दीघनिकाय : एक संक्षिप्त परिचय  (त्रिपिटक परिचय)

दीघनिकाय बौद्ध ग्रंथ त्रिपिटक को सुत्तपिटक को प्रहिलो निकाय हो। दीघनिकायमा जम्मा ३४  सूत्रहरु छन। यो लामो सुत्रहरुको संग्रह हो । यो सुत्रको आकार दीर्घ (लामो) छ त्यसैले यस निकायलाई दीघनिकाय (पालि दीघ=दीर्घ) भनिएको हो ।

 

परिचय
दीघनिकाय तीन वर्गमा विभाजन छ- १. सीलक्धवग्ग,२. महावग्ग, र ३. पाथिकवग्ग। पहिलो वग्ग मा १३ सुत्रहरु छन,अर्कोमा १०छन, र तेश्रोमा ११ छन। यस प्रकार यस निकायमा जम्मा ३४ सुत्र छन। पहिलो वग्गको मुख्य विषय शील हो। त्यसैले नाम सीलक्खंधवग्ग नाम राखिएको छ। दोश्रो वग्गमा महापरिनिब्बान, महासतिपठ्ठान जस्तो ठूला ठूला सुत्त संग्रहीत छ। त्यसैले महावग्ग नाम राखिएको हो। तेश्रो वग्गको नामकरण त्यसको प्रथम सुत्त अनुसार भएको हो। भगवान् बुद्धले निर्वाण प्राप्तिको लागि मध्यम मार्गको उपदेश दिनुभएको थियो। यो अष्टांगिक मार्ग हो। यसमा शील, समाधि र प्रज्ञा  समावेश छ त्यसैले बिभिन्न स्थानमा भगवानले  आर्यमार्गको उपदेश शील, समाधि र प्रज्ञा को रूपमा नै दिनुभयो। दीघनिकायको बिभिन्न सुत्रहरुमा पनि यो कुरा स्पष्ट भएकोछ।

 
ब्रह्मजाल सुत्रमा त्यस समयमा प्रचलित ६२ दृष्टिहरु अर्थात् दार्शनिक मतवादहरुको विस्तृत वर्णन गरिएकोछ। अन्य कैयौ सुत्रहरुमा पनि त्यसको बर्णन संक्षिप्त बर्णन गरेको पाईन्छ । बुद्धका समकालीन छ: तीर्थंकरहरु को सिद्धांहरु को उल्लेख सामंञ्ञफल सुत्रमा देखिन्छ। ति तीर्थंकहरुमा भगवान् महावीर पनि हुनुहुन्थयो। उनको निर्वाण र शिष्यहरुमा धर्मको बारेमा मतभेदको चर्चा पासादिक र संगीतिपरियाय सुत्रमा पनि देखिन्छ। त्यस बेला भारतमा प्रचलित बिभिन्न धार्मिक संप्रदायहरुमा कठिन तपस्याको अभ्यास साधनाको एक मुख्य अंग थियो। भगवान् बुद्ध त्यस पद्धति को समर्थक हुनुहुन्थिएन। कस्सपसीहनाद र उदुबरिकसीहनाद आदि सुत्रह उक्त्त तपस्याहरु र त्यसबारे शाक्यमुनी बुद्ध भगवानको विचारहरुमा प्रकाश परेकोछ। पशुबलि द्वारा यज्ञ गर्नु त्यसबेला प्रचलित कर्मकांडको एक विशेष अंग थियो अहिले पनि त्यसको प्रभाव रहेको देखिन्छ। कूटदंत सुत्रमा वहांले  अहिंसात्मक यज्ञानुष्ठानको उपदेश दिनुभएकोछ। बुद्धकालीन भारतीय तथा नेपाली समाज चार बर्ण व्यवस्थामा थियो । भगवान् बुद्ध जन्मनु उच्च नीचको सबै भन्दा बिरोधी हुनुहुन्थ्यो। आचरणलाई नै यस्को परिक्षण उपाय मान्नुहुन्थयो ।

 

