बुद्ध धर्ममा संघको संगठन

सूर्य घिसिङ

भगवान बुद्धका श्रावक दुई भागमा बिभक्त थिए, भिक्षु र गृहस्थ श्रावक जसलाई उपासक भनिन्थ्यो । भिक्षुहरुको एक संगठित संघ थियो, तर गृहस्थहरुको थिएन ।
बौद्ध भिक्षु प्रथमतः एक परिव्राजक हो । यी परिव्राजक संस्था बौद्ध भिक्षुहरुभन्दा प्राचीन हो ।
पुराना परिव्राजक यस्ता लोक थिए, जसले पारिवारिक जिबनलाई छोडि दिएका थिए र यता-उता घुमी रहन्थे ।
जसको एक ठाउँबाट अर्को ठाउँमा जाने उद्देश्य थियो, अलग अलग आचार्य तथा दार्सनिकलाई भेट्टाएर सत्य पत्ता लगाउने कोशिस गर्नु, उसको प्रवचन सुन्नु र नीति, दर्शन, प्रकृति तथा रहस्यवाद आदि बिसयमा उनीहरुसग चर्चा गर्नु ।
केही पुराना ढंगका यस्ता पनि परिव्राजक थिए जबसम्म उसलाई कुनै दोस्रो “गुरु” मिल्दैन थियो तबसम्म कुनै एक “गुरु” को अधीनमा बस्थे ।
कोहि यस्ता पनि थिए जो कसैलाई आफ्नो गुरु मान्दैन थिए र एक्लै बस्थे ।
यश पुरानो ढंगको परिव्राजकहरुमा केही स्त्री परिव्राजक पनि थिए ।
स्त्री परिव्राजक कहिलेकाही पुरुष परिव्राजकहरुका साथमा बस्थे र कहिले एक्लै ।
यी पुराना ढंगका परिव्राजकहरुको कुनै संघ थिएन, उनीहरुको कुनै निश्चिति नियम उपनियम थिएन । उनीहरुको सामुन्ने कुनै निस्चित आदर्श पनि थिएन ।
इतिहासमा पहिलो पटक तथागतले आफ्नो भिक्षुहरुको एक संघ बनाउनु भयो, त्यसको ब्याबस्थाका लागी संघको नियम बनाएर संघका सदस्यहरुका सामुन्ने एक निश्चिति आदर्श उपस्थित गर्नुभयो ।

