धर्म श्रवण गर्नु उत्तम मंगल

 — पूर्णमान महर्जन

धर्म जिउने कला हो । किनभने धर्मले आफु र अरुलाई सुखपूर्वक जिउने कला सिकाउँदछ । मानिसलाई मानिस बनाइदिन्छ, मानिसकलाई मानिससरी व्यवहार गर्ने सिकाउँदछ । अर्को रुपमा भन्ने हो भने जुनकर्मले बुहजन सुखाय गर्दछ, जुन कर्मले आफ्नो र अरुको भलो गर्दछ, जुन कर्मले यस लोक र परलोकमा समेत हित र कल्याण गर्दछ र जुन कर्मले अप्रसन्नलाई प्रसन्न र प्रसन्नलाई अधिक प्रसन्न बनाउँदछ, त्यस कर्मलाई धर्म भनिन्छ । वास्तवमा शुद्ध धर्म त्यो हो जसले मानिसलाई दुःख र बिकारबाट मुक्त हुन सिकाउँदछ । त्यसैले धर्म के हो ? भन्ने कुरा बुझ्न भगवान बुद्धको एउटा अमृतवचन उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।

 

“सब्ब पापस्स अकरणं, कुशलस्स उपसम्पदा
सचित परियादेपनं, एतं बुद्धान शासनं”
अर्थात् कुनै पाप नगर्नु, कुशल कर्म गर्नु, आफ्नो चित्तलाई शुद्ध गर्नु यही बुद्धहरुको शिक्षा हो । पहिलेको बुद्ध, अहिलेका बुद्ध र पछि हुने बुद्धहरु सबैले सिकाउने मूल धर्म यही हो ।

 
धर्म श्रवण गर्नु उत्तम मंगल हो । निश्चितरुपमा धर्म श्रवणलेृ मानिसलाई कुशल कर्म र कुशल मार्गतिर निर्देशित गर्दछ । धर्मलाई द्रुतगतिले बुझ्न सक्ने व्यक्तिलाई मोक्ष÷मुक्तिको गन्तव्यमा पु¥याउन मद्दत पुग्दछ । धर्मलाई गहन रुपमा बुझ्ने व्यक्ति भएरपनि धर्म श्रवणको अवसर मिलेन भने मुक्तिको मार्गमा पुग्न सम्भव हुँदैन । यस सन्दर्भमा केही उदाहरणहरुलाई नजर राखौ ।

 
सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा छोरा राहुल जन्मेकै दिनमा गृहत्याय गर्नुभएको थियो । तर वहाँमा वोधित्व लाभ गर्नको लागि सही मार्ग र पद्धतिको ज्ञान थिएन । त्यसबेला आलारकालाम ऋषि एक बहुत नाम चलेको गणचार्य थियो । उनले ८ वटा लौकिन ध्यान समापति मध्ये ७ वटा लाभ गरिसकेका थिए । सिद्धार्थ आलार ऋषिका कहाँ पुगेर वहाँले ७ वटै समापति ध्यान सिक्नु भयो र लाभ गर्नुभयो । तर यो जरा, व्याधि र मरण रहितको निर्वाण र बोधिज्ञानको कारण धर्म होइन भन्ने कुरा बुझ्नु भई त्यहाँबाट सिद्धार्थ निस्किनु भयो । पछि बुद्ध भैसकेपछि कसलाई प्रथम धर्म देशना गरौं भनेर विचार गर्दा तीक्ष्ण ज्ञान भएका आलारकालामलाई सम्झनु भयो । तर ७ दिन पहिले उनको मृत्यु भएको र अरुप ब्रम्ह्लोकमा उत्पन्न भैसकेको कुरा थाहापाउनु भयो । नाम (धर्म) भइ रुप नभएको हुनाले बुद्धको दर्शन गर्नु र बुद्धको उपदेश सुन्नु सम्भव नभएको र पछि  च्यूत भई दुःख भोग गरेर सांसारिक भवचक्रमा फस्ने भएकोले आलारर ऋषिलाई धेरै परिहानी भएको व्यवहार बुद्धले महसुस गर्नुभयो । यदि बुद्धको उपदेश श्रवण गर्न पाएको भए आलारकलाम तुरुन्त नै अरहन्त हुने थियो ।

