दश प्रकारका कल्याण मित्र

 

अनुवाद – बिष्णु धनञ्जय

दश प्रकारका कल्याणकारीलाई गल्ती कसूर उल्ङ्घन नगर्ने व्यक्तिले भोग गर्न पाउने कुसल फलस्वरूप भएको लाभ (फाईदा) र गल्ती कसूर उल्ङ्घन गर्ने व्यक्तिले भोग्नु पर्ने अकुसल फलस्वरूप दण्डहरु भोग्नुपर्ने हुन्छ ।

दश प्रकारका कल्याण कारी (मित्र)
*********************
“कल्याण” भन्नाले आफ्नो उपकार गर्ने पुद्गलहरु सबै लाई नै कल्याणकारी व्यक्ति भन्निन्छ। जस्तै कि-

१• भगवान् बुद्ध
२• पच्चेकबुद्ध (प्रत्येक बुद्ध)
३• अग्गसावक, महासावक (अग्र+महा श्रावक)
४• अर्हन्त
५• माता
६• पिता
७• गुरू आचार्य (लौकिक मा भएका)

८• सील गुण, समाधि गुण युक्त भएका अथवा आचरण अभ्यास गर्दै गर्ने भएका व्यक्ति (स्रोतापन्न, सकृदागामि, अनागामि अर्हन्त हुन लाई अभ्यास आचरण गर्ने पुद्गलहरु)
९• भगवानको धर्म देसनालाई पुनः देसना प्रचार गर्दै सहि मार्ग दर्सन गराई दिनु हुने गुरुहरु जस्तै (भिक्षु, आदि मनुष्य पुद्गलहरु)
१०• आफ्नो एक गाँस भोजन, एक थोपा पानीको लागि भनेर बाटो छोडेर जग्गादिने आदि उपकारी गुण हुने भएका पुद्गलहरु…

यस दश प्रकारका महा कल्याण उपकारी गुणी सामार्थ्य वान व्यक्तिहरु लाई, यदि गल्ती कसूर द्वारा उल्ङ्घन गरे लाग्ने दस प्रकारका पापहरु मध्ये-

१• खुन अथवा रगत उल्टि गर्ने (क्यान्सर रोग) आदि, औषधि द्वारा उपचार गरेर निको नहुने खाले आधुनिक् समकालिन प्रचलित विशाल पिडा कष्ट दिने वेदना भएको अनुभूति को भोग गर्नु पर्ने।
२• आर्थिक ब्यपारमा नोक्सान हानि हुने।
३• कुष्ठ रोग, शरीर टुट्ने भाँचिने अंगप्रत्यंग भंग भएर आयु सकिएर खत्तम हुने।
४• बौलाएर पागल हुने।
५• राजदण्ड मिल्ने (जेल पर्ने, फाँसी चड्नु पर्ने)।
६• विरोधी-पात्र को आरोप लाग्ने।
७• घर परिवार सम्बन्धि भित्र हाहाकार मच्चिदैँ एक एक गर्दै छोरा छोरी माता पिता पुक्लुक पुक्लुकै मर्दै सन्तानै मास्सिने गरिको महामारी हुने।
८• धन सम्पत्ति वस्तुहरुको ठुलो बिनाश हुने।
९• धर गृहमा आगो लाग्ने।
१०• कल्पौं (एक पृथिवीको आरम्भ बाट अन्त्य हुने) सम्म नरकमा झरेर पतन हँदै पाप भोग्नु पर्ने आदि भएका दण्ड हरु मिल्न सक्दछ।

यस दस प्रकारका महाकल्याण उपकारी गुणी सामार्थ्यवान व्यक्तिहरुलाई, यदि विनम्र पूर्वक मान्यता दिँदै गुण उपकारको प्रसंसा गर्दै पुजा गर्दछ भने त्यस व्यक्तिलाई मिल्ने दश प्रकारका पुण्यहरु मध्ये-

१• कुनै अन्जान ठाउँ स्थानमा भ्रमण गर्दै पुग्दा, खाने कुराहरुको अनिकाल आई नपर्ने।
२• पुगेको ठाउँ स्थानहरुमा पुजीत सम्मान मिल्ने।
३• ५ प्रकारका शत्रुहरुको दबाउ दुःखदिन बिघ्नबाधाबाट दुर हुने।

४• मुहार देख्ने साथ रुचि मानेर  दया माया गर्नेहरु प्रसस्तै हुने।
५• धेरै जनसमुह समारोह बिचमा आफ्नो वीरता सहासिक  गुणको बर्णन गौरवता हुने।
६• आफ्नो राम्रो गुणको प्रख्यात कृति र नामको जताततै प्रचार प्रसार हुने।

७• बचावको लागि आरक्षित सैनिक अथवा सुरक्षा गर्नेहरु अटुट् हुने।
८• आर्थिक वृद्धि हुने।
९• पहाड, भीर बाट खसेर तल्तिर झरे पनि कुनै चोट घाउ नलाग्ने।
१०• छोरा छोरी द्वारा दह्रिलो आधारित, ठूलो मद्दत मिल्ने।

मित्रहरु सबैले यस पाठलाई पढिसके पश्चात गल्ति कसूर हुने, र गल्ति कसूर नहुने लाई राम्ररी आफुले जानकारी पाईसक्नु भए पश्चात…..

कोहि जानकारी भएका व्यक्ति भए जस्तै, कुनै चाहिँ केहि नजान्ने भएका व्यक्तिहरु लाई उदेश्य राख्दछु। अग्रिमता मैत्री पूर्वक राम्रो चेतना द्वारा….

#crd, युवक विश्वकोश