगवान बुद्ध, धम्म, संघ त्रिरत्न लाई विश्वास का साथ आधार पूर्वक आश्रय लिएर शरण पर्नु लाई सरण गमन अथवा सरणगामी भन्ने बौद्ध भाषिक, बौद्ध धार्मिक सासन मा प्रवेश हुनु हो। कुनै पनि व्यक्ति लाई मानेर ढोग गर्दैमा गरणगामी हुँदैन। सील, समाधि, प्रज्ञाको आचरण धर्महरु ले परिपूर्ण उत्तम महान सर्बश्रेष्ठ भएका पुद्गल उच्च कोटिका प्रतिरूपमा पुज्य मान्यतर दिएर ढोग गरे मात्र सरणगामी हुन्छ। श्रद्धा, विश्वास पूर्वक आधारित आश्रय शरण लिनु हो।

आफन्त नातेदार हुनाले मान्यतर दिएर ढोग गर्ने
भय डरको करणले मानेर ढोग गर्ने
गुरू आचर्य भएका हुनाले मानेर ढोग गर्ने
यस प्रकारको मान्यतर दिएर ढोग गर्नाले सरणगामी हुँदैन। बुद्ध भगवान लाई पनि आफन्त नातेदार हुनु भएको कारण हुनाले यसरी मान्यतर दिएर ढोग गर्नु चाहिँ सरणगामी हुन सक्दैन।
(दी,ट्ठ १।२०७)

मान्यतर दिएर ढोग गरे पनि सरणगामी बिग्रदैँन । त्रिरत्न लाई श्रद्धा विश्वासका साथ आधार पूर्वक आश्रय शरण लिएर सरणगामी स्थापित बौद्ध धार्मिक सासनमा प्रवेश भएका व्यक्तिले अन्य धार्मिक संस्थाहरु मा भगवान भनौँदा, भिक्षु भनौँदाहरु लाई आफन्त नातेदार गुरू आचर्य भएको कारण हुनाले मान गरेर ढोग गरेता पनि स्थापित सरणगामी बिग्रदैँन। उत्तम महान सर्बश्रेष्ठ पुज्न योग्य भएका व्यक्ति हुन् भन्ने धारणा लिएर यसरी मानेर ढोग गर्नुमा मात्र सरणगामी बिग्रन्छ।

सरणगामी धमिल्याउनेहरु भएका ४ थरी-

त्रिरत्नको गुण धर्म द्वारा अज्ञात (अनजान) हुनाले
गलत अर्थमा (गल्ती बुझाई) लिएको हुनाले
श्रद्धा पूर्वक बिश्वास गर्न शंका हुने
त्रिरत्न लाई आदार पूर्वक सम्मान नगर्नाले सरणगामी धमिल्याउँछ। सरणगामी धमिल्यो भने महा ठुलो विकसित भएको राम्रो फलको लाभ प्राप्त गर्ने मौका खेर जान्छ।
(दुद्दकपाट्ठ-ट्ठ।७)

सरणगामी स्थापित (अडिग) नहुने

सरणगामी स्थापित भएका व्यक्ति अन्य धार्मिक संस्थाहरु मा परिवर्तित भएर अन्य धार्मिक संस्थाहरु लाई नमान्ने सम्म आजीवन त्यस व्यक्तिको हृदयमा सरणगामी स्थापित भैरहन्छ। मृत्यु पश्चात चाहिँ सरणगामी बिग्रन्छ। मृत्यु पश्चात चित्त नहुने भएको हुँदा ऋतुज रुप शरीर लासमा सरणगामी स्थापित हुन सक्दैन। चित्त पनि ऋतुज पुरानो रुप शरीरको नजिक नहुने भएको हुनाले, त्यस पश्चात अर्कै जीवनमा उत्पत्ति बिनाशको लहर अनुसार चालु हुने भैरहेको हुन्छ।

२ प्रकारका सरणगामी

पृथक जनहरुको हृदयमा स्थापित हुने लौकिक सरणगामी र आर्यहरुको हृदयमा स्थापित हुने मार्ग ज्ञानको लहर एक साथमा हुने लोकोत्तर सरणगामी २ प्रकारका हुन्छन्। लौकिक सरणगामी धमिल्याएर मैलो धमिलो पनि हुन सक्छ। बिग्रिएर जान पनि सक्दछ। लौकोत्तर सरमगामी चाहिँ धमिल्याएर मैलो धमिलो पनि हुन सक्दैन। बिग्रिएर जान पनि सक्दैन।
(दुद्दकपाट्ठ-ट्ठ।७)

सरणगाणमीको लाभ

सरणगामी स्थापित भयो भने राम्रो उत्तम जीवनहरु प्राप्त गर्न सक्ने, धन सम्पत्ति ऐश्वर्य ले परिपूर्ण बाट लिएर दुःख मुक्त शान्ति हुने सम्मको सुख आनन्द प्राप्ति हुन्छ।

