बुद्ध पहिला के धर्म मान्नु हुन्थ्यो?

चित्र शाक्य

बुद्ध पहिला के धर्म मान्नु हुन्थ्यो? यो बहुधा तेर्सिने गरेको प्रश्न हो। बुद्धको खोज नै त्यतिबेलाको लागी नयाँ थियो। नयाँ खोजी हिंड्नेले पहिला के मान्दथ्यो भन्ने प्रश्न नै वेतुक छ। उसको अगाडि, दायाँ बायाँ जे थियो त्यो काम नलाग्ने थियो। त्यसैले नयाँ खोजीमा हिंड्यो। यसको जवाफ दिन एउटा बैज्ञानिक आविष्कारको कुरालाई ल्याउनु सान्दर्भिक हुन्छ।

 
Marie Curie जसलाई Madame Curie भन्ने् गर्छौं, उहाँले Radium बनाउने Thesis तयार गरीन्। Thesis त्यस बेलाका बैज्ञानिकहरू समक्ष पेश गरे। त्यो पढेर ती बैज्ञानिकहरूले मान्यता दिन इन्कार गरे। उनीहरूले बनाएर देखाउ भने। त्यो Thesis ले त्यो बेलासम्मको बैज्ञानिक सिद्धान्तलाई चुनौती दिएको थियो। त्यसमा परमाणु फुट्ने सिद्धान्तको उपयोग थियो, जुन असम्भव मानिएको थियो। Radium एक नयाँ तत्व (New element) थियो जसले Radiation ray फाल्थ्यो। त्यसलाई Marie Curie ले Atomic property भनेको थियो। तर बैज्ञानिकहरूले मान्न तयार भएन।

 
Marie Curie लाई उक्त कार्यको लागी मद्दत गर्न कोहि तयार थिएन। Marie Curie गरीब परिवारकी थिईन्। Curie संग लेबोटरी पनि थिएन। उनका पिताले स्कूलको लेबोटरी घरमा सारेको झूर लेबोटरीमा चुहिने छानो मुनि १ टन फलामसंगै अन्य पदार्थहरु ७००डिग्री सेन्टीग्रेडसम्मको तापक्रममा उमालेर काम गर्नु पर्थ्यो। उनलाई Perie Curire ले मद्दत गर्न आए। पछि उनीहरूको विवाह भयो। Perie Curie ले हतास भएर काम छोड्ने विचार गरेका थिए। तर Marie Curie ले निरन्तरता दिए। Einstine ले वैचारिक सहयोगद्वारा सहानुभूति राखे। यो १८९८ तिरको कुरा हो।

 
लामो संघर्ष पछि उनीहरू केराउको आधा भाग जति Radium निकाल्न सफल भए। अब Atom विभाजित गर्न सम्भव छ भन्ने सावित भयो। Radium को सहयोगले X-Ray सम्भव भयो। Radium को किरणले शरिरको Cell लाई भन्दा छिटो Cancer Cell लाई नष्ट गर्न सम्भव भयो। Radioactivityको मद्दतबाट धेरै अरू कुराहरू गर्न सम्भव भए। एक महिलाले बिज्ञानको धारलाई नै बदलि दियो। Quantum theory सामुन्ने आयो। आधुनिक बिज्ञानको ढोका पूरै खोली दियो। अब Madame Curie ले यस अघि के सिद्धान्त मान्दथ्यो भनेर प्रश्न गर्न मिल्छ? त्यो भन्दा पहिलेको सिद्धान्तले काम नगर्ने भएर नै उनले नयाँ सिद्धान्त प्रतिपादन गरेर त्यसबाट नयाँ तत्वको निर्माण गरे। अब पहिलेको सिद्धान्तको आवश्यक्ता छैन।

 

 

