आषाढ पूर्णिमाको महत्त्व

दिविना शाक्य

भगवान बुद्धको जीवनका विभिन्न महत्त्वपूर्ण दिनहरू मध्ये उनको जीवनको पाँच महत्त्वपूर्ण धटनाहरूको संयोग हुन गएको दिन आषाढ पूर्णिमालार्इ बॏद्धहरूले अत्यन्त गॏरवपूर्वक मनाउँदै आएका छन् । भगवान बुद्धको जन्म, ज्ञानलाभ र महापरिनिर्वाण गरी तीन संयोगको महान् दिनलार्इ बुद्ध पूर्णिमाका रूपमा मनाए जस्तै पाँच संयोग मध्ये वहाँले प्रथम धर्मोपदेश गरेको महान् घटनालार्इ विशेष महत्त्व दिँदै आषाढ पूर्णिमालार्इ धर्मचक्र प्रवर्तन दिवसका रूपमा मनाउँदै आएका छन् ।यस महान् दिनमा भएका पाँच संयोगहरू निम्नानुसार छन् ।

  1. बोधिसत्वको गर्भप्रवेश
  2. बोधिसत्वको महाभिनिष्क्रमण
  3. धर्मचक्र प्रवर्तन
  4. यमक ऋद्धिप्रातिहार्य
  5. माता मायादेवीलार्इ अभिधर्म देशना

