मध्य एशिया र चीनमा बुद्ध धर्मको विकास

प्रस्तुतकर्ता– शाक्य सुरेन 

विश्वमा बुद्धधर्म – एक विहंगम दृष्टि (४)

उत्तरी देश
मध्य एशिया र चीन
मध्य एशियामा कतिखेर बुद्धधर्म गए भन्नेकुरा निश्चित नभए पनि फिरन्ते समूह जस्तै शक र कुषाण जातीहरु र भारतीय ब्यापारीहरु आफुसंग भारतीय संस्कृति र बुद्धधर्मका कतिपय कुराहरु पूर्वी तुर्किस्थानसम्म लगेकोे देखिन्छ । यो क्रम ईस्वी सन्को पहिलो शताब्दीसम्म चल्यो । यस प्रदेशको दक्षिण दिशासम्म यतिन्जेल केही साना भारतीय उपनिवेश स्थापित भैसकेको देखिन्छ – खोतानदेखि लबनोर प्रदेशसम्म । भारतीय उपनिवेश कायम गर्ने प्रथम यात्रीले नै यहाँ बुद्धधर्म लगे ।

अशोकका एक पुत्र कुस्तनले ईसापूर्व २४०मा यो राज्यको स्थापना गरेको कुरा प्राचीन खोतानको परंपराले बताउँछ र भारतका बौद्ध बिद्वान् बैरोचन यहाँ आई प्रधान–उपदेशक भई धर्म प्रचार गरे । भारतीय राजवंशले यहाँ ५६ पुस्तासम्म शासन गरे । त्यतिखेर यहाँ ४ हजार बौद्ध केन्द्रहरु थिए, जहाँ बिहार, चैत्य, मंदिर आदि सबै थिए । खोतानको दक्षिणी प्रदेशमा बुद्धधर्मले जग गाडेको थियो, जस्तै – निया, कालमदन (चेर्चेन) क्रोराइना (लूलन) र कोक्कुक (काशगर) ।

चीनी तुर्किस्तानको उत्तरी भागमा चार महत्वपूर्ण राज्यहरु थिए, जसमा कूचा सबभन्दा शक्तिशाली प्रदेश थियो, यही प्रदेशले उत्तरी राज्यमा र चीनमा बुद्धधर्म प्रचारको महत्वपूर्र्ण भूमिका निभाए । यो ईशाको पहिलो शताब्दीको कुरा हो । तेश्रो शताब्दीमा त त्यहा“ एक हजार बौद्ध स्तूपहरु बनिसकेको थियो । कूचाका बौद्ध भिक्षुहरु चीन गई धर्मग्रन्थ अनुवाद गरे । यी प्रदेशहरुको पतन पछि एघारौं शताब्दीसम्म राजा उईगुर तुर्कले बुद्धधर्मलाई आश्रय दिए, जसको राजधानी तुरफान प्रदेशमा थियो ।