त्यस्तै गरी सिद्धार्थले त्यसबेलाको ज्ञानले दु:ख हटाउन नसक्ने भए पछि गृहत्याग गरेर अनेकौं गुरूहरूको सम्पर्कमा पुगेर आफ्नो प्रश्न, जिज्ञासा राखे। उहाँहरूले सिदार्थलाई आफूले जानेसम्मको शिक्षाहरु दिए। त्यसबाट पनि सिद्धार्थको प्रश्नहरू अनुत्तरित नै रहे। त्यति बेलाका गुरूहरू धेरै शालीन, निराभिमानी र प्रश्न एवं जिज्ञासालाई बुझ्ने र त्यसको कदर गर्ने भएकोले सिद्धार्थलाई तिम्रा जिज्ञासालाई फलानो गुरूले मेटाउन सक्छ होला भनेर पठाउने गर्थ्यो। कसैबाट पनि आफ्नो जिज्ञासा नमेटिए पछि त्यति बेला प्रचलित दुष्कर चर्या (शरीलाई पिडा दिएर तपस्या गर्ने) ६ वर्षसम्म गरे। शरीर दुब्लाएर कंकाल मात्र बाँकी रह्यो। पछि झण्डै मृत्यु हुन लागेको थियो। सिद्धार्थले अलि समयमैं त्यो दुष्कर चर्याले केहि प्राप्त हुँदैन, ज्यानमात्र जान्छ भनेर त्यहाबाट उठी एक पिपलको वोट मुनि बस्न गए। सुजाताबाट दान गरिएको खीर खाएर सुनको खीरपात्रलाई त्यहिं निरको नैरञ्जना नदीमा बगाई दिएर अब चाहे जस्तो सुकै पिडा होस् जे सुकै होस् बुद्धत्व प्राप्त नभएसम्म म यो आसनबाट डेग चल्ने छैन भन्ने अधिष्ठान लिएर आफूले बाह्र वर्षको उमेरमा एकछिन गरेको विपश्यना ध्यानमा बसे। बोधि ज्ञान मिल्ने प्रक्रिया मैं आफ्ना सारा पूर्वजन्महरूलाई देखे(पूब्बेनिवास ज्ञान)। प्राणीहरू उत्पन्ने हुँदै विलाउँदै गरेको देखे (उत्पत्ति-च्यूति ज्ञान), त्यसपछि मनभित्रको विकार क्लेषहरु नाश हुँदै गएको( आसवखय ज्ञान) देखे, चाल पाए। यसरी एक पछि अर्को गर्दै सबै ज्ञानहरू प्राप्त भयो। उहाँ सर्वज्ञ हुनु भयो।

 

विद्यमान तमाम अन्धविश्वास हट्यो। प्रभुको (ईश्वरको) कृपाबाट मात्र मुक्ति मिल्छ भन्ने धारणा झूठो सावित भयो। शील, समाधि र प्रज्ञाको अभ्यासद्वारा निर्वाण (मुक्ति) प्राप्त हुन्छ, दु:ख हट्छ भन्ने् तथ्य प्रकट भयो। जातिप्रथा, छुवाछुट, वर्णाश्रम धर्म अनावश्यक र विकृति हो भन्ने तथ्य खुल्यो। मानिसमात्र सबै समान छन्। सबैमा उतिकै खुबी हुन्छ। जातले ब्रम्हण र जातले चाण्डाल हुँदैन, कर्मले ब्राम्हण र कर्मले चाण्डाल हुन्छ भन्ने सत्य प्रकट भयो। विनाकारण केहि हुँदैन, कार्यकारण (हेतु-प्रत्यय) बाट मात्र केहि हुन्छ भन्ने् थाहा भयो।

 

अब उहाँ जस्तो सर्वज्ञलाई पहिले के धर्म मान्थ्यो भनेर प्रश्न सोध्नुको के प्रयोजन भयो र? सिद्धार्थ सद्धर्मको खोजीमा हुनुहुन्थ्यो सद्धर्म प्राप्त गरेर बुद्ध हुनु भयो। अब बुद्धले पहिले के धर्म मान्नु हुन्थ्यो भनेर सोध्नुको केहि अर्थ हुँदैन। उहाँले बोधिज्ञान प्राप्त गरेपछि त्यसैलाई मान्नु भयो। त्यस अघिको केहि पनि मान्नु भएन। बुद्ध र महावीर जैन समकालिन हुन्। जैनधर्म बाहेक बुद्धले बुद्धत्व प्राप्त गर्नु भन्दा अघिको प्रचलित केहि दर्शनहरूमा बुद्धले व्याख्या गरिएका कुराहरूले पनि सजाएर अहिलेका धर्महरू व्यवहारमा छन्। भवतु सब्ब मङ्गलं।