मतकभत्त जातक

प्रस्तुति : सुर्य घिसिङ

“एवं चे सत्ता जानेब्यु……यश गाथालाई शास्ताले जेतबनमा बिहार गर्दैगर्दा श्राद्ध गर्ने ( मतकभत्त ) का बारेमा भन्नुभएको हो ।

बर्तमान कथा :-
त्यस समय मनुष्यहरु धेरै भेडा बाख्रा आदिलाई मारेर मृतक ब्याक्तीको यादमा श्रद्धा ( मतकभत्त ) गर्दथे । भिक्षुहरुले त्यस मनुष्यलाई त्यस्तो गर्दै गरेको देखेर शास्तासग सोधे:-“भन्ते ! मनुष्यले धेरै प्राणीहरुको प्राणहिन ( हत्या ) गरेर श्रद्धा गर्दछन ( मृतकलाई भात दिन्छन् ) किन भन्ते ! यसले यस्तो गर्नेहरूको उन्नति हुनसक्छ ?”

शास्ताले भन्नुभयो :-“भिक्षु हो ! श्रद्धा गर्नेको बिचारले प्राणी हिंसा गर्नेवालाको उन्नति हुदैन । पुर्ब समयमा पण्डितले आकाशमा बसेर, धर्मोपदेस गरि, प्राणी – हिंसाको दोष देखाइ, सकल जम्बुदिप बासीहरुलाइ, यो कर्म छोडाई दिएका थिए । अब त्यो कुरा पुर्ब जन्ममा हराएको कारण यो कर्म फेरि प्रादुभव भएको छ । यति भनेर अतीतको कथा भन्नुभयो –

अतीत कथा:-
पुर्ब समयमा वाराणसिमा राजा ब्रम्हदत्तको राज्य समयमा, एक त्रिवेदज्ञ, दिसा प्रमुख, लोक प्रसिद्ध, आचार्य – ब्राम्हणले श्रद्धे गर्ने बिचारले, एक भेडा मगाइ आफ्नो सिस्यहरुलाई भने:-“तात ! यश भेडालाई नदिमा लैजाउ, नुहाएर गालामा माला लगाइ, पाँच औंलाको चिन्ह दिई सजाएर ल्याउ ।” उसले “हुन्छ” भनी स्विकारी, त्यस भेडालाई नदिमा लागि नुहाइ दिए, सजाएर नदिको किनारमा राखे । त्यो भेडा, आफ्नो पुर्ब कर्मलाई बिचार गरेर “यस्तो दु:खबाट आज मुक्त हुनेछु” सोचेर हर्षित भई घडा फुटे झै जोडसग हास्न थाले र फेरि “त्यो ब्राम्हण ! मलाई मारेर मैले जुन दु:ख भोगे, त्यस्तै दु:खलाई भोग्नेछ” भन्ने सोचि ब्राम्हण प्रती करुणाको भाव उत्पन्न गरि जोडले रुए । ती ब्रम्हचारी ( माणवक ) ले उसग सोधे :-“भेडा ! तिमी जोडले ( महा शब्दमा ) हास्यौ र रोयौ ? के कारणले तिमी हास्यौ र के कारणले रोयौ ?
तिमीहरु यो कुरा मलाई आफ्नो आचार्य भएको ठाउँमा लगेर सोध । ती ब्राम्हणहरुले सम्पुर्ण घटाउन क्रम आफ्नो आचार्यलाई सुनाए ।

आचार्यले उनीहरुको कुरा सुनेर भेडासग सोधे:-“भेडा ! तिमी किन हास्यौ ? किन रोयौ ?
भेडाले पुर्ब जन्मको स्मरण ज्ञानमा आफ्नो पुर्ब कर्मको स्मरण गर्दै ब्राम्हणलाई भने- हे ब्राम्हण ! पुर्ब जन्ममा म पनि तिमी झै मन्त्रपाठी ब्राम्हण थिए, “श्रद्धा गर्छु” सोचेर एक भेडालाई मारेर मृतकलाई भात दिए । मैले एक भेडालाई मारेको कारण चारसय उन्नानसय ( ४९९ ) योनिमा आफ्नो शिर कटाइ सकेको छु । यो मेरो पाँचसय यानी अन्तिम जन्म हो । आज म यस दु:खबाट मुक्त हुनेछु भन्ने सोचेर हर्षित भए, र यश कारणले हासेको हुं । जब रुए यो सोचेर कि – मैले एउटा भेडालाई मार्नाले पाँचसय जन्मसम्म आफ्नो सिर कटाएर आज यश दु:खबाट मुक्त हुनेछु । तर यो ब्राम्हण मलाई मारेर, मैले झै पाँचसय जन्मसम्म सिर काटने दु:खलाई भोग्छ । तब तिमी प्रतिको करुणाले रुए ।”
भेडा नडरा ! म तिमिलाई मार्दिन ।
ब्राम्हण यो के भन्दै छौ ! तिमी चाहे मार, चाहे नमार, तर आज म मरण दु:खबाट छुटन सक्दिन ।
भेडा नडराउ, म तिम्रो रक्षा गर्दै तिम्रो साथ साथमै घुम्नेछु ।
ब्राम्हण ! तिम्रो रक्षा अल्प मात्र हो, मैले गरेको पाप धेरै भारी छ ।
ब्राम्हणले भेडालाई मुक्त गरि, यो भेडालाई कसैलाई मार्न दिन्न भन्ने सोचेर सिस्यहरुलाई लिई, भेडाको साथ साथै घुम्न थाले । भेडाले बन्धनबाट छुटने बित्तिकै एक पत्थर सिलामा उम्रीएको झाडी तर्फ गर्दन उठाए, पातखान सुरु गरे । त्यही बेला त्यस पत्थर सिलामा बिजुली पर्यो । त्यहाँबाट पत्थरको धारिलो टुक्रा उछिट्टिएर भेडाको गर्दनमा पर्यो, जसले गर्दा भेडाको शिर अलग भयो । यो घटनाले गर्दा त्यहाँ जन समुदाय एकत्रित भए ।