(२) संघमा प्रवेश :-
संघमा प्रवेश सबैका लागी खुल्ला थियो र छ ।
जातीयताका आधारमा कुनै भेदभाव थिएन र छैन ।
स्त्री र पुरुष भनी भेदभाव थिएन ।
हैसियतको कुनै महत्त्व थिएन ।
जातियताका लागी संघमा कुनै स्थान थिएन ।
सामाजिक स्थिति ( प्रतिष्ठाको ) को संघमा कुनै स्थान थिएन ।
संघभित्र सबै सदस्य समान थिए ।
संघभित्र ठुलो सानोको निर्णय सदस्यका गुणले हुन्थ्यो । न कि उसको जन्मले ।
तथागतले भन्नुभएको थियो कि संघ एक समुन्द्र समान हो र भिक्षुहरु त्यस नदि झै हुन जो समुन्द्रमा बिलिन हुन्छ ।
नदिको आफ्नो नाम हुन्छ र आफ्नो पृथक अस्तित्व पनि ।
तर जसै नदि समुन्द्रमा प्रवेश गर्दछ, न उसको कुनै पृथक नाम हुन्छ न पृथक अस्तित्व ।
उ सबैको साथमा मिलेर एक हुन्छ ।
यहीँ हाल संघको हो । जब एक भिक्षु संघमा प्रवेश गर्दछ- तब उ समुन्द्रको पानी जस्तै अन्य सबैको साथमा मिलेर एक हुन्छ ।
तथागतले भन्नुभएको छ – उसको कुनै पृथक जाती रहेन, उसको कुनै पृथक हैसियत रहेन ।
संघको भित्र यदी कुनै वर्गीकरण थियो भने पुरुष – स्त्रीको दृष्टिले थियो ।
भिक्षु संगठन पृथक थियो र भिक्षुणि संगठन पृथक ।
संघमा प्रवेश पाउनेहरु दुइ किसिमको थिए श्रामणेर तथा भिक्षु ।
बीस बर्षभन्दा कम आयु हुँदाखेरी कोहि पनि श्रामणेर बन्न सक्छ ।
त्रिशरण तथा दस सिललाई ग्रहण गर्नाले कोहि पनि बालक श्रामणेर बन्नसक्छ ।
म बुद्धको शरण ग्रहण गर्दछु, म धम्मको शरण ग्रहण गर्दछु तथा म संघको शरण ग्रहण गर्दछु – यो नै तीन शरण हो ।
म प्राणी हिंसा देखि विरत रहन्छु, म चोरी गर्दिन, म अब्रम्हचार्यदेखी विरत रहन्छु, म झुठो बोल्दिन तथा म नसाजन्य पदार्थको सेवन गर्दिन ।
म विकाल भोजनदेखी विरत रहन्छु, म नाच्नु – गाउँनु – बजाउनु आदिबाट विरत रहन्छु, म आफैले आफैलाई सिगार्नु तथा अंलकृत गर्ने कार्यबाट विरत रहन्छु, म बिलासिता देखि विरत रहन्छु तथा म सुन चादी ग्रहण गर्नबाट विरत रहन्छु ।
यो नै दस सिल हो ।
एक श्रामणेर संघ छोडेर गृहस्थ बन्न सक्छ । एक श्रामणेर एक भिक्षुसग रहि रहन्छ र उसको अधिंकास समय उसैको सेवामा खर्च हुन्छ । उसलाई एक प्रकारले प्रब्रजित भनेर गनिदैन ।
मानिस दुई अबस्थामा भिक्षु पदको अधिकारी बन्दछ ……..
पहिलो अवस्थामा प्रब्रज्या र दोस्रो अवस्थामा उपसम्पदा । उपसम्पदा भएपछि मात्र कोहि भिक्षु बन्दछ ।
जो प्रार्थी पछी गएर भिक्षु बन्ने उद्देश्यले प्रब्रज्या ग्रहण गर्न चाहान्छ उसले एक उपाध्यायको खोजी गर्नुपर्छ । कमसेकम दस बर्षसम्म जो भिक्षु भएको छ, उ नै उपध्याय बन्न सक्छ ।
यश प्रकार प्रार्थी यदी उपध्यायद्वारा स्वीकार हुन्छ, तब परिब्राजक कहलाउछ र उसले उपाध्यायको सेवा गर्दै, उसैको संरक्षणमा बस्नुपर्छ ।
शिक्षण काल समाप्त भएपछि उपाध्यायले नै आफ्नो परिव्राजकको नाम संघका सामुन्ने प्रस्तावित गर्नु पर्दछ । संघको विशेष बैठक कसैको उपसम्पदा गर्नका लागी बोलाइन्छ । उपसम्पदाको लागी उपसम्पदापेक्षिले स्वयं संघमा प्रार्थना गर्नुपर्छ ।
संघले पहिले यश बिसयमा निक्यौल गर्छ कि प्रार्थि योग्य ब्याक्ती हो वा होइन र भिक्षु बन्नका लागी योग्य छ छैन ? यसका लागी केही निश्चिति प्रश्न छ, जसको प्रार्थीले उत्तर दिनुपर्नेछ ।
संघले अनुमती दिएपछि मात्र उसलाई उपसम्पदा मिल्छ र उ “भिक्षु” बन्छ ।
भिक्षुणि संघमा प्रवेश पाउने नियम पनि धेरै जसो यस्तै नै छ जुन भिक्षु संघमा प्रवेश पाउने नियम छ ।

लेखककाे फेसबुक पेजबाट