भगवान बुद्धको अन्तिम उपदेश

अनुवादक  बिष्णु धनञ्जय

अतुलनीय तथागत सम्मासम् गौतम भगवान बुद्ध ८० बर्षिय आयु र ४५ बर्षावासिक परिनिर्वाण लिने समय थियो। सम्पूर्ण एउटा सालको सारा वनै भरी सुनसान मौन भएको थियो। भिक्षु- भिक्षुनीहरु र मनुष्य देवता परिषद् आदिहरूले जनपूर्ण भिड थियो। भगवान बुद्ध दुईवटा सालको मध्यम बिचमा वृक्षको मुनि उत्तर दिशा तर्फ शीर पारेर अन्तिम विदाई लिँदै लोकमा धर्मका सूर्य चाँडैनै अस्ताउँदै हुनुहुन्छ।

सुनसान मौनता भित्र सुँक्क सुँक्क बिलौनाहरुको शब्द निस्किँदै आयो। कुनै भिक्षुहरूले बगेर आएको तातो आँसु धारालाई आफ्नै चिवरले पुछेर, कुनै भिक्षुनीहरुको अाँखामा गहभरी आँसुको बाढी अाएको थियो।

भगवान बुद्ध हुनुभएको ठाउँ देखि केही टाढा सालको वृक्ष लाई कटेर, भगवान बुद्धलाई नियालेर हेर्दै निरन्तर रसाएर बगेको आँसुको धारालाई चिवरले पुछ्दै विलौना गर्दै रुनुभएको वृद्ध एक वर्गिय भिक्षु मध्ये आनन्द हुनुहुन्थ्यो।

बीस वर्षभन्दा बढी छेउबाट एक पाईला पनि साथ नछोडीकन नजिकबाट सेवा गर्ने आनन्द भगवानबाट दुर हुनु पर्ने  चोट कसरी सहन गर्न सक्नुहुन्थ्यो होला ।

भन्ते आनन्दको अत्यधिक प्रबलता पूर्वक बिलौना गरेर रूनु भएको शब्दले सालको बनलाई अझै हृदयविदारक शोकाकुल पारेको थियो। भगवान रहनुभएन भने लोकमा प्राणीहरूलाई सही मार्ग दर्शन गराउने (उपदेश गर्ने) गुरू नहुने भयो भन्ने विचार धारणाले भन्ते आनन्दको चित्त अधिक शोक व्याकुलता ले चिन्तित गरायो।

भगवान ले भन्नुभयाे -“आनन्द । म पश्चात तिमीहरूमा गुरू रहित हुनेभयो भन्ने विचार धारणालाई नलेऊ । मैले पैतालिस (४५) बर्षसम्म उपदेश गरिएका धर्म विनय तिमीहरूको गुरू मार्गदर्शक हुनेछ। यसरी भगवानले सान्त्वना दिँदा भन्ते आनन्दको बिलौना गरेर रूने बन्द भयो।

भगवानले हाम्रो लागि छोड्दिनु भएको धम्मविनय त्रिपिटक भन्ने गुरू आचार्यलाई खोजी गर्दा संघहरुको हृदयमा भेटियो। राम्रो जानकारी भयो। भगवान नरहनु भए पश्चात संघहरु नै लोकका गुरू मार्ग दर्शकहरु होइन र, संघहरु भैरहनु, भगवान भैरहनु समानता नै त हो।

भगवानलाई प्रत्यक्ष रुपमा दर्शन गर्न चाहने हो भने, क्षणिक प्रत्यक्ष रूपमा हुनुभएको संघहरुको दर्शन गर्नु हवोस्। संघहरु भन्नु नै भगवानका प्रतिरूपहरू नै त हो।

संघहरु रहेसम्म, भगवान भगवान हुनु भएको जस्तै गरी मार्ग दर्शन गराई दिने गुरू आचार्यहरू भए जस्तै सासन पनि स्थिर अडिरहेको हुन्छ। सत्य धर्मको इच्छुक खोजी गर्दै हिड्ने कल्याण मित्र, धर्म मित्रहरु पनि कुसल (पुण्य) धर्ममा खुशीका साथ आनन्दित हुन सक्ने हुन्छ।

संघहरु रहनु भएन भने मार्ग दर्शन (उपदेश) गर्ने गुरू आचार्य पनि हुनहुुन्न र शासन पनि हराएर गयो भने बुद्ध वंशहरूको हृदयमा कस्तो महसुस हुन्छ होला ।

बितेको २५०० साल बर्ष अगाडि सालघारीको वनमा जस्तै बिलौना गर्दै रूएर आँसुको धाराले भल बग्ने हाम्रो देशमा कहिल्यै पनि सुन्न नपरोस् ।
भगवान बुद्धको अन्तिम उपदेश लाई होश राखौँ
भिक्खवे !
“अप्पमादेन सम्पादेथ”
भन्दै….

traslaed from : မစိုးရိမ္ဗုဒၶပီယေခတၱ အေမရိကန္ႏိုင္ငံ