डाकु अंगुलिमालको धम्म – दीक्षा

प्रस्तुति सुर्य घिसिङ

कोशल नरेस प्रसेनजितको राज्यमा अंगुलिमाल नामक एक डाकु थियोे । जसको हात सदा रगतले रंगिएको हुन्थ्यो । जसको काम नै थियोे मनुष्यहरुको प्राण लिनु र घाइते बनाउनु । उसको मनमा कुनै पनि प्राणीको लागी दया – करुणा थिएन । अंगुलिमालको कारणले जुन पहिला गाउँ थियो, त्यो अब गाउँ रहेन, जुन पहिला नगर थियो त्यो अब नगर रहेन, जुन पहिला इलाका थियो – त्यो अब इलाका रहेन । उ कुनै पनि मनुष्यको हत्या गर्दथ्यो – ज जसको हत्या गर्थ्यो उसका एक औंला काटेर मालामा उन्थ्यो । यश कारण उसको नाम अंगुलिमाल रहन गयो ।

एक समय जब भगवान बुद्ध श्रावस्तिको जेतवनाराममा बिहार गरिरहनु भएको थियो । उहाँले त्यो खुंखार डाकु अंगुलिमालको अत्याचारका बारेमा सुन्नुभयो । तथागतले त्यस डाकुलाई एक संत पुरुषमा परिवर्तन गर्ने निश्चय गर्नुभयो । त्यसैले एकदिन भोजन पश्चात्- पात्र चिवर धारण गरेर जहाँ अंगुलिमाल बस्थे भन्ने सुन्नुभएको थियो त्यतै लाग्नुभयो ।

 
उहाँलाई त्यो मार्गमा गएको देखेर ग्वाला, बाख्रा चराउने वाला, हलो जोत्नेवाला र अर्को मार्गमा हिडने सबै बटुवाहरु चिच्याउनु थाले:-“श्रमण ! त्यो मार्गमा नजाउ ! अंगुलिमालको हातमा पर्ने छौ ।”
जब दस, बिस, तीस, चालीस जनसम्म भेला भएर यात्रा गर्दछन, तब पनि तिनीहरु त्यस डाकुको कब्जामा पर्छन् । तर तथागत बुद्ध एक शब्द पनि नबोली आफ्नो पथमा अगाडी बढी रहनु भयो ।
दोस्रो र तेस्रोपटक पनि वरिपरिका मान्छेहरुले तथागतलाई साबधान गरे । परन्तु तथागत आफ्नो पथमा अगाडी बढदै जानू भयो ।

 
केही परबाट डाकुले तथागतलाई आफुतिर आइरहेको देख्यो । उसलाई धेरै आश्चर्य भयो ! जब दस, बीस, चालिस, पचास जना मिलेर यो मार्गमा हिडने साहस गर्दैन भने, यी “श्रमण” एक्लै उ तर्फ अगाडी बढदै छ ! डाकुले “श्रमण” को हत्या गर्ने बिचार गर्यो । उसले आफ्नो ढाल, तलबार उठायो, तिर र तुणिर सम्हालेर तथागतको पिछा गर्न थाल्यो ।
तथागत आफ्नो स्वाभाविक गतिले अगाडी बढदै जानुभयो, किन्तु डाकुले आफ्नो सम्पुर्ण शक्तिले पछी गर्दापनी उहाँलाई पक्रन सकि रहेको थिएन ।
डाकुले सोच्यो:- “यो बिचित्र कुरा हो ! यो अदभूत कुरा हो ! अहिलेसम्म यस्तो भइसक्थ्यो पूरा गतिले भाग्दै गरेको एउटा हात्ती, एउटा घोडा, एक गाडी, एक हिरणलाई पक्रि सक्थे । मैले सम्पुर्ण जोड लगाएर पनि स्वाभाविक गतिले जाँदै गरेको यश श्रमणलाइ पक्रिनु सकिरहेको छैन ।”
तब उ रोक्कियो र चिच्याउदै तथागतलाई पनि भन्यो:- ए श्रमण त्यहीँ उभि !

