भिक्षु प्रशिक्षण गर्ने स्थल विहार

विमला शाक्य
जब बौद्धहरुले विहारमा प्रवजित हुने निश्चय गरे तब ईसापूर्व चौथो शताब्दीतिर यो प्रश्न उठ्यो कि नयाँ प्रवजित भएका र प्रवजित भएकाहरुलाई विहारमा के शिक्षा दिने । यसलाई निस्सय पद्धति भनियो । यसको शाब्दिक अर्थ शिक्षकप्रति पूर्णरुपमा निर्भर हुनु हो । निस्सय काल शिक्षा ग्रहण गर्ने समय थियो तथा यो पूरै भिक्षु बन्नुभन्दा पहिलाको स्थितिको द्योतक हो । ब्राम्हण ग्रन्थमा यसलाई ब्रम्हचर्य भनिन्छ । यो एक यस्तो पद्धति हो जसमा साम्प्रदायिक मठ जीवनको भित्र बुद्ध पूर्व गुरुगृह पद्धतिकै अनुशरण गरेको पाईन्छ । विद्वान, योग्य व्यक्ति जो मठभित्र प्रवेश गर्दथ्यो पाँच वर्षसम्म निस्सयमा रहन्थ्यो । जबकि अरु आजीवन निस्सयमा बस्दथ्यो । नयाँ दिक्षितलाई एक आध्यात्मिक निर्देशक मिल्थ्योे जसलाई उपाध्याय भनिन्थ्यो भने एक जना व्यवस्थित पाठ पढाउने हुन्थ्यो जसलाई आचार्य भनिन्थ्यो । उहाँ कम्तिमा दश वर्षसम्म भिक्षु हुनुपथ्र्यो ।

 
जुन कालखण्डको हामी चर्चा गरीरहेका छौं त्यसमा आधुनिक अर्थमा साक्षरता हुँदैनथ्यो सबै । पढाई मौखिक परम्पराबाट सुनेर र कण्ठ गरेर त्यसैगरी दाहोर्याई रट्ने वा कण्ठ गर्ने गर्दथ्यो । विनयपिटकमा भिक्षुले कुन कुन सामान आप्mनो साथमा राख्न पर्छ त्यसको उल्लेख छ । यसमा कहीं कतै पनि हस्तलिखित ग्रन्थ वा लेखन पनि एक हो भनेर यसलाई भनेकोे उल्लेख छैन । यसले प्रमाणित हुन्छ कि त्यसबेला पढ्ने लेख्ने पद्धति थिएन । पुस्तक लेखन राजकीय कार्यका लागि सानो ताडपत्रको या धातुपट्टका लेखलाई छोड्ने हो भने लिखित ग्रन्थहरु धेरै पछि व्यवहारमा आएको थियो । शायद ईसा पूर्व प्रथम शताब्दीभन्दा पहिला थिएन । भिक्षु आचार्य आप्mनो सानो अनौपचारिक ढंगबाट कक्षा संचालन गर्दथ्यो । मथुराको प्राच्यवस्तु संग्रहालयमा एउटा पुरानो खुइलिएको मूर्ति मिलेको छ । यसले खुला आकासमुनि केही विद्यार्थी विभिन्न मुद्रामा बसिरहेका र उनीहरुको सामुन्ने गुरु बसिरहेको थियो उनको बायाँ हातमा छाता थियो ।

 
आचार्यका शिक्षा पनि त्यस समयका भिक्षु जीवनको लागि आवश्यक ज्ञानसँग सम्बन्ध थियो होला विनय तथा सूत्रहरुमा जातक कथाहरु, प्रार्थना, मूल तत्व तथा दर्शन । यो शिक्षा बारम्बार मूलपाठको सामूहिकरुपबाट उच्चारण वा संगीति अर्थात् एकसाथ गाउने गर्थे । त्यतिबेला लिखित ग्रन्थ थिएन र नवदीक्षितहरुको प्रमुख शिक्षण पद्धति यही थियो उनलाई धर्म र विनय दुइटै विषयका ज्ञाता हुन्थ्यो । विशेषज्ञ जस्तो मातिकाधर (मंत्रादि जानेको) हुन्थे ।

