साँचीको बौद्ध स्तूपमा रहेका तोरणहरुको विवरण

विमला शाक्य
बुद्ध जीवनकालमा स्तूपको निर्माण शुरुवात भएता पनि उनको महापरिनिर्वाण पछि राजगृह, वैशाली, कपिलवस्तु, अल्लकप्पक, रामग्राम, वेठदीप, पावा र कुशिनगरका आठ देशका राजाहरुले आˉ आप्mना देशमा बुद्धको अस्थिधातु लगी स्तूप बनाएको कुरा बुद्ध जीवनीमा उल्लेख छ । यिनै ८ वटा स्तूपहरु मध्ये रामग्राम स्तूप बाहेक अरु स्तूपहरु मौर्य सम्राट अशोकले उत्खनन् गराई ८४,००० स्तूप बनाउन लगाएका थिए । भारतको मध्यप्रदेशको रायसेन जिल्लाको साँची, भोपाल बाट लगभग ४६, विदिशाबाट १० कि.मीको दूरीमा पहाडी भूभागमा अवस्थित प्रसिद्ध बौद्ध स्मारक हो जुन सम्राट अशोकले उनकी रानी विदिशाको ईच्छा अनुसार बनाउन लगाएका थिए ।

 
साँची लाई बेदिसगिरि, चेतियगिरि काकनाय आदि नामले चिनिने यस ठाउँमा मौर्य सम्राट अशोकले विदिशा निवासी साम्राज्ञीको ईच्छा अनुसार बौद्ध स्मारक निर्माण गराएका थिए । अशोकको शिलालेख अनुसार उनले कलिंग युद्ध पछि आप्mनो हतियार त्याग गरेका थिए त्यसपछि उनले उनै विदिशा रानीको इच्छानुसार बुद्ध धर्म प्रचार प्रसारमा आप्mनो जीवन समर्पण गरेका थिए । बुद्ध धर्म प्रचार प्रसारका लागि शान्त ठाउँको आवश्यकता पर्ने हुनाले उनले यो स्थान छानेका थिए । भनिन्छ सम्राट अशोकले बुद्ध धर्मको सबभन्दा पहिला प्रचार साँचीबाट शुरु भएको हो । सम्राट अशोकका छोरा महेन्द्र र छोरी संघमित्राले वोधिवृक्षको हाँगा श्रीलंकामा लगेर रोपेका थिए । यहीबाट श्रीलंकामा पनि बुद्ध धर्मको शुरुवात भएको थियो । उनका छोरा र छोरीले वोधिवृक्ष मात्र लगेका थिएनन् बुद्ध धर्मको पनि प्रचार प्रसार गरेका थिए ।
मौर्य सम्राट अशोकले बनाएका साँची स्तूप कैयौं वर्षसम्म धरतीमा विलिन भईरहेका थिए । १४औं शताब्दी देखि १८ औं शताब्दीसम्म साँचीको उत्खनन कार्य राम्ररी भएन । पछि ई.सं १८१८ मा जनरल टेलरले यी बौद्ध स्मारकको खोजी कार्य गर्नुभयो । त्यसपछि सन् १८२२ मा जनरल जानसन, सन् १८५१ मा जनरल कनिंघम र क्याप्टेन मैसी, सन् १८८१ मा मेजर कोल, सन् १९१२ देखि १९१९ मा सर जोन मार्शलले यी बौद्ध स्मारकहरुको अन्वेषण, उत्खनन र संरक्षण कार्य गर्न लगाए । त्यही संग्रहालय भारतीय पुरातत्व सर्वेक्षण संग्रहालयको नामले अवस्थित छ ।
साँचीमा जम्मा तीन वटा स्तूपहरु रहेका छन् । पहिलो मुख्य स्तूप जुन बीच भागमा तोरण सहितको , दोस्रो सारिपुत्र र मौद्गल्यायनको अस्थि भएको स्तूप र तेस्रो अशोकको धर्मदूतहरुको अस्थि भएको स्तूप हो । साँचीमा रहेको मुख्य स्तूप ७० फीट व्यास र ३५ फीट अग्लो रहेको छ । प्रारम्भमा यो स्तूप ईंट्टाको बनेको थियो पछि शुंगकालमा यसलाई प्रस्तरले बनाएका थिए । स्तूपको चारै दिशामा रहेको तोरण पनि यसै कालमा निर्माण गरेको मानिन्छ । यी तोरणहरुले गर्दा साँची स्तूपको सौन्दर्य झन बढेको छ । यी तोरणहरुमा बुद्ध जीवनीसंग सम्बन्धित घटनाहरु देखि उनको पूर्वजन्मका जातक कथाहरु लाई सुन्दरढंगले कुँदिएको छ ।
