बुद्ध को हो र के हो ?

गुरु श्रीधर

देवता र मनुष्यका शास्ता (गुरु), देवादिदेव, योगीहरूका योगी (बुद्ध)लाई विनम्रतापर्ूवक धापे कुसुम चढाउँदै नम्रताका साथ बुद्ध धर्मसँग सम्बन्धित यो अनुक्रम सुरु गर्दछु । नेपाल बुद्ध जन्मेको भूमि हो भने भारतबाट बाहिर र्सवप्रथम बुद्ध धर्म फैलेको देश पनि यही नै हो । बुद्धकै पालामा थुप्रै संख्यामा शाक्यहरू बौद्ध बनेका थिए । तैपनि, अल्पसंख्यक हिमाली जनजातिलाई छोडेर, बहुसंख्यक नेपाली र जन्मजात बौद्ध मानिएकाहरूसमेतले पनि बुद्ध र बुद्ध धर्म दुवैको विषयमा धेरै कम मात्र जान्दछन् ।

अधिकांश अबौद्ध नेपालीहरूका निमित्त बुद्ध-पुराण (बुद्धका कथाहरू) अबौद्ध संस्कृतिबाट आएका मिथकहरूमा आधारित छन् । त्यसकारण बुद्ध विष्णुको एक अवतार बन्दछन् र बुद्धका बारेमा थाहा हुने पनि त्यति मात्रै हो । बुद्ध धर्म दावाग्नि झैं सात समुद्रपारिसम्म फैलिरहेको र संसारभरि नै बौद्धिक जमातहरूको चर्चाको विषय बनेको यो युग र कालखण्डमा नेपाली बौद्धिक वर्गहरू बुद्ध लुम्बिनीमा जन्मेका थिए भन्दै लटरपटर बोल्दा बोल्दैमा उनीहरूको बुद्ध धर्मसम्बन्धी ज्ञान सुकिसक्छ । उता, बढी कट्टरपन्थीहरूले भने अन्य प्रसिद्ध हिन्दू योगीहरूले बुद्धको विषयमा के भनेका छन् त्यसैबाट जोडजाड गरेर भन्न खोज्छन्, जब कि अधिकांश त्यस्ता कथाहरू पूरै बनावटी र ऐतिहासिक रूपमा फितला एवं संसारको कुनै पनि स्वरूपको बुद्ध धर्मका निमित्त पराया हुन्छन् ।

त्यसैले बग्गीको अगाडि घोडा राख्नुपर्छ भने झैं पहिले बुद्ध धर्मभित्रै बताइएअनुसार, बुद्ध को थिए – या के थिए – अथवा बुद्ध भनेझैं के हो त – यसको कथा तीन असंख्य कल्प अघिसम्म जान्छ । त्यसबेला एक जना सबै किसिमका ऋद्धिसिद्धि भएका शक्तिशाली योगी थिए, जसको नाम ‘सुमेध’ भिक्षु थियो । यस्तो बताइएको छ कि, त्यस्ता शक्तिशाली ऋद्धिसिद्धि युक्त योगी भएर पनि उनले त्योबेलाका बुद्ध दीपंकरको सामु ‘म बुद्ध बनँू’ भनेर संकल्प गरे । बुद्ध बन्ने कुराको सुरुवात त्यहाँदेखि भएको थियो ।

यो कुरा शाक्यमुनि बुद्ध स्वयंले बताएको भनेर त्रिपिटक अर्न्तर्गत नै मानिएको जातक कथामा उल्लेख गरिएको पाइन्छ । जातक कथा भनेका बुद्धले आफै बताएका, उहाँका पहिलेका जन्महरूसम्बन्धी कथाका संग्रह हुन् । अनि, भिक्षु सुमेधले तीन असंख्य कल्पसम्म काश्यप बुद्धलगायतका विभिन्न बुद्धहरूको समेत निर्देशनमा साधनाहरू गर्दा-गर्दा -यस्तो अभ्यासलाई ‘बोधिचर्या’ भनिन्छ) अन्तमा बुद्ध बने । हामीले यो कथालाई केवल मिथक मात्र माने पनि या वास्तविक माने पनि बुद्ध धर्मभित्र भएको कुरा यही हो । र, बुद्ध को हो – र के हो – भन्नेबारे बौद्ध संस्कृतिको विषयमा पर्याप्त मात्रामा बोल्छ । यसलाई केवल मिथक मात्र मानियो भने पनि बुद्धको विषयमा अबौद्धहरूले बताइने मिथकको तुलनामा यो बौद्धहरूले बताइने मिथक हो । यो मिथक होस् या नहोस् , तर बौद्धहरूका निमित्त बुद्ध र बुद्ध धर्मको विषयमा यसले धेरै कुरा बताउँछ ।