 
विनयपिटकमा आरम्भिक शिक्षा जस्तो थियो त्यसको रुपरेखा दिएको थियो । यो शिक्षा केवल बुद्ध शिक्षा ग्रहण गर्नेको लागि मात्र थियो । यो परम्परादेखि चल्दै आएको मठ विहारसम्म सीमित शिक्षण पद्धति एकदम मर्यादित थियो ।

 
वाद विवाद, शास्त्रार्थ खण्डनको अत्यधिक स्वतन्त्रता प्रत्येक भिक्षुलाई यी विहारमा दिइन्थ्यो । प्रत्येक व्यक्ति आपैmं विचार गर्थे कुनै निश्चयमा पुग्ने सबै कुरामा चाहे त्यो धर्म होस् वा विनयको । संघको अगाडि आप्mनो औपचारिक रुपमा आप्mनो मतभेद राख्ने पद्धति नियम बनेको हुन्थ्यो । परन्तु संघको निर्णय पनि जो कि संघमा मतदानको बहुमतबाट निश्चित गर्ने गथ्र्यो, व्यक्तिगत मत विश्वास कुण्ठित गर्दैनथ्यो । जो व्यक्ति आप्mनो भिन्न मत राख्दथ्यो उसलाई आप्mनो दल बनाउनको निम्ति अनुमति दिइन्थ्यो । मठ तथा विहारको जीवन यसप्रकार सुविधा विचार स्वतन्त्र बढाउन तथा तीक्ष्ण बनाउन सहायक हुन्थ्यो । त्यहाँ यही चिजबाट विभिन्न सम्प्रदाय तथा बाटो खुलाउन विजारोपन भयो जुन बौद्ध इतिहासको एक प्रमुख अंग बन्न गयो । यसप्रकार बौद्ध धर्ममा अगाजितपंथ तथा उपपंथ, जसको आरम्भिक रुप एक नयाँ विचारधाराबाट भिक्षु मनको एक नयाँ आन्दोलन थियो, एकसाथ समाहित भयो ।

 
बौद्ध मठ तथा विहार केवल आध्यात्मिक संस्कृतिको रक्षा गृह नभई विद्याको केन्द्र बन्दैगयो । फाहियान तथा व्हेनसांग(युआन च्वांग) जहाँ आप्mनो यात्रा विवरणमा कैयन विहारमा गएको वर्णन छ, त्यसमा लेखेका छन् कि अमुक अमुक मठ वा विहारमा फलाना फलाना भिक्षुले अमुक विशिष्ट ग्रन्थ रचना गरेका थिए । यो यस कुराको संकेत हो कि विहारको स्वरुपमा नयाँ मोड विकास भयो । यो घटना ईसा प्रथम शताव्दी वा त्योभन्दा केही समय पहिलाको हो ।

 
यहाँ रहनुहुने विद्यार्थीहरु मठ वा विहारका विरक्त जीवनको नियम पालन गर्नुपथ्र्यो । चिनियाँ यात्रीहरुको वर्णनबाट थाहा हुन्छ कि यी विद्यालयहरुको संख्या सीमित थिएन तर केही अदीक्षित बौद्ध विद्या जिज्ञासु, बुद्धेतर मुमुक्षहरु त्यहाँ प्रवेश गर्न सकिन्थ्यो । उनीहरुलाई मानव वा ब्राम्हचारी भनिन्थ्यो । एक मठमा रहन वा सिक्नका साथै लाभको लागि पैसा दिन आवश्यक थिएन ।

 
राजाहरु तथा जनसाधारणहरु आध्यात्मिक कर्तव्य अनुसार यी विहारहरुलाई अनुदान दिइन्थ्यो । जो राजा बौद्ध धर्मको विकास चाहन्थ्यो उनी एक गाउँ वा गाउँको सबै लगानी अनुदानको रुपमा विहारलाई दिने गथ्र्यो । विहारको जमीन तथा भवन कुनै व्यापारी वा साधारण धनी दाताको दानको रुपमा थियो । यसप्रकार कैयन विहार तथा भिक्षुगृह समृद्ध हुन्थ्यो, त्यसको सुन्दर भवन र सभागृह बन्यो । त्यसमा अन्न भण्डार तथा धेरै अचल सम्पत्ति जम्मा हुनगयो ।

