निर्वाणको बाटो देखाउने ज्ञान

अनुवाद – बिष्णु धनञ्जय

वैशाख पूर्णिमाको रात, उरुवेला निरंजना नदीको समिप पिपलको वृक्ष मुनि बोधिसत्व गौतम सिद्धार्थ अधिष्ठान लिएर ज्ञान प्राप्तिको लागि ध्यानमा बस्नु भएको थियो। बोधिसत्व आफ्नो ध्यानमा सुसंयत हुनु हुन्थ्यो, तब मार सेनाहरुको आक्रमण भयो, घोर संग्राममा बोधिसत्वले मार सेनालाई पराजित गर्नुभयो। यसरी नै पहिलो पहरमा पूर्व जन्मको बिजहरुलाई नष्टगर्नुभयो । दोश्रो पहरमा वहाँलाई दिव्यचक्षु ज्ञानको प्राप्त भयो र अन्तिम पहरमा प्रतीत्यसमुत्पादको ज्ञानभयो। जस्लाई अनुलोम र प्रतिलोम क्रममा ज्ञेय (बोध) गर्नुभयो र यसै प्रकार पूर्ण प्रकाशको प्राप्ति भयो। चित्तको सबै संस्कारहरु नष्ट भए, चित्त निश्चित रुपमा परिसुद्ध निर्मल भएर आयो, ज्ञानको प्रकाशको ज्योति उदय भयो। हर्षोल्लासमा सर्बयुक्त सम्मासम्बुद्ध ज्ञान प्राप्त गर्नु भएको बुद्ध भगवानले भन्नु भयो ।

अनेकजातिसंसारं, सन्धाविस्सं अनिब्बिसं।
गहकारकं गवेसन्तो, दुक्खा जाति पुनप्पुनं।
अर्थात :
अलिकति क्षणिक पनि विश्राम र कुनै पनि आराम नगरी, नअडिकन निरन्तर अनेक जन्महरुसम्म यो भवसागर संसारमा फनफनी दौडिंदै घुम्दै। यस कायरूपी घरलाई बनाउने गृहकारलाई पुन: पुन:, बारम्बार खोज्दा खोज्दै दु:ख जाति जन्मको कारण हुने अनेक थरीका जन्मौं जन्महरुमा जन्म भैसक्यो।

गहकारक ! दिट्ठोसि, पुन गेहं न काहसि।
सब्बा ते फासुका भग्गा, गहकूटं विसंङ्खितं।
विसङ्खार गतं चित्तं, तण्हानं खयमज्झगा।
अर्थात :
हे गृहकारक ! (हे घर बनाउने मान्छे ),मैले तँलाई देखें,(अब) फेरी तैँले अर्को घर बनाउन सक्ने छैनस्। तेरो सबै घर बानाउने करङको भाग नै ध्वस्त भयो, भाँचियो। मूल धुरी खम्बाको शिखर नै ढल्यो। चित्त संस्कार रहित भयो। सम्पूर्ण क्लेस, तृष्णाहरुको क्षय (नाश) भयो।

यसै क्रममा एकदिन सारनाथको इसिपत्तन मृगदायमा अषाढ़ पूर्णिमाको दिन धमर्मचक्र प्रवर्तन गर्दै तथागत गौतमबुद्ध भगवानले भन्नु भयो कि –

पुब्बे अननुस्सुतेसु धम्मेसु चक्खुं उदपादि, ञाणं उदपादि, पञ्ञा उदपादि,विज्जा उदपादि, आलोको उदपादि।
अर्थात् :
पहिला कहिल्यै नसुनेको धम्ममा आँखा उत्पन्न भयो, ज्ञान उत्पन्न भयो, प्रज्ञा उत्पन्न भयो, विद्या उत्पन्न भयो, आलोक उत्पन्न भयो।
त्यसैले-
यस्तो ज्ञानको खोजी होस् कि, जस्ले कहिल्यै नसुनेको निर्वाणको ढोकालाई खोलिदिनको लागि बडो उपकार गर्न सक्छ, जस्ले गर्दा पुनप्पुनम दुःखको कारण बन्ने जाति र जन्मको बिजलाई बनाउन सहयोग गर्ने संस्कार, तृष्णा र क्लेसहरुलाई हनन् गरेर क्षयगर्न सक्ने अर्थात् निर्वाणलाई साक्षातकार गर्न सक्ने मार्गज्ञान फलज्ञान मध्ये –

१• अरहन्त २• अनागामी ३• सक्रिदागामी तल्लो भागमा पनि अवस्य ४• स्रोतापन्न ज्ञान भएको पुद्गल हुन अनिवार्य छ, अन्यथा चार अपायमा पतन हुन पुग्न केही कठिनाई छैन धेरै नै सजिलोछ। संसार भवचक्रको सागरमा बारम्बार घुमफिर हिँड्डुलगर्दै भ्रमण गर्ने पृथक जन हरुको लागि चारअपाय भवको गतिमा हुनु चाहिँ आफ्नै निजी घरमा हुनु जस्तै हो, भनेर भगवानले भन्नु भएको छ।