मज्झिम निकाय – धम्मदायाद — सुत्तन्त

अनुवाद – बिष्णु धनञ्जय

मैले यस् प्रकार सुनेको थिएँ —
एक समय भगवान् श्रावस्तीमा अनाथपिंडिक्आराम जेतवनमा विहार बस्नु भएको थियो। वहाँ भगवानले भिक्षुहरूलाई संबोधित गर्दै भन्नुभयो —“हे भिक्षु हो!”

“भगवान!”—(भन्दै) भिक्षुहरूले भगवान् लाई उत्तर विन्ति चढाउनु भयो। भगवानले यस देशना को उपदेश गर्नु भयो।

हे भिक्षु हो ! (तिमी हरू) मेरो धर्मको दायाद (दायाद = भागीदार, उत्तराधिकार अथवा पहिलो अंशको भाग पाउने वाला हकदार) हरू मात्र बन। “आमिस” (आमिस = जायजेथा वा धन सम्पत्ति वस्तु आदिको, दायाद नबन, मेरा शिष्य श्रावकहरू कुनै कारणले पनि धर्मदायाद बनेर, आमिसदायाद नबन भन्दै तिमीहरू प्रति मेरो अनुकम्पा (दया,करुणा र कृपा) छ।

हे भिक्षु हो ! यदि तिमीहरू आमिसदायाद मात्र बनेर धर्मदायाद बनेनौ भने, त्यसको लागि मेरा  शिष्य श्रावकहरू आमिसदायाद मात्र बनेर धर्मदायाद नभैकन रहने छौ भने यदि तिमीहरूलाई पनि अरुबाट निन्दा गरिने अथवा ताना मारिने छौ। त्यसको लागि भगवान बुद्धका शिष्य श्रावकहरू आमिष-दायाद (सम्पत्तिको भागीदार) बनेर विहार छन्, धर्मदायाद (धर्म को भागिदार) बनेर होइन, भन्ने म पनि निन्दा, आरोप गरिने अथवा ताना मारिने छु।

हे भिक्षु हो ! तिमीहरू मेरो धर्म दायादहरू मात्र बनेर, आमिस दायादहरू नबन। त्यसको लागि भगवान बुद्धका शिष्य श्रावकहरू धर्म दायादहरू मात्र हुन्, आमिस दाताहरू होइनन् भनेर तिमीहरू पनि निन्दा, आरोप गरिने अथवा ताना मारिने हुँदैनौं। त्यसको लागि मेरा  शिष्य श्रावकहरू धर्म दायादहरू मात्र भएर आमिस दायादहरू होइनन् भनेर म पनि निन्दा, आरोप गरिने अथवा ताना मारिने हुँदिन। भिक्षु हो त्यस कारणले तिमीहरू म भगवानको धर्मदायाद बन, आमिस दायादहरू नहुनु, कौनो प्रकारले मेरा शिष्य श्रावक हरू धर्म दायादहरू मात्र बनेर आमिस दायादहरू नबनुन् भन्ने, तिमीहरू मा मेरो दया अनुकम्पा छ।

हे भिक्षु हो ! (यदि) मैले ठिक उचित समय प्रकार, परिपूर्ण, यथेच्छ, तृप्त्यनुसार भोजन ग्रहण गरी सकें, म (भगवान) संग अतिरिक्त (फ्याँक्नु पर्ने) भिक्षान्न बचेँको छ। तब भोक पूर्वक आत्तिएका दुर्बलताले पीडित कम्जोरी दुई भिक्षु आईपुगे। तिनीहरुलाई मैले हे भिक्षुहरू हो मैले चाहिए जति तृप्त्यनुसार भोजन ग्रहण गरी सकेर भयो भन्दै अन्त निषेध गरिदिएँ, म बाट अतिरिक्त बचेँको (फ्याँक्नु पर्ने) पिण्ड रहनाले यदि आवश्यक इच्छा भएका ले लिए हुन्छ। यदि तिमीहरूले यसलाई ग्रहण गरेनौँ भने अब म हरियाली झारपात रुख नभएको ठाउँमा, या त किरा प्राणीरहित भएको ठाउँ, पानीमा बगाई दिन्छु भनेर आदेश भयो।