 
फाहियानको वर्णन गरे अनुसार राजा तथा श्रेष्ठीहरुले भिक्षुहरुको लागि जुन विहार बनाइदिन्थे त्यहाँ खेत, घर, बगैंचा, फलपूmलको बगैंचा पशु इत्यादि त्यस विहारको नजिक बस्ने जनताको सहयोगमा दान दिइन्थ्यो ।
जब कोही राजा एक भिक्षु संघलाई कोही दान दिन्थ्यो उनी आप्mनो पगरी फुकालेर आदर व्यक्त गर्दथ्यो । अनि आप्mनो आफन्तहरु तथा मन्त्रीहरु साथमा लिएर भिक्षुहरुलाई आवश्यक वस्तुहरु दिइन्थ्यो ताकि केही कमी नहोस् । केही विहार दाताहरु ७ औं शताव्दीको अन्तमा त्यहाँ आउनुभयो तब उनले त्यसको निन्दा गर्दै लेखे कि “यो मठको लागि उचित होइन कि त्यहाँ आवश्यकता भन्दा बढी धन द्रव्य होस्, अन्न भण्डारमा बिग्रेको अन्न होस् धेरै संख्यामा स्त्री पुरुष नोकर चाकर तथा पैसा जम्मा होस् कि कोषमा त्यसको उपयोग नै नहोस् ।”

 
चिनियाँ यात्री फाहियान पाँचौं शताव्दीको पूर्वाद्धमा पाटलीपुत्रका दुईवटा विहारमा जानुभएको थियो । यी दुईवटा विहार त्यसबेला बनिरहेका अरु विहारहरुको नमूना थियो । त्यसमा विशाल तथा सुन्दर महायानी विहार र अर्को हीनयान विहार थियो । दुइटै विहारमा गरी सातसय भिक्षु बस्नुहुन्थ्यो । यी दुई विहारको बारेमा उहाँ लेख्नुहुन्छ, “त्यहाँको आचार व्यवहारको नियम र विद्यार्थीहरुको व्यवस्था देख्न योग्य थियो । सबै ठाउँबाट राम्रो र योग्य श्रमण विद्यार्थी तथा सत्य जिज्ञासु त्यहाँ आउँथ्यो ।”

 
यी विहारहरुको शिक्षा पद्धतिले फाहियानलाई पनि आकर्षित गरेको थियो जबकि उनी धार्मिक तिर्थयात्री थिए । त्यसपछि भारतमा विद्याप्रेमी तथा विद्वान युआन च्वांग आउनुभयो । यी दुई शताव्दी बिच विहारका शिक्षण पक्ष धेरै विकसित भईसकेको थियो । देशका विभिन्न भागबाट विद्वानहरु पुस्तक लेख्न, अध्ययन गर्न सिक्नको लागि आउने गथ्र्यो । यी विद्यापीठहरुको कीर्ति टाढाका बौद्ध देशहरुमा पनि फैलिएको थियो । यही कारणले विद्वान तिर्थयात्री, विशेष गरी चीनका विद्वान तिर्थयात्रीहरु आर्कषित थिए । उनीहरुले प्रत्यक्षरुपमा महाविहारको अध्ययन गरी वृतान्त लेखेका हुन्थे । यी विहारहरु भारतको यस्तो केन्द्रमा थियो जसले अरु देशमा बौद्ध धर्म संस्कृति र ज्ञान फैलाउन एक ज्योतिको रुपमा थियो ।

 
युआन च्वांग र इत्सिंग दुवैले नालंदा बाहेक एक अर्को प्रमुख महाविहारको वर्णन गरेका थिए । त्यो पश्चिम भारतको बलभीमा रहेको महाविहार हो । इत्सिंग लेख्छन् कि यस विश्वविद्यालयमा विद्यार्थी २÷३ वर्षसम्म आप्mनो अध्ययन पूरा गर्न बस्थे ।

 

 

लेखिका लुम्बिनी बौद्ध विश्वविद्यालय थेरवाद बुद्धिस्ट एकेदमीबाट स्नातकोत्तर हुनुहुन्छ ।