जातिवादका विवेचन त्रिपिटकको बिभिन्न स्थानमा चार भएको देखिन्छ । दीघनिकायको अंबट्ठ सोगदंड र अग्गम्म सुत्रहरुमा पनि यस विषयमा चर्चा र त्यस संम्बन्धि शाक्यमुनी बुद्धको विचार आएको देखिन्छ। केहिले ऋद्धि प्राप्तिका धार्मिक साधनाको लक्ष्य मान्थे। साधनाको निम्न स्तरहरुमा  ऋद्धि प्राप्त हुन्छह। जो साधक त्यसमा आसक्त हुन्छ, त्यसको पतन अवश्यंभावी छ त्यसैले भगवान ले आफ्ना शिष्यहरुलाई ऋद्धिबल प्रदर्शन गर्न निषेध गर्नुभएको थियो। वहांले भन्नुहुन्थ्यो कि साधना द्वारा शांति प्राप्त गर्नु र अरुलाई मार्गको दर्शन गर्नु नै सबै भन्दा ठूलो चमत्कार हो। यसबारेमा चर्चा महालि र केवट्ट सुत्रहरुमा देखिन्छ ।

 

बौद्ध परम्परा कथा अनुसार शाक्यमुनी बुद्ध भन्दा अघि अनेकौ बुद्ध भएका थिए । त्यस मध्य ६ जनाको नाम यस प्रकार रहेकोछ : विपस्सी, सिखी, वेस्सभू, ककुसंध, कोणागमन रकस्सप। महापदान सुत्रमा वहांहरुको जीवनी वर्णन उल्ल्ख छ। यो वर्णन पौराणिक कथाहरु को ढांचामा छन र शाक्यमुनी  बुद्धको जीवन घटनाहरुमा आधारित छ । प्रथम चार निकायहरुमा यि छ: बुद्धहरुको उल्लेख पाईन्छ। तर खुद्दक निकाय मा बुद्धबंस मा २८ बुद्धहरुको बारेमा उल्लेख जस्मा शाक्यमुनी बुद्ध अन्तिम २८मा उल्लेख देखिन्छ लक्षण सुत्रमा ३२ महापुरुषको लक्षणहरुको विवरण छ। यस सुत्रमा यो पनि भनिएको छ कि कुन कुन कुशल कर्महरु को फलस्वरूप यो लक्षण प्राप्त हुन्छ। चक्रवर्ती राजाको कल्पना साह्रै पूरानो हो। महासुदस्सन र चक्कवत्तिसीहनाद सुत्रहरुमा चक्रवर्ती राजाको जीवनआदर्श उल्लेख गरेको छ। महासुदस्सन सुत्रमा वर्णन गरिएको चक्रवर्ती राजा बोधिसत्व थिए । जनवसभ, महागोविंद, महासमय, सवकपञ्ह र आटानाटिय सुत्रहरुमा देउताहरुको गरिएकोछ ।

 

पहिला सुत्रको अनुसार बिंम्बिसार राजाको मृत्यु पछि जनवसभ नामको देउता भएर उत्पन्न भए । अर्को सुत्र अनुसार इंद्र, ब्रह्मा आदि देवगण भगवान् समक्ष प्रकट भएर त्रिशरणको गुणगान गर्दछन् । तेश्रो सुत्रमा अनेकौ देउताहरुको नाम र वास स्थानहरुको लामो सूचि दिएकोछ । चौथो  सुत्र अनुसार  इंद्र भगवान् समक्ष आएर प्रश्न गर्छन र भगवानले त्यसको  उत्तर दिनुहुन्छ । पाँचौं सुत्र एक “परित्राण” हो, जसको विधायक देउता छन। यो सुत्र महायान युगमा रचित धारणिहरुको स्मरण गराउंदछ । संगीति परियाय सुत्रमा क्रमश: एक देखि दश सम्म धर्मपर्यायहरुको का वर्गीकरण गरिएकोछ। आध्यात्मिक जीवनमा यस धर्मपर्यायहरुको महत्व दसुत्तर सुत्रमा उल्ल्ख गरिएकोछ । यि दुबै सुत्र अरु निकायहरु र सुत्रको अन्तर्गत धर्म पर्याय सम्बंधी वर्गीकरणहरुको आधार स्वरूप हो । त्यसो त हरेक सुत्रहरु आफ्नो महत्वछन् ।

 

