वेभू सयाडोको विपस्सना भावना विधी

श्वास नाकको टुप्पो नाकको प्वालमा आस्वास प्रस्वास भएर सदैव ठोक्किएर पस्ने र ठोक्किँदै निस्किने गरेकै हुन्छ।

नाकको टुप्पाको प्वालबाट कायपस्साद (काय प्रसाद) भन्ने रुप धातु स्पर्शद्वारा ठोक्काई खाने भैरहेको छ। त्यहिँ आस्वास प्रस्वास स्पर्शमा ठोक्किँदै आईरहने भैरहेको हो। 

त्यस स्पर्शद्वारा ठोक्काई खाने र स्पर्शमा ठोक्किने चाहिँ रुप मात्र भएर स्पर्श भएकोलाई जान्ने चाहिँ नाम हो।

केवल नाकको फेंदि प्वाललाई ज्ञान द्वारा अनुगमन गर्दै पर्खेर हेर्नुपर्दछ। स्पर्श हुँदै भित्र पसेको, स्पर्श हुँदै बाहिर निक्लेकोलाई थहा पाएर जानी रहेको हुनु पर्दछ। होश पूर्वक थाहा पाएर जानेको ज्ञात हुनु पर्दछ।

त्यस स्पर्श भएको लाई होश पूर्वक थहा पाएर स्मरण गर्दै जान्दिएको हुनाले लोभ, दोष, मोह हुने मौका हुन नपाएको हुनाले चित्त शान्त स्थिर हुन्छ। 

विपस्सना भन्नाले पच्चुपन्न (क्षण क्षण भैरहेको समय) लाई मात्र भावना गरेर हेर्नु पर्दछ।

नाकको प्वालमा आस्वास प्रस्वास स्पर्श हुनु भन्दा पहिल्यै पनि स्मरण गर्न सकिँदैन। हुँदै नभएकोलाई थाहा पाएर जान्न पनि कसरी सकिन्छ र ! स्पर्श भैसकेर छुटेर गएको लाई पनि स्मरण याद गरेर थहा पाएर जान्न कसरी हुन्छ र !

आस्वास प्रस्वास स्पर्श हुँदै गरेको लाई मात्र “स्पर्श हुँदै छ” भनेर याद गरेर थहा पाएर होश पूर्वक जान्नु पर्दछ।

स्पर्श हुँदैगरेकोलाई (स्मरण गरेर) जाने रुप र नाम मात्र छ भन्ने लाई, “म” त्यो, पुरुष, महिला, मनुष्य, देवता, ब्रह्मा नभएकोलाई थाहा हुन्छ। अरु लाई सोधि खोजी गरिरहनु नपर्ने हुन्छ। आफुमा स्वयं स्पष्ट छर्लङ्ग भएर आउँदा आफै थाहा पाएर जान्ने हुन्छ।

स्पर्श भएकोलाई मात्र तटस्थ रुपमा ठिक (स्मरण गरेर) जाने ज्ञान उच्चकोटिको भएर स्वछ निर्मल शुद्ध हुँदै सम्मा दिट्ठि (सम्यक् दृष्टि = सहि जे छ त्यसलाई तटस्थ रुपमा यथार्थ देखेको दृष्टि) हुन सक्छ।

त्यस प्रकारले स्पर्श भएकोलाई जानिरहँदा रुप र नामको भिन्नतालाई पनि ज्ञानद्वारा छुट्ट जान्न सक्ने हुन्छ। त्यस प्रकारको ज्ञानलाई नामरूपपरिच्छेद (रुप र नाम लाई विभाजित छुट्याएर जान्ने) भन्ने ज्ञान भनिन्छ।

नाकको प्वालमा स्पर्श हुँदै हराउँदै हेर्दा हेर्दै फरर्र उत्पति बिनाश भएकोलाई स्मरण भावना गर्दै थहा पाएर देख्नु पर्दछ।

त्यस प्रकारको लाई स्मरण भावना गर्दै थहा पाएर देखेको धेरै समय बितेपछि विपस्सना समाधि एक भन्दा अर्को विकास हुँदै बडेर नाकको फेंदि प्वालमा मात्र नभएर पुरै काय शरीर भरीनै भर्र झर्झर उत्पति बिनाश भएको लाई देखिने हुन्छ।

त्यस बेला दुःख (दुखै दुःखले भरिएको कुनै काम नलाग्ने फोहोर को मुस्लो शरीर लाभ हिन) भएको, अनत्त (आफ्नो वशमा केहि नभएर, आफ्नो धर्म अनुसार परिवर्तन भएर घरी चिस्याउँदै, घरि पोल्दै, घरि भारी हुँदै, झम्झमाउँदै, घरी दुख्दै आफ्नो साथ नदिइकन आफ्नो स्वभाव अनुसार हुने) भएको, अनित्य (बन्छ बिग्रन्छ, छिटो भन्दा छिटो तीव्र गतिमा विपरीत परिवर्तन हुने स्वभाव) भएको लाई भावना द्वारा थहा पाएर जान्न थालिन्छ।

मुखले उच्चारण नगरी कन विपस्सना काम भन्ने स्पर्श भएको लाई स्मरण पूर्वक थहा पाएर जान्नु हो। त्यस प्रकारले भावना गरेमा एकक्षण भन्दा अर्कोक्षण विकास हुँदै बडेर स्वभाविक सहजज्ञ जान्न सक्ने हुन्छ।

यसरी तिव्रता पूर्वक फरर्र झर्रर उत्पति बिनाश भएको स्पर्श भएर थहा पाएर जानेको लाई धेरै पटक स्मरण भावना गर्दागर्दै छिप्पिएर जरो हुँदो भएको मार्गज्ञान फलज्ञान सम्म पुग्ने हुन्छ।

मार्गज्ञान फलज्ञान प्राप्ति भए पश्चात् फलसमापत्ति लाई प्रवेश गर्न चाहे आफु आएको विपस्सना पथलाई पुनः हेर्नु पर्दछ।

फलसमापत्ति भन्नाले आफ्नो घर जस्तै समान्तर हो। त्यै भएर मार्गज्ञान फलज्ञान प्राप्त गर्नको निम्ति स्पर्श भएको थहा पाएर जानेको लाई मेहनत प्रयास गर्दै वीरिय पूर्वक हेर्दै स्मरण भावना द्वारा थहा पाएर जानेको हुनु पर्दछ।

अनुवाद – बिष्णु धनञ्जय