को हुन् भगवान ?

अनुवाद – बिष्णु धनञ्जय 

पुब्बेनिवासानुस्सति ञाण, दिब्बचक्खु ञाण, आसवक्खय ञाणहरु प्राप्त गरिसके पश्चात् चार आर्यसत्य धर्मलाई देखेर जानी साक्षातकार गरी, समस्त लोभ, दोष, मोह, राग लाई हटाएर सम्पूर्ण किलेसहरुबाट मुक्त भै सक्नुभएको, कसै द्वारा पनि तुलना गरी नसक्ने अतुलनीय, तीनै लोकमा भएका सम्पूर्ण मनुष्य देव ब्रह्माहरु आदि सबैका मालिक हुनु  भएको, तीनै लोकमा सबैभन्दा जेष्ठो, सर्ब श्रेष्ठ माननिय पुजनीय  हुनु भएको, कुनै गुरुबिना आफ्नै स्वयंभू ज्ञानले सम्मासम्बोधि सब्बञुतञाण प्राप्त गरी बहुजन हिताय बहुजन सुखायको निम्ति सत्तवा प्राणीहरूमा अनुकम्पा राखेर दुःखबाट मुक्त, छुट्कारा हुने सत्य मार्ग प्रदर्शन गराई दिने उपाध्य गुरू, मार्ग दाता हुनुभएको हुनाले भगवान शब्दले उच्चारण गरेर बोलाइएको हो। प्रचलित भाषामा भगवान भनेर उच्चारण गरिने चलन छ, भने पालिमा “बुद्ध” भनिन्छ।

तप आचरण अभ्यास गर्ने अवधि काल अनुसार भगवान लाई ३ प्रकारले जान्न सकिन्छ। त्यस मध्ये-
१• चार असङ्ख्य एक लाख कल्प दान आदि पारमीहरु दस प्रकारका कुसल पुण्यहरू लाई अधिग्रहण धारण आचरण गर्नु भएको पञ्ञाधिक (प्रज्ञाधिक) भगवान भनिन्छ।

२• आठ असङ्ख्य एक लाख कल्प दान आदि पारमीहरु दस प्रकारका कुसल पुण्यहरूलाई अधिग्रहण धारण गर्दै आचरण गर्नु भएको सद्दाधिक (श्रद्धाधिक) भगवान भनिन्छ।

३• सोह्र असङ्ख्य एक लाख कल्प दान आदि पारमीहरु दस प्रकारका कुसल पुण्यहरूलाई अधिग्रहण धारण गर्दै आचरण गर्नु भएको वीरियाधिक भगवान भनी यसरी तीन प्रकारले सर्बयुक्त सम्मासम्बुद्धहरु हुनुहुन्छ।

गौतम भगवान बुद्धले चार असङ्ख्य दान आदि पारमीहरु दस प्रकारका कुसल पुण्यहरू लाई अधिग्रहण धारण गर्दै आचरण गर्नु भएको हुनाले पञ्ञाधिक (प्रज्ञाधिक) भगवान हुनुहुन्छ।

गौतम भगवान बुद्धले बोधिसत्व भवमा चार असङ्ख्य एक लाख कल्पसम्म दस पारमीहरु अधिग्रहण धारण गर्दै आचरण गर्नुपर्दा दीपङ्करा भगवान बुद्ध उत्पन्न हुनु भए देखि प्रारम्भिक कोण्डञ्ञ भगवान बुद्ध उत्पन्न हुनेसम्म एक असङ्ख्य हुन्छ।

कोण्डञ्ञ भगवान बुद्ध उत्पन्न हुनु भए देखि प्रारम्भिक मंगल भगवान बुद्ध उत्पन्न हुनेसम्म एक असङ्ख्य गरेर दुई असङ्ख्य हुन्छ।

मंगल भगवान बुद्ध उत्पन्न हुनु भए देखि प्रारम्भिक अनोमदस्सी भगवान बुद्ध उत्पन्न हुने कालसम्म एक असङ्ख्य गरी तीन असङ्ख्य कल्प हुन्छ।

अनोमदस्सी भगवान बुद्ध उत्पन्न हुनु भएदेखि प्रारम्भिक पदुमुत्तर भगवान बुद्ध उत्पन्न हुनेसम्म एक असङ्ख्य कुल जोडेर जम्मै चार असङ्ख्य हुन्छ।

पदुमुत्तर भगवान बुद्ध उत्पन्न हुनुभए देखि प्रारम्भिक भद्र कल्पसम्म एक लाख कल्प पारमी कुसल पुण्यहरु धारण आचरण गर्दै आउनुभएको समय कालमा सम्पूर्ण गरी चार असङ्ख्य एक लाख कल्पसम्म समय लागेको थियो।

