ध्यान भावना गर्दा निद्रा हटाउने ७ उपाय

प्रस्तुति – बिष्णु धनञ्जय
ध्यान भावना गर्दा उँघ्दै सुस्ती निद्रा लाग्यो भने, निद्रा लाई हटाउने विधी ७ थरीका पथहरु छन् , भनेर भगवान बुद्धले “पचलायनसुत्त” मा उपदेश गर्नु भएको छ।

“पचलायन” भन्नु को अर्थ चाहिँ “सुस्ति निद्राले ग्रस्त पारेर झपक्क झपक्क झुलाउने” भन्ने अर्थ लाग्दछ। कर्मस्थान अभ्यास आचरण गरेको बेलामा निद्रा लाग्यो भने त्यस कर्मस्थान लाई त्यागेर अर्कै विधी बद्लिएर ध्यान भावना अभ्यास आचरण गर्नु पर्दछ भनिएको छ। निद्रा लाग्ने भन्ने “प्रज्ञप्ति रुपमा ठोस संकेत द्वारा चिन्ह लगाएर जानिएको निशानछाप = संज्ञा” निद्रा लाई छुट्याई निकालेर फ्याँक्नु पर्दछ।

झप्कि अथवा तन्द्रा लाई हटाउने उपाय विधी ७ प्रकारका छन्।

१• ध्यान भावना तप आचरण अभ्यास गरेको बेला लाई कम्मठान (कर्मस्थान) लाई मनसिकार गरेर “निद्रा लाग्यो” भन्ने भयो भने, त्यो निद्रा लगाई दिने भएको “निशानछाप संज्ञा, कर्मस्थान” लाई रोक्नु हवोस्। अर्कै आरम्मण लाई बद्लि गरेर भावना गर्नु हवोस्।

२• त्यसरी भावना गर्दा पनि सन्तुष्ट भएन “निद्रा हटेन” भने अर्कै थप गरेर बद्लि गर्नु पर्दछ। के हो भन्नु पर्दा आफुले स्मरण गरेर राखेको (कडा महेनतले स्मृति पूर्वक कण्ठ पारेर पढेर राखेको) देशना धर्मका गाथाहरु लाई, श्रमण गरेर मुखाग्र गरी राखेको देशना धर्म गाथाहरु लाई मन बाट चिन्तन गर्दे जप्नु। उदाहरण को लागि- परित्राणाय जाने परित्राणाय, मंगलसुत्र जाने मंगलसुत्र आदिहरु मध्ये आफुले जानेको लाई मुख बाट उच्चारण गरे होइन, बल्कि मन भित्रै मनन् गर्दै जप्नु भनिएको हो। त्सरी हो भने उँघ झप्कि, निद्रा लागेको हराएर जान सक्दछ।

३• यसरी आफुले श्रमण गर्दै अथवा पढेर हृदयमा छाप लाग्ने गरी मुखाग्र, कण्ठ स्मरण गरेको पाठ, धर्मदेशना गाथाहरु लाई विचार-प्रक्रिया मनन् गरेर पनि निद्रा हटेन, उँघ आएर निद्रा लागि रहेको छ भने मुखाग्र भएको पाठ लाई सरज्झाय उच्चारण गर्नु। “एतिपिसो भगवतो” भए पनि, अरु अरु जे गाथा भए पनि हुन्छ उच्चारण गर्नु। शब्द निकालेर यसरी उच्चारण गर्दा निद्रा टलेर जान सक्दछ।

४• यति गरेर पनि नहराए अझैअरु के थपेर गर्नु भन्दा आफ्नो कान लाई तातो हुने गरी खिच्नु अरे, पुरै काय शरीर नै तातो हुनेगरी रगड्नु (मिच्नु) माड्नु अरे। यसरी शरीर छर्लङ्ग टाट्ठिएर आउँछ।

५• यसरी अझै नभए मुख धुनु, मुख धुँदा आँखा भित्र पानी पस्ने गरी भित्र्याएर, कर्मस्थान भावना गर्दै गरिएको ठाउँ आशन बाट बाहिर निस्केर नक्षत्र अथवा आकाशमा भएका जून तारा, यता उता चारै दिशा आदि लाई नियाल्दै हेर्नु। यसरी निद्रा हटेर जान सक्दछ।