देवता हुन पाउने माझी

पहिला तम्बपण्णि (श्रृलंक) द्विपमा मधुअङ्गण बस्तिमा तामिल जातिय माझी (माछा मर्ने) एउटा व्यक्ति थिए। त्यस व्यक्तिले ५० बर्ष सम्मनै माझि काम गर्दै आजीविका गरे पश्चात वृद्ध कम्जोर भएको समयमा रोगले ग्रहसस्त शैय्यासन बिछ्यौनामा पल्टिएर बसिरहनु परेको थियो।

एक वर्गिय भिक्षुले त्यस माझिलाई केहि ज्ञानको बिषय जानकारी दिनको लागि मृत्यु निकट समयमा हुने माझि लाई अलिकति पनि आश्रय आधार मिलोस् भन्ने विचार ले माझीको घरमा पाल्नु भयो। त्यस घरमा पाल्नु भए पश्चात कम्जोर माभिलाई सरणगामी धारण गर्न लगाउनु भयो। माझि ले पनि मृत्युको भय डरले सरणगामी लाई स्वेच्छाले धारण गरे। भिक्षुले पनि आगे पन्चसीलको बारेमा सोद्धा सोद्धै कम्जोर माझिले भुल्न गएर पछ्याउँदै भन्न सकेनन्। भिक्षुले पुग्यो भन्ने जानेर विहार तर्फ पाल्नु भयो। केहि समय नबित्दै मृत्यु भएर चतुर्महाराज देवलोकमा देवताको सुख उपभोग गर्न पाए। माझीले कौल मिलाएर ५० बर्ष गरेका पाणातिपात (आजिण्ण कर्म) अकुसल लाई मर्ने बेलामा गर्न पाएको (आसन्न कर्म) सरणगामी कुसलले प्रतिबन्धित पछिलाग्दै रोकेको राम्रो फल सुख आनन्द लाई दिने भयो।
अं-ट्ठ २। १०७)

७ बर्षे उमेर बालक भिक्षु

विपस्सी भगवान बुद्धको समयकालिन असाद्धै दुखी गरिब एक युवक व्यक्तिले अन्धा भएका माता पिता दुबै लाई सम्मान आदर पूर्वक काम गर्दै खोजेर खिलाउँदै लालन पोषण गरेका थिए। असाद्धै दुखी गरिब भएका हुनाले दान आदि कुसलहरु लाई गर्न नसक्ने हुनाले अग्गसावक हुने एक वर्गिय भिक्षु “निसभ महास्थिविर” द्वारा सरणगामी लाई मात्र प्राप्त स्थापि धारण गरेर आफ्नो ज्यान भन्दा बडि आजिवन पालन गरेर बसेका थिए। त्यस युवक मृत्यु पश्चात देव लोकको गति प्राप्त गरे।

त्यस पश्चात धेरै भव (जीवन) हरु मा पनि मनुष्य भवको आनन्द सुख, देवता भवको आनन्द सुखहरु लाई भ्रमण उपभोग गर्दै पछि गौतम भगवान बुद्ध उत्पन्न हुनु भएको समयमा श्रावस्ति नगरमा एक धनी सेठ (श्रेष्ठि) का पुत्र भएर जन्मिएका थिए। पारमी स्वभाव पूर्ण भएका हुनाले साथीमित्र बालकहरु का साथ जेतवन विहारमा जानु लाई असाध्यै रमाईलो मान्ने गर्दथे।

एक दिन जेतवन विहारमा जाँदा एक वर्गिय भिक्षुले बालकहरुलाई सरणगामी प्राप्त धारण गराई दिनुभयो।
सरणगामी प्राप्त धारण गरिसकेपश्चात पूर्वोक्त बालकले पूर्वअतित भवमा आफु आजिवन सरणगामी स्थापित गरेकोलाई फिर्ती याद आएर विचार गर्दा असाद्धै खुसीका साथ रमाईलो मान्दै असीमित प्रीतिहरु उत्पन्न भएर आयो। त्यस प्रीतिलाई विपश्यना भावना गर्दागर्दै केहि क्षणमै विपश्यना ज्ञानहरु परिपक्व हुँदै अरहत्त मार्ग ज्ञान, अरहत्त फल ज्ञान सम्म प्राप्त गरी सकेर अर्हन्त भै क्लेश (किलेस) दुःख सम्पूर्ण लाई निभाउनु भयो।
(अप, ट्ठ २। ३९)

सासनमा उमेर २० बर्ष पूर्ण भएपश्चात बल्ल भिक्षु धारण गर्ने अनुमति भएता पनि यिनी बालक अर्हन्तलाई चाहिँ बुद्ध भगवानले उमेर ७ बर्ष मै भिक्षु धारण गर्न सक्ने अनुमति दिनु भयो। सरणगामी स्थापित धारण गर्नुको उपकार धर्म चाहिँ असाध्यै विशाल छ।

