थेरवाद बुद्धधर्ममा कथिन दानको महत्व

– पदुम श्रामणेर

बुद्धशासनसित सम्बन्धित कुनै पनि सानो गल्तीदेखि लिएर ठूलठूला गल्तीहरू लगायत सभ्य संस्कृति तथा अवस्था, परिस्थितिलाई जोड दिनुभई भगवान बुद्धले आफ्नो जीवनकालमा धेरै नै विनय नियमहरू प्रज्ञप्त गर्नुभयो । उहाँले कुनै घटनालाई अबलम्बन गर्नु भई नै नियमहरू प्रज्ञप्त गर्नुभएको बुद्धकालीन पुस्तकहरूमा जीवन्त छ । उहाँले प्रज्ञप्त गर्नुभएको विनय नियमहरूमा कथिन दान पनि एक हो । जसको आफ्नै मौलिक इतिहास अंकित छ ।

 

सर्वोत्तम बोधिज्ञान प्राप्त पश्चात “बहुजन हिताय बहुजन सुखाय” को लक्ष्य लिनुभई आफ्नो गन्तव्यमा लाग्नु भएका बुद्ध आफ्नो पहिले वर्षावास पश्चात उरुवेल जंगलको आसपासमा रहेको हरियालीपूर्ण जंगलमा ध्यान भावनामा लीन भईराख्नु भएको थियो । त्यही समय तीस भद्रवर्गीयहरू मनोरञ्जनार्थ वनभोजका निम्ति एकजना वेश्यासँग (नगरशोभिनी) त्यही जंगलमा पुगेको थियो । स्नानकालमा सबै राजकुमारहरू आफ्नो गरगहना फुकालि पानी स्नान गरेर आनन्द लिइरहेको थियो । त्यतिबेला उक्त वेश्याले फुकालिराखेको गरगहना चोरेर कसैले थाहा नपाउने गरि आफ्नो बाटोमा लम्कियो । केही समयपछि उक्त कुराको सुईको राजकुमारहरूले पायो र उसको खोजीको निम्ति जंगल चिहार्दै त्यसको पछि पछि लाग्यो ।

 

संयोगबश ती राजकुमारहरूले ध्यान गरिराख्नु भएका बुद्धलाई “यहाँबाट कोही आईमाइ गएको देख्नुभएको छ कि” भनेर सोध्यो । भगवान बुद्धले उनीहरूको पूर्ण पारमी संस्कार थाहा पाउनु भई उक्त आईमाईको बारे नभनिकन उनीहरूलाई “आईमाई खोज्नु जाति कि आफैले आफैंलाई खोज्नु भनेर भन्यो । त्यसपछि भगवान बुद्धले आफैंलाई आफूले कसरी खोज्ने भन्ने बारे उपदेश दिनुभई ती राजकुमारहरूलाई बोध गराउनु भयो । साथै “एहि भिक्खु” शब्द प्रयोग गर्नुभई प्रव्रजित शासनको अनुभव गराउनु भयो । बुद्ध शासनमा प्रवेशपछि ती राजकुमारहरूले त्रिचिवर धारण गर्ने, जंगलमै बास बस्ने र पिण्डपातिक धुतांग ब्रत पालना गर्नु भई तेहृ वर्ष बित्न लाग्दा सम्म जंगलमै वास बस्नुभयो ।

 

त्यसपश्चात उनीहरूको मनमा बुद्ध दर्शन गर्ने ठूलो श्रद्धा उत्पन्न भएको श्रावस्ती नगरमा आफ्नो पाइला चाल्नु भयो । श्रावस्ती नगर धेरै नै टाढा भएको कारण ती भिक्षुहरू श्रावस्ती शहरमै नपुग्दै साकेत भन्ने ठाउँमा पुग्दा वर्षावासको समय भएकोले आफ्नो ३ महिनासम्मको वर्षावास त्यही नै बिताउनुभयो । वर्षावास पश्चात आफ्नो बुद्धदर्शन इच्छालाई जीवितै राख्दै बुद्धदर्शन प्राप्त गर्न श्रावस्तीमा पुनः आफ्नो यात्रा प्रारम्भ गर्नुभयो । वर्षको कारणले गर्दा यात्रा गर्दागर्दै चीवर भिज्नुका साथै हिलो माटो लाग्नाले अति नै फोहोर भयो । त्रिचिवर धुतांगका कारण त्यस चीवर फेरेर अर्को चीवर लगाउन उनीहरूले सकेन । त्यस्तै अवस्थामा तिनीहरू बुद्ध समक्ष पुग्नुभयो ।

 