 
उद्दक रामपुत्र पनि त्यसबेलाको नाम चलेको गणाचार्य थियो । बुद्धत्व प्राप्ति अधि सिद्धार्थ आलारको ध्यानाश्रमबाट निस्किनु भएपछि उद्दकको ध्यान आश्रममा पुग्नु भएको थियो । उद्दकले त्यसबेला आफ्ना बुबा रामचार्यले प्राप्त गरेका अष्ट समापति मध्ये आठौं स्तरको ध्यान लाभ गर्न सकेको थिएन । तर सिद्धार्थले उद्दक ऋषिबाट सिकेर अष्ट समापति ध्यान सबै प्राप्त गर्नुभयो, लाभ गर्नुभयो । सिद्धार्थले यो पनि इच्छा निरोध र बोधित्व प्राप्त हुने मार्ग होइन भनने कुरा बुझ्नु भई उद्दक रामपुत्रको ध्यानाश्रमबाट पनि निस्कनुभयो । बुद्ध भईसकेपछि धर्मदेशनाको लागि उद्दकलाई सम्झँदा एक रात अधि मात्र उनको परलोक भैसकेको कुरा थाहा पाउनुभयो । उद्दक पनि आलार जस्तै अरु ब्रम्ह्लोकमा उत्पन्न भई सकेकोले उनलाई पनि धेरै परिहानी भएको व्यहोरा वहाँले बुद्धले महसुस गर्नुभयो । यदि बुद्धबाट हुने धर्म देशनालाई श्रवण गर्ने सौभाग्य मिलेको भए उद्दक त्यही क्षणमा अरहन्त हुने तीक्ष्ण भएको ऋषि थियो ।

 
बुद्धले आलारकारलाभ र उघक रामपुत्रपछि आफूले प्राप्त गर्नुभएको ज्ञान उपदेश सुनाउन तेस्रो पटक पञ्चभद्रवर्गीय भिक्षुहरुलाई स्मरण गर्नुभयो । पञ्चभद्रवर्गीय भिक्षुहरु ग्रहत्याग गर्नुभन्दा पहिले नै गृहत्याय गरेका भिक्षुहरु थिए । सिद्धार्थले ६ वर्षसम्म दुश्कर चर्या गनुभएको बेला सेवा पु¥याउनु भएका भिक्षुहरु थिए । दुश्कर चर्याले पनि ज्ञान लाभ नभएपछि सिद्धार्थले आफ्नो सा¥है दुब्लो पातलो हाड र छालामात्र बाँकी भएको शरीरमा आहार ग्रहण गरी शरीर पोषण गर्ने सुरु गरेपछि पञ्चवर्गीय भिक्षुहरुको सिद्धार्थप्रति बिश्वास नभएको हुनाले उनलाई छाडेर ऋषिपतन मृगदावनमा गएर बसेका थिए । बद्धत्व लाभपछि पञ्चवर्गीय भिक्षुहरु कहाँ बसेका छन् भनी ध्यानदृष्टिले हेर्दा मृगदावनमा भएको जानकारी प्राप्ति पछि बुद्ध त्यहाँ पुग्नु भई आषाढ पूर्णिमाको दिनमा धर्मचक्त प्रवर्तन गर्नुभयो । यसक्रममा भगवान बुद्धले पञ्चवर्गीय भिक्षुहरुलाई चार आर्य सत्यको उपदेश देशना गर्नुभयो । दुःख आर्य सत्य, दुःख समुदय आर्य सत्य, दुःख निरोध आर्य सत्य र दुःख निरोधगामिनी पटिपदा आर्य सत्य चार आर्य सत्यहरु हुन् । धर्म श्रवणपछि पूर्णिमाको दिनमा कोण्डन्य, प्रतिपदाको दिनमा वप्प, द्वितीयाको दिनमा भद्दिय, तृतीयाको दिनमा महानाम र चतुर्थीको दिनमा अस्सजिले श्रोतापन्न फल प्राप्त गरे । हुनत पञ्चवर्गीय भिक्षुहरु बौद्ध ग्रन्थमा उल्लेख भएअनुसार आलार र उद्दक ऋषि जस्तै तीक्ष्ण प्रज्ञाज्ञान भएका होइनन् । आलार र उद्दक ऋषि जस्तै ध्यान समापति लाभ भएका पनि होइनन् । तथापि भगवान बुद्धबाट धर्मचक्त सुत्र श्रवण गर्ने सौभाग्य मिलेको हुनाले स्रोतापन्न र अनात्म लक्षण सुत्र देशनाले पञ्चमीको दिनमा पञ्चवर्गीय भिक्षुहरु सबेको चित्त उपदानदि आश्रवबाट बिमुक्त भए, भव–दुःखबाट पार भए, जन्म मरणको बन्धनबाट मुक्त, भए र अरहन्त भए ।

