भगवान शब्दको अर्थ

प्रस्तुति सूर्य घिसिङ

भगवान शब्दको अर्थ ईश्वर होईन, जसले तृष्णालाई भंग गर्यो उ नै भगवान हो ।

गौतम बुद्धलाई तथागत बुद्ध वा भगवान बुद्ध दुइवटै नामले जानिन्छ । तर केही मनुष्यहरु भगवान शब्द प्रयोग गर्दा किसिम – किसिमका कुराहरू गर्दछन, कि बुद्धका साथमा भगवान शब्द प्रयोग गर्नु गलत हो र अलग – अलग तथ्य दिदै:- बुद्धलाई भगवान शब्दसग नजोड, उहाँ भगवान होइन इत्यादी कुरा, यश बिसयमा अक्सर चर्चा गरिन्छ ।

“तथागत” भनेकाे के हाो ?
तथ्य + आगत = तथागत ।
तथ्य – सत्य ( सच्चाई )
आगत-अवगत ( सचेत )
तथ्यका साथमा सच्चाइ पुर्बक अबगत गर्नेवला “बुद्ध” तथागत भनिन्छ । “तथागत” पाली भाषाको शब्द हो, जसको मतलब यथाचारी या तथाचारी हो ।
जे सत्य छ त्यो सत्य हो । जस्तैः चोरी नगर्नु, नसा जन्य पदार्थको सेवन नगर्नु, खराब संगत नगर्नु यो सत्य हो । यी चिजहरुले मनुष्यको जीवन दु:खमय ब्यतित हुनेछ । पूरा जिन्दगीभर उसले केही पनि गर्नु सक्दैन । यसका बारेमा कसैले सचेत गर्छ, साबधान गर्छ – कि पछि जीवन कष्ट पुर्बक बित्नेछ । यो खराब कुरा हो यसलाई त्यागी देउ । कुनै किताबमा पढेर कसैले बुझ्दैन बल्कि सामाजिक जीवन जिएर मात्र बुझ्छ ।
अर्थात, जुन प्रकारले बोलिन्छ त्यसरी व्यबहारमा लागू गर्नु पर्यो । भगवान बुद्धले मनुष्यको क्षमता भन्दा परको कुरा कहिले बोल्नु भएन । तथागत जे बोल्नु हुन्थ्यो – त्यसलाई स्वयं कै व्यबहारले प्रमाणित गर्नुहुन्थ्यो । आफुले व्यबहारमा प्रयोग गरेपछि मात्र त्यो बोल्नु हुन्थ्यो । त्यस कारण भगवान बुद्धलाई “तथागत” यश नामले सम्बोधन गरिन्छ ।

“भगवान” भनेकाे के हाो ?
बुद्ध धम्ममा “भगवान” को मतलब ईश्वर वा परमेस्वर होइन । भगवान शब्द सबैभन्दा पहिले बौद्ध पुस्तकमा पाइन्छ । पछी यो शब्दलाई हिन्दू ग्रन्थमा अलग अर्थका साथमा प्रयोग गर्न थालीयो ।
भगवानको अर्थ:-
भग्ग + वान = भगवान
भग्ग – भंजन ( नस्ट ) गर्नु ।
वान – तृष्णा ( वासना )

जुन मानवले जीवनमा सम्पुर्ण तृष्णा र वासना, अहिंसा तथा तृष्णा नस्ट गरेको छ । त्यस महान मनुष्यलाई “भगवान” भनिन्छ ।
“भग्ग रागो, भग्ग मोहो, भग्ग दोसो अनासबो । भग्गस्स पापका धम्मा भगवातेनपाउच्चित ।”
अर्थ:- “जुन मनुष्यले राग, मोह, देष एवं तृष्णालाई नस्ट गरेर सम्पुर्ण जीवन अकुसल कर्म र चित्तलाई नास गरेको छ । त्यस कुलकर्मी महापुरुषलाई “भगवान” भनिन्छ ।

त्यसैले बुद्ध धम्मलाई अनुसरण गर्नेहरू बुद्धलाई “भगवान बुद्ध” पनि भन्छन । तर यर्थाथमा “बुद्ध” भन्दा धेरै प्रतिष्ठित एवं गौरवपुर्ण नाम या शब्द दुनियाँमा अर्को कुनै छैन । त्यसैले बुद्ध नामको अगाडी “भगवान”, “महात्मा” या अरु कुनै गौरवपुर्ण शब्द लगाउनुको आबस्यक्ता छैन ।

