मणिचोर जातक

प्रस्तुति : सुर्य घिसिङ

“न सन्ती देवा पवसन्ती नुन…..”
यो शास्ताले बेलुबनमा बिहार गर्ने समय बधको प्रयत्न गर्नेवाला देवदत्तको बारेमा भन्नुभएको हो । त्यस समय शास्ताले यो सुनेर कि देवदत्तले मेरो बधको प्रयत्न गर्दैछ :-“भिक्षु हो, न केवल अहिले पहिले पनि देवदत्तले मेरो बधको प्रयत्न गरेको हो, तर सफल भएनन” भन्दै पुर्ब जन्मको कथा भन्नुभयो :-

पुर्ब समयमा वाराणसीमा ब्रम्हदत्तले राज्य गर्ने समय बोधिसत्व वाराणसीको नजिकै एक गाउँमा गृहपति कुलमा जन्मिए । उ ठुलो भएपछि उसका लागी वाराणसीबाट एक स्त्री ल्याए । उनी प्रीय थिइन, सुन्दर थिइन, दर्शनिय थिइन देव अप्सरा समान वा पुस्प लता समान । नाम थियो सुजाता । पतिब्रता थिइन, सदाचारिणी थिइन र थिइन कर्तव्यपरायणा । श्रीमानको सेवा तथा सासू – ससुराको सेवा उ नित्य गर्थिन । उ बोधिसत्वको प्रीय थिइन, मनको अनुकुल थिइन । उनीहरु दुबैजना प्रसन्नता पुर्बक एक चित्त भइ मिलेर बस्थे ।

एकदिन सुजाताले बोधिसत्वसग भनिन:- म माता – पितालाई भेटन चाहान्छु । उसले भने :- भद्रे ! राम्रोसँग पर्याप्त बाटोखर्च तयार गर । खाद्य – पकवान, खाद्य आदि गाडीमा राखी, गाडीलाई हाक्दै उ स्वयं अगाडी बसे । श्रीमती चाहिँ पछाडि बसिन । नगरको समिपमा पुगेपछि गाडी खोली-नुहाएर उनीहरुले भोजन खाए । फेरि बोधिसत्वले गाडी नारे र स्वयं अगाडी बसे । सुजाता कपडा फेरेर अलंकृत भई पछाडी बसिन । जुन समय गाडीले नगरमा प्रवेश गर्यो, त्यसै समय हात्तीको पिठमा बसेर नगरको प्रदक्षिणा गर्दै वाराणसी नरेस त्यहाँ आइपुगे ।
सुजाता उत्रिए गाडीको पछी – पछी पैदल हिडि रहेकी थिइन । राजाले उसलाई देखे, उसको सौर्न्दर्यमा यसरी मुग्ध भयो मानौ उसले उसको अँखा तानेर लगि रहेको छ । एक अमात्यलाई पठाए कि पत्ता लगाउन उसका स्वामी छ या छैन ?
उसले गएर पत्ता लगाए कि उसको स्वामी छ ….र आएर निवेदन गरे:-“देव ! उनी बिबाहित हुन । गाडीमा बसेको ब्याक्ती उसको स्वामी हो ।”

राजा आफ्नो आसक्तिलाई हटाउनमा असमर्थ भए । उसले कामातुर भइ सोचे:-“कुनै उपायले त्यस मान्छेलाई मारेर स्त्रीलाई लान्छु ।”
एक ब्याक्तीलाई बोलाएर भने:-“अरे ! यो चुडामणि लिएर जाउ, बाटोमा हिडेका झै गरि यसलाई त्यस मान्छेको गाडीमा फ्याकेर आउ ।”

उसले चुडामणी दिएर पठाए, उक्त ब्याक्तीले “हुन्छ” भनी मणिलाई लगेर गाडीमा राखेर फर्की आइ भने:-“देव ! मैले राखे ।”
तत्काल राजाले भने:-“मेरो चुडामणी हरायो !”
त्यहाँ उपस्थित राजपुरुषहरुले हल्ला मचाए ।
राजाले आज्ञा दिए:-“सबै ढोकाहरु बन्द गर, बाटो छेकेर चोर पत्ता लगाउ ।”
राजपुरुषहरुले त्यस्तै गरे । नगरका मनुष्यहरु एक लाइनमा भए । गाडीमा मणि फ्याक्नेले एक ब्याक्ती लिएर आइ बोधिसत्वको नजिकै गइ भने:-“अरे ! गाडीलाई रोक ! महाराजको चुडामणी हरायो । हामी गाडीलाई चेकजाँच गर्छौ ।”
उसले गाडीको चेकजाँच गर्दै आफुले राखेको मणि उठायो, बोधिसत्वलाई पक्रेर यो मणि चोर हो भन्दै हात र खुट्टाले कुटे, उसको हातलाई पछाडि फर्काइ बाधेर राजाको सामुन्ने हाजिर गराए:-“महाराज ! यो नै मणि चोर हो ।”
राजाले आज्ञा दिए:-“यसको शिर छेदन गर ।”
राजपुरुषहरुले उसलाई चार चार बेतले पिटदै नगरबाट बाहिर लिएर गए ।