यो कथाले नै बताउँछ कि बुद्ध एक प्राणी (जसलाई बुद्ध धर्मभित्र ‘सत्व’ भनिन्छ) हुन् र आध्यात्मिक विकासको सर्वोच्च शिखर नै हुन्, किनकि बुद्धताको यात्रा सुरु गर्दाखेरि नै उनी एक शक्तिशाली योगी थिए । त्यसैले नै उनी योगीहरूमा र्सवश्रेष्ठ हुन् । फेरि, उनी कुनै र्’इश्वर’ यार् इश्वरको अवतार पनि होइनन् बरु एक मानव हुन्, त्यस्ता मानव जो लामो यात्रा गरेर बुद्ध भए । सो प्रकृयामा उनी धेरै पटक इन्द्रजस्ता देवता पनि बने, धेरै पटक मानिस इत्यादि पनि बने, यसरी कैयौं पटक जन्मिए भनेर जातकहरूले देखाउँछन् ।

यसबाट भवचक्रको सर्न्दर्भमा देवताहरू, मनुष्यहरू र पशुहरूमा खासै त्यति अन्तर छैन भन्ने बौद्ध अवधारणाको प्रसंग निस्किन्छ, किनकि कुनै चित्तसन्तान एक समयमा -इन्द्र, विष्णु, शिव आदि) देवता पनि हुन पुग्छ भने कुनै अर्वैm समयमा मनुष्य पनि हुन पुग्छ । त्यसैले बुद्ध धर्मभित्र देवता भनेका शाश्वत रूपमा रहिरहने ‘देव’ होइनन् र तिनीहरू पनि मर्दछन् र आ-आफ्ना कर्मको सञ्चयअनुसार मनुष्य आदि भएर जन्मिन्छन् । त्यसको तार्त्पर्य के हो भने कर्म भनेको कुनै ‘नियत कुरा’ होइन, जसलाई कुनै महान् ‘देव’ले मानवमाथि प्रदान गरेको होस्, बरु आफैले गरेका कामहरू नै हुन् जसको फल आफैले भोग्नु पर्ने हुन्छ र आफैले नै त्यस्ता कर्महरूलाई बदल्न सकिन्छ । त्यसकारण, बुद्ध भनेका मानवलाई मद्दत गर्न तल झरेका कुनै ‘देवता’ होइनन् बरु आध्यात्मिक उन्नतिका शिखरमा पुगेका व्यक्ति हुन् ।

त्यही भएर बुद्धले आफूलाई ‘शास्ता देवमनुष्याणाम्’ अर्थात् देवता र मनुष्यहरूका शास्ता -गुरु) भन्नुभएको हो । मनुष्यको जन्मले गर्दा उहाँ ‘मानव’ नै हुनुहुन्थ्यो तापनि बुद्ध भइसकेको हुनाले उहाँ केवल ‘मानव’ मात्र नभएर एक मानवभन्दा बढी नै हुनुहुन्थ्यो, आध्यात्मिक उन्नतिका लागि मानव र देवताहरू सबैका निमित्त गुरु या शास्ता हुनुहुन्थ्यो । उहाँ स्वयंले नै अंगुत्तर निकायको द्रोणसूत्रमा आफूलाई देवता पनि होइन, यक्ष पनि होइन, गर्न्धर्व पनि होइन र मनुष्य पनि होइनसमेत भन्नुभएको छ । कुनै पनि बुद्ध धर्मका अनुसार बुद्ध अवश्य पनि र्’इश्वर’ हुनुहुन्न न त कुनै इश्वरको अवतार हुनुहुन्छ । तर, यदि उहाँ मनुष्य पनि हुनुहुन्न भने को या के हुनुहुन्छ त – उहाँ ‘बुद्ध’ हुनुहुन्छ । ‘बुद्ध’ भन्ने शब्दको मतलव के हो – र एक बुद्ध एक मानवभन्दा कुन हिसाबले फरक छ त –