 

जब दुबै जनाको भेट भयो- तथागतले भन्नुभयो :- “अंगुलिमाल ! म त रोक्किएकै छु । अब तिमी पनि पापकर्म गर्नबाट रोक्किउ । म यसैले यहाँसम्म आएको हुं । तिमी पनि सत्यपथको अनुगामी बन । तिमी भित्रको कुशल अहिले मरि हालेको छैन । यदी तिमिले यसलाई एक अबसर दियौ भने यसले तिम्रो जीवन परिवर्तन गरिदिनेछ ।”
अंगुलिमाललाई तथागतको बचनामृतले प्रभाव पार्यो । बोल्यो- आखिरमा यश मुनिले मलाई जित्यो र जब तपाईंको दिब्य बाणिले मलाई सधैका लागी पाप – विरत हुन भनिरहेको छ । तब म यश अनुसासनलाई स्वीकार गर्नका लागी तयार छु ।
अंगुलिमालले आफ्नो घाटीबाट औंलाको माला फुकाली टाढा फ्याक्यो र तथागतको चरणमा परेर “धम्म – दिक्षाको” याचना गरे ।

 
सम्पुर्ण देवता र मनुष्यका शास्ता तथागत बुद्धले भन्नुभयो :-“भिक्षु ! आउ ।” अंगुलिमाल त्यसै समयमा भिक्षु भयो ।
भिक्षु अंगुलिमाललाई आफ्नो अनुचर बनाएर तथागत श्रावस्तिको जेतबनाराम वापस फर्किनु भयो । ठिक त्यसै समयमा राजा प्रसेनजितको महलको आगनमा एक धेरै ठुलो भिड चिच्याइ – चिच्याई राजासँग भनिरहेको थियोे :-“महाराज ! तपाईंको राज्यमा जुन डाकु अंगुलिमाल छ, उ धेरै निर्दयी र पापी छ । उसको अत्याचार र अन्याय बढी रहेको छ । निर्दोष जनताहरु मरिरहेका छन, घाइते भइ रहेका छन । ज – जसको हत्या गर्छ, उसैको औंला काटेर माला बनाइ अभिमान पुर्बक धारण गर्दछ । महाराज ! उसको दमन गर्नुहोस् ।”
प्रसेनजितले उसलाई जरैदेखि उखालेर फ्याक्नेछु भनी लोकलाई आश्वासन दिए । तर उ केही पनि गर्न सफल भएनन ।
एकदिन राजा प्रसेनजित तथागतको दर्शनार्थ जेतबन गए । तथागतले राजासँग सोध्नुभयो :-“राजन ! के मगधका नरेस बिम्बिसारका साथ केही गडबडी भयो या वैसालिका लिच्छविहरुका साथमा अथवा अन्य कुनै बिरोधि शक्तिका साथमा ?”
“भगवान ! यश प्रकारको कुनै कुरा छैन । किन्तु मेरो राज्यमा अंगुलिमाल नामक एक डाकु बस्छ, जसले मेरो प्रजालाई धेरै कष्ट दिई रहेको छ । म उसलाई दमन गर्न चाहान्छु । तर सफल हुन सकिन ।”
“राजन ! यदी तिमिले अहिले देख्यौ कि अंगुलिमालको दारी – जुँगा खौरिएको छ, उसले काषाय बस्त्र धारण गरेको छ, उ एक भिक्षु भएको छ । न उ कसैको हत्या गर्छ, न चोरी गर्छ, न झुठो बोल्छ, एकाहारी र श्रेष्ठ जीवन ब्यतित गर्दछ तब तपाईं उसग कस्तो ब्याबहार गर्नुहुन्छ ?”
“भगवान ! या त म उसलाई अभिबादन गर्नेछु, या उसको आगमनमा उभिनेछु, या उसलाई बस्नका लागी निमन्त्रणा दिनेछु, या उसलाई चिवर तथा भिक्षुका अन्य आवस्यकता स्वीकार गर्नका लागी प्रार्थना गर्नेछु अथवा म उसको रक्षा तथा सुरक्षाको ब्याबस्था गर्नेछु – जसको उ अधिकारी छ । तर यति दुष्ट र यति पतित सत्व यस्तो शिलवान हुन नै कसरी सक्छ ?”
त्यस समय भिक्षु अंगुलिमाल भगवानदेखि टाढा थिएन । भगवानले आफ्नो दाहिने हात उचालेर उ तर्फ संकेत गरेर भन्नुभयो :-“राजन ! उ हो अंगुलिमाल !”
राजाले यो देखेर लाटो जस्तै हक्कबक्क भए । उसका रौ हरु काप्न थाल्यो ।
यो देखेर तथागतले भन्नुभयो :- राजन ! भय नमान । यहाँ भयको कुनै कारण छैन ।
राजाको भय र हडबडाहट हटयो । तब उ अंगुलिमाल नजिकै गएर भने:- पुज्यबर ! के तपाईं बास्तबमा नै अंगुलिमाल हो ?
“हो राजन ।”
“तपाईंको पिताको के गोत्रा थियो ? तपाईंको माताको के गोत्रा थियो ?”
“राजन ! मेरो पिता गार्ग्य र मेरो माता मैत्रायणी हुन ।”
“गार्ग्य र मैत्रायणी पुत्र ! प्रसन्न हौ, म अबदेखि तपाईंको सबै आवस्यक्ता पूरा गर्नेछु ।”
त्यस समयमा अंगुलिमालले व्रत लिएका थिए कि उ अरण्यमा नै बस्नेछ, भिक्षामा निर्बाह गर्नेछ र तिनभन्दा अधिक चिवरको व्यबहार गर्नेछैन र तीन चिवर पनि पंसु – कुलिक हुनेछ अर्थात फोहोर मैलाको थुप्रोमा भेट्टिएको कपडाद्वरा बनिएको हुनेछ । उसले यो भने तीन चिवर उसैको साथमा छ, राजाको निमन्त्रणालाई अस्विकार गरे ।
तब राजा भगवानको भएको ठाउँमा गए र अभिबादन गरि एक छेउमा बसेर भने:-“भगवान ! यो आस्चर्य छ ! यो अदभूत छ ! तपाईं जंगलीलाई घर पालुवा बनाउनु हुन्छ । अदान्तलाई दान्त गर्दिनु हुन्छ । असान्तलाई सान्त बनाइ दिनुहुन्छ । यहीँ त्यो अंगुलिमाल हो जसलाई मैले लौरो तलबारले वसंमा पार्नु सकिन । तर भगवानले बिना कुनै लठ्ठी – तलबारले वसंमा पार्नुभयो ।”
भगवान अब म तपाईंसग बिदा माग्छु ।
राजा प्रसेनजित आफ्नो स्थानबाट उठेर अत्यन्तै बिनन्रतापुबक अभिबादन गरि बिदा भए ।