तब एक भिक्षुको मनमा यस्तो (विचार) हुन जान्छ,

भगवानले ठिक उचित समय प्रकार, परिपूर्ण, यथेच्छ, तृप्त्यनुसार भोजन ग्रहण गरी सक्नु भयो, भगवान संग अतिरिक्त  भिक्षान्न बचेको छ। यद्यपि हामीहरुले ग्रहण (प्रयोग) स्वीकार गरिएन भने अब त्यस लाई भगवानले हरियाली झारपात रुख नभएको ठाउँमा, यात किरा प्राणीरहित भएको ठाउँ, पानीमा बगाई दिनु हुन्छ।

 

भगवानले हे भिक्षु हो ! तिमीहरू म भगवानको धर्म दायादहरू मात्र बनेर, आमिस दायाद नबन, भनेर पनि आदेश गर्नु भएको छ, भिक्षान्न (पिण्ड) एक प्रकारको आमिस दायादहरू अन्तर्गतमा समावेश छ। मैले यस प्रकारको भिक्षान्न (पिण्ड) लाई ग्रहण स्विकार नगरीकन यो भोको पेटमा दुर्बलताको साथ पिडित सहित यस दिन रात बिताई दिएँ भने यहि ठिक उचित छ, भन्ने विचार उत्पन्न भयो ।

त्यस भिक्षुले यस प्रकारले त्यस भिक्षान्न (पिण्ड) लाई ग्रहण स्विकार नगरीकन त्यो भोको पेटमा दुर्बलताको साथ पिडित सहित यसरी दिन रात बिताई दिए।

त्यस पछि अर्का भिक्षुले यस्तो विचार गरे – भगवानले ठिक उचित समय प्रकार, परिपूर्ण, यथेच्छ, तृप्त्यनुसार भोजन ग्रहण गरी सक्नु भयो, भगवान संग अतिरिक्त (फ्याँक्नु पर्ने) भिक्षान्न बचेँको छ। यद्यपि हामिहरु ले ग्रहण (प्रयोग) स्वीकार गरिएन भने अब त्यस लाई भगवानले हरियाली झारपात रुख नभएको ठाउँमा, यात किरा प्राणीरहित भएको ठाउँ, पानिमा बगाई दिनु हुन्छ। मैले त्यसो भए यस भिक्षान्न (पिण्ड) लाई ग्रहण गरेर यो भोको पेटमा दुर्बलताको साथ पिडित रहित यस दिन रात बिताई दिएँ भने ठिक उचित हुन्छ भन्ने (विचार उत्पन्न भयो) ।

त्यस भिक्षुले यस प्रकारले त्यस भिक्षान्नलाई ग्रहण स्विकार गरेर त्यो भोको पेटमा दुर्बलताको साथ पिडित रहित यसरी दिन रात बिताई दिए।

हे भिक्षु हो ! त्यस आर्का भिक्षुले यसरी त्यस भिक्षान्नलाई ग्रहण गरेर भोको भोको पेटमा दुर्बलताको साथ पिडित भएकोलाई हटाएर त्यस दिन रातलाई बिताउन पर्यो। त्यस प्रकारको भएता पनि म “भगवान”को तर्फबाट (त्यस दुई भिक्षुहरू मध्ये) त्यस प्रथम भिक्षु मात्र नै अधिकतम पुज्न योग्य, प्रसंसा गर्न योग्य हुन्छन्। त्यसरी अधिकतम पुज्न योग्य, प्रसंसा गर्न योग्य किन हुन्छन् भन्नाले,

भिक्षु हो ! त्यस भिक्षान्न लाई त्याग गर्ने त्यस भिक्षु चाहिँ चिरकाल सम्म दिन रातभरी लोभ रहित, विनयको साथ, सन्तुष्टि, सरलता पुर्वक किलेस लाई शांत गर्नलाई, तप, ध्यान आचरण गर्न उपकार हुन सक्ने कारण भएको हुनाले हो।

