६२ प्रकारका मिथ्या दृष्टि

 

​अनुवाद – बिष्णु धनञ्जय
६२ प्रकारका मिथ्या दृष्टिहरु मध्ये- अतित (भुत) काल भव, जन्मको कारणले गर्दा हुने गलत धारणाहरु १८ प्रकारका छन्। अनागत (भविश्य) को कारणले गर्दा हुने गलत धारणा हरु ३९ प्रकारका छन्। पच्चुपन्न (वर्तमान) को कारणले गर्दा हुने गलत धारणा हरु ५ प्रकारका, जम्मा गरेर सबै ६२ प्रकारका छन्।

१• अतित काल भवको कारणले हुने गलत धारणा हरु १८ प्रकारका मध्ये-

सस्सतदिट्ठि ४ प्रकार
==============
१• हजार लाखौँ पूर्व पूर्व, जन्ममा खन्ध जारी रहँदै भएर आएको भव, जन्म हरुलाई विचारेर हेर्न, देख्न सक्ने पुब्बेनिवासानुस्सतिञाण (पूर्व जन्मको ज्ञान) भएकाले मात्र, व्यक्तिहरुले आफुले आफैलाई त्यस लाखौँ करोडौं भव, जन्महरुमा भएको नाम, जातिय वंशहरु सहित बसोवास गरेको कुराहरुको ज्ञात, थहा भएको कारणले गर्दा मेरो खन्धको घर अत्त (आत्म) र सत्तवाप्राणीहरु बसोवास गर्ने लोक (संसार) ध्रुव छ, पक्का छ, बलियो छ, अविनाशी छ भन्ने खाले मिथ्या गलत धारणाका साथ दह्ररीलो, गहिरोगरी धारण गरेर मनमा छापा लाग्नु हो।
२• धेरै धेरै भव, जन्महरु संवट्ट, विवट्ट कल्पहरु जोडेर (१०) वटा “संक्षिप्तमा टिप्पणी (ऐले यो भैरहेको भद्र कल्प हो, यो कल्पमा ४ भगवान बुद्धहरु उत्पत्ति भएर परिनिर्वाण भईसक्नु भयो र अझै अरिमैत्रेय भगवान उत्पन्न हुन बाँकीनै छ, त्यस पश्चात पनि लामो अवधि पछि बल्ल, योभद्र कल्पको विनाश हुने सुरुआत हुन्छ भने, अलिकति थोरैमा पनि अनुमान मात्र लगाउन सकिन्छ कि- कल्प = ကမၻာ भनेको कति लामो छ।)” कल्प सम्म बारम्बार खन्ध भएकोलाई विचारेर देख्न सक्ने ज्ञान भएको व्यक्तिले, आफु त्यस अनगन्ती भव, जन्महरुमा फलानो नाम, फलानो जाती वंशावली मा भएकोलाई जानेको कारण ले गर्दा पनि, मेरो खन्धको घर अत्त (आत्म) सत्तवा प्राणी हरुको बसोवास गर्ने सत्त लोक ध्रुव, पक्का, बलियो, अविनाशी छ भन्ने कुराको गलत धारणा लिनु हो।
३• कल्पहरु जोडेर ४० कल्प सम्म बारम्बार भएको खन्धलाई हेरेर देख्न सक्ने व्यक्तिले आफुलाई त्यस असाध्यै लामो धेरै भव, जन्म हरुमा भएको आफ्नो नाम, आफ्नोजातीय वंशजहरुसंगै बसोबास गरेर भएर आएको भवलाई जानेको कारण ले गर्दा पनि, मेरो खन्ध को घर अत्त (आत्म) सत्तवा प्राणीहरु को बसोवास गर्ने सत्तलोक ध्रुव, पक्का, बलियो, अविनाशी छ भन्ने कुरा को गलत धारणा लिनु हो।
४• झान अभिज्ञान प्राप्त नगरी कन, आफ्नो कल्पना हरु को सोच, विचारहरु मा देखा परेर आए अनुसार सत्त र लोक ध्रुव, पक्का, बलियो, अविनाशी छ भन्ने कुराको गलत धारणा हुनु हो।