चीनमा बुद्धधर्म पूर्वी तुर्किस्तानका घुमन्ते जातीहरुले ईशापूर्व प्रथम शताब्दीका अन्तमा पु¥याएको देखिन्छ । यद्यपि पूर्व हान–काल (६५–२२० ईस्वी) मा थुप्रै बौद्ध बिद्वानहरु चीनमा आए, चीनी भाषामा कतिपय धर्मग्रन्थहरु अनुवाद गरे, तैपनि स्थानीय धार्मिक मतहरुसंग धेरै संघर्ष गर्नुप¥यो । कन्फुसियसलाई मतको रुप दिने प्रयास हानकालमा भयो, किनभने त्यतिखेर राजदरबार र सामन्त बर्गमा यस मतको ठूलो प्रभाव थियो । ताओ मतले पनि धर्मको रुपमा जड गाडी सकेको थियो, तर यसको दार्शनिक पृष्ठभूमि कमजोर थियो, त्यसैले स्थानीय धर्मले भन्दा बुद्धधर्मले छिटो प्रभाव जमायो । चीनी बौद्ध बिद्वान् माउत्सिउले त बुद्धधर्मको सिद्धान्तलाई कन्फुसियस र लाओत्सेको सिद्धान्तमा तुलना गरी बुद्धधर्मलाई प्रथम मतमा स्थापना गर्न एउटा भब्यग्रन्थ नै लेखे । भनिन्छ ईस्वी सम्बत्को ६१ ताका चीनको तत्कालीन बादशाह मिंगटी (ःष्लनतष्) ले बुद्धको उपदेश सुन्ने ठूलो उत्साह गरेर आफ्ना दूतहरु मार्फत भगवानलाई निमन्त्रणा गर्न पठाएका थिए । दूतहरु भारत पुग्दा थाहा भयो कि भगवान बुद्धको परिनिर्वाण भैसकेको थियो । तसर्थ दुईजना प्रमुख भिक्षुहरु काश्यप र मातंगालाई लिएर ती दूतहरु चीन फर्के । ती भिक्षुहरुबाट जनता र राजा खुब प्रभाबित भए र तिनै भिक्षुहरुको निर्देशनमा राजाले हनान प्रान्त (ज्भलयल) को लोयांग (ीयथबलन) भन्ने ठाउ“मा ठूलो बिहारको निर्माण गरे । साथै एउटा पहाडमा बिभिन्न साईजका बुद्धका मूर्तिहरु १०÷१२ मिटर अग्लोदेखि लिएर १÷२ ईन्ची साना साना मूर्तिहरु कु“देर मन्दिर बनाए ।

हनानमा ध्जष्तभ ज्यचकभ त्झउभि छ र सोलिन बिहार पनि छ । उक्त बिहार चीनको ईतिहासमा ठूलो महत्व राख्तछ । “सोलिन” (क्यष्लि त्झउभि) उस जमानामा चीनको एउटा प्रमुख बौद्ध बिहार थियो । त्यहाँ एउटा निरंकुश राजाले बिहारलाई बिगारी सो बिहारको मूल भिक्षुलाई मारेपछि उक्त बिहारका भिक्षुहरुले आत्मरक्षा र धर्मरक्षाको लागि “कंफु” (प्गलनाग) भन्ने कुस्ति खेलको बिकास ग¥यो । फेरि ती राजाका सिपाहीहरुले हमला गर्न आउँदा भिक्षुहरुले तिनीहरुलाई पराजित ग¥यो र सो निरंकुश राजाको ठाउँमा भूतपूर्व राजालाई पुनस्र्थापित ग¥यो ।

त्यसैबेलादेखि कंफु भन्ने शारीरिक बिद्याको धेरै प्रचार भयो । चीनका बिहारहरुमा सो बिद्या सिकाउन थाले । सोही बिद्यालाई जापानीहरुले अरु बिकास गरी “कराते”को रुप दिए ।
चीनमा सद्धर्मपुण्डरिक सूत्र जसलाई अंग्रेजीमा ीयतगक क्गतचब भनिन्छ, त्यसको निकै प्रभाव छ, त्यस्तै श्रद्धोन्तपदा सूत्र (ब्धबपष्लन या ँबष्तज) को पनि प्रभाव छ । भनिन्छ, अब श्रद्धोन्तपदा सूत्र चीनी भाषामा मात्र पाईन्छ, त्यसको संस्कृत कृति लोप भैसकेको छ ।

चीनमा मन्चु राजाहरु र चेनलुंग राजाहरु (सन् १७३६–१७९५) पछि क्रमशः बुद्धधर्मको ¥हास भयो र कन्फुसियसको प्रभाव बढ्दै गयो । त्यस्तै पश्चिमी सभ्यताको पनि प्रचार हुँदै गयो । बुद्धधर्म कहिले पनि शस्त्रअस्त्रको बलले प्रचार भएको थिएन, सिर्फ शील, समाधि र प्रज्ञाको बलबाट मात्र प्रचार भएको थियो । चीनको सभ्यता ज्यादै पुरानो र महान् थियो, यस्तो सम्पन्न सभ्यताले बुद्धधर्मको महत्व बुझेर स्वीकार गरेको थियो ।

क्रमशः