बौद्ध धर्मको पतन

चौथी दुनिया ब्यूरोबाट अनूदित

हामीले पहिले यो चर्चा गरेका थियौं कि कसरी बौद्ध धर्ममा पनि सनातन धर्मका कुरीतिहरुको प्रभाव बढ्दै गयो अनि यसको छाया कति लामो भैसक्यो । बौद्ध धर्ममा श्रावकयान भन्दा सहजयान बन्नुसम्मको दुरी निकै धेरै थियो र यी दुइटाका रुप पनि एक आपसमा मिल्दैनथ्यो । बास्तममा नै बुद्धको मौलिक धर्म थियाे र  पछिको महायान हो या सहजयान, दुबै बौद्ध धर्म के पतनको प्रतीक थियो । मौलिक रुपमा बुद्धले भोगको त्याग एवं आचारको पवित्रतालाई नै प्रधान मानेको थियो तर पछिल्लो कालमा कालमा जुन सांसारिक सुखहरुलाई बुद्धले निर्वाणको मार्गमा बाधा हुन् भनेर बताउनुभएको थियो, त्यही सुख बौद्ध धर्म र आचारको प्रधान हुँदै गयो ।

 

बौद्ध धर्मको वज्रयान शाखामा त शाक्त तथा वामाचारी प्रभाव नराम्रोसँग हाबी थियो । शाक्तहरुमा तन्त्र–मन्त्र र योगको प्रधानता थियो । यसको पनि दर्शन खासमा वैदिक दर्शनबाट प्रभावित थियो । जब परमात्मा र तत्व एक हुन्छ भने, साँच्चै यसको बिचको भेद पनि मेटिन्छ । साँच्चै भन्नु पर्दा वामाचार शून्यबाट शून्यसम्मको यात्रा हो । यस दर्शनका अनुसार पुरुष र प्रकृति (नारी) को मिलन नै खासमा मोक्ष वा निर्वाण प्राप्तिको लागि बाटो थियो ।

 

बुद्धले नारीहरुहरुलाई धर्ममा प्रवेश निषेध नै गर्नुभएको थियो तर जब महिलाहरु विहारहरु र संघहरुमा(अक्सर युवतीहरु) प्रवेश गर्नथाले , तब भिक्षुहरुलाई ब्रह्मचारी भइरहन लगभग असम्भव भयो । अपने स्खलनलाई जायज प्रमाणित गर्नलाई नै फेरी उनीहरुले विभिन्न तरिकाका तर्कहरु बनाए । बौद्ध धर्मको शास्त्रले उनीहरुको कामलाई समर्थन गर्दैनथे, त्यसैले उनीहरुले आफ्नोे समाजलाई गुह्य समाजको नाम दिए । यसैप्रकार उनीहरुको समाजमा जब धेरै मानिसहरु भए, त्यसपछि त आफ्नो धर्मशास्त्र समेत बनाए । यसभन्दा पहिला धर्मशास्त्रको नाम नै गुह्य–समाज तन्त्र थियो । अचम्मको कुरा यो छ कि यसमा बुद्ध आफैको मुखबाट यो भनाइएको छ कि तन्त्र–मार्गसँग बौद्ध धर्मको कुनै विरोध छैन ।

 

सामान्यतयाः बौद्ध धर्म त महायानको शुरुआतदेखि नै तन्त्र–मार्गतर्फ झुक्न थालेको थियो । हो, चौथो शताब्दीपछि त यसले मुख्य रुपमा तन्त्र–मार्गकवै नै अनुसरण गर्न थाल्यो । यसपछि वज्रयान आउने बेलासम्म त बौद्ध धर्मकवे तमाम मान्यताहरुलाई टाउकोले टेकायो । पहलो पल्ट यसमा यो भनिएको छ कि समाधि र योगमा सफलता पाउनको लागि शक्ति यानी स्त्रीको उपस्थिति जरूरी छ । तन्त्रमार्गको सार यही हो कि विषले नै विषलाई काट्न सक्छ । यसैप्रकार जब मानिस अद्वैतवादी हुन्छ, अनि खाद्य, अखाद्य, पेय–अपेयको त प्रश्न नै उठ्दैन । पंच मकारहरु — मत्स्य, मांस, मदिरा, मुद्रा र मैथुन — को उपयोगबाट तंत्रमार्गी साधनाको जन्म पनि यसै तर्क बाट भयो । जे भए पनि इसको निकै नकारात्मक प्रभाव पर्यो र तान्त्रिकहरुलाई भयको आँखाबाट हेर्न थालियो ।

 

गुह्य–समाज तंत्रदेखि वज्रयानको यात्रासम्म त बुद्ध का तमाम सिद्धानतहरुको चिहान खने जस्तो गरिसकेको थियो । शारीरिक कष्ट र त्यागको शिक्षा बुद्धले दिनुभएको थियो, यसले त्यसैलाई नकार्यो । गुह्य समाज मान्नेहरुले खुला घोषणा गरे कि कृच्छाचार (शरीरलाई कष्ट दिनेहरु) बाट निर्वाण नहीं पाइँदैन, बरु वो त प्रकृतिको विरुद्ध । यस समाजको यस्तो मान्यता थियो कि वज्रयानी गुरुहरुले को नियमहरुबाट सर्वथा स्वाधीन भएर हिँड्दापनि पाप लाग्दैन । जब त्यस तन्त्रको बोलबाला भयो, तब बौद्ध साधकहरुले औघडहरुलाई पनि पछाडि पारिदिए । यहाँसम्म कि वज्रयानका प्रसिद्ध चौरासी सिद्धहरु त अद्भुत तरिकाले बस्थे । यिनीहरुको नाम पनि अचम्मका हुन्थे । कोही त रक्सीमा मातेका, मसानमा बस्ने अनि खुल्लमखुल्ल स्त्रीहरुको उपभोग समेत गर्थे । यसपछि बौद्ध धर्मको पतनमा के बाँकी रह्यो र ?