एकच्चसस्सतदिट्ठि (४) थरी
==================
५• कल्प विनाश वा प्रलय भएको बेला समयमा राम्रो कुसल पुण्य भएका व्यक्तिहरु माथि दुतिय झान ब्रह्मा लोक आदि गतिमा उत्पन्नभएर, बाँकि रहेकाहरु चाहिँ अवीचि नरकमा झर्दै पतन हुन्छन्। अरु रहेका सम्पूर्ण स्थानहरु कल्प विनाश हुँदा ध्वस्त भएर जानेछन्। पुःन नविन कल्पको शुरुआतमा सत्तवा प्राणीहरु नभएको ब्रह्मा विमानस्थल को सृजना, उत्पन्न भएर आउँछ। त्यस ब्रह्माविमानस्थलमा कर्म समाप्त भएर उत्पन्न भएर आउने, अथवा आफ्नो आयुको समयकाल समाप्त भएर अभस्सरालोक बाट सर्ब प्रथम उत्पन्न भएर आउने, एकब्रह्मा सहित एउटा विमानस्थल पनि उत्पत्ति हुन्छ। त्यस पछि ती एक ब्रह्माको मनमा म” जस्तै अझै अरु अरु ब्रह्माहरु पनि उत्पन्न भएर आए असाध्यै राम्रो हुन्थ्यो भन्ने ईच्छाहरु जागेर आउँदा, अभस्सरा लोकबाट आयु समाप्त भएको कारणले गर्दा अथवा कर्म समाप्त भएको कारणले गर्दा, ती अन्य ब्रह्मा हरुको उत्पत्ति भएर आउँछ। पछि गएर ती ब्रह्माहरु प्रथमबारको मनुष्यलोक पृथ्वीमा उत्पन्न भएका ब्रह्मा हरुको चरण सम्म मात्र बिचार गरेर देख्न सक्ने हुन्छन्। तर त्यो भन्दा माथिल्लो भव मा भएको ब्रह्माको (आफ्नो) बारेमा छेदन गरेर हेर्ने सक्ने, जान्ने क्षमताको ज्ञान नभएको कारणले, त्यस प्रकारका ब्रह्मा हरुले ” हामिहरु ब्रह्मा हुँदा देखिबाट नै ई ब्रह्मा भएका” सर्ब प्रथम ब्रह्मा अथवा ब्रह्मालोकका राजा हुन् भनेर मनमा धारणा लिन्छन्।

पूर्व देखी आज सम्म पनि ई त्यही ब्रह्मा लोकमा स्थित छन्। हामीहरु पैलापैला मनुष्यहरु भएको ठाउँ लोकमा उत्पन्न भएका ब्रह्माहरु हौं। त्यसैले हामीहरु ब्रह्मा हुन भन्दा आगाडीनै, मनुष्य लोकमा छँदा देखिनै भएका ब्रह्माका राजाको खन्धमा चाहिँ भएको अत्त (आत्मा) र सत्त लोक ध्रुव,बलियो, अविनाशी छ। हामीहरुको खन्ध चाहिँ मात्र ध्रुव, पक्का नभएको, विनाश कारी छ भन्ने गलत धारणा भएको हुनु हो।

त्यसरी नै सर्बप्रथम विमान स्थलमा उत्पन्न भएका ब्रह्माले पनि, मैले अरु अरु ब्रह्माहरुको उत्पत्ति होस् भन्ने ईच्छाले संङ्कल्प गरेकोहुँदा, मेरोईच्छा बमोजिम ले ई उत्पन्न भएर आएका ब्रह्माहरु हुन्।

त्यसैले म चाहिँ ई सबैको अधिपत्य हो। त्यसैले म चाहिँ अझै पनि यै विमानस्थलमा अच्युत भएर जीवित छु। म बाट ईच्छा गरेर उत्पत्ति भएका ब्रह्माहरु चाहिँ अच्युत, ध्रुव छैनन्। त्यस कारण मेरोईच्छा, संकल्पित अनुसारले नै उत्पन्न भएर आएका हुँदा, उनिहरुको मालिक सृजना कारक पनि म नै हुँ। म मात्र अविनाशी, ध्रुव, अजन्मा छु। अरु चाहिँ ध्रुव छैनन् भन्ने जस्तै कि- [ठुलो कुसल कर्मको पुण्यले राम्रो फल दिएको लाई विशेष गरी ज्ञानले नबुझेर, चिरञ्जीवी (लामो आयु) भएका लाई ध्रुव र अल्प (छोटो) आयु भएका लाई चाहिँ पक्को नभएको, ध्रुव नभएको] कुनै ध्रुव छन्, कुनै ध्रुव छैनन् भनेर लिएको गलत धारणा हो।