भिक्षु हो त्यसै कारणले तिमीहरू म भगवानको धर्मदायाद बन, आमिस दायादहरू नबन, कुनै प्रकारले पनि मेरा शिष्य श्रावक हरू धर्म दायादहरू मात्र बनेर आमिस दायादहरू नबनुन् भन्ने, तिमीहरूमा मेरो दया अनुकम्पा छ।

भगवानले यस उपदेलाई आदेश गर्नु भयो। यही उपदेलाई आदेश दिए पछि भगवान आसन बाट उठेर विहार (कुटी) भित्र प्रवेश गर्नु भयो।

त्यस बेला आयुस्मान सारिपुत्रले भगवान बुद्धले छोडेर जानु भए पछि केही समयमा नै भिक्षुहरू लाई “आवुसो” भिक्षुहरू हो ! भन्दै सम्बन्धित गर्नु भयो। वहाँ भिक्षुहरूले पनि आवुसो, भन्ते भनेर बिन्ति चढाउनु भयो।

आयुस्मान सारिपुत्रले यो देशनाको उपदेश (आदेश) दिनु भयो- आवुसो ! (भिक्षुहरू हो !) भगवान बुद्ध शांतपूर्वक विहार लिनु भएको लाई शिष्य “श्रावक” हरु ले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई कुन प्रकारले अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्नुहुन्न। भगवान बुद्ध शान्त पूर्वक विहार लिनु भएकोलाई शिष्य “श्रावक” हरु ले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई कसरी अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्नु हुन्छ।

ज्ञानमा एत अग्र हुनु भएको आयुस्मान सारिपुत्र लाई भिक्षुहरूले यो देशनाको बिषयमा अज्ञात हुनु भएको कुरालाई बिन्ति पूर्वक वहाँ भिक्षुहरू टाढाबाट यस धर्म देशनालाई गम्भीरतापूर्वक सुनेर आचरण गरी धारण गर्न सुयोग्य हुने गरि पाल्नुभएको भन्ने बिषयलाई प्रकटीकरण गर्दै यथायोग्य उपदेश प्रदान गर्न अनुरोध गर्नु भयो।

त्यसो भए आवुसो! सुन्नु होस्। राम्ररी मनमा धारण गर्नु होस्। उपदेश गर्दछु।
“आवुसो ! अति उत्तम” भनेर वहाँ भिक्षुहरू ले आयुस्मान सारिपुत्रलाई उत्तरमा बिन्ति चढाउनु भयो। आयुस्मान सारिपुत्र ले यस प्रकारले उपदेश गर्नु भयो-

आवुसो ! भगवान बुद्धले शान्तपूर्वक विहार लिनुभएकोलाई शिष्य “श्रावक” हरुले (सुनसान एकान्तमा) शान्त “विवेक” (एकान्त चिन्तन) लाई कुन प्रकारले अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्नु हुन्न। आवुसो ! यस सासनमा शांत पूर्वक विहार लिनु भएको अतुलनीय भगवानका शिष्य “श्रावक” हरु ले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्दैनन्। भगवान बुद्ध ले त्याग गर्न लगाउनु भएको उपदेश (अकुसल) धर्महरु लाई पनि त्याग गर्दैनन्। आमिस (सम्पत्तिहरू) मात्र जोड्ने बटुल्ने (तर्फ लाग्छन्) प्रयत्न गर्दछन्। शिक्षालाई घटाएर हल्का हिसाबमा (कम्ति हिसाबमा) श्रमण गर्दछन्। घट्ने वा झर्ने (पतन हुने) कारण तर्फ अग्र पाइला सार्ने हुन्छन्। निर्वाण “उपधिविवेक” प्राप्त गर्नेमा कर्तव्य विहीन हुने गर्दछन्।