सुजाता पनि गाडीलाई छोडि दुइवटै हात उठाई “मेरो कारणले स्वामीले यो दु:ख भोग्नुपर्यो” भनी रुदै कराउँदै उसको पछी पछी गइन । राज पुरुषहरुले बोधिसत्वको शिर काटनका लागी उसलाई सिधा सुताए । त्यो देखेर सुजाताले आफ्नो सदाचार लाई ध्यान गरि “लाग्छ यश लोकमा कुनै यस्तो देवता छैन जसले पापी दुस्साहसिले सदाचारी माथी अत्याचार गर्नबाट रोक्न सकुन । भनी रुदै कराउँदै पहिलो गाथा भनिन:-
न सन्ती देवा पवसन्ती नुन
नहनुन सन्ती इष लोकपाला
सहसा करोन्तानं असतानं
नहनुन सन्ती पटिसेषितारो ।।

[ असंयमी, दुस्साहासिक दुष्कर्म गर्नेलाई रोक्नेवाला न देवता छ, न यहाँ लोकपाल छ, यिनिहरुलाई रोक्ने कोहि छैन ?]

{ यस लोकमा सदाचारिको रेखदेख गर्नेवाला तथा पापीलाई रोक्नेवाला देवता छैन । अथवा यश प्रकारको समयमा उ निश्चय प्रवास जान्छ । यश लोकमा लोकपाल भन्नेवाला श्रमण-ब्राम्हण पनि सदाचारी माथी अनुग्रह गर्नेवाला बिना बिचार दुस्साहस, कठोर – कर्म गर्नेवाला दुराचारिलाई यश किसिमको कर्म नगर – यश प्रकार रोक्नेवाला कोहि छैन ।}

यश प्रकारले त्यस सदाचारिणिले रुदा – बिलापगर्दा देवेन्द्र शक्रको आसन तात्तियो । शक्रले सोचे:- को हो जसले मलाई आसनबाट झार्न चाहान्छ ? पत्ता लगाएपछि जब उसले कारण थाहा पाउछ तब उसले सोच्यो:- वाराणसि नरेस अत्यन्तै निर्दयी काम गरिरहेका छन । सदाचारिणी सुजातालाई कष्ट दिई रहेको छ । अब मैले पुग्नुपर्छ । उ देवलोकबाट उत्रिएर आफ्नो प्रतापले हातिको पिठ्युँमा जाँदै गरेको पापी राजालाई शिर छेदन गर्ने ठाउँमा सिधा सुताइ, बोधिसत्वलाइ उठाइ सम्पुर्ण अलंकारले अलङकृत गरि राजभेष लगाई हात्तीको पिठ्युँमा बसाए । फरसा ( हतियार ) उठाएर उभिएका शिर काटनेवालाले राजाको शिर काटिदियो । शिर काटी सकेपछि मात्र उनीहरुले थाहा पाए कि यो राजाको शिर थियो ।

देवेन्द्र शक्रले देख्न सकिने शरीरले बोधिसत्व भएको ठाउँमा गइ बोधिसत्वलाई राज्यभीषेक तथा सुजातालाई अग्रमहिषिपद दिलाए । अमात्य तथा ब्राम्हण गृहपति आदि देवेन्द्र सक्रलाई देखेर प्रसन्न भए – अधर्मी राजा मारिए । अब हामीलाई शक्रले दिएको धार्मिक राजा प्राप्त भयो ।
शक्रले पनि आकाशमा उभिएर भने:- यो शक्रले बनाएको राजाले अवदेखी धर्मपुर्बक राज्य गर्दछ । यदी राजा अधर्मी हुन्छ भने वर्षाद असमयमा हुन्छ – समयमा हुदैन । अकाल भय तथा सस्त्र भय भइ नै रहन्छ । यश प्रकार उपदेश दिदै शक्रले दोस्रो गाथा भने:-

अकाले बस्सती तस्स झाले तस्स न बस्सती
सग्गा व चवतिढाना ननु सो तावता हतो ।।

{ अधर्मि राजाले राज्य गर्ने समयमा अनुचित समयमा खेती पाक्ने, कटाइ तथा मर्दन गर्ने समय, योग्य समयमा, रोप्ने समयमा, खेती सानो हुँदा वा फल लाग्ने समयमा स्वर्ग स्थानबाट अधर्मी राजा अप्रतिलाभ हुनाले देवलोकबाट च्युत हुन्छ ।
यो पनि अर्थ हो कि स्वर्गमा पनि राज्य गर्दै गरेको अधर्मी राजा त्यहाँबाट च्युत हुन्छ । निश्चय नै त्यो अधर्मी राजा यसले मारिने छ । न केवल उ यतिले मर्नेछ, बल्की उ आठ महा नरकमा तथा सोह्र उस्सद नरकमा चिर कालसम्म मारिनेछ ।}

यश प्रकार शक्रले जन समुहलाई उपदेश दिएर आफ्नो देवस्थान तर्फ प्रस्थान गरे । त्यस समयको अधर्मी राजा देवदत्त हुन । शक्र अनुरुद्ध थिए, सुजाता राहुल माता थिइन । शक्रले बनाएको राजा त म नै थिए ।