त्यस समय बोधिसत्व उक्त ठाउँमा वृक्ष देवाता भएर उत्पन्न भएका थिए । उसले ती जनसमुदाय देख्ने बित्तिकै, आफ्नो दैबी शक्तिले आकाशमा पलेटी मारेर बसि “यदी कुनै प्राणी, पापकर्मको फललाई यश प्रकारको फल हो भनी जानेर, प्राणी हिंसा गर्दैनन भने राम्रो हो । यस्तो सोचेर मधुर स्वरले धर्मोपदेस गर्दै निम्न गाथा भने:-

एवं चे सत्ता जानेय्यं दुक्खायं जाती सम्भवो,
न पाणो पाणिनं हो पाणघाती हि सोचती ।।

[ यदी प्राणी, यश कुरालाई बुझेमा जन्म लिनु दु:ख हो, तब एक प्राणी दोस्रो प्राणीको हत्या गर्दैनन । प्राण – घात गर्नेवाला चिन्तित हुन्छ । ]

{ एवं चे सत्ता जानेय्यं …..यदी प्राणी यश प्रकार जान्दछ, कसरी दुक्खायं जाती सम्भवो…….जहाँ त्यहीँ जन्म लिनु तथा उत्पन्न हुनुको क्रमपुर्बक वृद्धि कहालाउने वाला सम्भव हुनु ..यो जाती, ब्याधी, मरण, अप्रीय – सम्प्रयोग । प्रीय बियोग आदि दु:खका कारण हुनाले दु:ख छ यसलाई जानी । न पाणो पाणिन हो…..जसले अरुको हत्या गर्छ, उसको पनि हत्या हुन्छ । पीडा दिनेलाई पीडा नै मिल्छ, यश प्रकार अर्को जन्ममा दु:ख भोग्नुपर्छ । यो कुरालाई जानेर जसले दोस्रो प्राणीको हत्या गर्दैन, एक सत्वले दोस्रो सत्वको हत्या नगर्नु । कुन कारणले ?
प्राणघाती हि सोचती ……किनकी आफ्नो हातले मार्नु या अरु कसैलाई मार्न लाउनु आदि छ कर्ममा कुनै पनि एक कर्ममा दोस्रोको प्राणलाई नास गर्नेवाला ( हत्यारा ) प्राणघाती ब्याक्ति आठ महा नरकमा, सोह्र उस्सद नरकमा, नाना प्रकारको पसु – योनिहरुमा, प्रेत योनि तथा असुर योनिमा – यी चार प्रकारको अपायमा महा दु:ख अनुभव गर्दै, दिर्घकालसम्म अन्तर – दाह गर्नेवाला सोकले चिन्तित हुन्छ । अथवा जसरी यो भेडा मरनेको भायले चिन्तित भयो त्यसरी नै दिर्घ कालसम्म चिन्तित हुनुपर्छ । यो जानेर कुनै पनि प्राणीले अन्य प्राणिको हत्या नगर्नु । कसैले पनि प्राण – घात कर्म नगर्नु । तर मोहले मुढ भएका, अविद्यामा अन्धो भएका लोक यश दुष्परिणामलाई नदेख्नाको कारणले प्राणतिपात गर्छन् । }

यश प्रकार महासत्वले नरक भयलाई देखाइ धर्मोपदेस दिए । मनुष्य त्यस धर्मोपदेसलाई सुनी, नरकदेखी भयभीत भई , प्राणतिपात ( जीव हिंसा ) देखि हटे । बोधिसत्वले उपदेश दिएर, मनुष्यलाई सिल सदाचारमा प्रतिष्ठित गरि, आफ्नो कर्मनुसार परलोक भए । जन – समुहले पनि बोधिसत्वको उपदेश अनुसार आचरण गर्दै, दानदी पुण्य कर्म गरेर, देव नगरलाइ भरिदिए । शास्ताले भन्नुभयो :-“म नै त्यस समय वृक्ष देवता थिए ।”