कोरिया र जापानमा बुद्ध धर्म

प्रस्तुतकर्ता– शाक्य सुरेन 

विश्वमा बुद्धधर्म – एक विहंगम दृष्टि (५)
कोरिया
भारतबाट बुद्धधर्म चीनमा गयो र चीनमा त्यहाँको प्राचीन संस्कृतिसंग घुलमिल भएर त्यहाँको समाजको आबश्यकता सुहाउँदो रुपले परिवर्तन भई प्रचार भए । त्यसपछि चीनबाट कोरियाले आफ्नो संस्कृति सुहाउँदो रुपले बुद्धधर्मलाई भित्र्याए । कोरियामा बुद्धधर्म एउटा धर्म र दार्शनिक पद्धति मात्र नभएर भएभरको तन्त्र, धर्म, साहित्य र कला अंगिकार गरेको कोरियाली संस्कृतिको आन्तरिक रुप पनि भईरहेको छ । प्रचारात्मक भारतीय बुद्धधर्म र धेरै प्रादेशिक भैरहेको चीनीयाँ बुद्धधर्म हेर्दा कोरियाली बुद्धधर्म एकसूत्रमा उन्ने माध्यम धर्म भएको देखिन्छ ।

कोरियामा बौद्ध साहित्यका धेरै पुस्तकहरु आजसम्म सुरक्षित छन् । उनिचोन भन्ने भिक्षुले बौद्ध साहित्य संग्रह गरी बौद्धग्रन्थ सूचि बनाए, त्रिपिटक कोरियाना र सम्बन्धित टिप्पणी पुस्तिकाहरु बनाए, जुन आजसम्म पनि बुद्धधर्मको श्रोत पुस्तिका (Source Book) भएका छन् । यो पुस्तक मुद्रण कलाको पनि नमूना भएको छ ।

तीनवटा राज्यकालमा र संयुक्त सिल्ल कालमा बुद्धधर्मको सिद्धान्त आफुले मात्र अध्ययन गरेन, देश बाहिर पनि प्रचारप्रसार गरे । कोरिया राज्यले नै जापानमा बुद्धधर्म प्रवेश गरायो र जापानी द्वीपसमूहलाई बौद्ध राष्ट्रको रुप दियो ।

कोरियामा बुद्धधर्म प्रवेश गर्नु अधि कोरियालीहरु स्वर्गमा रहेको सम्राटमा बिश्वास गर्दथे । त्यसैको निर्देशन अनुसार चल्न र खुशी तुल्याउन बलीप्रथाको समेत चलन थियो । पछि नैतिक बिचारलाई प्राथमिकता दिने कन्फुसियस धर्मको प्रवेश भयो र पछि बुद्धधर्मले प्रवेश पायो । बुद्धधर्मले कोरियालीहरुलाई सुरक्षाको भावना र आशाको ज्योति जगाईदिएको थियो ।

इतिहास अनुसार सन् ३७२ मा कोगुरिओका राजा सोमुरिनको राज्यकालमा बुद्धधर्म कोरियामा प्रवेश ग¥यो । सिल्ल राजाले बुद्धधर्म सजिलै ग्रहण गरेन, एकजना भिक्षुले शहीद गति प्राप्त गरेपछि केही प्रभाव जम्यो र सिल्लराज्य र कोरियाली प्रायद्वीप एकीकरण गरी केही शताब्दी पछि अभ्युदय भएको देशमा बुद्धधर्म राज्यधर्मको रुपमा प्रतिस्थापन भयो । बोनहियो भन्ने भिक्षुले त्यहाँ २४० वटा ग्रन्थहरु सम्पादन गरे र ९९ वटा पुस्तकहरु लेखे । बुद्धधर्ममा अरु ग्रन्थहरु पनि सम्पादन गरी प्रकाशित गरे, किन्तु कोरियामा हमला गर्न आएका मंगोलहरुले ती धर्मग्रन्थ बिनाश गरिदिए । तर राजा कोङजोङले अनेक प्रयत्नका साथ ती धर्मग्रन्थहरु पुनस्र्थापित गरी छाडे, जुन दक्षिण सियाङ्गसांग राज्यको हीन्सा मन्दिरमा सुरक्षित छन् । त्यसपछि कोरिया राज्यमा कन्फुसियस धर्मले प्रवेश पायो । कन्फुसियस बिद्वानहरुले बौद्ध भिक्षुहरुको अविनय कामको बिरुद्धमा आन्दोलन गरे, यो धर्मले राष्ट्रिय धर्मको रुप ग्रहण ग¥यो, र बुद्धधर्म केही समय छायामा प¥यो ।

कोरियाको चोन्टे बुद्ध मार्गीहरु (Chonta) ले कुन्सा (Kwinsa) पहाडमा एउटा बिशाल बौद्ध बिद्यालय र गुम्बाहरु बनाएका छन् । उक्त गुम्बाको एउटै हलमा एकै चोटी दश हजार मानिसहरुले ध्यान गर्ने ठाउ“ छन् ।