६• आहार ग्रहण गर्ने (खाने) समय लाई विर्सिने गरी सम्म मस्त, सुखको आनन्दमा खाने समयलाई भुलेर खाने समयमा नखाईकन सीमा उलंघन गरेर सुखको उपभोगगर्ने देवता हरुले, खाने समयमा नखाएर मृत्यु पछि मनुष्य लोकमा पूर्वजन्मको बारेमा विस्तृत रुपमा जानकारी भएको मनुष्य भएर जन्मेर आउँदा, देवलोक मा रहेका देवता, नाथहरु को चाहिँ अत्त (आत्म) र सत्त लोक ध्रुव, पक्को दह्ररीलो अविनाशी छ। तर हाम्रो चाहिँ ध्रुव, पक्को नभएर मृत्यु भएकोहो भन्ने (आफनो आहार ग्रहणगर्ने समयको ज्ञान नभएकोलाई जान्ने बिषयहरुको ज्ञात नभएकाले) अरु कुनै देवताहरु चाहिँ ध्रुव छन् वा कुनै ध्रुव छन्, कुनै ध्रुव छैनन् भनेर लिएको मिथ्या गलत धारणा हो।
७• देवताहरु लाई जलाई दिने क्रोध, द्वेष (रीस) उठेको कारणले च्युति (मरण) भएर, मनुष्य लोकमा पुनर्जन्म भएर पूर्व जन्मको बारेमा विस्तृत जानकारी थहा भएको मनुष्य भएर आउँदा, पैला देवता भएको समय लाई हेर्दा उनीहरुले आफुलाई द्वेषको कारणले मृत्यु भएको लाई नजानेको हुँदा, नरिसाउने अथवा क्रोध नभएर देवलोक मै स्थित रहेका देवताहरुलाई तुलना गरेर, कुनै ध्रुव छन् र कुनै ध्रुव छैनन् भनेर लिएको गलत मिथ्या धारणा नै हो।
८• आफ्नो सोच समझ, अथवा ज्ञान, बुझाइमा देखा परेर आए अनुसार, विचार दृश्य अन्तस्करणले धारण गरेर आँखा, नाक, कान आदि गरिएका रुप कायसरीर ध्रुव, पक्को नभएको, क्षणभङ्गूर भएको हुनाले विनाश भएर जान्छ। तर मन वा चित्त चाहिँ परिवर्तित र विनाश नहुने छ, अमर छ, अमृत छ। त्यसै कारणले नै त्यो ध्रुव, बलियो, पक्को र अविनाशी छ। रुपधर्म चाहिँ आफ्नो विचार अनुसार ध्रुव छैन भन्ने खाले एकप्रकारको गलत धारणा नै हो।

अन्तानन्तदिट्ठि ४ प्रकार
===============
९• कुनै लौकिक झान प्राप्त गरेका व्यक्तिहरुले आफुले प्राप्तगरेको झानलाई फैलाएर हेरेको समयमा चित्त दृढ स्थिर, अचल भएर आउँदा लोकको अन्त वा समाप्त छ, भ्रमण गरेर आवतजावत गर्न सक्ने खाले यात्रा छ भनेर लिएको गलत धारणा हो।
१०• कुनै लौकिक झान प्राप्त गरेका व्यक्तिहरुले आफु ले प्राप्तगरेको झानलाई फैलाएर हेरेको समयमा चित्त दृढ स्थिर, अचल भएर आउँदा लोकको कुनै अन्त छैन, र आदि र अन्त्यको पनि अनुमान नलाग्ने वाला छ भनेर लिएको गलत धारणा हो।
११•कुनै लौकिक झान प्राप्त गरेका व्यक्तिहरुले आफु ले प्राप्तगरेको झानलाई फैलाएर हेरेको समयमा चित्त दृढ स्थिर, अचल भएर आउँदा लोकमा माथिल्लो र तल्लो भागको अन्त छ, तर छेउछाउ वरिपरी मध्यम भागको चाहिँ अन्त छैन। त्यसैले लोकमा अन्त पनि छ। अन्त नहुने पनि छ भनेर लिएको गलत धारणा हो।
१२• कसैले आफै स्वयं आफ्नै विवेकले भेट्दो विचार गरेर लोक चाहिँ अन्त हुने पनि होइन, अन्त नहुने पनि होइन। अन्त भएको, नभएको पनि होइन। साँच्चैमा भन्ने हो भने लोक (संसार) अन्त भएकको पनि होइन, अन्त नभएकको पनि होइन भन्ने धारणा हो। (माथिका तीन प्रकारका व्यक्तिहरुको धारणा चाहिँ जिद्दी वाला व्यक्तिको धारण हो।

