पधान सुत्त (मार पराजय)

भावनुबाद : सुर्य घिसिङ 

जब म निर्बाण प्राप्तिका लागी नेरञ्जरा नदिको किनारमा पराक्रम पुर्बक ध्यान गरिरहेको थिए ।।१।।
तब मार करुणाले भरिएको कुरा गर्दै म भएको ठाउँमा आयो:-“तिमी कृश ( दुब्लो, पातलो, कम्जोर ) र कुरुप भएको छौ, मृत्यु तिमी भएको ठाउँमा आएको छ ।।२।।

संहस्त्र अंश तिम्रो मृत्युको हो, केवल एक अंश तिम्रो जीवनको हो । हे मित्र ! बाच, जिवित रहनु उत्तम हो, जिवित रहेमा मात्र पुण्य गर्न सक्छौ ।।३।।
यदी तिमीले ब्रम्हचार्यको पालना गरेमा र अग्नीहोत्र गरे, तब धेरै पुण्यको सञ्चय हुन्छ । तप गरेर के गर्छौ ?।।४।।

तपको मार्ग दुर्गम छ, निर्वाणको प्राप्ति दुष्कर छ । यी गाथाहरुलाई भन्दै मार बुद्धको सन्मुख उभिए ।।५।।
यस्तो भन्नेवाला मारलाई भगवानले यो भन्नुभयो :-“हे प्रमत्त बन्धु ! पापी !! जुन अर्थले यहाँ आएका छौ ।।६।।

त्यस पुण्यको अणुमात्र पनि मलाई आवस्यकता छैन । जसलाई पुण्यको आवस्यकता छ, मार उसैलाई भन ।।७।।
म सग श्रद्धा, विर्य र प्रज्ञा बिद्यमान छ । मलाई यस्तो संयमात्मा पनि जिउने कुरा गर्दछौ ।।८।।

यहाँ हावाले नदिको धारहरुलाई सुकाइ देवोस, यो मेरो संयमताको खुनलाइ सुकाउदैन ।।९।।
खुन सुक्दा खेरी पित्त र कफ सुकेर जान्छ । मासु क्षीण हुँदाखेरी चित्त अरु धेरै शान्त हुन्छ र स्मृति, प्रज्ञा र समाधी ममा धेरै रोकिन्छ ।।१०।।

यश प्रकार बिहार गर्नेवाला उत्तम वेदना प्राप्त मेरो मन कामको इच्छा गर्दैन । यश ब्यक्तीको शुद्धतालाई हेर ।।११।।
हे मार ! काम तिम्रो पहिलो सेना हो, भावना – इच्छा दोस्रो सेना कहलाउछ । भोक – तिर्खा तिम्रो तेस्रो सेना हो र तृष्णा चौथो सेना कहलाउछ ।।१२।।

तिम्रो पाँचौ सेना आलस्य हो, छैठौं डर कहलाउछ, तिम्रो सातौ सेना शंका हो र ईष्या तथा जडता तिम्रो आठौं सेना हो ।।१३।।
लाभ, प्रशंसा, सत्कार, अनुचित ढंगले प्राप्त गरेको यस, जो आफ्नो प्रशंसा र दोस्रोको निन्दा गर्दछ ।।१४।।

हे मार ! यो तिम्रो सेना ( श्रमण – ब्राम्हणहरुलाई ) प्रहार गर्नेवाला छ । त्यसलाई असुरले जित्न सक्दैन र जसले त्यसलाई जित्छ उसले सुख प्राप्त गर्दछ ।।१५।।
म यश मुंजलाई धारण गर्दछु । यहाँ ( पराजित भएर ) बाच्नु धिक्कार छ । पराजित भएर बाच्नु भन्दा संग्राममा मलाई मरेर जानू उचित छ ।।१६।।

वासनामा डुबेका केही श्रमण – ब्राम्हण यहाँ सत्यलाई देख्दैनन । उनीहरु त्यस मार्गलाई जान्दैनन जसमा सुब्रती हिडछन ।।१७।।
चारैतिरबाट वहान सहित सु – सज्जित मारको सेनालाई देखेर म युद्धको लागी निष्किन्छु । जसले कि मार मलाई आफ्नो स्थानबाट च्युत गर्न नसकुन ।।१८।।

देब, मनुष्य सहित सारा संसारले तिम्रो सेनालाई जित्न सक्दैन । त्यसलाई म प्रज्ञाले त्यसरी नै नस्ट गर्छु जसरी कि पत्थरको काचो भाडोलाई ।।१९।।
संकल्पलाई आफ्नो नियन्त्रणमा गरेर, स्मृतिलाई सुप्रतिस्ठित गरि धेरै श्रावकहरुलाई शिक्षित गरेर एक रास्ट्रबाट दोस्रो रास्ट्रमा विचरण गर्नेछु ।।२०।।

उनीहरु मेरो आज्ञाको पालना गर्नेवाला अप्रमादी र संयमी सिस्य निर्बाणलाई प्राप्त गर्नेछ । जहाँ पुगेर शोक गर्नुपर्ने छैन ।।२१।।

मार:-
सात बर्षसम्म म भगवानको पछी – पछी लागी रहेँ, तर स्मृतिमान सम्बुद्धका लागि कुनै पनि अवसर पाइन ।।२२।।
रातो पत्थरलाई मासुको कुनै टुक्रा सम्झिएर काग त्यसलाई झम्टिन्छ कि केही कोमल स्वादिष्ट चिज मिल्नेछ ।।२३।।

त्यसमा केही स्वाद नपाएर काग त्यहाँबाट हटयो । कागले पत्थरलाई ठुगे झै गौतमबाट बैराग्य लिदैछु ।।२४।।
शोकाकुल त्यस मारको काखबाट विणा तल झर्यो, त्यो यक्ष दु:खि भएर त्यहीँ अन्तर्धान भयो ।।२५।।

पधानसुत्त समाप्त ।
स्रोत :- Words of Buddha