 
पञ्चवर्गीय भिक्षुहरुमा सबैभन्दा कान्छो अस्सजि भिक्षु एक दिन भिक्षातनका लागि राजर्गह पुग्नु भएको थियो । सत्यधर्मको खोजीमा रहेका उपतिस्स र कोलित मध्ये उपतिस्सले वहाँ भिक्षु अस्सजिलाई देखे । उनीसँग “तपाईं कस्लाई गुरु मान्नु हुन्छ र कस्को धर्म रुचाउनु हुन्छ?” भन्ने प्रश्न सोधे । अस्सजि भिक्षुले “शाक्य कुलबाट प्रवजित हुनुभएका बुद्धलाई म गुरु मान्दछु र वहाँकै धर्मलाई रुचाउँछु” भनी जवाफ दिए । अनि उपतिस्सले “वहाँले बुद्धले कस्तो धर्म उपदेश गर्नुहुन्छ नि ?” भनी सोध्दा संक्षेपमा बस्सजिले यस्तो भन्नुभयो–
“ये धम्मा हेतुप्पभवा, तेसं हेतु तथागतो आह,
तेसं च यो निरोधो, एवंवादी महासमणो”
अर्थात् जुन धर्म हेतुद्वारा उत्पन्न हुन्छ, त्यसको हेतु तथागतले बताउनु हुन्छ । त्यस्को जुन निरोध हो त्यो पनि वहाँ बताउनुहुँन्छ । यस्ता वादी वहाँ महाश्रवण हुनुहुन्छ । अस्सजिबाट धर्मको यस गाथा श्रवण गर्ने बित्तिकै उपातिस्स श्रोतापन्नफलमा प्रतिष्ठित भए । पछि उनले आफ्नो मित्र कोलितलाई सुनाएपछि कोलित पनि श्रोतापन्न भए । भगवान बुद्धको शासनमा पछि उनीहरु अग्रश्रावक(सारीपुत्र) र महाश्रावक (महामौद्गल्यायन) भए ।

 
भगवान बुद्धले ३८ वटा मंगल विधानलाई देशना गर्ने क्रममा भन्नु भएको छ कि बेलाबखत धर्म श्रवण गर्नु (कालेन धम्मस्सवणं) उत्तम मंगल हो । किनभने धर्म श्रवणले नसुनेका राम्रा ज्ञानगुणका कुराहरु सुन्न पाइन्छ, सुनिसकेको भएपनि फेरि सुन्नाले स्पष्ट हुन्छ, शंका उपशंका हटेर जान्छ, दृष्टि सोझो हुन्छ र मनमा भएका अन्धविश्वास हटेर जान्छ र मन प्रसन्न र श्रद्धा उत्पन्न हुन्छ र साथ साथै धर्म श्रवणले दुःखमय भवचक्रबाट मोक्ष, मुक्ति र निर्वाणमार्ग पछ्याउन सहयोग र प्रेरणा गर्दछ । त्यसैले हामी आफ्नो कल्याणको लागि सत्पुरुषहरुको धर्म देशनालाई र्सौभाग्य सम्झेर सदैव मनन गर्न सकौं र दुःख मुक्तिको मार्गमा अग्रसर हुन सकौं ।

सहिद साप्ताहिकबाट