पालि साहित्यको विकास यात्रा

अनुवाद : जीवनकुमार शाक्य
त्रिपिटकमा केहि यस्ता उल्लेख पाईन्छ जस्ले बुद्धको जीवनकालमा नै धर्म को केहि प्रकरणहरुको व्यवस्थित पाठ गरिने थाहा भएकोछ। उदाहरणार्थ, उदानमा वर्णन छ कि एक पटक सीण नामक भिक्षुबाट स्वयम् भगवानले सोध्नुभयो कि तिमीले धर्मलाई कसरी बुझ्यौ ? यस्को उत्तरमा त्यस भिक्षुले १६ अष्टक वर्गहरुलाई पूरै स्वरको साथ गाएर सुनायो । यस्को भगवानले प्रशम्सा पनि गर्नुभयो । विनयपिटक आदि ग्रन्थहरुमा बहुश्रुत, धर्मधर, विनयधर, मातृकाधर तथा पंचनेकायिक, भाणक, सुत्तंतिक जस्ता विशेषणहरुको प्रयोग पाईन्छ, जस्ले स्पष्ट छ कि बुद्धको उपदेशहरुको धारण, पारणको परम्परा उहाँको जीवनकाल देखि नै चलेको थियो ।

 

यस परम्पराको आधारमा बुद्धको उपदेशहरुलाई सुव्यवस्थित साहित्यिक रूप दिनको लागि तीन पटक संगीतिहरु गरिएको उल्लेख चुल्लवग्ग, दीपवंश, महावंश आदि ग्रन्थोंहरुमा पाईन्छ । प्रथम संगीति बुद्धनिर्वाणको चार महिना पछि नै राजगृहमा भयो जस्मा ५०० भिक्षुहरुले भाग लिए, जस्को कारण त्यो पंचशतिका नामले पनि प्रसिद्ध छ । यस्को अध्यक्षता महाकाश्यपले गरेका थिए की अरु उन्ले बुद्धको साक्षात् शिष्य भिक्षु उपालिबाट विनय सम्बन्धी तथा स्थविर आनन्दबाट सुत्त सम्बन्धी प्रश्न सोधेर अन्य भिक्षुहरुले अनुमोदनले त्यस विषयहरुको संग्रह गरियो । यसी प्रकारको दोश्रो संगीति बुद्ध निर्वाणको १०० वर्ष पछि वैशालीमा भयो जस्मा ७०० भिक्षुहरु सम्मिलित भए र यसैले त्यो सप्तशतिकाको नामले विख्यात भयो । यस्मा वैशालीका भिक्षुहरुको आचरणमा अनेक दोष देखाएर त्यसलाई विनयको विरुद्ध ठहराईयो र अनुमानत: विनयपिटकमा विशेष व्यवस्था ल्याईयो । बुद्धघोषको मतानुसार त यसै संगीति द्वारा बुद्ध वचनहरुको त्रिपिटक, पाँच निकाय, नौ अंग तथा चौरासी हजार धर्मस्कन्धहरुमा वर्गीकरण गरियो । तेङो संगीति बुद्धनिर्वाणको २२६ वर्ष पछि सम्राट् अशोकको राज्यकालमा पाटलिपुत्रमा भयो । यस्को अध्यक्षता मोग्गलिपुत्त तिस्सले गर्यो । यो सम्मेलन नौ महिना सम्म चल्यो र त्यसमा बुद्धवचनहरुलाई अन्तिम स्वरूप दिईयो । यसै बिच मोग्गलिपुत्त तिस्सले कथावत्युको रचना गरे जस्मा १८ मिथ्यादृष्टि बौद्ध सन्श्दाहरुको मान्यताहरुको निराकरण गरियो । यस रचनालाई पनि अभिधम्मपिटकमा सम्मिलित गरियो । यसै संगीतिको उल्लेख चुल्लवग्गमा छैन र न तिब्बती या चीनी महायान सम्प्रदायको सहित्यमा छ । अशोकको भाब्रू को लेख, जस्मा सात प्रकरणहरुको नाम पनि उद्धृत छ, त्यस्मा, अथवा अन्य धर्मलिपिहरुमा यस्तो कुनै संगीतिको कहीं कुनै उल्लेख गरिएन ।
वर्गीकरण
मूल पालि साहित्य या पिटक
मुख्य लेख: त्रिपिटक
मूल पालि साहित्य तीन भागमा बिभाजितछ, जस्लाई पिटक भनियो – “विनयपिटक”, “सुत्तपिटक” र “अभिधम्मपिटक”। यसमध्य प्रत्येक पिटकको भित्र आफ्नो विषय सित सम्बंन्ध राखिने अनेक स्यानो तिनो रचनाहरुको समावेश छ ।