त्यसबेला भगवान् बुद्धले तिनीहरूले भोगेको कष्टको अनुभव गर्नु भई पछि पछि तिनीहरू लगायत अरू श्रावकसंघले यस किसिमको दुःख नपाओस् भन्ने हेतुले आफ्नो १४ औं वर्षावासपश्चात कथिन चीवर दान दिनुपर्ने नियम प्रज्ञप्त गर्नुभयो । भगवान् बुद्धले भन्नुभयो – “अनुजानामि भिक्खवे वस्सं वत्थानं, भिक्खुनं कथिनं अट्ठरितुं ।” – अर्थात् “भिक्षुहरू ! वर्षावासबाट छुटिसकेका भिक्षुहरूलाई कथिन चीवर अष्टरण गर्न मैले अनुमति दिएँ ।” यसप्रकार कथिन चीवर दानको जन्म भगवान बुद्धद्वारा भयो । मुख्य रूपमा कथिनको अभिप्राय दुढता, मजबुत र दरिलो हुनु हो । वर्षावास अन्त हुने आश्विन पूर्णिमादेखि कात्र्तिक पूर्णिमासम्मको जुन कथिनको निर्धारित समय छ त्यही समयमा मात्र कथिन चीवर दान गर्नुपर्दछ । त्यस निर्धारित समयालाई कहिले पनि हेरफेर गष्र्नुहुँदैन । संघहरूको कुनै असुविधाको कारणले दाताहरूमा विभिन्न अंग परिपूर्ण हुन नसक्नाले, विभिन्न कामको कारणले आदिले गर्दा पनि कात्र्तिक महिनाको सत्तामा अर्को महिनामा गर्नु हुँदैन । सरकारको तथा संघको हुकुमले पनि कथिन चीवर दान गर्ने समय हेरफेर गर्न सकिंदैन । कथिन चीवर दान कुनै युद्धको कारणले पनि कुनै प्रतिकूल समयको अवस्थाले पनि समयमा नगरिकन अन्य समयमा गर्नुहुँदैन ।

 

यदि भिक्षुहरू वर्षावास बसेता पनि समयमै कथिन चीवर दान गरेन भने त्यसको वर्षावास बसेको पुण्यको आनिशंस मात्र एक महिनासम्म मात्र पाउँछ । तर समयमा कथिन चिवर दान गरेको खण्डमा त्यसको आनिशंस फाल्गुन महिनासम्म पनि पाईन्छ । मुख्य रूपमा कथिन चीवर दानको पाँच किसिमका प्रतिफल छन् । जुन प्रतिफल कथिन चीवर दान गर्ने दाता र वर्षावास पूर्ण गर्नु भएका भिक्षुहरूले प्राप्त गर्न सक्छ ।

 

ती ५ किसिमका प्रतिफलहरू यसप्रकार छन् ः– (१) भिक्षुहरूको नियमानुसार कुनै दाताले भोजनको लागि निम्तो गरेको छ भने उक्त दाताको घरमा भोजन जानको लागि उक्त भिक्षु बसेको विहारमा बसेका सबै भिक्षुहरूलाई खबर दिएर जानुपर्दछ । तर कथिन दानको आनिशंस पाएको भए उक्त भिक्षुले ती भिक्षुहरूलाई खबर नदिइकन गएपनि कुनै विनय आपत्ति लाग्दैन । साथै भिक्षुहरूको नियमानुसार भोजनको लागि पहिलो जुन दाताले निम्तो गरेको हो त्यसकै घरमा मात्र भोजन जानुपर्दछ, दोश्रो दाताको घरमा भोजन जानुहुँदैन । तर कथिन दान कार्य गरेको भए पहिलो दाताको घरमा नगइकन दोश्रो दाताको घरमा भोजन गएतापनि केहि आपत्ति लाग्दैन । साथै दाताहरूले पनि कथिन दानको पुण्य आनिशंस पाएको खण्डमा कहिं कतै जानको लागि कुनै विध्न बाधा नभईकन स्वतन्त्रपूर्वक आफ्नो गन्तव्यमा लाग्न सकिन्छ । धार्मिक स्थलहरूको तीर्थयात्रा, ध्यान भावना इत्यादि कुशल पुण्य कार्य पनि मनोखुसीले गर्न सक्दछ ।

 

(२) त्रिचीवर धुतांग धारणा गर्ने भिक्षुहरूले जहाँ गएतापनि एउटा पनि चीवर छोड्नु हुँदैन, साथै लानुपर्दछ । अन्यथा पालना गरिराखेको अधिष्ठान भंग भएर जान्छ । तर कथिन दानको आनिशंस पाएको खण्डमा कुनै ठाउँमा जानको लागि तीनवटा चीवर सँगै नलगिकन छाडेर गएपनि हुन्छ । कुनै विनय आपत्ति लाग्दैन । साथै दाताहरूले आफूलाई आइपर्ने जस्तोसुकै कामहरू पनि सजिलैसित गर्न सकिने हुन्छ । उक्त काम गर्नको लागि अरूको पनि सहयोग प्रशस्त मात्रामा पाइन्छ । कामकाजमा विभिन्न किसिमका सुविधाहरू पनि पाइन्छ ।