 

अमराविक्खेपदिट्ठि ४ थरी
================
१३• कसैले कुसल, अकुसलको बिषय बारेमा प्रश्न गरे भने, सीधै उत्तर दिन गल्तीहुन्छ कि भन्ने डरले, यस्तो प्रकारको धारणालाई मैले मान्यतर दिएर लिएको छैन, त्यस प्रकारको धारणालाई पनि मैले लिएको छैन। यस प्रकारको लाई, त्यस प्रकारको लाई पनि नलिएको पनि होइन आदि भनेर कुरो घुमाएर गर्ने गलत धारणा भएको मतलववादी हो।
१४• कुसल, अकुसल लाई निश्चित रुपमा नजानि कन उत्तर दिएमा मनपार्ने, रुचीमानेर चाहने कामनाको ईच्छा मा तानिने, क्रोधित हुने, चित्तलाई ठेस, चोट लाग्ने आदि उपादानहरु भए सायद मलाई अन्तराय (खतरा) हुन्छ भनेर यो मान्यताको आधारणा लाई पनि म लिन्नँ, त्यो मान्यताको आधारणा लाई पनि लिन्नँ। र त्यो, यो कुनै लाई पनि मान्येतर नलिएको पनि होइन खाले आदि गरीएको उपदानको भयले कुरालाई घुमाएर गर्ने गलत धारणा मतलबवादी हो।
१५• आफुले कुसल, अकुसललाई विशेषगरी निश्चित रुपमा ज्ञात नभैकन उत्तर दिएमा, आफ्नो उत्तर लाई ज्ञानी बुद्धिमानीहरुले जाँचगरेर झुठाहो भन्ने जानेभने अन्तराय (खतरा) हुनसक्छ भनेर, यो धारणालाईपनि म लिन्नँ, त्यो धारणा लाई पनि म लिन्नँ, र यो त्यो कुनै धारणा लाई पनि नलिएको होइन भन्ने खाले, आफ्नो पन्थीवाद धारणालाई गलत छ भनेर जाने भने बिद्वान व्यक्तिहरुले निन्दा गर्न सक्छन् भन्ने डरले कुरालाई घुमाएरगर्ने गलत धारणा वादी हो।
१६• आफ्नो कुनै बुद्धिले राम्रो विवेक गर्न सक्ने ज्ञान नभएको कारणले, यदि अरु कसैले प्रश्न गरिहाले भने, उनिहरुले मरेपछि अर्को भव छ भनेनी त्योकुरा सत्यहो भन्छु। तर यो धारणालाईपनि म लिन्नँ, त्यो धारणा लाई पनि म लिन्नँ, र यो त्यो कुनै धारणा लाई पनि नलिएको होइन आदि अल्प ज्ञान भएको मतभेद ले बात घुमाएर गर्ने गलत धारणा वादी हो।

अधिच्चसमुप्पन्नदिट्ठि २ प्रकार
===================
१७• चित्तधर्म नाम नभएका असञ्ञसत्तब्रह्मा पट्टिसन्धि संञ्ञा चित्त भएर आएको कारणले, असञ्ञसत्तब्रह्मा बाट मनुष्यलोक मा पुगेर ध्यान गर्दा चित्त छिट्टै स्थिर भएर आएको हुँदा, असञ्ञसत्त ब्रह्मा भवबाट च्युति चित्त (मर्ने समयको अन्तिम मन) मा भएर आएको पट्टि सन्धिसञ्ञा भएर आएकोलाई याद (सम्झना) गर्नसक्ने र त्यो भवभन्दा पूर्वको भवलाई यादगर्न नसक्ने हुन्छन्। त्यसैले उनिहरुले अत्त (आत्म) र सत्तलोक आफ्सेआफ् कुनै कारण बिना बनेर आएको हो। म कुनै पैला नभैकन यो भवमा सपष्ट रुपमा प्रत्यक्ष गरी बनेर आउनु परेको हो। त्यस कारणले नै अत्त र सत्तलोक चाहिँ बेमतलब, बिनकारण बनेर आएको हो भन्ने प्रकारको गलत धारणा लिनु हो।
१८• कुनै व्यक्तिहरुले आफ्नो विचारमा देखा परेर आए अनुसार कल्पनापूर्ण एवं अत्त (आत्म) र सत्तलोकचाहिँ बिन कारण सित्तैमा बनेर आएको हो भन्ने गलत धारणा लिनु हो।