समय कालको अवधि एक सम्म बिशेषता गरी पारमी कुसल पुण्यहरु अधिग्रहण धारण गर्दै आचरण गर्नुभएर एकं (साक्षात) सहिसत्य भगवान हुनु भएको अतुलनीय भगवान बुद्धहरुमा बिशेषगरी भएको गुण शक्तिहरु धेरै प्रकारका भएकोहरु मध्ये आश्चर्यचकित (१८) प्रकारका छन्। ती मध्ये-
१• भगवानले धारण गर्ने चिवरहरु धुनु पर्ने, रङ्ग चढाउनु पर्ने, मैलो र पुरानो हुने कदाचित् छैन।
२• बोधिसत्व वन प्रवेश गर्नु भएको समयमा आफ्नो केश परित्याग गरेर मुण्डन गर्नु भएदेखि आरम्भिक साक्षात भगवान बुद्ध हुनुभएसम्म जत्रो थियो तेस्तै जीवन भर चार औँला भन्दा नत सानो, नत ठुलो आकारको हुने।
३• भगवान बुद्धले प्रयोग गर्ने ८ प्रकारका परिक्खराहरु कदापी भगवान बुद्धको अङ्ग शरीरबाट चार औँला अन्तर भएर स्पर्श नभैकन स्थित हुने।
४• भगवानले आफ्नो हाथलाई पानीले सफा गर्नुहुँदा पात्रो पनि साफ भैसकेको हुने।
५• असाध्यै सूक्ष्म सानो भएको तोरीको दाना जत्रोमा पनि पसेर निक्लिने सक्ने।
६• छः प्रकारका ज्योति फैलाउँदा दशै स्थान दिशाहरुमा प्रकाशित भएर फैलिँदै प्रसार हुने।
७• सय हजार, लाख करोडौँ मात्रामा नभएर अधिक धेरै वेनेय्य सत्तवा प्राणीहरु को व्यक्तित्व स्वेच्छा लाई जानेर एकैसाथमा बुझ्ने गरी “मलाई मात्र भन्नु भएको रहेछ” भन्ने जसरी देशना गर्दै छुट्कारा गराउन सक्ने।
८• पूर्णतया तीनै कालमा अन्ध्यारो होस् या उज्यालो रचना गर्न सक्ने।
९• चन्द्रमा जस्तै आकाशमा खडा भएर अडिन सक्ने।
१०• भगवान बुद्धको धर्म देशनाको चार परिषद् शब्द युक्तियुक्त यथोचित सुनिने।
११• भगवानले सम्पूर्ण सत्तवा प्राणीहरुको व्यक्तित्व स्वेच्छा लाई जान्न सक्ने।
१२• छुट्कारा हुने प्राणी र छुट्कारा नहुने प्राणीलाई जान्न सक्ने।
१३• सत्तवा प्राणीहरु को इन्द्रिय कलिलो, छिप्पिएकोलाई जान्न सक्ने।
१४• संस्कार धर्महरुलाई जान्न सक्ने।
१५• ५ प्रकारका विकार रुपहरुलाई जान्न सक्ने।
१६• चार प्रकारका लक्षण रुपहरुलाई जान्न सक्ने।
१७• असङ्खत धातु निर्वाणलाई जान्न सक्ने।
१८• पञ्ञत्ति (प्रज्ञप्ति) धर्म सम्पूर्णहरुलाई जान्न सक्ने हरु हुन्।

यस प्रकारले पुर्ण भगवान बुद्ध हुनको निम्ति बोधिसत्वहरु ले उत्पन्न हुनुभएको भगवान बुद्धहरु द्वारा नियत ब्यादित्त लाई प्राप्त गर्न आवश्यकता हुन्छ। नियत ब्यादित्त लाई प्राप्त गर्नको निम्ति भगवान हुन प्रार्थना गरेर वर माग्ने व्यक्ति, यस ८ प्रकारका अङ्गले परिपूर्ण हुनु पर्दछ।
यस मध्ये-
१• शुद्ध मनुष्य हुनु पर्दछ।
२• प्रतीति पुरूष हुनु पर्दछ।
३• तिहेतुक (त्रिहेतुक) प्रतिसन्धि, गर्भ बास हुनुपर्दछ।
४• जीवित प्रत्यक्षमा भगवान लाई निष्ठाभव श्रद्धा पूर्वक दर्शन गरिएको हुनुपर्दछ।
५• भगवान संग प्रार्थना गरेर भगवान हुने वरदान माग्दा यति अथवा भिक्षु भव भएको हुनुपर्दछ।
६• झान अभिञाण समापात्तिले परिपूर्ण भएको हुनुपर्दछ।
७• सामान्य मनुष्यहरुले गर्ननसक्ने पारमीहरु धारण गर्न सक्ने हुनुपर्दछ।
८• भगवान हुने छन्द (इच्छा) असाध्यै तेजिलो भएको हुनु पर्दछ। यस ८ प्रकारका अङ्गले परिपूर्ण भए मात्र नियत ब्यादित्त लाई धारण गर्न सक्ने योग्य भएको हुन्छ।