१) उत्तरी तोरण
वेस्सन्तर जातक कथा वोधिसत्व वेस्सन्तर राजकुमार भई जन्म लिएको बेला अलौकिक मंगल हात्ती थियो जसले जुन बेला पनि पानी पार्न सक्ने शक्ति थियो । कलिंगका ब्राम्हणहरुले मंगल हात्ती माग्न आउँदा उनले त्यो हात्ती दान दिई पठाउँछ यो कुरा चित्त नबुझेर उनको पिताले उनलाई दरशार (शिवि राज्य) छाड्न आदेश दिन्छ । वेस्सन्तर राजकुमार आप्mना पत्नी मद्दी, पुत्र पुत्री जालीकुमार कृष्णाजिनी सहित रथमा बसेर देशबाट बाहिर जाँदै गर्दा बाटोमा रथका घोडा र रथ समेत दान दिई पठाउँछन् । जुजक ब्राम्हणलाई आप्mनो छोरा छोरी र इन्द्रलाई पत्नी दान दिन्छन् पछि वेस्सन्तर राजकुमारले सबै फिर्ता पाउँछन् ।
अलम्बुस जातक कश्यप वोधिसत्व एउटा जन्ममा ऋषि भएर जन्म लिन्छ । उनलाई हरिणीसँग प्रेम हुन्छ र उसबाट एक सिंग भएको इसिसींगले जन्म लिन्छ । ऊ आप्mनो पिता जस्तै प्रतिभाशाली थिए । उसलाई अपवित्र बनाउन इन्द्रले अलम्बुस नामकी सुन्दरी पठाउँछ तर सफल हुँदैन । इसिसींग कश्यपको अगाडि हात जोडेर उभिरहेको र उनकी आमा हरिणी कश्यप नजिक विश्राम मुद्रामा रहेको दृश्य छ ।


बुद्धको पाऊको मध्य भागमा धर्मचक्र राखिएको छ । बुद्धलाई बाँदरहरुले दान दिइरहेको दृश्य छ । (पश्चिम स्तम्भमा) विदेशीहरुले स्तूप पूजा गरिरहेको दृश्य छ । यसैगरि पश्चिम स्तम्भमा बुद्ध आप्mनी आमा मायादेवी तावतिंस देवलोकमा सन्तुतिस्स देवपुत्र भई जन्म भएका थिए उनलाई वर्षावास ३ महिना उपदेश दिएर संकाश्य नगरमा सिंढीबाट झर्दै गरेको दृश्य छ । गौतमबुद्ध कपिलवस्तु भ्रमण गरिरहेको र भ्रमण गरेको बेला उनले वृद्ध, रोगी, मरेको व्यक्ति र भिक्षु देखेका थिए । यी ४ निम्ति देखेर उहाँ विरक्त भई गृहत्याग गर्ने निर्णय गर्नुभएको थियो ।
यस दृश्यमा बुद्धले शाक्य राज्यका प्रजाहरुलाई उपदेश दिइरहेको छ । उरुबेला गाउँकी सुजाताले वोधिसत्वलाई खीर दान गरिरहेको दृश्य छ ।
२) पूर्वी तोरण द्वार
सिद्धार्थ महाभिनिष्क्रमण गरेको दृश्य जसमा सारथी छन्दक सँग कपिलवस्तु दरबार त्यागेर गएको देखाइएको छ । अनोमा नदी किनारमा छन्दकले सिद्धार्थलाई छोडेको र पाउमा छोएर विदा लिएको दृश्य छ ।
सम्राट अशोक पूजा गरिरहेको दृश्य छ ।
पूर्वी तोरणको दक्षिण स्तम्भ बुद्ध नैरञ्जना नदी किनार तपस्या गरिरहेको उनको यो अवस्था देखेर उपस्थित व्यक्तिहरुले अभिवादन गरेको
पूर्वी तोरणको उत्तरी स्तम्भ शुद्धोदन राजाकी रानी सुतिरहेको दृश्य
पूर्वी तोरणको उत्तरी स्तम्भ बुद्ध आकाशमार्गबाट कपिलवस्तु आगमन र यो चमत्कार देखेर शुद्धोदन र उनका प्रजाहरु अद्भूत मान्दै स्वागत गरिरहेको