२• अनागत काल भवको कारणले हुने गलत धारणा हरु ३९ प्रकारका मध्ये-
अपरन्तानुदिट्ठि ४४ प्रकार
================
उद्दमाघातनित सञीवाद
[मृत्यु पछि सञ्ञा छ धारणालाई लिने १६ प्रकारका]
💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫
१९• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) चाहिँ परिवर्तित भएर बिग्रन्छ। तर मरेर गएता पनी मृत्यु पछि विनाश हुँदैन। चिन्हसंज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२०• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) परिवर्तित भएर बिग्रँदैन। मरेर पछि पनी विनाश छैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२१• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) परिवर्तित भएर बिग्रने पनि छ, नबिग्रने पनि छ। तर मरेर गएपनी विनाश हुँदैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२२• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) परिवर्तन भएर बिग्रिएको पनि होइन, परिवर्तित भएर नबिग्रिएको पनि होइन। मरेर गएपनी विनाश हुँदैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२३• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) को अन्त हुने अनुभाग सीमित छ। तर मृत्यु पछि विनाश हुँदैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२४• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) को अन्त हुनुको कुनै अनुभाग छैन, असीमित छ। मृत्यु पछि विनाश छैन। संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२५• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) को अन्त हुने अनुभाग सीमित भएको पनि हुन सक्दछ, अन्त हुनुको कुनै अनुभाग नभएको असीमित पनि हुन सक्छ। तर मृत्यु पछि विनाश हुँदैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२६• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) को अन्त हुनुको अनुभाग सीमित पनि छैन, अन्त नहुनु को कुनै अनुभाग असीमित पनि छैन। मृत्यु पछि विनाश छैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२७• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) चाहिँ केवल एकै प्रकारको अनुभूति गर्ने सञ्ञा (संज्ञा) छ। मृत्यु पछि विनाश छैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२८• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) चाहिँ केवल धेरै प्रकारको अनुभूति गर्ने सञ्ञा (संज्ञा) छ। मृत्यु पछि विनाश छैन। संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
२९• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) संकीर्ण (सुक्ष्म रुपमा) कसिन आरम्मण मा हुने, अनुभूति गर्ने सञ्ञा (संज्ञा) छ। मृत्यु भएर गएता पनी विनाश हुँदैन। चिन्हसंज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
३०• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) बडेर आउने मात्रामा भएको कसिन आरम्मण मा हुने, अनुभूति गर्ने सञ्ञा (संज्ञा) छ। मृत्यु भएर गएता पनी विनाश हुँदैन। संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
३१• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) वास्तवमा सहि भएको सुखद छ। मृत्यु भएर गएता पनी विनाश छैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
३२• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) वास्तवमा सहि प्रकारको दुःखित छ। मृत्यु भएर गएता पनी विनाश छैन। चिन्हसंज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
३३• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) सुख, दुःख छ। मृत्यु भएर गएता पनी विनाश हुँदैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
३४• जीवित (प्राण) विञ्ञाण (विज्ञान) अत्त (आत्म) सुख, दुःख छैन। मृत्यु भएर गएता पनी विनाश हुँदैन। चिन्ह संज्ञा रहिनै रहन्छ भन्ने गलत धारणा हुनु।
उद्धमाघातनित असञ्ञीवाद
[मृत्यु पछि सञ्ञा छैन धारणालाई लिने ८ प्रकारका]
💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫
३५• प्राण विञ्ञाण (विज्ञान) अत्त (आत्म) परिवर्तित भएर बिग्रन्छ। मृत्यु पछि विनाश छैन। चिन्ह संज्ञा नरहने हुन्छ भन्ने गलत धारणा हुनु।
३६• प्राण विञ्ञाण (विज्ञान) अत्त (आत्म) परिवर्तित भएर बिग्रने छैन। मृत्यु पछि विनाश छैन। चिन्ह संज्ञा रहँदैन भन्ने गलत धारणा हुनु।
३७• प्राण विञ्ञाण (विज्ञान) अत्त (आत्म) परिवर्तित भएर बिग्रने भएको पनि छ। परिवर्तित नहुने पनि छ। मरण पछि विनाश छैन। चिन्हसंज्ञा हुँदैन भन्ने गलत धारणा हुनु।
३८• प्राण विञ्ञाण (विज्ञान) अत्त (आत्म) परिवर्तित भएर बिग्रने भएको पनि होइन। परिवर्तित नभएको पनि होइन। मृत्यु पछि विनाश छैन। चिन्ह संज्ञा छैन भन्ने गलत धारणा हुनु।
३९• प्राण विञ्ञाण (विज्ञान) अत्त (आत्म) अन्तको अनुभाग सिमित छ। मरिसके पछि विनाश छैन। चिन्ह संज्ञा छैन भन्ने गलत धारणा लिनु हो।
४०• प्राण विञ्ञाण (विज्ञान) अत्त (आत्म) अन्तको कुनै अनुभाग सिमित छैन। मरिसके पछि विनाश छैन। चिन्ह संज्ञा छैन भन्ने गलत धारणा लिनु हो।
४१• जीवीत विञ्ञाण (विज्ञान) अत्त (आत्म) अन्तको अनुभाग सिमित भएको छ भन्ने पनि हो। अन्त को अनुभाग सिमित नभएको छ भन्ने पनि हो। मरिसके पछि विनाश छैन। चिन्ह संज्ञा छैन भन्ने गलत धारणा लिनु हो।
४२• जीवीत विञ्ञाण (विज्ञान) अत्त (आत्म) अन्तको अनुभाग सिमित भएको छ भन्ने पनि होइन। अन्त को अनुभाग सिमित नभएको पछ भन्ने पनि होइन। मरिसके पछि विनाश छैन। चिन्ह संज्ञा छैन भन्ने गलत धारणा लिनु हो।

