बनेपामा थेरबाद बुद्धधर्म पुनःप्रवेशको संक्षिप्त नालीबेली

हरिशंखर मानन्धर

भारतमा थेरवादको रिक्ततासँगै नेपालमा पनि हराउँदै गयो । यो क्रमले बनेपामा पनि अधिकार जमायो । त्यसपछि हिन्दु धर्मको प्रभावमा बौद्ध परम्परा पनि पञ्च ‘मकार’ प्रयोग गर्ने संस्कार बस्दै गयो । ऐनस्ली मीरेस (ई.सं. १९७३) ले आप्mनो पुस्तक ‘स्ट्रेञ्ज प्लेसेस सिम्पल ट्रुथ्स्’मा २५०० वर्ष पहिले बुद्धले जुन धर्मको सुधारको लागि प्रयास गर्नुभयो र वहा“को शिक्षा लाखौं मानिसको जीवन पद्धतिको एक दर्शन बन्यो तर नेपालमा यो फरक देखिन्थ्यो भनेर यसरी इ¨ित गर्नुभएको छ – “तर बुद्ध जन्मेको देश, नेपालमा यो फरक भएको छ । हामी बुद्धलाई एक भद्र र करुणामयी सोच्दछौं । तर हिमालय पहाडमा जीवन कठीन छ, र प्राकृतिक वस्तुहरू (तत्वहरू) यस्ता दयाहीन छन् कि यहाँका देवताहरू आपैm क्रुर छन् । विश्वका बाँकी स्थानबाट अलग्गिएको यी पहाडहरूमा, बुद्धधर्म स्थानीय हिन्दुधर्मसँग मिसिन्छ र तिब्बती लामावाद निर्माणार्थ आत्माको पूजा हुन्छ । बुद्ध, एक भद्र गुरु, एक देवता बन्यो, हिन्दु देवताको क्रममा जस्तै वहा“को विभिन्न अवतारहरू हुन्छन्,ं र त्यहाँ करुणाको स्थानमा क्रुरता हुन्छ जसले मार्छ र नाश गर्छ”  । यस्त,ै ‘बुद्धको शान्त र दूर्बोध्य उत्कृष्ठ मूर्ति हेरेर हामी आपूm पनि शान्त अनुभव गर्न सकिन्छ । तर यहाँ काठमाडौंका देवताहरू क्रुर छन्, हामी वहाँहरूका अगाडि अधिर हुन्छौं, र आउँदै गर्ने डरलाग्दा वस्तुका आकृतिबाट कम्पन छुट्छू भनेर पनि उल्लेख गर्नुभएको छ । अनि यस्तै कतिपय ब्रह्मचर्य भंग हुनेखालका छन् र बुद्धका सामान्य शिक्षाबाट फरक कस्ता–कस्ता खालका हुन्छन् ।

उक्त परिस्थितिबाट गुज्रिरहेको नेपालका,े विशेषगरी काठमाडौं उपत्यकाको, बुद्धधर्मको प्रशंगमा बनेपा मात्र अछुतो रहने कुरो भएन तैपनि बनेपाको दक्षिणतिर रहेको प्रख्यात शिव मन्दिर (धनेश्वर महादेव)को पूर्वपट्टी रहेको पिपलको बोटले बनेपामा थेरवादी बुद्धधर्म पुनः बनेपामा प्रवेश गराउन बोधिवृक्षको प्रतिनिधित्व गर्छ । बनेपाका तत्कालीन तीन मानन्धर वयस्कहरू, जसका खेत मन्दिर नजिक पर्दछ, खेतमा कामगर्न र खेत रेखदेख गर्न सँगसँगै जाने बेला एक बिहान पिपल बोट मुनि एक भन्त,े चिवरधारी भिक्षु, ध्यानरत पाउँछन् । उत्सुकतावश नजिक बस्दैगर्दा ध्यान सकिई आपसमा कुराकानी गरे पछि यी तीनजना दर्शकको जिज्ञासा मेटाउन भन्तेले प्रवचन दिनु भयो । जिज्ञासुहरूको उत्सुकता झन् बढ्यो । करीब तीन दिनसम्म लगातार सुन्न गए जिज्ञासुहरू । उनीहरूको मनको खेतमा धर्मको व्याड् मलिलो भएर वीज छर्न लायक भयो । उनीहरू प्रोत्साहित भए । आपसमा सल्लाह गरी वहाँ श्रद्धेय भन्तेलाई बनेपा कोभाः (कोबहाः) टोलमा नै जान अनुरोध गर्ने निधो गरी निम्तो दिए । भन्तेले ती तीन मानन्धर जिज्ञासुहरूको निमन्त्रणा सहर्ष स्वीकार गरी थेरवाद बुद्धधर्मको विजन छर्न तयार हुनुभयो । वहाँ भन्ते सहज रूपमा बनेपा प्रस्थान गर्नुभयो । यसरी बनेपामा थेरवाद बुद्धधर्मको पुनःप्रवेश भयो ।