एकदिन जब पात्रचिवर धारण गरेर अंगुलिमाल श्रावस्तिमा भिक्षाटन गरिरहेका थिए । एक ब्याक्तीले उसको शिरमा डल्ला प्रहार गर्यो, अर्कोले डण्डा फ्याकेर हिर्कायो, तेस्रोले फुटेको माटोको भाडाका टुक्राले हिर्कायो । शिरबाट रगत बग्न थाल्यो, भिक्षापात्र टुटयो । चिवर फाटयो । यस्तै अबस्थामा अंगुलिमाल भगवान बुद्ध भएको ठाउँमा पुगे ।
यश प्रकार भगवान बुद्धको शिक्षालाई अंगिकार गरेर डाकु अंगुलिमाल एक सन्त पुरुष बने ।
मुक्ति सुखको आनन्द लिदै उसले भन्यो:- जो पहिले प्रमादी भएर पछी अप्रमादी हुन्छ । उ बादलदेखी मुक्त चन्द्रमाले झै लोकलाई प्रकाश दिन्छ ।
मेरो शत्रुले पनि यश शिक्षालाई सिकुन, यश मतलाई मानुन र प्रज्ञाको पथलाई अंगिकार गरून् । समय हुँदै मेरो शत्रुले पनि मैत्री, बिनम्रता र क्षमाशिलको शिक्षा ग्रहण गरून्, उ तदनुसार आचरण गरून् ।
अंगुलिमालको रूपमा त म पतनोन्मुख थिए, मेरो अधोगती थियो, म धारामा तलतिर बग्दै गइरहेको थिए । तथागतले मलाई स्थलमा ल्याएर उभ्याई दिनुभयो । अंगुलिमालको रूपमा मेरो हातहरु सधैं रक्तले रञ्जित हुन्थे, अब म सम्पुर्ण रुपले मुक्त छु ।