टोकियोमा कपिलवस्तु

भिक्षु अमृतानन्द

प्रतिनिधिका सदस्यहरु श्री आशाराम शाक्य र श्री मणिहर्षज्योति कंसाकारहरुले नेपालको पक्षमा प्रत्येक मिटिंगमा गरेका प्रयत्न तथा तर्कवितर्कहरु सारै प्रशंसनीय छन् । खास गरी कपिलवस्तुको प्रश्न उठ्दा जुन ढंगले श्री आशारामज्यूले तर्क पेश गर्नुभयो त्यो सबैको निमित्त चित्त बुझ्ने खालको थियो । वहाँको यो वाक् चातुर्यताले नेपालको प्रतिष्ठालाइै कायमै राखेको छ । जसरी वहाँले कपिलवस्तुको प्रश्न उठ्दा सभामो नेपालको इज्जत राखनु भयो त्यस्तै गरी धर्मोदय सभाका कोषाध्यक्ष श्री मणिहर्षज्योति साहुज्यूले पनि वर्षौंदेखि डब्ल्यू. एफ. बी.लाई तिर्न बाँकी वार्षिक शुल्कहरु ीतरिदिनुभइ नोपल धर्मोदय सभाको ना राखिदिनुभइको छ । श्री लोकदर्शन वज्राचार्य चाहिं समय समयमा लुम्बिनी सम्बन्धी प्रदर्शनी कार्यमा व्यस्त हुनुहुन्थ्यो । यो प्रदर्शनी निक्के लोकप्रिय भएको थियो । लुम्बिनी सम्बन्धी लगिएका पुस्तक–पुस्तिका तथा पत्रपत्रिकाहरु केही समयमै समाप्त भए ।

 

 

मेरो विचारमा त लुम्बिनीको प्रचार नपुगेको होइन । लुम्बिनीको सम्बन्धमा बाहिर देशमा जति प्रचार भइरहेको छ वा गरिएको छ सोही अनुसार स्वदेशमा फर्किसकेपछि लुम्बिनी सम्बन्धी काम द्रुत गतिले हुनुपर्छ । यदि त्यसो हुन सकेन भने प्रचारको आधारमा लुम्बिनीमा आई हेर्दा “उही नाम्लो उही कुम्लो” भने झैं दर्शकहरुको मनमा खिन्न हुने स्थिति आुन दिन हुन्न । यस्तो भएको खण्डमा लुम्बिनी सम्बन्धी गरेको प्रचारमा उनीहरुको मनमा कत्ति पनि विश्वास र आस्था रहने छैन जुल लुम्बिनी विकासको निमित्त उक ठुलो बाधा हुने छ । अतः बरु श्री ५ महाराजधकिारको महान वाणी जस्तै थोरै कुरा गरी धेरै काम मगरे देखाउन सकौं । यात्रीहरुको सुविधातिर ध्यान दिने हो भने हाल भैहवा लुम्बिनीको बाटो नसिद्धिएसम्म ककरहवाको बाटो मरम्मत गरी सुचारुरुपले चलाउनु नितान्त आवश्यक छ । बाटो घाटो भनेको जति धेरै हुन्छ त्यति नै सबैको लागि सुविधाजनक हुन्छ । यो सिद्धान्तलाई बिर्सनु हुन्न । एउटै बाटो भए पुग्छ भन्ने रुढीबादी विचारलार्य हटाउनु पर्दछ । यात्रीहरुका निमिन्त अर्को सुविधा के छ भनेर उक घण्टा लुम्बिनी हेर्न आउनेसंग पचासौं रुपैंया भीसा फी लिने कुरा । यी कारणले लुम्बिनीमा आउने जुनसुकै यात्रीले पनि चित्त दुखाएर गइरहेका छन् । लुम्बिनी सम्बन्धी हालसम्म जित प्रचार तथा होहल्ला भैरहेका छ त्यस अनुसार त्यहाँ गएर आउने स्वदेशी वा विदेश िसन्तोष हुन सकेका छैनन् । दृष्टान्तको लागि पोरसाल लुम्बिनीमा जाँदा पोर सालमै लुम्बिनीको पुल तयार हुने कुरा र परार साल जाँदा परार सालमै तयार हुने कुरा सुनिएको थियो । “यो साल” भन्ने त कहिल्यै सिद्धिएको होइन ।

 

अतः बरु प्रत्येक बेलामा यसै लासमा सिद्धिनेछ भने नभनी यति यति कारणले गदा काममा अड्चन वा बाधा आइपरेको हुनाले अर्को डेढ साल दुइ साल भित्र सिद्धिनेछ भन्नु नै राम्रो होला । र यसबाट सर्बसाधारण मानिसहरुको मनमा लुम्बिनी विकासका अधिकारीहरुका कुरा माथि धेरै विश्वास बढ्ने छ । यासे भनेर बरु एक वर्ष अगाडिनै सिध्याएर देखाउन सके अभि प्रभावकारी हुनेछ । हुन त २०३२ सालमा श्री लोकदर्शन वज्राचार्यको अध्यक्षतामा लुम्बिनी विकास समितिको पुनर्गठन भएदेखि यत त्यहाँ केही काम भइरहेको छ भनी मान्नु पर्दछ । यसमध्ये सब्भन्दा खुशीको कुरो चाहीँ कार्यक्षेत्रमै अफिस खोलिएको । त्यहाँ अफिस खोलिएको हुनाले नै ७७० हेक्टर जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म ६३० जग्गा अधिग्रहण भई मुवाब्जा समेत दिने काम भइरहेको छ । ११२ हेक्टरमा विभिन्न जातका २ लाख भन्दा बढ्दा रुखहरु रोप्ने काम सिद्धिसकेको छ । अरु १०३ हेक्टरमा रोप्न बाँकी नै छ । माइलौं लामो पानीको ढल पनि खनिसकिएको छ ।

 

 

अब यो आउँदो लम्बिनी वर्षभित्र लुम्बिनी विकास समितिले बित्थामा देखावटी काममा पैसा खर्च गर्नु भन्दा मानिसलाई प्रबुद्ध गराई देश विकासको लागि चेतना जगाउने जस्ता कुनै ठोस कार्य गरी देखाउनु समयेको माग हो जस्तो लाग्छ । यसको लागि गुरु योजना अन्तर्गत जतिसक्यो त्यति चाँडो मोनाष्टिक जोन छुट्याइ त्यसमा स्वदेशी र विदेशीहरुको लागि मन्दिर बनाउनको लागि जग्गा वितरण गरिहाल्नै पर्छ र गाउँ बसाल्ने कामको शुरुवात पनि गरिहाल्नै पर्छ । यो कामबाट दर्शहरुले लुम्बिनीमा काम भइरहेको देख्नेछन् र यसबाट धेरै मानिसहरु अत्यन्त प्रभावित हुने छन् । यसरी काम गरेमा नै लुम्बिनी वर्ष राम्ररी मनाएको हुनेछ र गरीबी मुलुकको पैसा बेर्थमा खर्च गरेको हुँदैन ।

 

 

(लेखक भिक्षु अमृतानन्दले सन् १९७८मा टोकियोमा भएको १२औं विश्व बौद्ध सम्मेलनमा जाँदा लेख्नुभएको “जापान भ्रमणको डायरी” को अंश आज पनि सान्दर्भिक देखिएकोले साभार प्रकाशित गरिएको छ )