उक्त व्यहोरा माथि उलेखित तीनजना मध्ये एक बखतसिंका नाती विष्णुप्रसाद मानन्धरले हामी दुईबीच नेवारभाषामा भएको अनौपचारिक बातचितमा बताउनु भएअनुसार नेपालीमा लेखिएको हो । यसलाई ध्यानकुटी विहारलाई चारआना जग्गासमेत दान दिनुभएका वि.सं. १९८६ सालमा जन्मेकी हाल ध्यानकुटी विहारमै बसिराख्नु भएकी पूर्णमाया मानन्धर र हाल वि.सं. २०८० साल मंसिरमा जन्मनुभएका यही सर्वप्रथम निर्माण भएको थेरवादी विहार नजिकै घर भएका दानकाजी कःमि मानन्धरसँग पनि अनौपचारिक अन्तर्वार्ताले पनि समर्थन गर्ने हुनाले ती कुराकानीका आधारमा नै प्रस्तुत गरेको छु । सुधारको गुंजायस रहन्छ र गर्न सकिन्छ । यसको लागि ढोका र कोठा खुल्ला राखि अरू थप प्रशंग अगाडि बढाइरहेको छु ।

वि.सं. १९८२÷८३ ताका कोभाःटोलका बखतसिं कःमि मानन्धर विष्णुप्रसादका बाजे, हेराध्व‌‌ं भन्ने (हेराबहादुरको बाजे) र वांख्यःटोल च्वेखँलेचाका दानबहादुर कमिको बाजे तीनजना खेत हेर्न जाँदा ‘खोसीं भिक्षु’ भनेर सम्बोधन गरिने महादान भन्ते फकिर जस्तै ध्यान गरी बस्नु भएको थियो । त्यो देखेर आश्चर्य मानी वहाँहरू बस्दै गर्दा प्रवचन पनि भयो । पहिलो प्रवचन मै तीनैजना प्रभावित भए । लगातार तीनदिनसम्म सुन्न गएपछि वहाँहरूले खोसीं भिक्षुलाई घरमा निमन्त्रण गरी प्रवचनका लागि आग्रह गरेपछि बखतसिंको घरमा बास गरी धेरैदिन प्रवचनको कार्य भएको थियो । खोसीं भिक्षु बेलाबेलामा आउनेजाने गरी करिब एकडेढ वर्ष बस्नुभयो कोभाःटोलमा । त्यो बेला भिक्षु भनेको कस्तो हुन्छ भन्ने थाहा नपाएका धेरै थिए । त्यसैले पनि खोजी–खोजी हेर्न आउँथे । यसरी प्रवचन गर्दा सधैंजसो चारपाँच–चारपाच जना धर्मसाकच्छामा सम्मिलित हुन्थे । नियमित जस्तो प्रवचन र छलफलमा भागलिनेमा काजीबहादुर ध्वाखासी, अस्तलाल कःमि, हर्षबहादुर कोसाल, लामनारां, सानु कःमि, चैतनारां धलंछेँ, बखतसिं आदि थिए । भिक्षुको रूपरंगबारे सुनेर मान्छेहरू दंगपर्थे रे । कस्तो हुन्छ भिक्षु भन्ने थाहानपाएकाहरू झूम्मिन्थे रे । प्रवचनमा श्रोताको संख्या बढ्दै गएर कुनै दिन त ६०÷७० जनासम्म पुगेका थिए रे ।

 

त्यसपछि त्यहाँ एउटा छुट्टै घरको आवश्यकता महशुस गरियो र लामनं (रामनारांलाई बढी यसको प्रभाव पर्यो) । प्रवचनको प्रभावले रामनारां मानन्धरले मासुखान छोडे, त्यसपछि नामै लामनं भयो, सानुकःमिले १७ वर्ष मासु छोड्नु भयो रे । हर्षबहादुर धेरै पे्ररित भएर भिक्षु बन्नसम्म तयार भएका थिए तर नबन्दै बिहागर्न पुगे । बखतसिं र भतिजा अस्तलाल कमिको प्रभावले बखतसिंको नाती विष्णुप्रसाद आजीवन उपासक भै विहारहरूमा सेवागर्न पुगीरहनु हुन्छ ।