आवुसो ” (हे भिक्षुहरु हो) त्यसमा स्थिविर भिक्षुहरू तीन प्रकारका कारणले निन्दित हुने पात्रहरु हुन्छन्। शांत पूर्वक विहार लिनु भएको भगवान बुद्धका शिष्य “श्रावक” हरु ले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्दैनन् भन्ने पहिलो कारणले भिक्षुहरू निन्दित भएर जान्छन्। भगवानले त्याग गर्न लगाउनु भएको उपदेश (अकुसल) धर्महरु लाई पनि त्याग गर्दैनन् भन्ने दोस्रो कारणले भिक्षुहरू निन्दित भएर जान्छन्। आमिस (सम्पत्तिहरू) मात्र जोड्ने बटुल्ने (तर्फ लाग्छन्) प्रयत्न गर्दछन्। शिक्षालाई घटाएर हल्का हिसाबमा (कम्ति हिसाबमा) श्रमण गर्दछन्। घट्ने वा झर्ने (पतन हुने) कारण तर्फ अग्र पाइला सार्ने हुन्छन्। निर्वाण “उपधिविवेक” प्राप्त गर्नेमा कर्तव्य विहीन हुने गर्दछन् भन्ने तेस्रो कारणले भिक्षुहरू निन्दा गर्न योग्य भएर जान्छन्। आवुसो ! स्थिविर भिक्षुहरू यस तीन कारणद्वारा निन्दा गर्न योग्य भएर जान्छन्।

आवुसो ” (हे भिक्षुहरु हो) त्यसमा माध्यम (वयस्क) भिक्षुहरू, अन्तिम् चरणका (साना) भिक्षुहरू तीन प्रकारका कारणले निन्दित हुने पात्रहरु हुँदछन्। शान्तपूर्वक विहार लिनु भएको भगवान बुद्धका शिष्य “श्रावक” हरुले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्दैनन् भन्ने पहिलो कारणले भिक्षुहरू निन्दित भएर जान्छन्। भगवानले त्याग गर्न लगाउनु भएको उपदेश (अकुसल) धर्महरु पनि त्याग गर्दैनन् भन्ने दोस्रो कारणले भिक्षुहरू निन्दित भएर जान्छन्। आमिस (सम्पत्तिहरू) मात्र जोड्ने बटुल्ने (तर्फ लाग्छन्) प्रयत्न गर्दछन्। शिक्षालाई घटाएर हल्का हिसाबमा (कम्ति हिसाबमा) श्रमण गर्दछन्। घट्ने वा झर्ने (पतन हुने) कारणतर्फ अग्र पाइला सार्ने हुन्छन्। निर्वाण “उपधिविवेक” प्राप्त गर्नेमा कर्तव्य विहीन हुने गर्दछन् भन्ने तेस्रो कारणले भिक्षुहरू निन्दा गर्न योग्य भएर जान्छन्। आवुसो ! माध्यम (वयस्क) भिक्षु हरू, अन्तिम् चरणका (साना) भिक्षुहरू यस तीन कारण द्वारा निन्दा गर्न योग्य भएर जान्छन्।

आवुसो ! भगवान बुद्धले शांत पूर्वक विहार लिनु भएकोलाई शिष्य “श्रावक”हरुले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई यस प्रकारले अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्दैनन्।

आवुसोहरू हो ! भगवान बुद्ध शांत पूर्वक विहार लिनु भएको लाई शिष्य “श्रावक” हरु ले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई कुन प्रकारले अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्नु हुन्छ। आवुसो ! यस सासनमा शांतपूर्वक विहार लिनु भएको अतुलनीय भगवानका शिष्य “श्रावक”हरुले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन)लाई अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्दछन्। भगवान बुद्धले त्याग गर्न लगाउनु भएको उपदेश (अकुसल) धर्महरु लाई पनि त्याग गर्दछन्। आमिस (सम्पत्तिहरू) जोड्ने बटुल्ने तर्फ विल्कुलै लाग्दैनन् र कुनै प्रयत्न पनि गर्दैनन्। शिक्षालाई घटाएर हल्का हिसाबमा नभैकन बरू बिशेष गरी श्रमण गर्दछन्। घट्ने वा झर्ने (पतन हुने) कारण तर्फमा कर्तव्य विहीन हुने गर्दछन्। निर्वाण “उपधिविवेक” प्राप्त गर्नेमा अग्र पाइला सार्ने हुन्छन्।