तैपनि  निम्नलिखित सुत्रहरुको विशेष महत्व रहेको पाईन्छन- ब्रह्मजाल, सामञ्त्रफल, महापरिनिब्वान, महानिदान र सिंगालोवाद सद्धर्मपुण्डरिकसुत्र । ब्रह्मजाल सुत्त मा बासठी मतवादोहरुको विवरण छन् । सामञ्ञफल मा शील, समाधि र प्रज्ञाले युक्त बौद्ध साधनापद्धतिको विवरण छन् । सतिपट्ठानमा चार स्मृतिप्रस्थानोहरुको विवरण छन्, जसको बौद्ध योगमा महत्वपूर्ण स्थान छ । चार स्मृतिप्रस्थान यस प्रकार छन- कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना र धर्मानुपश्यना। धर्मानुपश्यनामका नीवरग, स्कंध, आयतन बोध्यांग र चार आर्यसत्यहरुको विवरण आएकोछ । महापरिनिव्बान सुत्तमा भगवानको अंतिम चारिकाको वर्णन भएको छ । यस चारिकामा भगवानले ३७ बोधिपक्षीय धर्महरुका अभ्यासमा  जोड दिनुभएकोछ । यस सुत्रमा मगध नरेश अजातशत्रु र वज्जियहरुको बीचको मनमुटावको पनि उल्लेख भएको छ । महपरिनिर्वाण पछि बाद शाक्यमुनी बुद्धको शरीरको दाहसंस्कार, अस्थिहरुको विभाजन र त्यसमा स्तूपहरुको निर्माण इत्यादि कुराहरुको चर्चा पनि सय सुत्तमा उल्लेखछ । महानिदानमा प्रतीप्त्यसमुत्पादको विवरण छन । जुन बुद्ध धर्म र दर्शनको महत्वपूर्ण सिद्धांतहो । सिंगालोवाद सुत्तमा गृहस्थधर्म बारे निर्दिष्ट छ।

 

निकाय विभाजन यस ग्रंथमा ३ प्रमुख वर्ग छ, जो यस प्रकार छ:

  • शीलस्कन्ध-वर्ग
  • महा-वर्ग
  • पाथिक-वर्ग

शीलस्कन्ध-वर्ग
यो वर्ग दीघनिकायको प्रथम वर्ग हो । यो वर्गमा १३ सुत्र छन् । यो प्रायः गद्य विधामा लेखिएकोछ र शील, समाधि र प्रज्ञा संग संम्बन्धित छ । यस वर्गमा समाहित सुत्र यस प्रकार छन् ।-

  • १ ब्रह्मजाल-सुत्त
  • २ सामञ्ञफल-सुत्त
  • ३ अम्बट्ठ-सुत्त
  • ४ सोणदण्ड-सुत्त
  • ५ कूटदन्त-सुत्त
  • ६ महालि-सुत्त
  • ७ जालिय-सुत्त
  • ८ महासीहनाद-सुत्त
  • ९ पोट्ठपाद-सुत्त
  • १० सुभ-सुत्त
  • ११ केवट्ट-सुत्त
  • १२ लोहिच्च-सुत्त
  • १३ तेविज्ज-सुत्त

महा-वर्गः
महावर्गमा १० सुत्र छन् । यो सबै सुत्र “महा” शब्दबाट आरम्भ हुन्छ । त्यस कारण यसलाई महावर्ग भनिएको हो । यस वर्गमा गद्य र पद्य मिश्रित रहेको छ । यस वर्गमा समाहित सुत्र यस प्रकार छन् ।-

  • १ महापदान-सुत्त
  • २ महानिदान-सुत्त
  • ३ महापरिनिब्बान-सुत्त (त्रिपिटकका सबै भन्दा लामो सुत्र जुन भगवान बुद्धको परिनिर्वाणबारे वर्णन गरिएकोछ)
  • ४ महासुदस्सन-सुत्त
  • ५ जनवसभ-सुत्त
  • ६ महागोविन्द-सुत्त
  • ७ महासमय-सुत्त
  • ८ सक्कपञ्ह-सुत्त
  • ९ महासतिपट्ठान-सुत्त
  • १० पायासिराजञ्ञ-सुत्त

   पाथिक वर्ग
यो वर्गको प्रथम सुत्र पाथिकबाट शुरु हुन्छ, त्यसैले यसलाई पाथिक वर्ग भनिन्छ । यो वर्गमा गद्य र पद्य मिश्रित छ । यस वर्गमा समाहित सुत्र यस प्रकार छ ।-

  • १ पाथिक-सुत्त
  • २ उदुम्बरिक-सुत्त
  • ३ चक्कवत्ति-सुत्त
  • ४ अग्गञ्ञ-सुत्त
  • ५ सम्पसादनीय-सुत्त
  • ६ पासादिक-सुत्त
  • ७ लक्खण-सुत्त   ८
  • सिङ्गाल-सुत्त
  • ९ टानाटिय-सुत्त
  • १० सङ्गीति-सुत्त ११ दसुत्तर-सुत्त

श्रोत बुद्धिज्म इन नेपाल विबली डटकम