 

(३) भिक्षुहरूको नियमानुसार प्रतिकूल हुने शब्दहरू प्रयोग गरेर निम्तो गरेको भोजन सेवन गर्नुहुँदैन । आदरसत्कारपूर्ण वचनयुक्त निम्तो भोजन मात्र सेवन गर्नुहुन्छ । तर कथिन दानको आनिशंस प्राप्त भिक्षुहरूले प्रतिकूल शब्दयुक्त निम्तो भोजन पनि स्विकार्न सकिन्छ । कुनै विनय आपत्ति लाग्दैन । साथै कथिनदानको अनिशंस प्राप्त दाताहरूले आनन्दपूर्वक भोजन गर्न सकिन्छ । कुनै किसिमको रोग, अपच आदि हुँदैन । पाचनशक्ति पनि बलियो हुन्छ । भय, उपद्रव पनि हराएर जान्छ ।

 

(४) प्रव्रजितहरूले दान प्राप्त चीवर बस्त्र बढी भएको खण्डमा ती बढी भएका चीवर बस्त्रलाई दश दिन भित्रमा विकप्पन गरिमात्र चीवर राख्नुपर्छ । तर कथिनदान आनिशंस प्राप्त भिक्षुलाई यस किसिमको नियम, विनयबाट छुटकारा पाईन्छ । साथै कथिन दान आनिशंस प्राप्त दाताहरूले अमूल्य अमूल्य गरगहना, धनसम्पत्ति जति थुपारेपनि उक्त सम्पत्तिलाई कसैले केही हानी पु¥याउन सकिंदैन, सुरक्षित भैराख्छ ।

 

(५) कथिन आनिशंस प्राप्त भिक्षुहरूले आफ्नो विहारमा बाहिरबाट बास बस्न आएका भिक्षुहरूलाई प्राप्त चीवर पनि नदिइकन आफैंले राख्न सक्छ । आफ्नो इच्छा भएको खण्डमा मात्र ती बास बस्न आएका भिक्षुहरूलाई चीवर दिन सकिन्छ । नदिएपनि कुनै आपत्ति लाग्दैन । साथै कथिन दान आनिशंस प्राप्त दाताहरूको आफूसँग भएका धनसम्पत्ति लगायत अन्य चिववस्तुहरू सुरक्षित भैराख्छ ।

 

कथिन दान कार्य एकदमै श्रेष्ठ छ । किनकि यो दान एकवर्षमा एकचोटिमा मात्र हुने, त्यो पनि निर्धारित एक महिनाभित्रको समयमा मात्र हुने, एकै दिनमा हुने, एकै विहारमा एकचोटी मात्र गर्नुपर्ने दान हो । साथै कथिन दान श्रद्धानुसार दिएमा मात्र लिन सकिन्छ । उक्त दान तथागत स्वयंद्वारा अनुमति प्राप्त तथा प्रशंसित दान पनि हो । यी कारणहरूले गर्दा कथिनदान एकदमै श्रेष्ठ छ । यस किसिमको श्रेष्ठ दान यही आश्विन पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म भिक्षुहरू वर्षावास बस्नुभएका विहारहरूमा हुने गर्दछ । उक्त कथिनोत्सवलाई हामी सबै श्रद्धालुहरूले सभ्यपूर्वक, शिष्टपूर्वक, श्रद्धापूर्वक मनाउनु नितान्त आवश्यक छ । जसबाट बुद्धशासन स्थायी राख्नमा ठूलो सहयोग पुग्ने हुन्छ ।

 

यसप्रकारका सभ्य संस्कृतिलाई हामी सबै मिलेर संरक्षण गर्दै लानुपर्दछ । (श्रोत ः सयादो ऊ कुण्डलाभिवंसद्वारा देशित धर्मदेशना) कथिन दान कार्य एकदमै श्रेष्ठ छ । किनकि यो दान वर्षमा एकचोटीमात्र हुने,त्यो पनि निर्धारित एक महिनाभित्रको समयमा हुने, एकै दिनमा हुने, एकै विहारमा एकभाटीमात्र गर्नुपर्ने दान हो । साथै कथिन दान श्रद्धा अनुसार दिएमा मात्र लिन सकिन्छ । कथिनदान तथागत स्वयंदारा अनुमति प्राप्त तथा प्रशसित दान पनि हो । यी कारणहरूले गर्दा कथिनदान एकदमै श्रेष्ठ छ । यो बुद्धकालीन समयदेखि वर्तमा समयसम्म पनि बुद्धशासन प्रचारप्रसार भएको ठाउँमा मनाउँदै आएको छ ।