बुद्ध मानव आमा-बाबाट मनुष्यकै रूपमा जन्मिनुभएको थियो । शुद्धोधन र मायादेवी कुनै देवता या देवी थिएनन् न तिनीहरूका अवतार थिए । तिनीहरू मानव थिए । तर, मैले अगाडि बताए झैं बुद्ध धर्मभित्र मानव भनेको सदाकालका निमित्त शाश्वत रूपमा मानव मात्रै भइरहने गरी अडि्कएको प्राणी होइन । तिनै मानव आफूले गरेका कर्महरूका आधारमा कहिले देवता या देवी बन्छन् भने देवी या देवताहरू पनि उनीहरूले अतीत र वर्तमानमा गरेका कर्मअनुसार फेरि मानव या पशु पनि बन्छन् ।

त्यसकारण, देवी-देवताहरू पनि शाश्वत -सधैं उस्तै रहिराख्ने) र मानवसँग सम्बन्धै नभएका तत्त्व होइनन् । त्यसो भए बुद्ध कसरी मानव हुनुहुन्नथ्यो त – मानव त अझै पनि क्लेश -मनलाई कष्ट दिने कुराहरू)बाट ग्रस्त हुन्छन् र अझै अज्ञान -अथवा अविद्या)मा हराएका हुन्छन् । यहाँ जस्ता सुकै सांसारिक कुराहरूलाई पनि नजान्नु अविद्याको अर्थ होइन, यो त ती कुराहरूको अस्तित्व कस्तो प्रकारको छ, अर्थात् वास्तविक स्वभाव कस्तो छ, भन्ने कुराको अज्ञान हो । बुद्ध क्लेशमा पनि नअल्भिmएको र आफूलगायत सम्पर्ूण्ा कुराहरूको वास्तविक स्वभावप्रति अनविज्ञ पनि नभएको हुनाले उहाँलाई एक मानव भन्न मिल्दैन, यद्यपि उहाँका शारीरिक लक्षणहरू मानवझैं भइरहन्छन् । उहाँको चित्तको तह कुनै पनि मानव र देवता या देवीहरूकोसँग मिल्दैन ।

वास्तवमा बुद्धहरूको चित्त त्रिसाहस्र महासहस्र लोकधातु भनेर बौद्ध संस्व[mतिमा बताइने सम्पर्ूण्ा संसारभरिमै कनै पनि प्राणीको चित्तसँग मिल्दैन । त्यही भएर नै बुद्ध स्वयंले द्रोण ब्राम्हणलाई म मनुष्य, देवता, यक्ष, गर्न्धर्व आदि कोही होइन, मलाई त बुद्ध भनेर बुझ्नु पर्छ भन्नुभएको थियो । महासांघिक निकायको बुद्धजीवनीको ग्रन्थ ‘ललितविस्तर’का अनुसार बुद्ध त जन्मिदाखेरि नै सबै प्राणीहरूमा सबभन्दा ज्येष्ठ र श्रेष्ठ हुनुहुन्थ्यो । लुम्बिनीको पाषाण मूर्तिमा र अन्य पौभा चित्रहरूमा ब्रम्हा, विष्णु, महेश्वरहरूले बुद्धलाई जन्मिदाखेरि नै स्वागत गर्न आएका देखाइएको तार्त्पर्य यही हो ।

(रिन्पोछे वज्रयानका गुरु श्रीधरको यो लेख सहायक धर्मधर नारायणप्रसाद रिजालले नेपालीमा अनुवाद गरेका हुन्)