 
पालिको यि तीन पिटकहरुमा ई. पूर्व छैठौ शताव्दिमा भयो भगवान बुद्धको विचारहरु र उपदेशहरुको एक विशेष शैलीमा संकलन गरिएकोछ । तीनै पिटकहरुमा परस्पर तारतम्य छ । विषयको मूलाधार सुत्तपिटक हो जस्मा भगवानको उपदेशहरुलाई श्रोताहरुलाई हृदयंगम गराउनको लागि सरल भन्दा सरल, रोचक कथात्मक शैलीको प्रयोग गरिएकोछ । यहाँ वस्तुलाई संक्षेपमा भन्ने प्रयत्न गरिएन । उद्देश्य हो नयाँ- नयाँ कुराहरुलाई सामान्य श्रोताहरुको ग्रहण योग्य बनाउनु र यसैले यहाँ उपदेशको मुख्य भागको पटक पटक पुनरावृत्ति गरिएकोछ । प्रसंगवश यि सुत्तहरुमा तत्कालीन धार्मिक, सामाजिक एवं राजनीतिक परिस्थितिहरुको चित्रण पनि आयएकोछ जुन प्राचीन इतिहासको दृष्टिले बड़ो महत्वपूर्ण छ। उदाहरणार्थ, दीघ निकायको समंञफल सुत्त, ब्रह्मजाल सुत्त एवं महापरिनिब्बान सुत्तमा बुद्धको समसामयिक धर्मप्रवर्तकहरु जस्तै मंखलिगोसाल, पकुधकच्चायन, अजित केस कंबलि, संजय बलट्ठिपुत्त निगंठनातपुत्त, आदिको आचार-विचारहरु तथा उनि द्वारा प्रवर्तित धर्म संप्रदायहरुको बौद्ध दृष्टिले आलोचना पाईन्छ र साथै तिनिन विषयहरुमा बौद्ध मान्यताको प्रतिपादन पनि पाईन्छ ।

 

सामाजिक चित्रण सुत्तपिटकमा छरिएकोछ, तथापि खुद्दक निकायको अंतर्गत जातकहरुमा यस्को प्रचुर सामग्री उपलब्ध छ । सुत्तहरुमा ठाउँ-ठाउँमा बुद्धकालीन मगध, विदेह, कोशल, काशी आदि १६ जनपदहरुको राजाहरुको तिन्का परस्पर सम्बन्धहरु एवं लड़ाई-झगड़ाहरु र दाँउ-पेंचहरुको उल्लेख भरिएकोछ । सुत्तहरुको उपदेशहरुमा जुन बौद्ध आचारको संकेत पाईन्छ, उन्कै भिक्षुहरुको योग्य सदाचारको नियमहरुको रूपमा विधि-निषेध-प्रणालीबाट व्यवस्था विनय पिटकमा पनि गरिएकोछ । यसै प्रकार सुत्तहरुमा जुन तत्वचिंतन को बीज सन्निहित छ, त्यस्को दार्शनिक शब्दावलीमा सैद्धांतिक रूपले प्रतिपादन र विवेचन अभिधम्म पिटकमा गरिएकोछ ।

 

यस परस्पर आनुषंगिकताको कारण बौद्धधर्मको पूरा सांगोपांग एवं सुव्यवस्थित परिज्ञान बिना त्रिपिटकको अवलोकनको हुन सक्तैन । यो पालि त्रिपिटक विषयको दृष्टिले स्वयं बुद्ध भगवानको उपदेशहरुमा आधारित छ । उपलब्ध ग्रन्थ रचनाको दृष्टिले ई. पूर्व तृतीय शताब्दीले पछिको सिद्ध हुँदैन । बौद्ध परंपरानुसार अशोक सम्राट्को कालमा नै उन्को पुत्र महेंद्र स्वयम् बौद्ध भिक्षु बनेर यस साहित्यलाई लंका लगे र त्यहाँ प्रथम शती ई. मा राजा बट्टगामणीको राज्यकालमा त्यसलाई त्यो लिखित रूप प्राप्त भयो जस्मा त्यो आज हामी पाउँछौ ।