म यहाँ यी पाँच संयोगहरूका वारे संक्षिप्तमा चर्चा गर्न गइरहेकी छु ।

  1. बोधिसत्वको गर्भप्रवेश – कपिलवस्तु राज्यका शाक्य नरेश शुद्दोदनका महारानी मायादेवी आषाढ पूर्णिमाका दिन शुद्ध वस्त्र धारण गरी उपोषध धारण गरी आराम गरिरहेका अवस्थामा उनले एक अद्भूत सपना देखिन् । उनी सुतिरहेको अवस्थामा चार दिब्य देवताहरूले आर्इ उनी सुतिरहेको पलङ्ग समेत उचाली उनलार्इ मनोशिला भन्ने आसनमा राखे । यसै समय तुषितदेवबाट स्वेतकेतु बोधिसत्व सेतो वर्णको हात्तीको रूप धारण गरी महारानी शयन गरिरहेको पलङ्गलार्इ तीन पटक घुमी रानीको दाहिने काखीमुनीबाट पेटभित्र पसे । सपना देखी डराएका राजदम्पतीले तुरून्तै चॏसठ्ठीजना ब्राम्हणाचार्यहरूलार्इ डाकी उक्त सपनाको अर्थ बताउन अनुरोध गरे । ब्राह्मणहरूले सबै लक्षण प्रमाणको अध्ययन गरी उक्त सपना एक महापुरूषको गर्भ प्रवेशको संकेत रहेको घोषणा गरे ।  यस प्रकार बोधिसत्वले महामायादेवीको कोखमा गर्भ प्रवेश गरेको महान् दिन आषाढ पूर्णिमा हो ।
  2. बोधिसत्वको महाभिनिष्क्रमण – बोधिसत्वको जन्म लगत्तै कालदेवल ऋषि लगायत अन्य ब्राह्मणाचार्यहरूको  भविष्यवाणी अनुसार राजा शुद्दोदन आफ्नो एक मात्र उत्तराधिकारी सन्यासी भइ जाला भन्ने पीरले पिरोल्यो । तसर्थ उनले बोधिसत्व सिद्धार्थलार्इ बाहिरी संसारबाट अलग्ग राखी दरवार भित्रै अनेक अनेक सुख सुविधाका साधनहरूको ब्यवस्था गरी सुख भोगमा बाँधी राख्ने प्रयासमा रहे । एक दिन उनले उद्यान विहारका क्रममा रोगी, बृद्ध, मृतक र भिक्षु गरी चार दृश्यहरू देखे । यी चार दृश्यहरूले उनलार्इ संसारको दुःख, निस्सारता वारे बोध भयो । संसारका यी दुःखहरूबाट मुक्त हुने उपायका खोजमा जाने दृढ संकल्पका साथ उनले आषाढ पूर्णिमा उत्तराषाढ नक्षत्रका दिन आफ्नो नवजात छोरा राहुलको मुख सम्म पनि नहेरी रातको प्रहरमा गृहत्याग गरे । यस बीचमा वशवर्ती देवराज आर्इ चक्रवर्ती सम्राटको सुख भोगको जीवन छोडेर नजान आग्रह पनि गरेको थियो । तर उनलार्इ यी मारदेवको कुरोले पटक्कै मन छोएन र मुखमा आएको खकार त्याग गरे झै राजभवन सुख एश्वर्य सबै त्यागेर उनी अगाडि बढे । यस्तो महान् उद्देश्य लिएर गृहत्याग गरेको दिन भएर यस दिनलार्इ महाभिनिष्क्रमण दिवसका रूपमा गॏरवपूर्वक मनाउदै आएका छन् ।  महाभिनिष्क्रमण गर्दा उनी २९ वर्षका थिए ।
  3. धर्मचक्र प्रवर्तन – गृहत्याग पश्चात उनी आफै आफ्नो केश काटेर प्रवजित भए । बोधिसत्व दुःख मुक्ति मार्गको खोजमा उनी त्यस वखतका प्रसिद्ध आचार्यहरू आलारकालाम र उद्दकरामपुत्र कहाँ शिक्षा लिन पुगे । उनीहरूको शिक्षाले पनि आफ्नो लक्ष पुरा हुने नदेखी आफै जंगलमा गर्इ गहन तपस्या साधनामा लागे, छ वर्षसम्म दुष्कर चर्या समेत गरे । यी कुनै मार्गहरू सार्थक नदेखे पछि उनले मध्यम मार्ग अपनाए पछि बैशाख पूर्णिमाका दिन उनलार्इ ज्ञान अववोध भयो । उनले सात सप्ताह सम्म प्राप्त ज्ञानलार्इ पुनःपुनः दोहरार्इ विचार गरिरहनु भयो । यसै क्रममा यस गम्भीरातिगभ्मीर धर्म बोध गर्न कामसुख भोगमा भुलिरहेका प्राणिहरूलार्इ अत्यन्त गाह्रो हुनेछ भन्ने मनमा लिर्इ उनी प्राप्त ज्ञान बाँड्न उत्साहित हुनु भएन । भगवान बुद्धले यदि यस ज्ञान बाँड्नु भएन भने बुद्ध उत्पन्न भएको यस कालमा पनि सद्धर्म श्रवण गर्न नपार्इ सबै प्राणीहरूको जीवन ब्यर्थ हुनेछ भन्ने मनमा लिर्इ सहम्पति ब्रम्हाले भगवान बुद्धलार्इ धर्मोपदेशका लागि प्रार्थना गर्नु भयो । सहम्पति ब्रम्हाको यस प्रार्थनालार्इ स्वीकार गरी उनले कसलार्इ धर्मोपदेश गर्ने भनी विचार गर्दा उनको मनमा आफ्नो पूर्व आचार्यहरू सम्झे । आलारकालाम र उद्दकरामपुत्र दुवैको देहान्त भइसकेको कुरा थाहा भए पछि उनी कॏण्डन्य आदि पञ्चवर्गीय भिक्षुहरूको खोजीमा ऋषिपट्टन मृगदावन आइ पुगे ।  