सुन्दरतालाई बुद्धधर्मले कसरी हेर्छ ?

प्रस्तुति : सुर्य घिसिङ

तथागतले यो गाथा बेलुबन बिहारमा भन्नुभएको हो ।

रानी खेमा बिम्बिसारको मुख्य रानी थिइन् । उनी धेरै सुन्दर र स्वयं आफैमाथि अति नै गर्व गर्थिन । राजा चाहान्थे कि रानि बेलुबन बिहार जाउन् र बुद्धलाई आदर अर्पण गरुन् । तर रानीले सुनेकी थिइन् कि बुद्ध सदा सौन्दर्यको चर्चा, कुरा कम गर्छन्, त्यसै कारणले उसले बुद्ध भएको ठाउँमा जान आनाकानी गर्न थालिन् ।

बुद्धप्रति भएको रानीको दृष्टिकोण राजाले थाहा पाए । राजा यो पनि जान्दथ्यो कि रानी आफ्नो सुन्दरतामा कति गर्व गर्छिन् । त्यसैले राजाले आफ्नो कविहरुलाई यो आदेश दिए कि उनीहरु बेलुबन बिहारको सुखद र शान्तिपुर्ण माहोलका बारेमा गाउन् – चर्चा गरून् ।
यो सुनेर रानी खेमाको बेलुबन बिहार प्रति दिलचस्पी बढयो र उसले बेलुबन बिहार जाने निर्णय गरिन् ।

जब रानी खेमा बिहारमा पुगिन् – तब बुद्ध धम्मलाई श्रावकहरुका बीच  धर्मदेशना गरिरहनु भएको थियोे । आफ्नो असाधरण शक्तिद्वारा बुद्धले आफ्नो समिपमा एक अति नै सुन्दर कन्याको छबि निर्माण गर्नुभयो जसले उहाँलाई पंखाले हावा दिई रहेको थियो । जब रानी खेमा श्रावकले खचाखच भरिएको ठाउँमा पुगिन्, तब उसले मात्रै एउटा सुन्दर स्त्रीलाई देखिन् । जवान स्त्रीको उत्तम सुन्दरतालाई रानीले आफुसग तुलना गरिन्, खेमालाइ महशुस भयो कि उसको सुन्दरता त्यस स्त्रीको नजीक केही पनि थिएन ।
जब उसले ती जवान र सुन्दर कन्यालाई ध्यानपुर्बक हेरिन् तब उसको सुन्दरता बिस्तारै – बिस्तारै कम हुँदै जान थाल्यो । त्यो स्त्रीको उमेर बढदै गयो र बृद्ध भइन्, रानीको सामुन्ने नै उसको मृत्यु भयो । त्यो मृत शरीरमा त्यहीँ किरा पर्न थाल्यो र दुर्गन्ध आउन थाल्यो, र त्यो शरीर बिस्तारै त्यहाँबाट हरायो । रानी खेमाले सौन्दर्यको नश्वरता र अनौचित्यलाई महशुस गरिन् ।

तथागत बुद्धले उसको मनको स्थितिलाई जानेर भन्नुभयो :- हे खेमा ! यश क्षय हुने शरीरलाई ध्यान पुर्बक हेर, जुन हड्डीहरुको कंकालले चारैतिर बनिएको छ र यसमा रोग र क्षयको अधीन छ । केवल मुर्खले मात्र शरीरको बारेमा सोच्छ, यश जवान स्त्रीको सुन्दरताको मुल्यहिनतालाई हेर ।। यो सुनेपछि रानी खेमाले श्रोतापन्न फल प्राप्त गरिन् ।

तब तथागतले यो गाथा भन्नुभयो:-
प्राणी जुन वासनाको साथमा उत्तेजित हुन्छ, उ आफैद्वारा उत्पन्न लालचको धारा प्रवाहमा वापस आउँछ – जसरी कि माकुरो आफुले बुनेको जालोमा । बुद्धिमान, लालचको बचनलाई काटेर, दृढताले जिउछ, सबैकुरा छोडेर, सम्पुर्ण खराब कुराको बानिलाई पछी छोडेर ।

अन्तमा रानी खेमाले अर्हन्त प्राप्त गरिन र बौद्ध संघमा प्रवेश गरेर बुद्धको प्रमुख महिला सिस्यहरु मध्येमा एक बनिन ।

बौद्ध धम्मग्रन्थ धम्मपद गाथा -३४७ ।
स्रोत- बुद्धकथाए ।