आवुसो ” (हे भिक्षुहरु हो) त्यसमा स्थिविर भिक्षुहरू तीन प्रकारका कारणले प्रसंसा गर्ने पात्रहरु हुँदछन्। शांतपूर्वक विहार लिनुभएको भगवान बुद्धका शिष्य “श्रावक”हरुले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्दछन् भन्ने पहिलो कारणले भिक्षुहरू प्रसंसानिय भएर जान्छन्। भगवानले त्याग गर्न लगाउनु भएको उपदेश (अकुसल) धर्महरुलाई पनि त्याग गर्दछन् भन्ने दोस्रो कारणले भिक्षुहरू प्रसंसानिय भएर जान्छन्। आमिस (सम्पत्तिहरू) जोड्ने बटुल्ने तर्फ विल्कुलै लाग्दैनन् र कुनै प्रयत्न पनि गर्दैनन्। शिक्षालाई घटाएर हल्का हिसाबमा नभैकन बरू बिशेष गरी श्रमण गर्दछन्। घट्ने वा झर्ने (पतन हुने) कारण तर्फमा कर्तव्य विहीन हुने गर्दछन्। निर्वाण “उपधिविवेक” प्राप्त गर्नेमा अग्र पाइला सार्ने हुन्छन्। आवुसो ! स्थिविर भिक्षुहरू यस तीन कारण द्वारा प्रसंसनिय गर्न योग्य भएर जान्छन्।

आवुसो ” (हे भिक्षुहरु हो) त्यसमा माध्यम (वयस्क) भिक्षु हरू, अन्तिम् चरणका (साना) भिक्षुहरू तीन प्रकारका कारणले प्रसंसा गर्ने पात्रहरु हुँदछन्। शांत पूर्वक विहार लिनु भएको भगवान बुद्धका शिष्य “श्रावक” हरु ले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्दछन् भन्ने पहिलो कारणले भिक्षुहरू प्रसंसानिय भएर जान्छन्। भगवानले त्याग गर्न लगाउनु भएको उपदेश (अकुसल) धर्महरु लाई पनि त्याग गर्दछन् भन्ने दोस्रो कारणले भिक्षुहरू प्रसंसानिय भएर जान्छन्। आमिस (सम्पत्तिहरू) जोड्ने बटुल्ने तर्फ विल्कुलै लाग्दैनन् र कुनै प्रयत्न पनि गर्दैनन्। शिक्षालाई घटाएर हल्का हिसाबमा नभैकन बरू बिशेष गरी श्रमण गर्दछन्। घट्ने वा झर्ने (पतन हुने) कारण तर्फमा कर्तव्य विहीन हुने गर्दछन्। निर्वाण “उपधिविवेक” प्राप्त गर्नेमा अग्र पाइला सार्ने हुन्छन्। आवुसो ! माध्यम (वयस्क) भिक्षु हरू, अन्तिम् चरणका (साना) भिक्षुहरू भिक्षुहरू यस तीन कारणद्वारा प्रसंसनिय गर्न योग्य भएर जान्छन्।

आवुसो ! भगवान बुद्धले शांत पूर्वक विहार लिनु भएको लाई शिष्य “श्रावक” हरु ले (सुनसान एकान्तमा) शांत “विवेक” (एकान्त चिन्तन) लाई यस प्रकारले अनुसरण गरेर आचरण (शिक्षा) ग्रहण गर्दछन्।

