अभिधम्म पर्व

 

भन्ते_प्रज्ञाजोत 

अतुलनीय सम्मासम्बुद्ध भगवानले सप्तम बारको वर्षवासिक (बर्षाबास) लाई तावतिंसा देवलोकमा माता महा मायादेवी मृत्यु पश्चात संतुषित नामक गरेका देवता लाई प्रमुख राखेर चौड़ाईमा बिशेष गरी अभिधम्म (अभि धर्म) देसना गर्नु भएको थियो।

त्यसरी निरन्तर देसना जारी गरिरहनु हुँदा दैनिक भिक्षाटन को समय त्यस त्रावत्रिंस देवलोकमा एउटा आफ्नो निम्ति (निर्मित) रुपलाई खडा गरेर देसना गर्न जारी राखी, आफु अनि उत्तरद्वीप उत्तरकुरुमा भिक्षाटनको लागि पाल्नुहुन्थ्यो।

महास्थवीर सारिपुत्रले देवपोखरीमा भगवान बुद्धलाई सधैव भोजन दान गरी सक्नुभए पश्चात् भगवान बुद्धले देवलोकमा गरिरहनुभएको अभिधम्म देशनालाई पुनः रुपमा थोरै छोट्करीमा उपदेश गर्नु हुँदा, प्रज्ञामा एतदग्ग हुनुभएको महास्थवीर सारिपुत्रले फिँजाएर धेरै मात्रामा बुझेर ५०० पाँचसय वर्गिय भिक्षुलाई लामो पनि होइन, छोट्करीमा पनि नभैकन मध्यन्तर रुपमा देसना गर्नु भएको यहि अभिधम्म पिटक हो।

वर्षावास को पावन पर्वमा सबै जगतका बूद्धानूयायी र प्रज्ञावान भिक्खू (भिक्षु) संघ र श्रमणेर या सीलवती तथा धर्म मित्रहरुलाई हार्दिक बधाईको साथ शुभकामना ज्ञापन गर्न चाहान्छु।

आजको दिनलाई अश्विन पूर्णिमा या (अभिधम्म पर्व) को दिन पनि भनिन्छ। आजकै दिन भगवान बुद्ध तावतिंसा देवलोक बाट पृथ्वीमा पाल्नु भएको पावन उत्सवको दिन थियो। त्यसैले दीप बत्तिको लहर दिपावली बालेर धुमधामले यस पर्वलाई मनाउने गरिन्छ। आजको दिनलाई नै पवारणा दिवस पनि भन्ने गरिन्छ र भिक्षु संघहरुले एक आपसमा कुनै गल्ती त्रुटि भएको छ, यदि भए पनि एक आपसमा भिक्षु संघहरु जुट भएर क्षमा याचना गर्दै आफ्नो संका लाई दुर गर्ने चलन छ।

अभिधम्म भनेको के हो….?

अभिधम्मको ग्रन्थमा ‘अभिधम्म’ भनेको के हो भन्ने प्रश्नको उतरमा – यसलाई अतिरिक्त रुपको, विशिष्ट रुपको धर्म नै अभिधम्म हो भनिराखेकै छ । यसमा “अभि” शब्द भन्नाले व्याकरणको दृष्टिले “अभि” उपसर्ग शब्द हो। यसको अनेक अर्थ भए पनि आचार्यहरुको अनुसार “अभि” शब्दलाई विशिष्ट अथवा अतिरिक्त भनि अर्थ लगाई राखेको छ। अर्थात् धर्मको प्रदर्शन वा व्याख्या गर्ने क्षमता अरु देशनामा नभएको तर यस धर्म देशनामा मात्र अतिरिक्त र विशिष्ट रुपमा भएको कारण, यसलाई अभि + धम्म भनि नाम राखेको हो। अर्थात् विशेष प्रकारको धम्मको साथसाथै पूर्ण विश्लेषण भएको धर्म वा अति विशिष्ट धर्म भएको हुनाले यस धर्ममा “अभि” उपसर्ग समेत जोडी अभिधम्म नाम दिई राखिएको हो ।
त्रिपिटक हरुमा धम्मखन्ध (८४०००) हजार छन्। विनाय पराजिक अट्ठकथा प-पु।२३ मा हेर्नु होस्।
त्रिपिटक मा भगवानले उपदेश गर्नु भएको धम्मखन्धहरु (८४०००) हजार छन् ।
(१) विनयपिटकमा धम्मखन्ध हरु (२१०००) हजार छन्।

(२) सुत्तपिटकमा धम्मखन्ध हरु (२१०००) हजार छन्।

(३) अभिधम्मपिटकमा धम्मखन्ध हरु
(४२०००) हजार छन्।
धम्मखन्धा हरु सबै जोड्दा (८४०००) हजार हुन्छन्।
त्रिपिटक बौद्ध धर्म को आधारभूत र मुख्य ग्रंथ हो। भगवान बुद्ध को उपदेश तीन साहित्य खन्डमा संकलित छ। यिनीहरुलाई ‘त्रिपिटक’ भन्द छ। यिनै तीन खन्ड हुन्- – – – –

विनयपिटक,
सुत्तपिटक र
अभिधम्मपिटक।

विनयपिटक भनेको = सील((शील))

सुत्तपिटक भनेको = समाधि

अभिधम्मपिटक भनेको = प्रज्ञा हो।

भवतु सब्ब मङ्गलम् 🙏🙏🙏

सबै धर्म मित्र हरु शुखि शान्ति निरोगी रहुन।

केहि थपका साथ सहभाजन – बिष्णु धनञ्जय