बुद्ध र जिससमा समानता

तुलसी काजी मानन्धर

बुद्धधर्म जस्तै हाे, क्रिश्चियनधर्म । बुद्धसाहित्य “ललितविस्तार” मा भएकाे सबै समान कुराहरू क्रिश्चयन साहित्य बाइबलकाे “नयाँ करार” मा छन् ।

बाैधसाहित्यमा भएका कतिपय कुराहरू क्रिश्चयन साहित्यमा हुबहु छन् । यी निम्न छन् :

क) बुद्ध साहित्यमा एउटी गरिव विधुवाले धार्मिकसभामा आफूसंग भएकाे दुईवटा सिक्का दान गर्छिन् । धनीहरूले आफ्नाे धनकाे थाेरै हिस्सामात्र दान गर्दा त्याे विधुवाले चाँहि सम्पतिकाे नाममा आफूसंग भएकाे त्याे पुरै दुईवटा सिक्का दान गरेकाेमा सभामा उनकाे प्रशंसा गरिन्छ ।

ठीक यही कथा बाईबलकाे नयाँ करार (मार्कूस १२:४१-४४)मा छ। यसमा पनि उही एक गरिव महिलाले आफूसंग भएकाे दुईसिक्का धार्मिकसभामा चन्दा दिन्छिन । उनकाे पनि प्रशंसा गरिन्छ ।

ख) बुद्घकाे १२ जना चेलाहरू थिए । अन्तमा देवदत्त भन्ने चेलाले बुद्धलाई धाेका दिन खाेजेका थिए ।

यसरी नै जिससकाे पनि १२ जना चेलाहरू थिए । जुडास स्कारियट भन्ने एक चेलाले जिससलाई धाेका दिएका थिए ।

ग) बुद्धले चेलाहरूलाई भन्थे, ” मलाई विश्वास गर । मलाई विश्वास गर्नेहरू परम आनन्द प्राप्त गर्ने छन् ।”

जिससले पनि चेलाहरूलाई आफूमाथि विश्वास गर्न भन्थे । विश्वासमा नडगमगाउन भन्थे ।

घ) बुद्धकाे प्रमूख सन्देश शान्ति, प्रेम, क्षमा, मेलमिलाप र अहिंसा हाे ।

जिससकाे पनि त्यही हाे ।

ङ) बुद्धलाई उनकाे ध्यान भंग गर्न एक पिचासले प्रलाेभनमा पार्न प्रयत्न गर्छ ।

यसरी नै जिससलाई पनि मरूभूमिमा सैतानले प्रलाेभनमा पार्न खाेज्छ ।

च) बुद्धले विभिन्न दृष्टान्त दिएर शिक्षा दिन्थे । त्यसरी नै जिससले पनि दिन्थे ।

एक अन्धाले अर्काे अन्धालाई डाेर्याउन सक्दैन भनेर बुद्धले भनेका थिए । त्यही कुरा जिससले पनि भनेका छन् ।

छ) बुद्धले जे चमत्कार देखाएका थिए, जिससले पनि त्यही चमत्कार देखाएका थिए । पानी माथि हिड्नु र भाेजन-पेय पदार्थ जति सेवन गरेपनि कहिले नसकिने गराउने चमत्कारहरू हुन् ।

यी माथिका कुरा थाेरै मात्रै उदाहरण हाे । बुद्ध दर्शनमा भएकाे कुराहरू क्रिश्चियनधर्ममा घुसेका छन् । जिसस स्वयम पनि बुद्धिष्ट थियाे । जिसस जन्मनु भन्दा शताब्दियाैं अगाडि मिश्रदेशकाे अलेक्जाण्ड्रियामा बुद्धधर्म पुगिसकेकाे ऐतिहासिक तथ्य पत्ता लागिसकेकाे छ । हेराद राजाकाे आक्रमणबाट जाेगाउन बालक जिससलाई मिश्र लगिएकाे कुरा बाईबलमै छ । पछि अहिलेकाे भारत भूमिमा आएर अरू दीक्षित भए पछि मात्रै ईजरायलमा शिक्षा दिन थालेका थिए, जिससले ।

यसरी बुद्धबाट प्रभावित जिससले पनि बुद्धकै शैली अपनाएर शिक्षा दिएका थिए । जिससभन्दा ५६३ वर्ष अगाडि नै बुद्ध जन्मिएकाे हाे । क्रिश्चियन साहित्यभन्दा अगाडि नै बुद्धसाहित्य लेखिएकाे हाे । बुद्ध साहित्यमा भएका कतिपय कुराहरू क्रिश्चियन साहित्यमा हुबहु छन् ।

यदि क्रिश्चियनधर्म बुद्धधर्मकाे सह-उत्पादन नभएकाे भए बुद्धसाहित्यमा भएकाे कुरा बाईबलमा कसरी घुस्न गयाे ? अहिलेका संसारका विद्वानहरूले यस प्रश्नकाे उत्तर दिन सकेका छैनन् । यही भएर बुद्धधर्म(Buddhism) काे सर्वाेच्चता माथि पश्चिमाहरूले औला ठड्याउ सक्दैनन् । याे कुरा पशुपति वनकालीका पण्डित र साधुहरूलाई थाहा हुन नसकेकाे हुदाँ हामी नेपालीलाई चाहिँ समस्या भएकाे हाे ।

(प्रस्तुत लेखमा कुनै धर्मलाई होच्याइएकाे छैन दुई धर्मकाे बिच समानता मात्र देखाइएकाे छ भन्ने विश्वासका साथ याे लेख प्रकाशित गरिएकाे छ । स्वस्थ र सभ्य कमेन्टहरु सदैव स्वागत छ – सं)