कोरियामा सरकारले पद्धति बसालेर, बिधान अनुसार बुद्धधर्म अधि बसाएको देखिन्छ । कोरियामा मन्दिरको नाममा हजारौं रोपनी जग्गा हुन्थे । भूमिसुधार लागू भएपछि यी जग्गाहरु अधिग्रहण भयो, यसले मन्दिरकको आर्थिक स्थिति कमजोर हुन गयो र पछि फेरि प्रत्येक मन्दिरको लागि ५० एकड जति जमीन बाँडिदिए ।

कोरियामा भिक्षु/भिक्षुणीहरु शिक्षा, साहित्य, राजनीति, उद्योग र अन्य क्षेत्रमा उद्यमशील छन् । बढी संलग्न शिक्षामा देखिन्छ । कल्याणकारी कामहरु, जस्तै टुहुरा बालबालिकाहरुको निम्ति संस्था, बृद्धहरुको निम्ति आवासगृह, गरिबहरुको निम्ति सित्तैं खाने ठाउँ आदि भिक्षु÷भिक्षुणी मार्फत चलाई राखेका छन् ।

कोरियाली बुद्धधर्ममा १६ प्रकारका संघ शाखा र प्रशाखाहरु छन् । सबभन्दा ठूलो बौद्धसंघ चो–ग्ये–जोङ्ग हो, यो चीनबाट सन् ३७२ मा भित्रिएको हो ।

 

जापानः
इतिहासको उषाकालमा जापानीहरु स्वतन्त्ररुपले प्रकृति र मृतात्माको पूजामा लागिरहेको देखिन्छ । फेरि बिस्तारै यिनकै पृष्ठभूमिमा वीरपूजा र पूर्वज पूजा हुन्थे । यही शिन्तोधर्मको पहिलो स्वरुप हो । यसपछि ईसाको तेश्रो शताब्दीमा कन्फुसियस धर्म र छैठौं शताब्दीमा बुद्धधर्मको आगमन भयो ।

५२२ ईस्वीमा कोरियाले जापानलाई बुद्धको मूर्ति र पुस्तकहरु उपहार दिएको थियो, यही बेला जापानमा बुद्धधर्मको प्रवेश गरेको मानिन्छ । सम्राट अशोकले भारतमा बुद्धधर्मको लागि कार्य गरे झैं जापानको बुद्धधर्मको निम्ति शोतुकुले योगदान गरे । जापानमा ७० बर्षसम्म सातजना सम्राटहरुले राज्य गरेको युगलाई नारायुग भनिन्छ । बुद्धधर्मको प्रचार र अभिबृद्धि जापानमा यही युगमा भएको हो ।

जापानमा नाराको दाईबुत्सु (महान बुद्ध) र कामाकुराको दाईबुत्सु (महान बुद्ध) अति प्रसिद्ध छन् । नाराको बुद्ध मूर्तिलाई बैरोचन र कामाकुराको बुद्ध मूर्तिलाई जापानीहरु अमिताभ मान्दछन् ।

शिन्तो धर्मका देवीदेवताहरु बुद्धधर्ममा समावेश हुनु नै बुद्धधर्मको जापानीकरण हो । बुद्धधर्ममा यस धार्मिक क्रान्ति ल्याउनुको श्रेय दुई जापानी भिक्षुहरुलाई छ १) तेन्दई निकायका संस्थापक देनग्योडेशी र अर्को २) शिन्गोन निकायका संस्थापक कोबोडेशी । यी दुई निकायबाट बा¥हौं र ते¥हौं शताब्दीमा आएर अर्को चार बौद्ध निकाय आबिर्भाव भए । यी हुन् ः १) जेन २) जोडो ३) शिन्शु र ४) निचिरेन । “जेन” जापानको ध्यानी निकाय हो । यो माध्यमिक र योगाचार दर्शनहरुको समिश्रण हो र “जोडो” बौद्ध दर्शनस जस्तै सुखावतीब्यूहा र अमितायोधम्माहरुमा आधारित छन् । तर “जोडो” (व्यमय) भन्दा “जेन” बुद्धधर्मको ब्यापक प्रचार छ । यही धर्म आजकाल जापानबाट अमेरिकामा प्रचलित हुन थालेका छन् ।

जापानको बौद्ध साहित्य, चित्रकला, नृत्य र नाटक, बिहारको सरसफाई र जापानी रितिस्थिति अबिस्मरणीय र ग्रहणयोग्य छन् । भिक्षुहरु भने बिहारमै घरबार गरिरहेका पनि हुँदारहेछन् ।

क्रमशः

लेखक हाल यशाेधरा बाैद्ध विद्यालयको संचालक समितिकाे अध्यक्ष हुनुहुन्छ