मार्गफलको लागि अधिष्ठान

भद्दन्त सरण 
१• काम इच्छाहरू लाई तपाईंको प्रथम (शत्रु का) सेनाहरू हुन् भन्नु परेको हुन्छ।

२• (कुसल कर्म गर्न मा) अप्रसन्नता हुनुलाई तपाईंको दोस्रो (शत्रु का) सेनाहरू हुन् भन्नु पर्दछ।

३• भोक प्यासले ग्रस्त हडताल लाई तपाईंको तेस्रो (शत्रु का) सेनाहरू हुन् भन्नु परेको हुन्छ।

४• लालायित भएर तान्निने तणा (तृष्णा) लाई तपाईंको चौथो (शत्रु का) सेनाहरू हुन् भन्ने गरिन्छ।

५• थिनमिद्ध (तंद्रा, ऊंघ आउने, आलश्य पनले थिचेर निद्रा लाग्ने) लाई तपाईंको पाँचौं (शत्रु का) सेनाहरू हुन् भन्ने गरिन्छ।

६• त्रास, वीभत्सा, डरावना लाई छैठौँ (शत्रु का) सेनाहरू हुन् भनिन्छ।

७• अश्रद्धा (सत्य लाई गलत र मिथ्या लाई सत्य लिने गलत धारणा) लाई तपाईंको सातौं (शत्रु का) सेनाहरू हुन् भनिन्छ।

८• अरूको उपकार, कृतज्ञता लाई विघ्न पारेर नष्ट गरिदिनु, अहंकार र घमण्ड ले कठोरता हुनु तपाईंको आठौँ (शत्रु का) सेनाहरू हुन् भन्नु पर्दछ।

९• लाभ प्रख्याति भएर, मान पुज्य सत्कार, जो त्रुटी गलत तरिकाले प्राप्त गरिएको यस उपलब्धि लाई नवौं (शत्रु का) सेनाहरू हुन् भन्नु पर्दछ।

१०• आफ्नु आफैँ वर्णन प्रशंसा गरेर अरूलाई तुच्छ देखाएर अपमानित गर्नु लाई दशौं (शत्रु का) सेनाहरू हुन् भन्नु पर्दछ।

यस दस प्रकारका घोर कालो अकुसल भएको तुच्छ नीच मारदेवका, श्रमण ब्राह्मण हरू लाई बिघ्नवाधा गर्ने मारका योद्धा सेना हरू हुन्। साहसी निडर नभएका, कम्जोरी चित्त भएका व्यक्तिहरु ले त्यस दस प्रकारका मार सेनाहरू द्वारा विजय प्राप्त गर्न सक्दैनन् । त्यस दस प्रकारका मार सेना लाई पराजित गर्न योग्य भएमा मात्र सहि सुख प्राप्त हुन्छ। त्यस कारणले त्यो मैले पनि पछि नहटिकन लगातारै प्रतिक चिन्ह भएको सेतो कपालको घाँस लाई धारण गर्नेछु। युद्धको संघर्षमा पराजित भई म जीवित भएर जीवनमा बाँच्नु घृणा-युक्त छ। यसरी बाँच्नु भन्दा मर्न श्रेष्ठ छ यो कुरा लाई योगीले हल्का हिसाबमा नलिईकन, बिशेष रूपमा लिएर अधिष्ठान गरी मारका सेनाहरु लाई युद्धको संघर्षमा पराजित गर्न सकिने केहि उदाहरणहरू-

बोधिसत्व ले पिडित, दुर्व्यवहार र अन्याय लाई सहन गर्दै आचरणहरू लाई राम्ररी अभ्यास, तप आचरण गर्दै मारदेव ले कामगुणहरू द्वारा, सुख आनन्दित हृदय मा हलचल भएर आचरण भङ्ग हुने गरी गर्दा पनि बोधिसत्वले मार लाई जवाफको रूपमा माथि उल्लेख गरिएको अनुसार अधिष्ठान गर्नु भएको थियो।

बोधिवृक्ष मुनि आसन ग्रहण गरेर हड्डी मक्किएर गए जावोस्, छाला सुकेर अथवा गलेर गए जावोस्, प्रयत्न जारी राख्ने छु भन्ने अधिष्ठान गर्नु भएको थियो। यहाँ चाहिँ एरियापद बाट उठ्नु भएन भनेर कसैले व्याख्यामा परामर्श गर्नु भएको छ। तर भन्ते ले चाहिँ एरियापद लाई बद्लिन हुन्न भन्ने लाई पालि भाषा मा पढेको छैन। “एरियापद लाई बद्लिन हुन्न” भन्ने पालि भाषा मा छर !

नराम्रो विचार भएको थियो। अतुलनीय भगवान बुद्ध ले नराम्रो विचारहरु लाई उल्लेख गर्नु भएको छैन। एक भिक्षु ले हड्डी मक्किएर गए जावोस्, छाला सुकेर अथवा गलेर गए जावोस्, प्रयत्न जारी राख्ने छु भन्ने दृढ संकल्प गरेर महा पलङ्कमा ३ घण्टा लगातारै बस्नु भएको थियो। त्यस पछि वहाँको खुट्टा को मांसपेशीहरू बिग्रिएको कारणले अस्पताल मा भर्ना हुनु परेको थियो। त्यहाँ ध्यान बस्न भएन हजुर।

कसुरको कार्य गर्दा खेरी- दान, सील, भावनाहरू मा हड्डी मक्किएर गए जावोस्, छाला सुकेर अथवा गलेर गए जावोस्, प्रयत्न जारी राख्ने छु भन्ने दृढ संकल्प गर्न सक्नु पर्छ। मारदेव लाई माथि उल्लेख गरिएको भगवान को शब्द ले हटाउनु। त्यसो गरे मार्ग, फल प्राप्त गर्न सरलता हुन्छ।

अनुवाद – बिष्णु धनञ्जय