त्यहाँ उनले आषाढ पूर्णिमाको दिन प्रथमपटक धर्मोपदेश गर्नु भयो । उनको प्रथम उपदेश मध्यम मार्ग र चतुर्राय सत्यको वारे थियो । उनको यस उपदेशको संक्षेप यस प्रकार छ । दुःख मुक्तिमार्गमा लाग्नेहरूले दुर्इ अतिलार्इ छोड्नु पर्छ । पञ्चकाम विषयमा आशक्त भर्इ कामसुखल्लिकानुयोगको चर्या एक अति हुन भने शरीरलार्इ अति कष्ट दिर्इ हठचर्यामा मात्र लाग्ने चर्या अत्तकिलमथानुयोग अर्को अति हो । यी दुबै चर्याहरूबाट दुःख मुक्तिको मार्ग प्राप्त हुँदैन । यी दुबै अनर्थकारी छन्, हीन, ग्राम्य र अनार्यधर्म हुन । यी दुवै अतिलार्इ छोडी मध्यम मार्ग अपनार्इ आर्य अष्टाङ्गिक मार्ग धर्मानुसार चर्या गरेमा दुःखको यथार्थ ज्ञान बोध हुन्छ, दुःखको मूल कारण तृष्णा अविद्या हो भनी बुझिन्छ, अविद्याको नाश भए सम्पूर्ण क्लेश नाश भर्इ निर्वाण प्राप्त हुन्छ । यसरी चतुरार्य सत्य धर्मको देशना पश्चात धर्मको प्रवाह शुरू भयो र त्यहि प्रवाहका कारण आज हामीलार्इ पनि धर्म श्रवण गर्ने सॏभाग्य प्राप्त भएको छ । यसरी सम्पूर्ण प्राणीहरूका लागि बोधिचर्याको लागि मार्ग खोलिदिएको महान् घटनालार्इ स्मरण गर्दै यस दिनलार्इ धर्म चक्र प्रवर्तन दिवसका रूपमा मनाउदै आएको छ ।
  4. यमक ऋद्धिप्रातिहार्य – भगवान बुद्धले भिक्षुहरूलार्इ ऋद्धि प्रदर्शनमा प्रतिवन्ध लगाउनु भएको थियो । साधारण मानिसहरू ऋद्धिको भ्रममा परी मुक्तिमार्गबाट विचलित हुन सक्ने सम्भावनालार्इ बुझी चित्त शुद्ध पार्ने विधिहरूमा साधनारत हुन मात्रै जोड दिनु भएको थियो । तर तीर्थंकरहरूले ऋद्धिद्वारा मानिसहरूलार्इ भ्रमित पार्ने काम भइरहेको र मानिसहरू सद्धर्म चर्याबाट बिमुख भइरहेको अवस्थालार्इ बोध गरी श्रावस्ती नगरमा आषाढ पूर्णिमाका दिन मानिसहरूमा सद्धर्म प्रतिको श्रद्धा नविग्रोस् भन्ने हेतुले र तीर्थंकरहरूको अभिमानलार्इ दमन गर्ने हेतुले यमक ऋद्धि प्रदर्शन गर्नु भयो । यस प्रदर्शनमा उनले जोडा जोडा अंगबाट आगो र पानी निकाली सबै दर्शक तथा तीर्थंकरहरूलार्इ चकित पारेका थिए ।  ऋद्धिवल मात्र प्राप्त गर्नु सद्धर्म चर्या होइन, यो मुक्ति मार्ग होइन भनी सबैलार्इ शील समाधी प्रज्ञा युक्त सद्धर्म चर्यामा लाग्नका उत्प्रेरित गर्नु भयो ।
  5. माता मायादेवीलार्इ अभिधर्म देशना – भगवान बुद्धले बोधिलाभको ८ बर्ष पछि आफ्नो आमा मायादेवीलार्इ तावतिंस देवलोकमा पुगी तीन महिना सम्म अभिधर्मको देशना गर्नु भएको पावन दिन पनि यहिं आषाढ पूर्णिमा नै हो । मातागुणलार्इ बोध गरी उनले आफूलार्इ जन्म दिएर सात दिन पश्चात् देहान्त भएका आफ्नो आमालार्इ मुक्ति मार्गको ज्ञान प्रदान गरी पुत्र धर्म निभाउनु भएको थियो । चित्त र चेतसिक वारे गम्भीर विश्लेषण गरी नाम रूप धर्मको यथार्थ धर्मवोध गराउने उपदेश उनले तावतिंस देवलोकबाट अवतरण भइसकेपछि सारिपुत्रलार्इ देशना गर्नु भएको थियो र यी उपदेशहरू त्रिपिटको अभिधर्मपिटकमा संग्रहित छन् ।

यस प्रकार भगवान बुद्धको जीवनीको पाँच महान् संयोगहरू परेको यस पावन दिन स्मरणीय छ । यी पाँच वाहेक अन्य घटनाहरू जस्तै राहुल कुमारको जन्म, प्रथम संगायन शुरू भएको, सम्राट अशोकको कलिङ्ग विजय आदि संयोगहरू पनि परेको छ । यहि दिनलार्इ हिन्दुहरूले वेदब्यासको जन्मदिनका रूपमा गुरूपूर्णिमाका रूपमा पनि मनाइदै आएको छ। यसरी धरै संयोगहरू परेको महान् दिनमा यी महान् घटनाहरूको संस्मरण गर्दै सद्धर्म अभ्यासमा लागि दुःख मुक्तिको ज्ञान बोध गर्न सकोस् भन्ने शुभकामना 

(मिति २०७४ श्रावण २१ शनिबारका दिन विश्वशान्ति पुस्तकालद्वारा ललितपुर अशोक हलमा अायोजित २५ अाैं वक्तृत्त्वकला पर्वको अवसरमा  प्रस्तुत लेख )