आवुसो ! त्यस (उपदेश गरिएको देशना धर्म) मा उत्पन्न हुने चाहना अथवा इच्छा, लोभ पनि कम्जोर हुँदै घटेर जान्छ। चित्त नबुझेर रिसाउने अथवा क्रोध, दोष पनि कम्जोर हुँदै घटेर जान्छ। उत्पन्न हुने चाहना अथवा इच्छा, लोभ लाई त्याग गर्न सक्ने, चित्त नबुझेर रिसाउने अथवा क्रोध, दोष लाई त्याग गर्न सक्ने, शीतल हुने, बिशेष जान्ने, सहि सत्य जान्ने शांत भएको, देख्ने गरी जान्ने गरी (बोध गराई दिने) बुझ्ने गरी गराई दिने मध्यम प्रतिपदा आचरण मार्ग छ। आवुसो ! शीतल हुने, बिशेष जान्ने, सहि सत्य जान्ने शांत भएको, देख्ने गरी जान्ने गरी (बोध गराई दिने) बुझाइदिने मध्यम प्रतिपदा आचरण मार्ग भन्ने केहो ? अष्ट अङ्ग भएको यो आर्य मार्ग हो। आर्य मार्ग भन्ने केहो ? सहि दृष्टि = सम्मा दिट्ठि, सहि संकल्प = सम्मा सङ्कप्प, सहि वाचन = सम्मा वाचा, सहि कर्मकाण्ड = सम्मा कम्मन्त, सहि आजीविका = सम्मा आजीव, सहि व्यायाम = सम्मा वायाम, सहि स्मृति = सम्मा सति, सहि समाधि = सम्मा समाधि हरु हुन्। आवुसो ! शीतल हुने, बिशेष जान्ने, सहि सत्य जान्ने शांत भएको, देख्ने गरी जान्ने गरी (बोध गराई दिने) बुझ्ने गरी गराई दिने मध्यम प्रतिपदा आचरण मार्ग भन्ने यहि हो।

आवुसो ! त्यस (उपदेश गरिएको देशना धर्म) मा चित्त नबुझेर रिसाउने कोध (क्रोध), वैरीभाव शत्रुता गर्ने उपनाह, उपकार लाई भ्रष्ट गराई दिने मक्ख, बढाई गर्ने पलास (प्रदाश), डाह गर्ने इस्सा (ईर्ष्या), कटुता निर्दयी मच्छरिय (मात्सर्य), धोका दिने वा भ्रम गराई दिने माया, जाल बुनेझैँ चाल बुन्ने साठेय (षड्यन्त्र), कठोरता हुने थम्भ, अशांत विघ्न गराई दिने सारम्भ, अभिमानी गराई दिने मान, धेरै अभिमान घमण्डी गराई दिने अतिमान, मतलबी गराई दिने मद, प्रमाद वेहोसी गराई दिने पमाद, हरू दुर्बलता हुँदै घटेर जान्छन्।

मतलबी गराई दिने मद, प्रमाद वेहोसी गराई दिने पमादहरू लाई त्याग गर्नाले शीतल हुने, बिशेष जान्ने, सहि सत्य जान्ने शांत भएको, देख्ने गरी जान्ने गरी (बोध गराई दिने) बुझ्ने गरी गराई दिने मध्यम प्रतिपदा भएको आचरण मार्ग हुन्छ।

आवुसो ! (हे भिक्षुहरू हो !) शीतल हुने, बिशेष जान्ने, सहि सत्य जान्ने शांत भएको, देख्ने गरी जान्ने गरी (बोध गराई दिने) बुझ्ने गरी गराई दिने मध्यम प्रतिपदा आचरण मार्ग भन्ने केहो ? अष्ट अङ्ग भएको यो आर्य मार्ग हो। आर्य मार्ग भन्ने केहो ? सहि दृष्टि = सम्मा दिट्ठि, सहि समाधि = सम्मा समाधि हरु हुन्।

आवुसो ! (हे भिक्षुहरू हो !) शीतल हुने, बिशेष जान्ने, सहि सत्य जान्ने शांत भएको, देख्ने गरी जान्ने गरी (बोध गराई दिने) बुझ्ने गरी गराई दिने मध्यम प्रतिपदा आचरण मार्ग भन्ने यहि आचरण हो भनेर (आदेश गर्नु भयो) आयुस्मान सारिपुत्र स्थिविर ले यो देशनाको उपदेश गर्नु भयो।

भिक्षुहरू ले आयुस्मान सारिपुत्र ले गर्नु भएको उपदेश धर्म देशना लाई महत्वपूर्णका साथ सन्तुष्ट मानेर रुचाउँदैन अभिनन्दन गर्नु भयो।

तृतीय बारको धम्मदायादसुत्त समाप्त भयो।