उद्दमाघातनित नेवसञ्ञी नासञ्ञीवाद
[मृत्यु पछि सञ्ञा छ भन्ने पनि होइन, छैन भन्ने पनि होइन खाल्को लिने ८ प्रकारका धारणा]
💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫
४३• जीवित विञ्ञाण अत्त परिवर्तित भएर बिग्रिन्छ। मृत्यु पछि विनाश छैन। चिन्ह संज्ञा हुन्छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्न भन्ने पनि होइन भन्ने गलतधारणा लिनु हो।
४४• जीवित विञ्ञाण अत्त परिवर्तित भएर बिग्रिने छैन। मृत्यु पछि विनाश पनि छैन। चिन्ह संज्ञा हुन्छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्न भन्ने पनि होइन भन्ने गलतधारणा लिनु हो।
४५• जीवित विञ्ञाण अत्त परिवर्तित भएर बिग्रिन्छ भन्ने पनि हो। परिवर्तित भएर बिग्रिन्नँ भन्ने पनि हो।
मृत्यु पछि विनाश पनि छैन। चिन्ह संज्ञा हुन्छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्न भन्ने पनि होइन भन्ने गलतधारणा लिनु हो।
४६• जीवित विञ्ञाण अत्त परिवर्तित भएर बिग्रिन्छ भन्ने पनि होइन। परिवर्तित भएर बिग्रिन्नँ भन्ने पनि होइन।
मृत्यु पछि विनाश पनि छैन। चिन्ह संज्ञा हुन्छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्न भन्ने पनि होइन भन्ने गलतधारणा लिनु हो।
४७• जीवित विञ्ञाण अत्त (आत्म) अन्तको अनुभाग सिमित छ। मरिसके पछि विनाश छैन। चिन्ह संज्ञा हुन्छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्न भन्ने पनि होइन भन्ने गलत धारणा लिनु हो।
४८• जीवित विञ्ञाण अत्त (आत्म) अन्तको अनुभाग सिमित छैन। मरिसके पछि विनाश भन्ने छैन। चिन्ह संज्ञा हुन्छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्न भन्ने पनि होइन भन्ने गलत धारणा लिनु हो।
४९ • जीवित विञ्ञाण अत्त (आत्म) अन्तको अनुभाग सिमित भएको छ भन्ने पनि हो। अन्तको अनुभाग सिमित नभएको छ भन्ने पनि हो। चिन्ह संज्ञा हुन्छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्न भन्ने पनि होइन भन्ने गलत धारणा लिनु हो।
५० • जीवित विञ्ञाण अत्त को समाप्त हुने अनुभाग सिमित रहेको छ भन्ने पनि होइन। अन्तको अनुभाग सिमित नभएको छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्छ भन्ने पनि होइन। चिन्ह संज्ञा हुन्न भन्ने पनि होइन भन्ने गलत धारणा लिनु हो।

