विपस्सना ध्यान आचरण र १६ प्रकारका ज्ञान

अनुवाद – बिष्णु धनञ्जय

ज्ञानका लहरहरु भन्नाले….
विपस्सना लाई गहिरो गरी ध्यान लगाएर बारम्बार हेरी रहेकाले…
१• नामरूपपरिच्छेदञाण
यो रुप हो, यो नाम हो भनेर नाम र रुप लाई अलग अलग भागमा विभाजित गरेर जानेको ज्ञान हो। (दुःखसत्य लाई जानेको ज्ञान)

२• पच्चयपरिग्गहञाण
नाम र रुपहरुको बन्ने कारण धर्महरुलाई विचारेर, यो नाम र रुप भन्ने अविज्जा, तण्हा, उपादान, कर्म भन्ने कार्यधर्म रहेछ, कारणधर्म पनि उत्पत्ति विनाश रहेछ र कार्यधर्म पनि बन्ने बिग्रने नै हो भन्ने अतित पूर्व भवको अविज्जा, तण्हा, उपादान, कर्मको कारण धर्महरुलाई अधिग्रहण गरेर सुरक्षित गर्न सक्ने, छुट्याएर लिन जानेको ज्ञान हो। (समुदयसत्य लाई जानेको ज्ञान) ।

३• सम्मसनञाण
यस रुप र नामहरुको उत्पन्न भएर, विनाश हुँदै गरेको, र उत्पन्न हुन गैरहेको हरुलाई अतित, पच्चुपन्न, अनागत भन्ने ३ काललाई विभाजन गर्दै अनित्य, दुःख, अनात्म हो भन्नेलाई तीन प्रकारका लक्षणले राम्ररी ध्यान दिएर जाँच, विवेक गर्दै छुट्याएर हेर्ने जानेको ज्ञान हो।

४• उदयब्बयञाण
ऐले भैरहेको पच्चुपन्नमा रुपनाम हरुको अखण्ड रुपले निरन्तर उत्पत्ति विनाश लाई गहिरो ध्यान लगाएर देख्न सकेको ज्ञान हो।

५• भङ्गञाण
(ञत+ञण नाम गरिएको) संखार धर्महरुको विनाश लाई मात्र पूर्णतया अनुभूति गरेर अनित्य, दुःख र अनात्म लाई ध्यान लगाएर देख्न सकेको ज्ञान हो।

६• भयञाण
नाम र रूप संखार धर्महरुको अखण्ड बिग्रिँदै विनाश हुदै भङ्ग हुँदै आएको लाई देखेर डरलाग्दो, भयभीत स्वभावलाई अनुभूति गरेर अनित्य, दुःख, अनात्म हो भन्नेलाई जानेर देख्न सकेको ज्ञान हो।

७• आदीनवञाण
निरन्तर बिग्रिँदै विनाश हुदै भङ्ग हुँदै आएको नाम र रूप संखार धर्महरुको अनित्य, दुःख, अनात्मको कसूर (दोष+गल्ती) लाई जानेर देख्न सकेको ज्ञान हो।

८• निब्बिन्दञाण
आफ्नो खन्ध शरीर भन्ने नाम र रूप संखार धर्महरुको अनित्य, दुःख, अनात्मको कसूर लाई जानेर देखेको हुनाले नाम र रूप संखार धर्महरु प्रति सुस्ति थकान, निराश, घृणा, रुचि नलाग्ने भएर आउँने ज्ञान हो।

९• मुञ्चितुकम्यताञाण
यस्तो आफ्नो खन्धशरीर भन्ने नाम र रूप धर्म संखार हरुको अनित्य, दुःख, अनात्मको कसूर लाई गहिरिएर जानेर देखेको नाम र रूप संखार धर्महरु बाट छुट्कारा मुक्त चाहने ज्ञान हो।

१०• पटिसंखारञाण
त्यसको माध्यमबाट नाम र रूप धर्म संखार हरुको अनित्य =केहि स्थिर नभएको, दुःख = दुखित+पिडाले ग्रस्त केहि कामनलाग्ने र घिनलाग्दो, अनात्म=आफ्नो वशमा नभएको बाट छुट्कारा पाउनकोलागि नाम र रूप संखार धर्महरुको विनाशलाई अनुभूति गरेर अनित्य, दुःख, अनात्म हो भन्नेलाई पुनः गम्भीरता पुर्वक प्रयत्न गरेको कारणले धेरै छर्लङ्ग भएर आएको ज्ञान हो।

११• संखारुपेक्खाञाण
नाम र रूप संखार धर्महरुको अनित्य, दुःख, अनात्म कसूर विषय हरुलाई सुस्पष्ट देखेर जानेको हुनाले नाम र रूप संखार धर्महरु प्रति कुनै रुची नभएकोमा हतास र रुची लाग्दोमा इच्छा नभैकन समानता रुपमा मध्यम भाग (उपेक्षा) मा हेर्न ज्ञान हो।

१२• अनुलोमञाण
पूर्वभाग विपस्सना ज्ञानहरुले पश्चिमभाग अरिय मार्ग ज्ञानलाई ३ प्रकारका लक्षणले अनुलोम पटिलोम गरेर हेरेको बेलामा दुबै ज्ञानले यथोचित अनुकुल गराई दिने ज्ञान हो।

१३• गोत्रभुञाण
पृथकजन हरुको जनजातिको वंश गोत्र बाट नाघेर पार आर्य जातिहरुको गोत्र सम्म पुग्न सक्ने निर्वाणलाई अनुभूति गरेको ज्ञान हो।

१४• अरियमग्गञाण
जति पनि हटाउनु पर्ने क्लेस हरुलाई शेष नरहने गरी सबै ध्वस्त नाश पारेर हटाईसकेर निर्वाणलाई देखेर जानेको मार्ग ज्ञान हो।

१५• अरियफलञाण
आर्य मार्ग ज्ञानले ध्वस्त पारेर हटाई सकेको क्लेसहरु लाई शान्तिभन्दा शान्ति हुनेगरी शान्त भएर निर्वाणको उपकार गर्ने कार्य फललाई देखेर जानेको ज्ञान हो।

१६• पच्चवेक्खणाञाण
क• मार्गलाई छान विछान मनन् गरेर हेर्ने ज्ञान हो।
ख• फल लाई छान विछान मनन् गरेर हेर्न।
ग• निर्वाणलाई छान विछान मनन् गरेर हेर्नह
घ• हटाई सकेका क्लेसलाई छान विछान मनन् गरेर हेर्न।
ङ• नहटाई सकेका क्लेसलाई छान विछान मनन् गरेर हेर्न।
त्यस कारण
भेट्न अति कठोर दुर्लभ भएको भगवानको सासन संग जम्काभेट भएको बेलामा, अतिदुर्लभ, असंभव भएको मनुष्य जन्म मिलेको मौकाको ठुलो लाभ भएको फैदा उठाउन लाई नबिर्सिनु भन्दै…..

सब्बे सत्ता सुखी होन्तु,
सब्बे होन्तु च खेमिनो।
सब्बे भद्राणि पससन्तु,
मा कञ्चि दुःखमागमा।।
सबै प्राणी सुखी हुन्।
सबै कुशल-क्षेम युक्त हुन्।
सबैको कल्याण र शुभ होस्।
कसैलाई पनि कुनै प्रकारको दुःख प्राप्त नहोस्।