सात प्रकारका जवन 

लोकनाथ

सात  (७) प्रकारका जो लाई आधार लिएर जो भन्नाले- जो = जवन (पाली) वेगमा तेजले छिट्छिटो तीव्रगती हुनु को अर्थ हो। जवन हरू मध्ये कुसल जवन, अकुसल जवन, क्रिया जवन भन्ने भएको मध्ये क्रिया जवन चाहिँ भगवान र अर्हन्तहरूमा मात्र हुन्छ र दायक दायिका र साधारण पुद्गलहरूमा कुसल जवन, अकुसल जवनहरू निरन्तर भैरहेको हुन्छ।

जवन कति पटक हुन्छ पहिला (अध्ययन गरौँ) बुझौँ। काम जवनहरू चाहिँ प्रकृतिस्थ अनुसार यानी ७ पटक, यानी ६ पटक हुने गर्दछ। मर्ने बेलामा, बेहोसीको हालतमा होस नभएकाले आधारित हृदय वस्तु निर्बल (कम्जोरी) भएको हुँदा जवन ५ पटक हुन्छ भन्ने भनाई भएको लागि लेटी सयाडो भद्दन्तले संक्षिप्तमा पन्चम पटक असाध्यै कमजोर हुन्छ भनेर उल्लेख गरिएको छ। भगवान बुद्धले आगो र पानी सबैलाई एकै साथमा शक्ति प्रतिहार प्रदर्शन गर्नु भएको बेलामा कठोरता र कठिनाई मान्ने योग्यता पराकाष्ट सम्म पुग्नु भएको झानको सार्वभौम हुनुभएको कारणले पच्चवेक्खणा कामजवन ..अधिष्ठान कामजवन हरू ४ पटक, ५ पटक हुन्छ। यस्मा भगवान बुद्धले ४ र आयुस्मान मोद्गल्यानले ५ मा प्रदर्शन गर्न सक्नु हुन्छ भन्नेलाई बिशेष गरी जान्नु पर्दछ।

जवन ७ पटक कसरी हुन्छ भन्ने र वीथिको लहर लाई हेरौँ- (अतिमहन्तारुणवीथि) रूप आरम्मण देखा पर्ने झलक र चक्खुपसाद (चक्षु प्रसाद)हरू भेट भएपछि देखेर जान्ने (थाहा) भएको चित्त एउटामा, चित्त उत्पन्न हुने नियमको लहर प्रचलित रूपमा-

अतित भवङ्ग (अतित = बितेको + भवङ्ग चित्त) नयाँ आरम्मण (प्रष्ट रूपमा) रूपरेखा देखा नपर्दै बिग्रिएर हराई सकेको भवङ्ग चित्त लाई यहाँ यसरी चिन्ह लगाईएको छ।  ती = अतित

भवङ्ग चलन (चलन = हलचल हुन प्रारम्भ भएको अथवा हल्लिएको + भवङ्ग चित्त) पुरानो आरम्मणलाई (नउम्काउँदै) छोड्दै नयाँ आरम्मणलाई पनि दह्ररीलो गरी लिन नसक्दै हलचल हुन प्रारम्भ भएको अथवा हल्लिएको स्वभाव चित्तलाई यहाँ यसरी चिन्ह लगाईएको छ।  न = चलन

भवङ्गुपच्छेद (भवङ्ग चित्त + उपच्छेद = चुँडिएर छिने को) नयाँ आरम्मण लिनलाई, पुरानो आरम्मण चुँडिएर छिनेको अन्तिम भवङ्ग चित्तलाई यहाँ यसरी चिन्ह लगाईएको छ।  द = उपच्छेद

पन्चद्वारावज्जान (तिर्मिर तिर्मिरमा) अस्पष्ट गरी देखाई परेको आरम्मणलाई के चाहिँ रहेछ भनेर एक पटक विचार गरेर बिग्रिएर हराउँछ। यसलाई यहाँ यसरी चिन्ह लगाईएको छ।  प = पन्चद्वारावज्जान

चक्खुपसादलाई आधार लिएर चक्खुविञाण (चक्षु विज्ञान) रूपरेखा (रुपरङ्ग)लाई देखेर जानेको चित्त हो। यसलाई यहाँ यसरी चिन्ह लगाईएको छ। ♾ च = चक्खुपसाद

सम्पटिच्छोङ् चित्त = रूप आरम्मण रूपरेखा (रुपरङ्ग) देखाई परेको लाई अनुभूति गरेर स्वीकार गरेर लिएको चित्तलाई यहाँ यसरी चिन्ह लगाईएको छ।  सं = सम्पटिच्छोङ्

सन्तीरण = आरम्मण लाई अन्वेषण खोजी गरेर पत्ता लगाउने चित्तलाई यहाँ यसरी चिन्ह लगाईएको छ।  ण = सन्तीरण

वुट्ठो = आरम्मण लाई राम्रो नराम्रो निर्णय गर्ने चित्त (वुट्ठोथि आरम्मण हरू स्पष्ट रूपमा ठोक्कर लगाएर अनुभूति गर्न नसक्ने (कलिलो) लाई यहाँ यसरी चिन्ह लगाईएको छ।  वु = वुट्ठो