उम्मेदवार (समाप्त, भ्याइयो भन्ने खाले ७ प्रकारका धारणा)
💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫💫
५१• कसैले खन्ध काय शरीर अत्त (आत्म = म, मेरो) भन्ने पृथ्वी, आप, तेज, वायु चार महाभुतको सङ्गठित भएको गठ्ठा भएर माता पिता हरुबाट बनेर जन्मे आएको हो। त्यस कारणले यो खन्ध काय शरीर अत्त विनाश भएरगए पछि केहि पनि रहँदैन, समाप्त हुन्छ भन्ने गलत धारणा लिनु हो।
५२• माथीकै अनुसार धारणा लिएका मान्छेलाई अरु कसै बाट, मानुष्यमा हुने अत्त (आत्म) पूर्णतया समाप्त भएको हुँदैन, देवताहरुको पोषाहार बाट रुप भएका अन्य अत्त (आत्म) हरु पनि रहेका छन्। त्यस अत्त काय शरीर धारी चाहिँ सम्पूर्ण रूपमा विनाश भए, मात्र पूर्णतया समाप्त हुन सक्छ भन्ने गल्ती धारणा लिनु हो।
५३• माथीकै अनुसार धारणा लिएका मान्छेलाई अरु कसै बाट, देवतामा हुने अत्त (आत्म) पूर्णतया समाप्त भएको हुँदैन, रुप ब्रह्मालोकमा झानचित्तको कारणले सबै ठुलासाना अङ्गले पूर्णतया अन्य अत्त (आत्म) हरु पनि रहि रहेका छन्। त्यस अत्त काय शरीर धारी चाहिँ सम्पूर्ण रूपमा विनाश भए, मात्र पूर्णतया समाप्त हुन सक्छ भन्ने गल्ती धारणा लिनु हो।
५४• माथीकै अनुसार धारणा लिएका मान्छेलाई अरु कसै बाट, रुप ब्रह्माहरुको अत्त (आत्म) पूर्णतया समाप्त भएको हुँदैन,आकासानञ्चयतन ब्रह्मालोकमा अन्य अत्त (आत्म) हरु पनि रहि रहेका छन्। त्यस अत्त काय शरीर धारी चाहिँ सम्पूर्ण रूपमा विनाश भए, मात्र पूर्णतया समाप्त हुन सक्छ भन्ने गल्ती धारणा लिनु हो।
५५• माथीकै अनुसार धारणा लिएका मान्छेलाई अरु कसै बाट, आकासानञ्चयतन ब्रह्माहरुको अत्त (आत्म) पूर्णतया समाप्त भएको हुँदैन, विञ्ञाणनञ्चयतन ब्रह्मालोकमा अन्य अत्त (आत्म) हरु पनि रहि रहेका छन्। त्यस अत्त काय शरीर धारी चाहिँ सम्पूर्ण रूपमा विनाश भए, मात्र पूर्णतया समाप्त हुन सक्छ भन्ने गल्ती धारणा लिनु हो।
५६• माथीकै अनुसार धारणा लिएका मान्छेलाई अरु कसै बाट, विञ्ञाणनञ्चयतन ब्रह्माहरुको अत्त (आत्म) पूर्णतया समाप्त भएको हुँदैन, आकिञ्चञ्ञायतन ब्रह्मा लोकमा अन्य अत्त (आत्म) हरु पनि रहि रहेका छन्। त्यस अत्त काय शरीर धारी चाहिँ सम्पूर्ण रूपमा विनाश भए, मात्र पूर्णतया समाप्त हुन सक्छ भन्ने गल्ती धारणा लिनु हो।
५७• माथीकै अनुसार धारणा लिएका मान्छेलाई अरु कसै बाट, आकिञ्चञ्ञायतन ब्रह्माहरुको अत्त (आत्म) पूर्णतया समाप्त भएको हुँदैन, नेवसञ्ञानासञ्ञायतन ब्रह्मा लोकमा अन्य अत्त (आत्म) हरु पनि रहि रहेका छन्। त्यस अत्त काय शरीर धारी चाहिँ सम्पूर्ण रूपमा विनाश भए, मात्र पूर्णतया समाप्त हुन सक्छ भन्ने गल्ती धारणा लिनु हो।
३• पच्चुपन्न कालको कारणले हुने गलत धारणा हरु ५ प्रकारका मध्ये-