सरणगामी त्रुटि हुने गल्तीहरू

बुद्ध, धर्म, संघ त्रिरत्न बाट अतिरिक्त अन्य अरु पनि धार्मिक संस्थामा आफ्नो दुःख लाई निभाउन सक्ने, दुःख बाट छुट्कारा पाउन सक्ने उपाय छ भन्ने धारणा लिई आश्रय आधारित पूर्वक विश्वास गरेर मान्नु गलत मिथ्या धारणा भएको मिथ्या झुटा मान्यतर (शरणागत) हो। किन भने त्यस धर्म र त्यस सम्प्रदायकहरु भएको ठाउँमा दुःख बाट छुट्कारा हुने कारण भएको ठिक उचित राम्रो चरित्र सहि आचरण भन्ने नहुनु को कारण ले नै हो।

भगवान बुद्धको समय कालमा पनि अग्गिदत्त ऋषी र वहाँका शिष्य चेला १० हजारहरुले वृक्ष, वन, पसाड, फल फूलको उद्यान बगैचा र देवताहरु को मठ मंदिरहरुलाई मान्ने गर्दथ्ये।

अतुलनिय गौतम बुद्ध भगवानले तिनीहरुले मान्दै गरेको गलत मान्ने भैरहेको कारण हुनाले, दुःख लाई निभाउन नसक्ने अथवा दुःखबाट छुट्कारा पाउन नसक्ने कारण हुनाले, त्रिरत्नलाई श्रद्धा पूर्वक आधारित विश्वास राखेर आश्रय लिई मान्न सक्ने सरणागामी भए मात्र सहि सत्य धर्म चार प्रकारका लाई ज्ञात गर्न (जान्न) सके बल्ल दुःख बाट छुट्कारा हुन सक्ने कारण भएको उपदेश गरेर सहि सत्य मार्ग प्रदशन गराई बाटो देखाई दिनु भयो। त्यस पछि मात्र अग्गिदत्त र वहाँका शिष्य चेलाहरु ले सहि ज्ञात गर्न सक्ने सत्य दृष्टि प्राप्त गर्न पाएर अर्हन्तहरु हुनु भएको थियो।
(धम्म-ट्ठ २। १५९)

सहि सत्य र गलत छुट्याउने विधि-

सहि सत्य र गलत केहो भन्ने कुरा लाई ठिक विभाजित विवेक गर्दै विचारेर छुट्याउन सक्ने विधि लाई भगवान बुद्धको आयु ८० बर्ष पूर्ण भएको रात्री परिनिर्वाण लिने समय निकटमा कुसिनारुण नगर सालको उपवन भित्रमा आफुले मान्ने धार्मिकभाषा सिद्धांतवाद गलत सहि भएको लाई छुट्याएर विवेक विचार गर्दै छानविन गरेर लिन सक्ने गरी सुभद्द परिभोज ले निम्न अनुसार आफ्नो मत स्वभाव धर्म लाई उपदेशका साथ भाषण गर्नु भएको थियो।

अष्टाङ्गिक् मार्ग धर्म आचरण भएको धार्मिकभाषा मा मात्र क्लेश (किलेस) लाई निभाउन सक्ने अथवा क्लेश बाट छुट्कारा पाउन सक्नेछ। क्लेश (किलेस) लाई निभाउन सके अथवा क्लेश बाट छुट्कारा पाउन सके मात्र दुःख निभ्दछ अथावा दुःख बाट छुट्कारा पाउन सकिन्छ। दुःख निभे मात्र सहि सत्य भएको धार्मिकभाषा सिद्धांतवाद लाई मानेको हुन्छ। अष्टाङ्गिक् मार्ग धर्म आचरण नभएको धार्मिकभाषा सिद्धांतवाद ले क्लेश (किलेस) लाई निभाउन सक्दैन। त्यस कारण क्लेश (किलेस) लाई निभाउन नसक्ने भएको हुनाले ठिक सहि सत्य धार्मिकभाषा सिद्धांतवाद हुन सक्दैन, होइन। ठिक सहि सत्य भएको मान्ने होइन।
त्यस कारण अष्टाङ्गिक् मार्ग धर्म लाई आधारित आश्रय लिएर मान्ने सरण = धार्मिकभाषा सिद्धांतवाद सहि गलत जे छ विचार-पर्मश द्वारा आलोचना गर्दै छुट्याएर धार्मिक सासन आदर्शपूर्ण, धार्मिक सासन गतिविधि सीलालेखहरु अनुसार मान्यतर दिएर धारण गरी लिन आवश्कता छ।
Credit——D.Khit.Media