हामीले बुद्धलाई बुझ्न धेरै भूल गर्यौँ

अोशो

बुद्ध सन्देहको भाषा बोल्नुहुन्छ । अरु त अरु आफ्नो बिष्णुको अवतार भन्नेहरु हिन्दूहरले पनि बुझ्न सकेन । बुद्ध निश्चित नै बड़ो अनौठो हुनुहुन्छ । हिन्दुहरलाई पनि यिनि खतरनाक लाग्यो । हिन्दूहरुलाई लाग्यो कि हाम्रो सबै चौपट गरिदिन्छ ।

 
बुद्धले भने कि मलाई आफ्नो टेक्ने सहारा नबनाउ । तिम्रो खुट्टा अपाङ्ग छौ मेरो सहाराले कति टाढा सम्म पुग्छौ ? मेरो प्रकाशको सहारा नलेउ।  थोरै समय त साथै प्काशित होऔला फेरि त अँधेरै हुन्छ । आफै दियो बन । बुद्धको धम्मपद, कसरी त्यो प्रकाश उत्पन्न हुनसक्छ अनुभवको, उस्को विश्लेषण हो । बुद्धले यो भनेनन् कि परमात्मामा बिश्वास गर त्यसैले बुद्धलाई नास्तिक भनियो ।
तिमीले बुद्धलाई कसरी श्रद्धागर्छौ ? तिमीलाई थाहा भए पो श्रद्धा गर्थ्यौ ।तिमीलाई त थाहै छैन ।
उपनिषद भन्छहैं, ईश्वरको बारेमा केहि भन्न सकिँदैन । बुद्धले त यति पनि भनेनन । उनि परम उपनिषद हुन । उभन्दा पारी उपनिषद जानै सक्तैन । जहाँ उपनिषद समाप्त हुन्छ, त्यहाँ बुद्ध शुरू हुन्छन् हैं।
साँच्चै भन्ने हो भने बुद्धभन्दा धेरै कवहि वोलेनन् र बुद्ध भन्दा धेरै चुप पनि कवहि भएनन् । बुद्ध कति वोले अनुसन्धानकर्ताहरु अनुसन्धान गर्दैछन ! बुद्धले वोले जति, पूरा संगृहीत नै हुन सकेन ।
बुद्धले स्वास्थ्यको सम्बंन्धमा एक शब्द पनि वोलेनन्हा, केवल बीमारीको विश्लेषण गरे र निदान गरे औषधीको व्यवस्था गरे । बुद्धले भने कि म एक वैद्य हूँ; म कुनै दार्शनिक होईन । मैले तिम्रो बीमारीको विश्लेषण गर्छु, निदान गर्छु, औषधि भन्छु र जब तिमी जब ठिक हुन्छौ, तब तिमी जान्नेछौ कि स्वास्थ्य के हो । स्वास्थ्य जानिन्छ भन्न सकिँदैन । बीमारी मेटाउन सकिन्छ, बीमारी समझाउन सकिन्छ, बीमारी बनाउन सकिन्छ, बीमारी को उपचार हुनसक्छ । ठीक हुन सक्छ, गलत हुन सक्छ-बीमारीको साथ धेरै कुरा हुन सक्छ । स्वास्थ्य? जब बीमारी हुँदैन तब शेष रहन्छ, त्यहि । बुद्धको धर्मलाई शून्यवादी भनीयो । शून्यवादी उन्को धर्म हो ।
बुद्ध अनौठो तरिकाले वोल्छन । आज भन्दा २६०० पूर्व जुन दिन बुद्ध राजकुमार सिद्धार्थको रुपमा जन्म भयो घरमा उत्सव मनाईयो । बडो अभिलाषाथियो त्यसैले सिद्धार्थ नाम दियो । सिद्धार्थको अर्थ हुन्छ, अभिलाषा पूरा हुनु ।

 
पहिलो दिन, जब ढोकामा बाजाहरु बज्यो प्रसादहरु बाँडियो खुशियालीमा, हिमालयबाट दगुर्दै आईपुगे एक वृद्ध तपस्वी ढोकामा उभीयो जस्को नाम थियो असिता। राजा शुद्धोधनले पनि सम्मान गर्थे उनलाई । पश्वी आउँदैनथ्यो राजधानी । शुद्धोदन आफै तपश्वी ऋषीको दर्शनार्थ पुग्थे । यस्तै बचपन देखि मित्रता थियो । शुद्धोधन राजा भयो दरबारको काममा व्यस्त भए । असिता महातपस्वी भए जस्को ख्याति टाढा टाढा सम्म फैलिएको थियो । असिता ढोकामा उभिएको देखेर शुद्धोदन अचम्म मानेर भन्यो अरे तपाई कसरी आईपुग्नुभयो ? कुनै सम्स्या त छैन ? असिता ऋषीले भन्यो कुनै समस्या छैन तिम्रो घरमा छोरा जन्मेकोछ उसैको दर्शन गर्न आएको हुँ ।

 
शुद्धोधनले कुरा बुझेन । सौभाग्यको समय थियो कि असिता जस्तो तपस्वी अनि छोराको दर्शन गर्न आए । शुद्धोधनले दगुरेर अन्तःगृहबाट नवजात शिशुलाई लिएर आए । असिता झुक्यो र बच्चाको चरणमा बच्चाको खुट्टा तपश्वीको जटामा अल्झीयो । असिता तपश्वी हाँस्न थाल्यो अनि रुन पनि थाल्यो। शुद्धोधन अचम्म मानेर सोध्यो केभयो यस शुभ समयमा किन रुन थाल्नुभयो?

 
असिताले भन्यो, यो तिम्रो घरमा जुन छोरा जन्मेको छ, यो कुनै साधारण बच्चा होईन; असाधारण हुन। कैयौ युग बित्छन् । यो तिम्रो लागि मात्रै सिद्धार्थ होईन; यो अनन्त- अनन्त प्राणीहरुको लागि सिद्धार्थ हो। अनेकौँको अभिलाषाहरु यिनैबाट पूरा हुन्छ । हांस्छु यस मानेमा कि सौभाग्यले दर्शन पाएँ । हांस्छु, प्रसन्न छु, कि यस बालकले म बुढोको जटामा आफ्नो खुट्टा अल्झायो । यो एक महान सौभाग्यको क्षण हो ! रुन्छु यस कारण कि जब यो कोपीला फूल हुन्छ, जब सन्सारमा यसको शुवास फैलिन्छ अनेकौलाई सुख शान्ति हुनेछ तब यस सन्सारमा हुनेछैन । यो मेरो शरिर छूटने समय आयो ।
एक अनौठो कुरा भने असिताले, यो कि अब सम्म आवागमनबाट छूटने आकांक्षा थियो, त्यो पूरा भयो; आज पछुतो हुन्छ । एक जन्म अरु पाएको भए हुन्थ्यो र यस बुद्धपुरुषको चरणमा बस्न पाईन्थ्यो । यस्को वाणी सुन् ईच्छा थियो । आज पछुतो भयो तर म मुक्त भैसकेकोछु । यो मेरो अन्तिम अवतरण हो ।
धम्मपद विश्लेषण हो । बुद्धलाई जस्ले बुझ्यो उस्ले सनुसारको सबै आनन्द प्राप्त गर्यो ।
अत्त दिपो भव । बुद्धले भनेको कुरा मनन गर । आफै प्रज्वलित होउ ।
भवतु सब्ब मङ्गलम् ।

अनुवाद जीवन कुमार शाक्य