दिट्ठधम्मनिब्बानवाद
(अइले छणछणमा अनुभव गरेको निर्वाण खाले गलत धारणा ५ प्रकार
५८• पन्च कामगुण परिपुर्ण रुपमा आनन्दले सुखभोग अनुभूति गरेको अत्त (आत्म) पुद्गलले अइले भोगीरहेको छण सुखको समयलाई नै निर्वाण हो भनेर लिने गलत धारणा हो।
५९• माथीकै अनुसार गलत धारणा भएकालाई कसै बाट , पन्च कामगुण आनन्दको भोग गर्नु परिवर्तित भएर जाने, विनाशकारी अनित्य दुःखित हुने सत्य, पिडाले ग्रस्त भएको छण भङ्गुरको कारण भैदेको हुनाले सहि सुख होइन। वितर्क, विचारहरुका साथै हुने नीवरणहरुमा सान्त सुखदनै, प्रथम रुपझानको सुख लाई आनन्द भोग गर्न पाउने अत्त (आत्म) मात्रले सही निर्वाण सुख प्राप्त गरेको हो भन्ने गलत धारणा हो।

६०• माथीकै अनुसार गलत धारणा भएकालाई कसैबाट , प्रथम रुपझानमा कठोर अशिष्ट वितर्क, विचार धर्महरु भएकाले सहि सुख सत्य होइन। वितर्क, विचारबाट पर, पार भएको द्वितिय झानको सुखलाई भोग गर्ने अत्त (आत्म) मात्रले सही निर्वाण सुख प्राप्त गरेको हो भन्ने गलत धारणा हो।
६१• माथीकै अनुसार गलत धारणा भएकालाई कसै बाट , द्वितिय झानमा कठोर अशिष्ट, रुची लाग्दो प्रिती, चित्त लाई उत्तेजक बनाउने कारण भएको हुनाले, सहि प्रकार को सुख होइन। प्रितीबाट पर, पार भएको कायिक सुख, चेतसिक सुखहरुले परिपुर्ण भएको तृतिय झान को सुखलाई भोग गर्ने अत्त (आत्म) मात्रले सही निर्वाण सुख प्राप्त गरेको हो भन्ने गलत धारणा हो।
६२• माथीकै अनुसार गलत धारणा भएकालाई कसै बाट , तृतीय झानमा कठोर अशिष्ट, रुची लाग्दो सुखहरु भएकोहुनाले त्योसही सान्ति होइन। सुखपनि नभएको, दुःख पनि नभएको आधा, बिचाबिचको आचरण निर्मल पतुर्थ झानको भोग गर्ने अत्त (आत्म) मात्रले सही निर्वाण सुख प्राप्त गरेको हो भन्ने गलत धारणा हो।
(दीघनिकाय-सुत्त सीलक्खन पालि /ब्रह्माजाल सुत्र)

ई ६२ प्रकारका मिथ्या दृष्टिको गलत धारणाहरु सक्कायदिट्ठि (सत्काय दृष्टि) मा जरोहालेर उम्रेर पलाएर आएको हुन्छ। एक प्रकारमा सत्काय दृष्टि ६२ प्रकारका दृष्टिहरुको अगुवा भएको हुनाले, अगुवा भएको सत्काय दृष्टि हट्यो भने अरु रहेका सम्पूर्ण कुनै नामोनिशान शेष नरहीकन हटेर जानेछन्।
सोतापत्तिमग्ग (स्रोतापत्ति मार्ग) ले सक्कायदिट्ठि (सत् काय दृष्टि) लाई अनुसय पनि शेष नराखि हटाएर मारीसकेका हुन्छ।