कसैकाे कुरा किन मान्ने ?

प्रस्तुति सूर्य घिसिङ

केशमुक्ती सुत्त ।

“तब हे कालामो ! यहाँ जे भने – “हे कालामो ! आउ । तिमी कुनै कुरालाई केवल यश कारणले स्वीकार नगर कि यो कुरा अनुश्रुत छ, केवल यश कारणले स्वीकार नगर कि यो कुरा परम्परागत छ, केवल यश कारणले स्वीकार नगर कि यो कुरा यसै प्रकार भनिएको छ, केवल यश कारले स्वीकार नगर कि यो हाम्रो धर्म – ग्रन्थको अनुकूल छ, केवल यश कारणले स्वीकार नगर कि यो अनुमान – सम्मत छ, केवल यश कारणले स्वीकार नगर कि यसका कारणलाई साबधानी पुर्बक परिक्षा गरिएको छ, केवल यश कारण स्वीकार नगर कि यसमा हामीले बिचार गरि यसलाई अनुमोदन गरेको छ, केवल यश कारण स्वीकार नगर कि भन्नेवालाको ब्याक्तीत्व आकर्षक छ, केवल यश कारण स्वीकार नगर कि भन्नेवाला श्रमण हाम्रो पुज्य हुन । हे कालामो ! जब तिमी स्वानुभबले आफैले यो जान्द छौ कि यि कुरा अकुसल छ, यो कुरा संदोष छ, यो कुरा बिज्ञ पुरुषद्वारा निन्दित छ, यो कुराको अनुसरण गर्दा अहित हुन्छ, दु:ख हुन्छ । तब कालामो ! तिमी त्यस कुरालाई छोडिदेउ”- यहाँ जे पनि भनिएको छ, यो यसै सम्बन्धमा भनिएको छ ।”

“हे कालामो ! आउ । तिमी कुनै कुरालाई केवल यश कारण स्वीकार नगर कि भन्नेवाला श्रमण हाम्रो पुज्य छन । हे कालामो ! जब तिमी स्वानुभबले आफैले यो जान्दछौ कि यो कुरा कुसल छ, यो कुरा निर्दोष छ, यो कुरा बिज्ञ पुरुषद्वारा प्रसंसित छ, यो कुरालाई अनुसरण गर्दा हित हुन्छ, सुख हुन्छ – तब हे कालामो ! तिमी यो कुराहरूको अनुसार आचरण गर ।”

“तब हे कालामो ! के मान्दछौ, पुरुषको भित्र जुन अलोभ उत्पन्न हुन्छ, त्यो उसको हितका लागी हुन्छ या अहितका लागी ?”
“भन्ते ! हितका लागी ।”
“हे कालामो ! जो अलोभी छ, जो लोभले अभिभुत छैन, जो सयमित छ, उसले प्राणी हत्या पनि गर्दैन, चोरी पनि गर्दैन, परस्त्री गमन पनि गर्दैन, झुठो पनि बोल्दैन, अरुलाई पनि यस्तो प्रेरणा दिदैन, यो दिर्घकालसम्म उसको हित तथा सुखका कारण हुन्छ ।”
“भन्ते ! यस्तो नै हो ।”

“तब हे कालामो ! के मान्दछौ, पुरुष भित्र जुन अद्धेष उत्पन्न हुन्छ, त्यो उसको हितका लागी हुन्छ या अहितका लागी ?”
“भन्ते ! हितका लागी ।”
“हे कालामो ! जो अद्धेषि छ, जो द्धेषले अभिभुत छैन, जो असंयमी छैन, उसले प्राणी हत्या पनि गर्दैन, चोरी पनि गर्दैन, परस्त्री गमन गर्दैन, झुठो बोल्दैन, अरुलाई यस्तो प्रेरणा पनि दिदैन, यो दिर्घकालसम्म उसको हित तथा सुखका कारण हुन्छ ।”
“भन्ते ! यस्तै नै हो ।”

“तब हे कालामो ! के मान्द छौ, पुरुषको भित्र जुन अमोह उत्पन्न हुन्छ, त्यो उसको हितको लागी हुन्छ या अहितका लागी ?”
“भन्ते ! हितका लागी ।”
“हे कालामो ! जो मुढ छैन, जो मुढताले अभिभुत छैन, जो संयमित छ, उसले प्राणी हत्या पनि गर्दैन, चोरी गर्दैन, परस्त्री गमन गर्दैन, झुठो बोल्दैन, अरुलाई पनि यस्तो प्रेरणा दिदैन, यो दिर्घकालसम्म उसको हित तथा सुखका कारण हुन्छ ।”
“भन्ते ! यस्तो नै हो ।”

“तब हे कालामो ! के मान्द छौ, यो धर्म कुशल हो या अकुसल ?”
“भन्ते ! कुशल हो ।”
“संदोष छ या निर्दोष ?”
“भन्ते ! निर्दोष छ ।”
“बिज्ञ पुरुषद्वारा निन्दित छ या प्रसंसित छ ?”
“भन्ते ! बिज्ञ पुरुषद्वारा प्रसंसित छ ।”
“पुर्ण तरिकाले आचरण गर्दाखेरी सुखका लागी हुन्छ अथवा हुदैन ? यो बिसयमा तिमिलाई कस्तो लाग्छ ?”
“भन्ते ! पुर्ण तरिकाले आचरण गर्दाखेरी, हितका लागी, सुखका लागी हुन्छ । यश बिसयमा मलाई यस्तो लाग्छ ।”

“तब हे कालमो ! यहाँ जे भने-“हे कालामो ! आउ । तिमी कुनै कुरालाई केवल यश कारणले स्वीकार नगर कि यो कुरा अनुश्रुत छ, केवल यश कारण स्वीकार नगर कि यो कुरा परम्परागत छ, केवल यश कारण स्वीकार नगर कि यो कुरा यस्तै प्रकारले भनिएको छ, केवल यश कारण स्वीकार नगर कि यो हाम्रो धर्म – ग्रन्थ अनुकूल छ, केवल यश कारण स्वीकार नगर कि यो तर्कसंगत छ, केवल यश कारण स्वीकार नगर कि यो अनुमान सम्मत छ, केवल यश कारण स्वीकार नगर कि यसका कारणलाई साबधानी पुर्बक परिक्षा गरिएको छ, केवल यश कारणले स्वीकार नगर कि यसमा हामीले बिचार गरेर यसलाई अनुमोदन गरेको छौ, केवल यश कारणले स्वीकार नगर कि भन्नेवालाको ब्याक्तित्व आकर्षक छ, केवल यश कारणले स्वीकार नगर कि भन्नेवाला श्रमण हाम्रो पुज्य हुन । हे कालामो ! जब तिमिले स्वानुभबद्वारा आफू स्वयंले जान्दछौ कि यो कुरा कुशल हो, यो कुरा निर्दोष हो, यो कुरा बिज्ञ पुरुषद्वारा प्रसंसित छ, यो कुराको अनुसार आचरण गर्दा हित हुन्छ, सुख हुन्छ – तब हे कालामो ! तिमी त्यो कुरा अनुसार आचरण गर, यहाँ जे पनि भनियो, त्यो यसै सम्बन्धमा भनिएको छ ।”

क्रमशः
स्रोत:- Words of Buddha.