जवन = रस प्रकट हुने गरी राम्ररी तीव्र गतिमा द्वारा काम जवन २९ प्रकारका मध्ये एक एउटा जवन चित्त ७ पटक अधिक पूर्व छ। मनसिकार राम्रो भए कुसल जवन, मनसिकार राम्रो नभए अकुसल जवन, अर्हन्त भए चाहिँ क्रिया जवन हुन्छ। यस लाई यहाँ यसरी चिन्ह लगाईएको छ।  ज = जवन

तदारुण = जवन को पछि लागेर आरम्मण को रस लाई पुनः अनुभूति गर्ने लाई यहाँ यसरी चिन्ह लगाईएको छ।  रूण = तदारुण

भवङ्ग = उपपत्ति भवको कारण (अतित को कर्मले मरेर नजाने को लागि, मसिनै गरी चित्तको लहर भैरहनु हो।)लाई यहाँ यसरी चिन्ह लगाईएको छ।  भवङ्

  
ती+न+द+प+च+सं+ण+वु+ज+ज+ज+ज+ज+ज+ज+रूण+रूण+भवङ्+भवङ्

अझै पनि स्पष्ट भएको छैन भने यो उदाहरण ले जानकारी लिन सकिन्छ।

आँपको रूख मुनि एउटा व्यक्ति टाउको (शीर) ढाकेर सुतिरहेको छ। अतित भवङ्ग चित्त

आँप खस्यो = आरम्मण र द्वार जुटेको (ठोक्किएको) जस्तै हो।

मानिस ब्युँझियो = पन्चद्वारावज्जान भएको जस्तै हो।

टाउको (शीर) ढाकेको लाई हटाएर हेर्यो = चक्खुविञाण चित्त भएको जस्तै हो।

आँपलाई लम्केर लियो = सम्पटिच्छोङ् भएको जस्तै हो।

पाकेको छकि, छैन थिचेर हेर्यो = सन्तीरचण भएको जस्तै हो।

पाकेको छ भन्ने निर्णय गर्यो = वुट्ठो भएको जस्तै हो।

टोक्यो रसलाई अनुभूति गर्यो = जवन चित्त भएको जस्तै हो।

मुख भित्र चपाएर निल्यो = तदारुण भएको जस्तै हो।

टाउको (शीरर) ढाकेर फेरी सुत्यो = पुनः भवङ्ग भएको जस्तै हो।

असाध्यै तीव्र गति द्वारा कुसल चित्त, अकुसल चित्त हरू उत्पन्न भएर आएको हुनाले ज… जवन चित्त ७ पटक को कार्य (फल दिने) धर्महरु मध्ये-

प्रथम जवन चित्त = प्रतिसन्धि कार्यको फल दिन सक्दैन। अहिले भैरहेको पवत्ति कार्यको फल दिन सक्छ। जस्तै कुसल भए तत्काल चिठ्ठा पर्न सक्ने, इच्छा अनुसार सुनका हण्डी मिल्ने आदिहरू र अकुसल भए तत्काल हाथ खुट्टा भाँचिने, दुर्घटना द्वारा मृत्यु सम्म हुन सक्ने शक्तिहरू समावेश छ। यदि त्यसले अहिले कार्यको फल दिएन भने कहिल्यै पनि फल दिन सक्दैन अहोसि कर्म, प्रथम जवन कर्मको फल बिग्रिएर जान्छ।

सत्तम जवन अथवा अन्तिम जवन = त्यसले चाहिँ द्वितिय आउनेवाला भवको (जन्मको) प्रतिसन्धि लाई फल दिन सक्ने भएर पनि पवत्ति फललाई पनि दिन सक्ने हुन्छ। कुसल जवनले मनुष्य देव आदि गरिएका गतिमा पुराउन सक्ने जस्तै अकुसल जवनले चार अपाय नर्कको गतिमा पनि पुराउने हुन्छ।

द्वितीय र छैठौं जवनथि = तृतीय भव बाट आरम्भ भएर प्रतिसन्धि फल र पवत्ति फलहरू लाई भव संसार नछुट्ने (मुक्त नहुने) सम्मनै फल दिई रहन्छ।

त्यसैले सम्पूर्ण सत्पुरूषहरू … कुसल को फल दिने र अकुसल को फल दिनेहरू भन्ने हाँसो मुस्कान को एउटा बाटो र आँसु विलौना एउटा बाटो जस्तै हो। कुसल को फल मिठो हुन्छ र अकुसल को फल तितो (कडा बिष बराबर) हुन्छ। मेरो लागि चाहिँ आमाले दिनु भएको कलकलाउँदो कलेजो रेटेर छिनाई दिएँ। अकुसल पवत्ति फल तितो लाग्यो। होस स्मृति (सति) राख्नु हवोस्, तपाईँहरू मा पनि पछि लाई जोड्दिने प्रकरणहरू धेरैनै हुन सक्छन्। आगे बडेर अझै धेरै राम्रो कुसल पुण्यहरू धेरै प्रयास गर्न सक्ने हुनु। सत्पुरूषहरू को निष्पक्ष र दया धर्महरु ले ढाक्न सकोस्। सासनलाई सुरक्षित गर्न सक्ने राम्रा छोरा छोरीहरू बन्न सक्नु।

 

 

अनुवाद – बिष्णु धनञ्जय

चित्र  – प्रेममान चित्रकार