६• त्यसरी पनि निद्राले छोडेको छैन भने “आलोक संज्ञा” ज्योति लाई मनसिकार गर्दै मनन् गर्नु अरे। अँध्यारो भित्र नबस्नु। उज्यालो मा बस्नु। “आलोक संज्ञा” ज्योति लाई मनसिकार गर्नु। अँध्यारो लाई भुल्दिनु। यसरी पनि उँघ झप्कि निद्रा लागेको हराएर जान्छ।

७• त्यसरी पनि नहराए, चक्रमण लाई होस पूर्वक श्रद्धा, वीरिय, सति, समाधि, प्रज्ञा भन्ने ईन्द्रिय शक्ति नियन्त्रित गरेर चक्रमण गर्नु अरे। यसरी पनि नभए के गर्ने भन्दा ..
सुत्नु ।

यो भगवानले स्वयं उपदेश गर्नु भएको हो। अन्तिममा उँघ झप्कि आउन छोडेन भने निद्राले सताए विश्राम गरेर सुत्नु अरे। भगवान बुद्धले निद्रा लाई हटाउने ७ प्रकारका उपाय विधीहरु दिनु भएको छ, भएन भने विश्राम लिएर सुत्नु ।

विश्राम लिएर सुत्दा पनि नियमित अनुसार ले सैयासन लिनु अरे। दक्षिण हाथ (दाहिने हात) तर्फ कोल्टे परेर हात को सिरानी बनाएर दुईटा खुट्टाको गोलिगाँठो स्पर्श भएर ठोक्किनँ हुँदैन अरे। यदि स्पर्श भएर हड्डी हड्डी ठोक्कियो भने दुःख वेदना उत्पन्न भएर धेरै दुःख दिने भएको हुनाले, आफुलाई सजिलो हुने सरलता पूर्वक राख्नु ।
“पादे पादं अच्चाधाय” अनुसार विश्राम लिएर सुत्ने नियम लाई भगवानले मार्ग प्रदर्शन गराई दिनु भएको हो।

सयाडो ले आदेश गर्नु भएको छ, म्यानमार मा बग्गो भन्ने ठाउँमा पुग्नु भएछ भने सैयासन मा विश्राम गर्नु भएको भगवान बुद्धको प्रतिमा लाई दर्शन गर्नु भएछ भने ख्याल राख्नु होला, भगवानको दुबै पाद (पाउ) बराबर एक समान भएको छ, भने पुष्तक संग मेल खाएन। एक पाद (पाउ) लाई केहि छोटो, अर्को लाई पुरै लम्बाई पसारेर दुबै पाद को गोलीगाँठो नछोइने गरी राख्नु पर्दछ ।

सैयासन मा विश्राम लिनु भएको भगवान बुद्धको प्रतिमा खोपेर निर्माण गर्नुपर्दा विधीविधान अनुसार माथिको घुँडा खुम्च्याएर राख्नु, पाद (खुट्टा) को गोलीगाँठो छोइन्न। यसरी भएमात्र पुष्तक संग मेल खान्छ। दाहिने खुट्टा माथि देब्रे (बायाँ) खुट्टा चडाएर कति बेला उठ्नु पर्ने हो भन्ने लाई संज्ञा निशान राखेर “उट्ठानसञं मनसिकत्वा” सुत्नु ।

भगवान बुद्धले नियमित रुपमा सुत्न लगाउनु भएको छ। यो ठाउँमा के को याद आयो भन्नाले- अमेरिका मा Stop भन्ते पुष्तक लाई गाडी हाँक्न Training अभ्यास गर्ने व्यक्तिहरु ले पुरा हुने गरी पढ्नु पर्दछ। पढिसके पछि परिक्षामा प्रश्न को उत्तर दिनु पर्दछ। त्यहाँ भित्र प्रश्नको उत्तर दिएको हुन्छ। उत्तर धेरै प्रकारका दिएका हुन्छन्।