बुद्ध धर्ममा दया र मायाँ

अनुवाद /प्रस्तुति : अनुवाद – बिष्णु धनञ्जय

दया र मायाँ उस्तै उस्तै जस्तो भएर धेरै फरक र अन्तर भएको हुन्छ। मायामा संयोजन आधारभूत भएर तर दयाले चाहिँ ब्रह्मविहार (मेत्ता, करुणा, मुदिता, उपेख्खा) धर्मलाई आधारभूत लिएको हुन्छ । संयोजनको पोल्ने, जलाउने स्वभाव हुन्छ भने ब्रह्मविहारको चाहिँ ठण्डा शीतल र शान्ति स्वभाव भएको हुन्छ। मायाँ चाहिँ आफ्नो स्वार्थी मतलबको लागि मात्र भएर दया चाहिँ निस्वार्थ स्वछ शुद्ध अरुको लागि नै कल्याण कारी हुन्छ ।

स्वामित्व, आफ्नो बनाउन चाहने इच्छा, हडप्न वा प्राप्त गर्न चाहने, नियंत्रण अथवा हुकुम चलाउन चाहने, डाहा, ईर्ष्या आदि गरिएकाहरु सबै मायाँ का चिह्न लक्षण स्वभावहरु हुन्।
माथि चडाईदिने अथवा ठुलो हुन उन्नति गराइदिने, भय अन्तरायहरुबाट छुट्कारा, शरीरको स्वस्थ्य राम्रो, चित्त को सुख शान्त पना आदिहरु सबै दयाको चिह्न लक्षण स्वभावहरु भएकाले मायाँ र दया चाहिँ, अग्निको तापन र छायाको शितलता जस्तैगरी आकाश र धर्तीको अन्तर छ।

मायाँ भन्ने तण्हा (तृष्णा) प्रेमहरुसंग मिश्रित भएकोकारणले गर्दा तापन, जलाउने स्वभावको भएर, दया चाहिँ लाभ भलो गर्ने स्वभाव भएको हुनाले सितल शान्ति हुन्छ। मायाँ अतिधेरै भयोभने गल्ती, कसुरहरु पनि धेरै बड्दै आउँने हुन्छ तर दया (ब्रम्हविहार) बड्दै आए सत्य धर्महरु र शान्तिको आधार बन्न पुग्छ । मायाँलाई अग्रभागमा अग्रसर लगाएर आफूलाई मायाँ र प्रिय लाग्ने, आफुलाई पनि माया गरुन् भन्ने खाले जस्तो नभएमा जलन भएकोलाई अनुभूति गरेतापनि दयालाई अग्रसर लगाए आफ्नो लागि नभैकन बहुजन सुखाय बहुजन हिताय, अरुको भलो मात्र चाहने भएकाले धेरै जनको सुखमा आफुलाई पनि आनन्दित सुख शान्ति हुन आउँदछ।

मायाँ चाहिँ लोभ तण्हालाई आधारभूत राखेको हुनाले तण्हाको पछि भय भन्ने अन्तरायहरु आउन पुग्छन्। र दयामा चाहिँ लाभ गर्ने, कल्याण गर्ने चेतानालाई आधार लिएको हुनाले मैत्रीको पछि राम्रो सुख शान्तिको फलहरु मात्रै आइपुग्ने गर्दछन्।

तेसैले मायाँ फैलाउनु भन्दा मैत्री (दया) फैलाउन अति नै आवश्यकता हुन्छ।

मायाँको लोभको चाहनाले पुरै सिङ्गै पृथ्वीनै सानो हुन्छ र पुरै दुनियाँलाई नै आफ्नो हक जमाउने लालसाकाे इच्छा जाग्छ भने मैत्री (दया) को भावनाले आफ्नो जति पनि भएको वस्तु, सम्पत्तिहरु छन् त्यै पनि अरुलाई दिएर बाँड्ने इच्छा जाग्छ। तेसैले मायाँ र दयामा धेरै अन्तर छ।