नियत ब्यादित्त धारण गर्नलाई, भगवान हुन वरदान माग्ने व्यक्तिले मन द्वारा, बचन द्वारा भगवान समक्ष स्वयं आफै प्रर्थना गर्नुपर्दछ।

यस प्रकारले प्रर्थना गरीसके पश्चात दान आदि गरिएको पारमिता, बिशेष कुसल पुण्यहरु अधिकरण धारण गर्दै आचरण गरे मात्र नियत ब्यादित्त लाई प्राप्त गर्न सकिन्छ।

नियत ब्यादित्त लाई प्राप्त गरिसकेका बोधिसत्वहरु द्वारा नहुनु पर्ने १० प्रकारका भवहरु छन्।
१• आँखा नदेखेर दृष्टिहिन भएको अन्धो व्यक्ति हुनुहुँदैन।
२• कान नसुन्ने श्रोतहिन भएको बहिरो व्यक्ति हुनुहुँदैन।
३• लाटो बोल्न नसक्ने बाक्यहिन नभएको व्यक्ति हुनुहुँदैन।
४• नपुँसक (पण्डुक) भएको हुनुहुँदैन।
५• पागल (बौलाहा) भएको हुनुहुँदैन।
७• ठुलो महा रोगले ग्रस्त भएको हुनुहुँदैन।
८• मिच्छा (मिथ्या) गलत धारणा भएको भवको जातीय मा जन्म भएको हुनुहुँदैन।
९• दासी (कमारी) को गर्भमा भएको हुनुहुँदैन।
१०• स्त्री (महिला) भवमा जन्म भएको हुनुहुँदैन।
११• मिथ्या दृष्टि द्वारा धर्म विरोधी भएको हुनुहुँदैन।
१२• पन्चनन्तरिय कर्म गरिएको हुनुहुँदैन।
१३• प्रेत भवको लोकमा भएको हुनुहुँदैन।
१४• नरक लोकमा भएको हुनुहुँदैन।
१५• मार नाथ अथवा देवता भएको हुनुहुँदैन।
१६• असञ्ञसत्त ब्रह्मा लोक, सुद्धावास लोक, चार अरुप ब्रह्मा लोकमा भएको हुनुहुँदैन।
१७• अन्यत्र चक्रवलमा भएको हुनुहुँदैन।
१८• बट्टाई चरो भन्दा सानो पशुपंक्षीको भवमा भएको हुनुहुँदैन।

तथागत गौतम भगवान बुद्धले पछि उत्पन्न हुने बोधिसत्व १० जनाको बारेमा आयुस्मान सारिपुत्र र आयुस्मान आनंद आदि हुनु भएको ८० बर्गिय भिक्षु संघहरु लगायत सौतेली आमा गौतमी आदि ५ सय समस्त परिषद्हरुका समुह बीच ब्यादित्तको बारेमा भाषण गर्नु भएको थियो।

म भगवान पश्चात यस भद्र कल्पमा अरिमेत्तेय्य भगवान बुद्ध उत्पन्न हुनु हुनेछ। त्यस पश्चात उत्पति हुने भगवान हरु मध्ये-
२• राजा राम
३• कोशल राजा
४• अभिसू देवता
५• दीघसोनि देवता
६• चन्दनी ब्राह्मण
७• सुभ युवक
८• सोदेय्य ब्राह्मण
९• नालागीरि हाथी
१०• पलले हाथीहरु हुन्।

५ प्रकारका कल्पहरु
भगवानहरु कुनै कल्पमा पनि महा बोधी मंडपमा मात्र उत्पति हुनुहुन्छ। कल्प बिनाश (प्रलय) हुने बेलामा पनि बोधी मंडप अन्तिम्मा प्रलय भएर नयाँ कल्प सृष्टि हुँदा पनि सर्बप्रथम स्थापना हुने गर्दछ।

यस प्रकारले कल्पको सुरुवात अथवा सृजना हुनेबेलामा बोधी मंडप भएको स्थानमा पूर्व निमित्त द्वारा एक पदुम्म (कमल) फूल उत्पन्न हुन्छ। त्यस पदुम्म (कमल) फूलको झ्याङमा कमल उत्पन्न भएर आए त्यस कल्पमा अवश्य भगवान उत्पति हुनु हुनेछ भनेर भविष्यवाणी हुन्छ।
भगवान उत्पति नहुने कल्पमा पदुम्म (कमल) फूलको झ्याङमा कमलको फूल फुल्ने छैन।

त्यस प्रकारले पूर्व निमित्त अनुसार एउटा कमलको फूल फुले त्यस कल्पमा एक भगवान मात्र उत्पति हुनुहुनेछ। कमलको फूल दुई वटा फुले दुई भगवान उत्पति हुनुहुनेछ।
यस भद्र कल्प सृजना भएर स्थापित हुँदा पाँच भगवान उत्पति हुनुहुने भएको हुनाले पाँच वटा कमलको फूल उत्पन्न भएको थियो।