पूर्वी तोरणको दक्षिण स्तम्भ बुद्धले उरुबेलाको अग्नि मन्दिरमा नाग दमन गरेको चमत्कार देखाएको
पूर्वी तोरण दक्षिण स्तम्भ बुद्धले नाग दमन गरेको खुशीयालीमा उरुबेलावासी यज्ञ गर्न लागेको बुद्धको अनुमति बिना यो यज्ञ गर्न लागेकोले यज्ञ सम्पन्न नभएको
पूर्वी तोरण द्वार प्यानल अर्को विभिन्न पशु पंक्षीहरु एकजुट भई बुद्धको प्रतिक वोधिवृक्षलाई र सिंहासन पूजा गरिरहेको
३) दक्षिणी तोरण द्वार यसमा सम्राट अशोकले रामग्राम उत्खनन गर्न जाँदै गरेको र बायाँतिर नाग जातिहरु सम्राट अशोकलाई स्तूप उत्खनन नगर्न प्रार्थना गरिरहेको
४) पश्चिमी तोरण तेस्रो प्यानल छदन्त जातक कथा कुनै जन्ममा वोधिसत्व ६ वटा दन्त भएको हात्तीको रुपमा जन्म भएको थियो उनका दुई पत्नी थिए । कान्छी पत्नी ऊसँग खुशी नभई बदला लिने भावनाले अर्को जन्ममा रानी भई जन्म लिन ईश्वरसँग प्रार्थना गरे । सोही अनुसार उनी वाराणसी राजाको रानी बन्ने सौभाग्य प्राप्त भयो । उनले सोनुत्तर नामक व्याधाको सहयोगमा छदन्त हात्तीको दन्त निकाल्न लगायो वोधिसत्वको पीडा देखेर रानी पश्चाताप गरी उनको मृत्यु समेत भयो ।
महाकपि जातक कथा पूर्व जन्ममा वोधिसत्व बाँदर योनीमा ८० हजार बाँदरहरुको नाइके थिए । उनी र उनका परिवार गंगा नदी पारी आँपको जंगलबाट आँप खाई जिविका चलाउँथे । एक दिन वाराणसी राजाले ती बाँदरहरुलाई आक्रमण गरे । बाँदरहरुको ज्यान बचाउन वोधिसत्वले आप्mनो शरीर पैmलाएर नदीमा सेतुको काम गरे जसको कारण ती ८० हजार बाँदरहरु बचे तर उनको भने मृत्यु भयो ।
साम जातक कथा यसमा साम नाम गरेका आँखा नदेख्ने केटाले आप्mनो आमा बुबालाई पानी लिन नदीमा गएका थिए । त्यहाँ वाराणसी राजा शिकार खेल्न आएका थिए । सामकुमार पानी लिन नदीमा गाग्रो डुबाउँछ । आवाज आउँछ जुन आवाज शेरको भन्ठानेर राजाले वाण हान्छ । बाण लागेर सामकुमार चिच्याएपछि राजाले आश्चर्य मान्छ र सोच्न थाल्छ कि अनर्थ भयो । उनले सामलाई उसको आमा बुबालाई पालनपोषण गर्ने वचन दिन्छ ।
तेस्रो प्यानल अगाडिको भाग
यसमा धर्मचक्र सहितको बुद्धले आप्mनो पहिलो उपदेश सारनाथमा दिइरहेको देखाउँछ
दोस्रो प्यानल पछाडिको भाग
यस दृश्यमा मल्लहरुको देश कुशिनगरमा बुद्ध परिनिर्वाण भएको थियो । अन्त्येष्टिपछि विभिन्न देशका राजाहरुले बुद्धको अस्थि धातुमा आप्mनो अधिकार जमाउँछ । द्रोण ब्राम्हणले यस विवादलाई सुल्झाई धातु विभाजन गरीदिन्छ ।
तेस्रो प्यानल पछाडि
वोधिसत्व वोधिवृक्ष मुनि ध्यान गरिरहेको बेला मारहरुले अनेक किसिमले अवरोध गरिरहेको दृश्य
यसरी साँची स्तूपलाई अशोककालीन स्तूपहरुमध्ये एकदम महत्वका साथ लिइएको पाईन्छ । यो स्तूप दर्शन गर्न हजारौं बौद्धहरु त्यस स्थानमा पुग्ने गरिन्छ । स्तूप भएको स्थान शान्त रहेको छ भने त्यहाँ सम्म पुग्नका लागि सिंढीहरुको व्यवस्था गरिएको छ ।