भगवान शब्दको शाब्दिक अर्थ:-
आम भाषामा भगवान शब्दको अर्थ हो ईश्वर या परमात्मा, सर्ब शक्तिमान, सृष्टिको रचयिता, पालनहारक र यसको संहार गर्नेवाला जसको नाम मात्रै जप्नाले, ध्यान गर्नाले उ प्रसन्न हुन्छ र भक्तका पापलाई क्षमा गरेर उसलाई भाव सागरबाट तारी दिन्छ ।
फेरि बुद्धका अनुयायीद्वारा बुद्धलाई भगवान शब्दको उपाधी किन ?
यसका लागी अलिकति गहिराइमा जानू पर्छ । पाली भाषामा कयौं शब्द संस्कृत भाषा जस्तैः छ । तर काहीं काहीं त्यसको साब्दिक अर्थ अलग अलग छ ।
पाली भाषामा भगवानको अर्थ:-
पालिमा भगवान अथवा भगवतं दुई शब्दले बनिएको छ – भग + वान । पालिमा भगको अर्थ हुन्छ – भंग गर्नु, तोडनु अथवा भाग गर्नु उपलब्धिलाई बाडनु आदि र वानको अर्थ हुन्छ धारणकर्ता, तृष्णा आदि । यानी जसले तृष्णालाई भंग गरिदियो त्यो भगवान ।

पाली ग्रन्थमा बुद्धका लागी प्रयुक्त भगवान अथवा भगवा शब्दलाई परिभाषित गर्ने धेरै उदाहरणहरु छ:-
“भग्गरागोती भगवा” – जसले राग भंग गर्यो उ भगवान ।
“भग्दोसोती भगवा” – जसले देष भंग गर्यो उ भगवान ।
“भग्गमोहित भगवा, भग्गमानोती भगवा, भग्ग किलोसोती भगवा, भवानं अंतकरोती भगवा म भग्गकण्डकोती भगवा”………जसले मोह भंग गर्यो, अभिमान नस्ट गर्यो, क्लेस भंग गर्यो, भव संस्कारको अन्त गर्यो, बाधा भंग गर्यो उ भगवान ।
“भग्गमोहिती भगवा” – मोह भंग गर्यो, यश अर्थमा भगवान ।
“भग्गमानोती भगवा” – अभिमान नस्ट गर्यो, यश अर्थमा भगवान ।
“भग्गदिटठिती भगवा” – दार्सनिक मान्यतालाई भंग गर्यो, यस अर्थमा भगवान ।
“भग्गकिलेसोति भगवा” – क्लेस भंग गर्यो, यश अर्थमा भगवान ।
“भजी विभजी पविभजि धम्म्रतन्तिभगवा” – भजी यानी जसले धम्म रत्नलाई सेवन गर्यो, यस अर्थमा भगवान ।

यस्ता कयौ उदाहरण छन जसले भगवान शब्दको अर्थ संस्कृतको शाब्दिक अर्थभन्दा बिल्कुल अलग्गै देखाउछ ।

पालिमा एउटा सुत्त छ:-
इतिपी सो भगवा, अरहं, सम्मासम्बुद्धो,
विज्जाचरणसम्पन्नो सुगुतो लोकविदु,
अनुत्तरो पुरिस सम्म सारथि सत्था देवमनुस्सानं, बुद्धो भगवती ।।

यस्तो जो अर्हन्त छ, सम्यक सम्बुद्ध छ, सम्पुर्ण जागृत छ, लोभ, देष र मोहबाट मुक्त यस्ता भगवान हुनुहुन्छ । सर्बज्ञ छ, ज्ञान र आचरणमा परिपुर्ण हुनुहुन्छ, सुगती प्राप्त छन, बर्तमान, भुत र भबिस्यलाई जान्नेवाला छ, यर्थाथबादी – तथाकारी, जे बोल्छ त्यही अनुरुपको व्यबहार हुन्छ, मनुष्यलाई लोभ, द्धेष र मोहबाट छुटाउने वाला अनुपम सारथि हुनुहुन्छ, देवता र मनुष्यको शास्ता हुनुहुन्छ, उपदेशक हो, मनुष्यमा यस्तो अनुपम – श्रेष्ठतम भगवान बुद्ध हो ।