कुल नाश हुनुको आठ कारण

प्रस्तुति सूर्य घिसिङ

कुल सुत्त
एक समय, भगवान कोशलमा चरिका गर्दै ठुलो भिक्षु संघका साथमा जहाँ नालन्दा छ त्यहाँ पुग्नुभयो । त्यहाँ, नालन्दामा पावारिक आम्रबनमा भगवान बिहार गर्नुहुन्थ्यो ।

त्यस समय नालन्दामा दुर्भीक्ष भएको थियो । लोकको प्राण निक्लिदै थियो । मृतकका हड्डीहरु यत्रतत्र छरपस्ट थियो । लोक सुकेर सलाई बनिसकेका थिए । त्यो बेला, निगण्ठ – नातपुत्त आफ्नो ठुलो मण्डलीका साथ नालन्दामा बसेका थिए । तब, असिबन्धकपुत्र ग्रामणी – निगण्ठ नातपुत्रका श्रावक जहाँ निगण्ठ नातपुत्र थिए त्यहाँ गए, अभिबादन गरि एक छेउमा बसे ।

एक छेउमा बसेका असिबन्धक पुत्रसग निगण्ठ नातपुत्रले भने:- ग्रामणी ! सुन । तिमी गएर श्रमण गौतकहाँ गएर भन  का साथ वाद ( भन / गर्नु ) गर, यसले तिम्रो नाम ठुलो हुनेछ – असिबन्धक पुत्र यति ठुलो महानुभाव श्रमण गौतमका साथ वाद गरिरहेका छन ।

भन्ते ! महानुभाव श्रमण गौतमका साथ म कसरी वाद गरु ?
ग्रामणी ! सुन, जहाँ श्रमण गौतम छन त्यहाँ जाउ र भन :- भन्ते ! भगवान अनेक प्रकारले कुलको उदय, रक्षा र अनुकम्पाको वर्णन गर्नुहुन्छ होइन ?

ग्रामणी ! यदी श्रमण गौतम भन्नेछ, कि हो ग्रामणी ! बुद्ध अनेक प्रकारले कुलको उदय, रक्षा र अनुकम्पाको वर्णन गर्दछ – तब तिमिले भन्नू भन्ते ! किन भगवान यश दुर्भिक्ष ( अकाल ) मा पनि यति ठुलो संघका साथ चरिका गरिरहेका छन् ?
कुलको नास र अहितका निम्ति भगवान लागी परेका छन् ।

ग्रमणी ! यश प्रकार दुईतर्फ प्रश्न सोध गएर- श्रमण गौतम न त उगल्न सक्छ न निल्न नै सक्छ ।

भन्ते ! धेरै राम्रो भनेर असिबन्धकपुत्र ग्रामणी निगण्ठ नातपुत्रलाई उत्तर दिई, आसनबाट उठेर, निगण्ठ – नातपुत्रलाई प्रणाम-प्रदक्षिणा गरी जहाँ भगवान थिए त्यहाँ गए, र भगवानलाई अभिबादन गरी एक छेउमा बसे ।
एक छेउमा बसेका असिबन्धकपुत्र ग्रमणीले भगवानसग भने:- भन्ते ! भगवान अनेकौं प्रकारले कुलको उदय, रक्षा र अनुकम्पाको वर्णन गर्नुहुन्छ होइन ?

हो ग्रामणी ! बुद्ध अनेक प्रकारले कुलको उदय, रक्षा र अनुकम्पाको वर्णन गर्दछ ।
भन्ते ! तब, किन भगवान यश दुर्भीक्षमा यति ठुलो संघका साथ चरिका गरिरहेका छन् ? कुलको नास र अहितका लागि भगवान लागिपर्नु भएको छ ।

ग्रामणी ! यहाँ म एकानब्बे ( ९१ ) कल्पका कुरा स्मरण गरिरहेको छु । तर कहिले पनि कुनै कुलको घरमा पाकेको भोजनबाट केही भिक्षा प्रदान गर्नका कारणले नस्ट भएको देखिन । र अर्को कुरा, जो महाधनी र सम्पत्तीशाली कुल छ, यो तिनीहरुको दान, सत्य र संयमको नै फल हो ।

ग्रामणी ! कुल नास हुनुको आठ हेतु छ ।

(१) राजाद्वारा कुनै कुल नष्ट गरिन्छ ।
(२) चोरद्वारा कुनै कुल नष्ट गरिन्छ ।
(३) अग्नीद्वारा ।
(४) पानीद्वारा ।
(५) आफ्नो लुकेको खजनालाई नजान्नुले ।
(६) थकित भइ आफ्नो काम त्याग्नुले ।
(७) कुलमा कुलांगार उत्पन्न हुनाले जो सारा सम्पत्तिलाई फुक्दिन्छ, उडाइ दिन्छ । र
(८) आठौं अनित्यताका कारण ।
ग्रामणी ! कुल नास हुनुको यहीँ आठ हेतु छ ।

ग्रामणी ! यस्तो कुरा हुँदा मलाई यो भन्नेवाला – भगवान कुलको नास र अहितका निम्ति लागिपरेका छन् – यदी यस कुरा र बिचारलाई छोडदैनन् भने तब अबस्य नरकमा पर्नेछ ।

यस्तो भन्दा, असिबन्धकपुत्र ग्रामणिले भगवानसग भने:- भन्ते ! आजबाट मलाई आजिबन उपासक स्वीकार गर्नुहोस् ।

स्रोत:- #Words_of_Buddhaसंयुक्तनिकाय